अहिले नेपाली राजनीति निकै अप्ठ्यारो स्थितिबाट गुज्रदैछ। जेठ १४ मा एमाओवादी र मधेसी मोर्चाको गठबन्धन सरकारले सबै प्रकारका विकल्प लत्याउँदै संविधान सभा विघटनपछि उत्पन्न हुने संवैधानिक र राजनीतिक जटिलतालाई ध्यानै नदिइ एकतर्फीरूपमा संविधान सभाको नयाँ निर्वाचनको मिति घोषणा गरेपछि मुलुक चरम संवैधानिक र राजनीतिक संकटमा फसेको हो। अन्तरिम संविधानमा संविधान सभाको नयाँ निर्वाचनको व्यवस्था नै नरहेको र सहमतिको अभावमा नयाँ सरकारसमेत गठन हुन नसक्ने अवस्थालाई ध्यानमा राखेर लामो समयसम्म सत्तामा रहिरहने मनसायले नियोजितरूपमा यस प्रकारको परिस्थिति सृजना गरिएको हो। अहिले पनि एमाओवादी र मधेसी मोर्चा सर्वसत्तावादको त्यो आकांक्षाबाट मुक्त भइसकेको अवस्था छैन। तर पनि उनीहरु अनेक असम्भव र अनुचित विकल्पको कुरा गरेर नेपाली जनमत भ्रमित गर्न सफल भएका छन्। उनीहरुको षडयन्त्रपूर्ण खेल बुझ्न नसक्दा कतिपय मानिस उल्टै प्रतिपक्षलाई अर्घेलो देख्ने मनोरोगको शिकार भएका छन्। जसका कारणले नेपाली समाजमा विकल्पका नाममा 'माछो माछो भ्यागुतो' को खेल सात महिनादेखि जारी छ र अझै त्यो कति समय कायम रहने हो भन्न नसकिने स्थिति छ।
एमाओवादी र मधेसी मोर्चाको गठबन्धन सरकार सर्वसत्तावादी आकांक्षा पूरा गर्न नेपाली समाजलाई यति धेरै दिग्भ्रमित पार्न सफल हुनुका पछाडि उनीहरु बाह्य शक्ति केन्द्रको स्वार्थपूर्तिका लागि तयार हुनु नै हो। मधेसी मोर्चाको निश्चित शक्ति केन्द्रप्रतिको निर्भरता लुकेको विषय थिएन। तर एमाओवादी, जसले सशस्त्र संघर्ष आरम्भ गर्दाको समयमा अघि सारेको ४० बँुदे मागका शीर्षकमा राष्ट्रियताका मुद्दा र माग प्रस्तुत गरेको थियो। आज ऊ सर्वसत्तावादी महŒवाकांक्षा पूरा गर्न यति ज्यादा राष्ट्रि्रय आत्मसमर्पणवादी बाटोमा अग्रसर हुनु धेरैका लागि आश्चर्यको विषय बनेको छ। उग्रवामपन्थी सर्वसत्तावाद राष्ट्रिय आत्मसमर्पणवादमा पतन हुनुका पछाडि दुई कारण छन्। पहिलो, बाह्य शक्ति केन्द्रको आडमा नै सर्वसत्तावाद कायम गर्न सकिन्छ भन्ने ठान्नु र दोस्रो, बाह्य शक्ति केन्द्रको अनुचित दबाबमा पर्नु। जहाँनिया राणा शासनको अभ्युदय र २०१७ को राजा महेन्द्रको फौजीकाण्डमा पनि बाह्य शक्ति केन्द्रप्रतिको निर्भरता प्रमुख प्रवृत्तिका रूपमा रहेको थियो। अहिले नेपालमा विकल्पका नाममा सुरु भएको त्यही प्रवृत्तिको पुनरावृत्ति गर्ने कोसिस भइरहेको छ र नेपाली राजनीतिका कपितय दिग्गज ठानिएका खेलाडीहरु समेत त्यसकै शिकार हुने खतरा बढेर गएको छ। एमाओवादी नेतृत्व मण्डली युद्ध अपराधका नाममा हेग पुग्नुपर्ने हो कि भन्ने त्रासमा बाह्य शक्ति केन्द्रका उचित/अनुचित सबै कुरा मान्न लाचार देखिँदैछ। जसका कारण यति ठूलो राजनीतिक परिवर्तनपछि पनि नेपालको राजनीतिमा बाह्य शक्ति केन्द्रको चलखेल अब प्रत्यक्ष बन्ने दिशातिर उन्मुख हँुदैछ।
