सत्तारुढ तथा विपक्षी दलबीचको सत्ता लुछाचँुडीमाझ निर्वाचनको आवाज दिन/प्रतिदिन झिनो हुँदै गएको अवस्थामा एक पटक पुनः त्यसका लागि प्रयास हुन थालेको छ। नाम निर्वाचनको दिइए पनि सत्तापक्ष र प्रतिपक्ष दुवैलाई सरकारको नेतृत्व चाहिएकै कारण मुलुक सहमतिको राजनीतिबाट पर धकेलिँदै गएको छ। हँुदाहँुदा अब राजनीतिक दलका नेताहरू स्वयं निर्वाचनको औचित्य नभएको अनौपचारिकरूपमा बताउन थालेका छन्। दलबीचको विवादको खाडल झनपछि झन फराकिलो हँुदैछ र यसलाई पुर्ने जिम्मा पाएकाहरूको हातमा नै फरुवा र कोदाली देखिन थालेपछिको स्थितिलाई जोकसैले पनि आंकलन गर्न सक्छ। यस्तो अवस्थामा नयाँ संविधान सभाको हविगत पहिले जस्तै हुने शंका जनमानसमा छ।
अहिले सत्तापक्ष निर्वाचनकै नाममा सरकार छाड्न तयार छैन भने विपक्षीहरू पनि चुनावकै नारा दिएर सरकार ढाल्न लागिपरेका छन्। तर सहमतिको नाममा सरकार बन्ने र ढल्ने लामो प्रकृया बेहोरिसकेका जनतामा दलहरू निर्वाचनका लागि गम्भीर छन् भन्ने विश्वास क्रमशः कम हुँदै गएको छ। निर्वाचन वैशाखमा हुने सम्भावना नदेखेपछि जेठमा निश्चित गर्न दलहरूको प्रयास वास्तवमा विश्वासयोग्य हुन सकेको छैन। निर्वाचन जस्तो कुरा भन्नासाथ हुने पनि होइन। यसका आफ्नै प्रक्रिया छन्, जसलाई मिलाएर निर्वाचनमा जाने हो भने आगामी कात्तिकपूर्व त्यो हुन नसक्ने स्थिति स्पष्ट हुँदै गएको छ। निर्वाचनलाई लिएर दलहरू कुनै किसिमको आन्तरिक तयारीमा नजुटेबाट पनि उनीहरू स्वयं यसतर्फ गम्भीर नभएका त होइनन् भन्ने शंका उत्पन्न भएको छ। पछिल्लो संविधान सभा निर्वाचनको परिणामपछिको स्थितिमा धेरै परिवर्तन आइसकेको छ।
एमाले तथा कांग्रेसको स्थिति हेर्ने हो भने दुवै दलले आफ्नो संगठन विस्तार र विकासका लागि झिना मसिना तवरमा प्रंयास गरे पनि यसलाई राष्ट्रिय स्वरूप भने दिन सकेका छैनन्। तराई मधेसमा प्रमुख आधार रहेको कांग्रेसको अवस्था त्यहाँ दयनीय रहेको पछिल्लो निर्वाचनले देखाइसकेको छ। हुन त अहिलेसम्म मधेसवादी दलमा आएको शृङ्खलाबद्ध फुटलाई कांग्रेसले केही राहतका रूपमा लिएको हुन सक्छ। तर त्यसले कांग्रेसको स्थितिलाई विगतकै रूपमा ल्याइपुर्याहउला भन्नेमा यसका कार्यकर्ता नै विश्वस्त छैनन्। पहाडी क्षेत्रमा एमालेसँगै एकीकृत माओवादीको उपस्थितिले कांग्रेसको स्थिति झनै खस्काएको छ। एक त आफ्नो पार्टीको बलियो आधारका रूपमा रहेको तराई मधेसमा पकड कमजोर हँुदै गएको र अर्को कुनै एजेन्डाविहीन अवस्थामा रहेको कांग्रेसका लागि निर्वाचनभन्दा सडकको आन्दोलनै भरपर्दो देखिएको हुन सक्छ।
राजनीतिक पार्टीहरूले जनतामाझ जाँदा आफ्नो एजेण्डा लिएर जानुपर्छ। सातौँ महाधिवेशनपछि एकीकृत माओवादीले अंगीकार गरेको शान्तिपूर्ण अभियानलाई कांग्रेसले माओवादी आफ्नो एजेन्डामा फर्किएको बताउन सक्ला। त्यसैगरी एमालेले सातौँ महाधिवेशनले पारित गरेको पुष्पकमल दाहालको दस्तावेज वास्तवमा आफ्नै चिन्तन भएको झिनो स्वरमा बताउँदै आएको छ। तर जनताको ध्यान वास्तवमा एकीकृत माओवादीकै गतिविधिमा बढी केन्द्रित छ। यस्तो अवस्थामा निर्वाचनका बेला जनताले