जेठ १४ मा एमाओवादी र मधेसी मोर्चाको गठबन्धनले संविधान सभा असफल हुनबाट जोगाउनका लागि अघि सारिएका सबै विकल्प अस्वीकार गरेको थियो। जेठ २ गते प्रमुख दलबीच भएको सहमति उल्टाउनका लागि जसले भूमिका खेल्यो, त्यही शक्तिले नै जेठ १४ मा संवैधानिक प्रबन्धविना नै मुलुकलाई संविधान सभाको निर्वाचनमा धकेलिदिएको थियो। यसबाट एकै चोटी, दलबीच अविश्वास र द्वन्द्वको वातावरण सृजना गर्ने, अन्तरिम संविधानलाई निस्तेज बनाउने, संवैधानिक अंगहरुलाई रिक्त बनाउँदै जाने र राज्यलाई कमजोर बनाउने रणनीतिले काम गरेको थियो। परिणामस्वरूप अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महालेखा पदाधिकारीविहीन बन्न पुगेका छन्। लोकसेवा आयोग र सर्वोच्च अदालतसमेत त्यो दिशामा अग्रसर छन्। अहिले आएर २१ जनाबाट ५ जना न्यायाधीशमा सीमित बन्न पुगेको सर्वोच्च अदालतका प्रधान न्यायाधीशलाई कार्यकारी प्रमुखको समेत जिम्मेवारी दिने प्रस्ताव अघि सारेर लोकतन्त्रको रिढ नै भाँच्ने कोसिस हँुदैछ। पाकिस्तान र बंगलादेशमा अस्थिरताको कारक बन्न पुगेको शक्ति सन्तुलनको सिद्धान्तविरुद्धको 'फर्मुला' लाई नेपालमा प्रवेश गराउने कोसिस भइरहेको छ। पररम्परागत शक्तिको केन्द्रका रूपमा रहेको सामन्ती राजतन्त्रको अन्त्यपछिको स्थितिमा सुरु भएको यो चलखेलले नेपाल राज्य असाधारण संकटमा पुग्दैछ। यदि नेपालका राजनीतिक दलहरुले सार्थक हस्तक्षेप गरी परिस्थितिलाई सुल्टो दिशामा अघि बढाउन नसक्ने हो भने नेपाल भुटानीकरणको दिशामा पुग्नेछ। जबकि अहिले भुटानसमेत भारत निर्भरताको स्थितिबाट बाहिर आउन खोजिरहेको छ।
जेठ १४ पछि एमाओवादी अध्यक्ष प्रचण्डले अनेक विकल्प प्रस्तुत गर्ने र त्यसबाट पछि हट्ने काम गर्दै आएका छन्। मंसिर ७ मा चुनाव घोषणा गर्ने कुरामा अगुवाई गर्ने प्रचण्डले केही समयपछि नै संविधान सभा पुनर्स्थापनाको कुरा अघि सारे। संविधान सभाको विवादित विषयमा सहमति नभई पुनर्स्थापनाको कुनै औचित्य छैन भन्ने प्रतिपक्षले अडान राखेपछि विवाद समाधान गर्न सकिन्छ भन्ने तर्क अघि सारे। झण्डै दुई/तीन महिना विवादित विषयमा सहमति खोज्न सकिन्छ भन्ने नाममा छलफल गरियो। तर पछि आफंैले अब चुनाव नै एकमात्र विकल्प हो भने। त्यसपछिका दिनमा कसको नेतृत्वमा चुनावी सरकार गठन गर्ने भन्नेमा बहस केन्द्रित भयो। उनले आफैंले बाबुरामको नेतृत्वको निरन्तरता वा गठबन्धनभित्रबाट भन्ने सर्वथा अनुचित प्रस्ताव अघि सार्न पुगे। जसको नेतृत्वमा संविधान सभालाई असफल बनाइयो र मुलुकलाई नियोजितरूपमा संवैधानिक र राजनीतिक संकटमा फसाइयो, उनैलाई नेता मानेर जान सक्ने अवस्था प्रतिपक्षको थिएन र छैन पनि। त्यसपछि स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकारको कुरा अघि सारियो। पछि प्रचण्ड आफैंले स्वतन्त्र व्यक्तिको नेतृत्व सम्भव र उचित हुँदैन भने। त्यसपछि पुनः राजनीतिक नेतृत्वमा नै सहमति खोज्ने कुरा भयो। नजानिँदो ढंगले आफ्नो नाम अघि सार्न खोजे। त्यसको आलोचना सुरु भएपछि नयाँ चुनाव नभएसम्म आफू प्रधानमन्त्री बन्न तयार नभएको कुरा अघि सारे। अनि सहमतिका लागि आफंैले नेपाली कांग्रेसलाई नाम प्रस्तुत गर्नका लागि अनुरोध गरे। नेपाली कांग्रेसले सर्वसम्मत हिसावले सभापतिको नाम सिफारिस गरेपछि उनी त्यसबाट समेत पछि हटे। हेटांैडामा गएर त्यसको खुलासासमेत गरे- विदेशीका कारण सुशीललाई प्रधानमन्त्री बनाउन सकिएन। स्वतन्त्रका नाममा अनेक पात्र र प्रवृत्तिलाई अघि सार्न पुगेका प्रचण्ड अहिले आएर बहालवाला प्रधान न्यायाधीशको अध्यक्षतामा काउन्सिल बनाएर चुनाव गर्ने कुरा गर्दैछन्। एउटा सार्वभौमसत्ता सम्पन्न मुलुकबाट नेपाललाई दोस्रो दर्जामा झार्नका लागि नै काउन्सिलको अवधारणा अघि सारिएको हो भन्ने कुरामा कुनै सन्देह छैन।
प्रस्तावले ल्याउने जटिलता
बहालवाला प्रधान न्यायाधीशको अध्यक्षतामा काउन्सिल गठन गरेर चुनावमा जाने भन्ने प्रस्तावले एकैसाथ अनेक जटिलता र संकट पैदा गर्नेछ। सबभन्दा पहिलो यो प्रस्ताव आफंैमा अन्तरिम संविधानको विपक्षमा छ। अन्तरिम संविधानले बहालवाला र अवकाश प्राप्त न्यायाधीशहरुलाई कुनै पनि लाभका पदमा नियुक्ति गर्न नपाउने व्यवस्था गरेको छ। दोस्रो, यो प्रस्ताव लोकतान्त्रिक राज्यका आधारभूत मान्यता शक्ति पृथकीकरणको सिद्धान्तका विरुद्धमा छ। तेस्रो, व्यवस्थापिका संसदसमेत नरहेको अवस्थामा कार्यकारीलाई नियन्त्रणमा राख्ने एकमात्र ठाउँका रूपमा रहेको अदालतको भूमिकालाई समेत यसले प्रभावित गर्नेछ। चौथो, स्वतन्त्र न्यायपालिकालाई यस प्रस्तावले विवादित बनाउनेछ र राजनीतिकरणको शिकार बनाउनेछ। आज बंगलादेश र पाकिस्तानमा देखिएको विभिन्न शक्ति केन्द्रका बीचका अनुचित शक्ति संघर्षको अवस्था सृजना हुनेछ। पाँचौं यो प्रधान न्यायाधीशको व्यक्तित्वमाथि नै आघात पुग्नेछ। जुन व्यक्तिले संविधानमा किटानी व्यवस्था भएको स्थितिमा संंविधान सभाको म्याद अनन्तकालसम्म थप्न सकिँदैन भनेर संविधान सभा अन्त्य गर्न बाध्य बनायो, उही व्यक्ति विघटनपछिको अवस्थाको लाभ लिने व्यक्तिका रूपमा अघि बढाइँदा स्वाभाविकरूपमा उनीमाथि गम्भीर नैतिक