हरेक पार्टीका मौलिक कार्यक्रमबारे चासो राख्नेछन्। जनताको त्यो जिज्ञासालाई पूरा गर्ने स्थितिमा कांग्रेस र एमाले देखिएका छैनन्। दुवै पार्टीका लागि राहतको एउटै कुरा भनेको कमसेकम अहिलेको स्थितिमा उनीहरू जनतासम्म पुग्ने स्थिति रहनु हो। विगतको निर्वाचन जस्तै गाउँघरमा जानै नसक्ने स्थिति अहिले कुनै पार्टीका लागि छैन। तर संगठन विस्तारको अभावमा दुवै पक्षको स्थिति पखेँटा च्यातेर उड्न छाडिएका चराजस्तै हुन पुगेको छ।
उता आगामी निर्वाचन माओवादीका लागि पनि त्यति सहज नहुन सक्छ। संविधान सभाको निर्वाचनपछि यो पार्टी पनि फुटिसकेको छ। त्यसबाहेक गाउँमा पनि पहिले जस्तो एकछत्र राज्य अब एमाओवादीको छैन। आगामी निर्वाचनमा उसले कांग्रेस-एमालेलगायत् आफूबाट अलग भएर गएको वैद्य नेतृत्वको नेकपा-माओवादीको चुनौती सामना गर्नुपर्नेछ।
उता मधेसी दलको स्थिति पनि फरक छैन। फुट र पदलोलुपताले गाँजेको मधेसी दलले अब हुने निर्वाचनमा कुनै चामत्कारिक उपलब्धि हासिल गर्न सक्ने स्थिति छैन। उनीहरूविरुद्ध त्यहाँका जनतामा बेला बेलामा देखिएको असन्तोषले यो स्पष्ट नै देखिएको छ। मधेस आन्दोलनले ल्याएको तरंगले गत संविधान सभाको निर्वाचनमा तराई मधेसको समस्या हल गर्ने एउटा ठूलो आशाका रूपमा मधेसी दल देखिएका थिए। त्यस निर्वाचनमा मधेसको ठूलो स्वरका रूपमा देखापरेको उपेन्द्र यादव नेतृत्वको मधेसी जनाधिकार फोरम आफूबाट चोइटिँदै गएका अनेकन दलहरूको भिडमा लगभग ओझलमा पुगेको स्थिति छ। आफ्नो अस्तित्वलाई बेग्लैरूपमा देखाउनु नै सम्भवतः यो पार्टीले सरकारविरुद्ध बेग्लै आन्दोलन घोषणा गरेको छ। मधेसका जनतालाई गरेको वाचा पूरा गर्न त परै जाओस्, अधिकांश नेताले सरकारमा पद प्राप्तिलाई नै महत्त्व दिएबाट त्यहाँका जनतामा यी दलप्रति नैराश्यतामात्र होइन, आक्रोश पनि उत्पन्न भएको छ। यस्तो स्थितिमा भएको निर्वाचनको परिणाम कुनै एउटा दलको बहुमतका रूपमा आउला भन्न सक्ने स्थिति छैन।
गत निर्वाचनपछि आफ्नो संगठन विस्तारमा नलागे पनि हरेक दललाई अब हुने निर्वाचन सामना गर्नुपर्ने चुनौतीको आभास नभएको होइन। जनतासमक्ष गरेको वाचा कुनै दलले पूरा गरेका छैनन्। एक पटक संविधान सभाका लागि प्रतिनिधिहरू निर्वाचित गरेर पठाइसकेपछि पनि त्यसले काम गर्न नसक्नुको दोष एक/अर्कालाई दिनुबाहेकको विकल्प दलहरूसँग छैन। संविधान निर्माणका क्रममा दलबीच देखिएका मतभिन्नता यथावतै रहेको अवस्थामा अबको निर्वाचनबाट गठन हुने संविधान सभाले संविधान दिन्छ नै भन्ने ग्यारेन्टी कम्तिमा दलहरूले जनतासमक्ष गर्नुपर्नेछ।
आ-आफ्नो एजेन्डाअनुरुप नै संविधान बनाउन खोज्ने दलहरूले अबको निर्वाचनपछि पनि सहमतिमा पुग्न सकेनन् भने आगामी संविधान सभाको पनि विगतकै हविगत हुनेमा दुई मत नहोला। तथापि अहिले निर्वाचन कुनै दलका लागि नभएर समग्र मुलुकलाई निकास दिनका लागि आवश्यक छ। आफ्नो पार्टीगत स्वार्थ त्यागेर मुलुकको हितका लागि निर्वाचनमा जाने निर्णय दलहरूले लिएको खण्डमा देशले निकास पाउन सक्छ। तर संविधान निर्माणका लागि दलहरूले त्यस किसिमको लचकता अपनाउन सक्लान्?