प्रश्न खडा हुन्छ। त्यसमाथि अध्यादेशमार्फत् संविधान संशोधन गरी प्रधान न्यायाधीश जस्तो व्यक्ति लाभको पदमा पुग्न खोज्नु कति उचित हुन्छ? यो नैतिक प्रश्नसँग घेरिएको व्यक्तिले राजनीतिक परिवर्तनपछिको यस जटिल संक्रमणको व्यवस्थाको नेतृत्व गर्न र निर्वाचन गराउन कसरी सक्छ? यो त काउन्सिलका नाममा नेपालको सार्वभौमसत्तालाई कमजोर पार्ने र नेपाललाई भुटानीकरण गर्ने विदेशी शक्ति केन्द्रको रणनीतिक दाउपेचमात्र हो।
जहाँसम्म राजनीतिक दलबीच सहमति नभएको अवस्थामा जसका नाममा सहमति हुन्छ, उसका नाममा सहमति गरेर जाउँ भन्ने कुरा सर्वथा अनुचित कुरा हो भन्न मिल्दैन। तर राजनीतिक परिवर्तनको व्यवस्थापन गर्ने जिम्मेवारी स्वतन्त्र वा प्रशासनिक व्यक्तिहरुबाट खोज्ने कुरा उचित होइन। राजनीतिक परिवर्तनपछिको राजनीतिक व्यवस्थापन, त्यसमाथि संविधान सभाको निर्वाचन जस्तो जटिल प्रकृयाको व्यवस्थापन गैरराजनीतिक बाटोबाट खोज्ने कुराले राजनीतिक दलहरुको भूमिकालाई कमजोर बनाउनेछ। नेपाल राज्य निर्माणको परम्परागत आधारका रूपमा रहेको सामन्ती राजतन्त्रको अन्त्य भएको अवस्थामा नेपाली समाजको मेलजोलको संस्कृति, जसको जगमा नेपाल राष्ट्र अडेको छ, त्यसलाई समेत कमजोर बनाउने नियोजित प्रयास भइरहेको छ। जातीय राज्यका नाममा फैलाइएको विषाक्त विचारले त्यसमा भूमिका खेलिरहेकै छ। त्यसमाथि राजतन्त्रको ठाउँ लिन पुगेका नेपालका राजनीतिक दलहरुलाई काउन्सिलका नाममा शक्तिहीन बनाउने षडयन्त्रले नेपाल राज्य असाधारणरूपमा कमजोर हुनेछ। यस अवस्थाबारे चर्चा गरिरहँदा कतिपय मान्छेको तर्क के रहन्छ भने यो तीन चार महिनासम्मका लागि त हो नि, त्यसपछि त राजनीतिक दलहरु नै भूमिकामा आइहाल्छन् नि। पहिलो संक्रमणकालको तीन चार महिना नेतृत्व कमजोर हुँदा दुर्घटनाका लागि छोटो समय होइन। दोस्रो, प्राविधिक कारणले पनि जेठमा चुनाव गर्न सम्भव छैन। यदि समय तोकेर जिम्मेवारी दिइयो भने चुनाव हुन नसकेको स्थितिमा समस्या अझै जटिल बन्नेछ। किनकि हामीले गर्न खोजिरहेको सामान्य संसदीय चुनाव होइन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान सभाको निर्वाचन हो। संविधान सभामार्फत् संविधान निर्माणको प्रकृयामा व्यापक राजनीतिक सहमति र सम्झौताको आवश्यकता पर्छ। त्यस्तो बेलामा राजनीतिक दलहरु भूमिकाभन्दा बाहिर रहने कुरा सर्वथा अनुचित कुरा हो।
आपतकालीन स्थितिका नाममा जोखिमहरुमध्ये पनि कम जोखिमको बाटो रोज्नुपर्ने बाध्यता रहन्छ भन्ने कुरालाई आधार बनाउने हो भने पनि बहालवाला प्रधान न्यायाधीशलाई कार्यकारी प्रमुख बनाउने र उनको अध्यक्षतामा काउन्सिल बनाएर जाने कुरा उचित हुन सक्तैन। पूर्ण संविधान नभए पनि हामीसँग अहिले पनि अन्तरिम संविधान छ। नयाँ विकल्पमा जाँदा पनि संविधानको सीमाभित्रबाट त्यसलाई सकेसम्म कम क्षति पुग्नेगरी अघि बढ्ने कोसिस गर्नुपर्छ। संविधानवादका न्युनतम् मान्यता र लोकतन्त्रका आधारभूत मूल्यहरुमा कायम रहँदै सहमति खोज्ने कोसिस गर्नुपर्छ।
एमाओवादी जसरी प्रस्तुत भइरहेको छ, त्यसले ऊ समस्याको समाधान खोज्न होइन, संकटलाई अझै जटिल बनाउने काममा नियोजितरूपमा लागेको देखिन्छ। किनकि उसका लागि संविधानवाद र लोकतान्त्रिक मूल्य पद्धति मूल्यहीन विषय हुन्। उसका लागि अहिले सत्ताबाहेक सबै कुरा भ्रम हो। सत्तामा रहनका लागि ऊ जे पनि गर्न तयार छ। बहालवाला प्रधान न्यायाधीशको कार्ड पनि सत्ताको बहिर्गमनका लागि होइन, सत्तामा रहिरहने प्रपञ्चमात्र हो।
उपरोक्त तर्क गरिरहँदा कतिपय मानिस प्रतिपक्षका विकल्प के हो? भनेर प्रश्न खडा गरिरहेको अवस्था छ। अहिले प्रतिपक्षप्रति विकल्पविहीन भएर एउटै अडानमा बसेका आरोप लाग्ने गरेको छ। लोकतन्त्रका आधारभूत मूल्य र संविधानवादमा अडिएर अघि बढ्न खोज्नेहरुका लागि विकल्प सीमित रहनु स्वाभाविक हो। जेठ १४ पछि त विकल्प झनै साँघुरिएको अवस्था हो। त्यही भएर नेकपा (एमाले) ले राजनीतिक सहमतिका आधारमा निकास खोज्नका लागि सहमतिको संयुक्त सरकारको कुरा अघि सारेको हो। नेतृत्वको दाबी एमाले गर्दैन भन्ने औपचारिक घोषणा गरिरहँदा पनि कुर्सीका लागि अडान लिएको वा आन्दोलन गरेको आरोप लगाउने गरिएको छ। सत्य वा उचित विकल्प सीमित हुनु स्वनभाविक नै हो। भ्रम र बेइमानीका तरिकाहरु भने अनेक हुन्छन्। आज प्रचण्ड विकल्पका नाममा भ्रम र षडयन्त्रका अनेक कुरा गरिरहेका छन्। त्यसरी अघि बढ्न नसक्नु लोकतान्त्रिक शक्तिहरुका लागि स्वाभाविक कुरा हो। पछिल्लो समयमा प्रचण्डले अन्तिम विकल्पका रूपमा स्वतन्त्र व्यक्तिको नेतृत्वमा अघि बढ्न तयार र त्यसका लागि नै बहालवाला प्रधान न्यायाधीशका नाम अघि सारेको बताएपछि प्रतिपक्षले पनि निकासका लागि अनुपयुक्त भए पनि स्वतन्त्र व्यक्तिमा छलफल गर्ने कुरा गरे। तर प्रचण्ड सर्वथा अनुचितरूपमा बहालवाला प्रधान न्यायाधीशको अध्यक्षतमा काउन्सिल गठन गर्ने हठमा कायम देखिएका छन्। यसबाट नेपालको राजनीति गम्भीर संकटतर्फ हेलिएको जस्तो देखिन्छ। के हामी प्रचण्डले प्रस्ताव गरेझैं सार्वभौमसत्ताको पूर्ण प्रयोग गर्ने सहमतिको सरकार गठन गर्न नसक्ने अवस्थामा पुगेका हौं? के हाम्रो नियति अब अर्धसार्वभौम मुलुकको जस्तो काउन्सिल गठनको बाटोतिर नै पुगेको हो? मलाई त्यस्तो लाग्दैन र ६२-६३ को ऐतिहासिक जनआन्दोलनको जनादेश पनि त्यो होइन। सबैलाई चेतना भया।