एकल (विधवा) महिलाका विषयलाई संयुक्त राष्ट्र संघ तथा विश्वका न्यायप्रेमी समुदायको ध्यानाकर्षण गराउने हेतुले हालै राजधानीमा एकल महिलाको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सकिएको छ। सम्मेलनमा १६ वटा देशका प्रतिनिधिले विश्वभरिका एकल महिलाका न्याय र मानव अधिकारको रक्षा गर्न मस्यौदा कोरेका छन्। साथै उनीहरुले संयुक्त राष्ट्र संघ तथा अन्य विश्व समुदायमा उक्त मस्यौदाको प्रस्ताव गर्ने निर्णय गरेका छन्। एकल महिलाका समस्या, चुनौती र सम्भावना नेपाली समाजको मात्र होइन, यो विश्वव्यापी समस्या हो। विश्वका अधिकांश मुलुकमा एकल महिला पितृसत्ताको शोषणबाट पीडित छन्। त्यसैले विश्वभरिका एकल महिलालाई सशक्तीकरण हुने अवसर आवश्यक भएको हो।
संयुक्त राष्ट्र संघले महिलाका हकहितका विषयमा थुप्रै प्रस्ताव पारित गरिसकेको छ। तीमध्ये सिड (महिलाविरुद्ध हुने सबै प्रकारका भेदभावको उन्मूलन गर्ने महासन्धि, १९७९) महत्त्वपूर्ण मानिन्छ। नेपाल पनि संयुक्त राष्ट्र संघको सदस्य भएका कारण यसको पालना गर्नुपर्ने दायित्व र दबाब छ। संयुक्त राष्ट्र संघले यस्ता सन्धि-महासन्धि पारित गरे पनि एकल महिलाका विषयलाई चाहिँ छुट्टैरूपमा सम्बोधन गरेको छैन। त्यसै पनि महिला वर्ग उत्पीडनको शिकार छन्, बढी संकटमा छन्। यो हरेक देश तथा हरेक समाजको दुखद् चरित्र हो। एकल महिलाको यो तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको मुख्य अभिप्राय पनि यसैमा निहीत छ। विगतमा सार्कस्तरीय दक्षिण एसियाली एकल महिला सम्मेलन कोलम्बोमा भएको थियो। कोलम्बो घोषणापत्रमा एकल महिलाको सामाजिक सुरक्षाको विषयलाई विशेषरूपले उठाइएको थियो। यही क्रममा यता केही वर्षदेखि नेपाल सरकारले वार्षिक बजेटमा विधवा महिलाको सामाजिक सुरक्षाका लागि छुट्टै रकम छुट्ट्याउन थालेको छ। फलस्वरुप नेपाली विधवा महिलाले मासिकरूपमा विधवा भत्ता पाउने गरेका छन्।
अहिले पनि विश्वभरि पितृसत्तात्मक समाजको प्रभाव कायम छ। यी समाजमा विधवा महिलाहरुको आर्थिक तथा सामाजिक अवस्था ज्यादै कमजोर रहेको पाइन्छ। पितृसत्तात्मक सामाजिक व्यवस्थामा पुरुषको तुलनामा महिलाको स्तर निकै तल हुन्छ भने एकल महिलाको अवस्था कस्तो हुन्छ होला सहजै अनुमान गर्न सकिने विषय हो। सामाजिक तथा सांस्कृतिक असमानता र भेदभावपूर्ण नीति-नियमले एकल महिलालाई मानसिकरूपले पनि विक्षिप्त बनाउँछ। पति रहुन्जेल उनीहरु पतिको आश्रयमा निर्भर रहन्छन् र जब अकस्मात विध्नबाधा आइपर्छ, त्यस्ता महिलामाथि पुरै परिवारको लालनपालनको जिम्मेवारी थपिन पुग्छ। त्यस्तो बेलामा एकल महिलालाई आर्थिक तथा सामाजिक सुरक्षा आवश्यक पर्छ। तर, समाज एकल महिलाप्रति दयाभाव मात्रै राख्छ, समस्याको उचित सम्बोधन गर्दैन।
इतिहासको एउटा त्रासदीपूर्ण स्वरूप हो- सती प्रथा र विधवा धर्म। वि.स. १९७७ मा श्री ३ चन्द्रशमशेरले सती प्रथाको अन्त्य त गरे तर सती प्रथाको विकल्पका रूपमा अर्को विकृति देखा पर्यो विधवा धर्म। सती प्रथाको अन्त्य भएपछि समाजले पतिको मृत्यु भएका पत्नीले विधवा धर्म पालन गर्नुपर्ने कडा नियम व्यवहारमा ल्यायो। सती प्रथाले महिलालाई एकैपटक मार्थ्यो भने विधवा धर्मले चाहिँ पलपलमा मारिरहन्छ। अबको समय भने पहिलेको जस्तो भयावह छैन। एकल महिलामा केही सकारात्मक परिवर्तन देखिएका छन्। विधवाले रातो पहिरन लगाउन थालेको अभियान एउटा उदाहरण हो। शायद यो पविर्तनले नै हो आज बजारमा रङ्गहीन अथवा सेता कपडा लगाएका युवती भेटिँदैनन्। कतिपयले दशैंमा रातो अक्षताको टीका लगाउने गरेको पनि पाइएको छ। यसलाई नेपाली समाजको रुपान्तरणको उदाहरण मान्न सकिन्छ। तर यतिले मात्र परिवर्तनको मापन गर्न मिल्दैन। आर्थिक विपन्नता र सशक्तीकरणको अभावले विधवालाई अझै पनि बाँच्न गाह्रो छ।
अझै पनि हाम्रो समाज विधवालाई अंश दिने कुरामा उदार देखिँदैन। सकेसम्म दिन नपरे हुन्थ्यो जस्तो गर्ने र दिनै परे छलेर कम सम्पत्ति दिने वा बिक्न गाह्रो हुने सम्पत्ति दिने चलन छ। अहिले हाम्रो कानुनले विधवा महिलाले पाउने सम्पत्ति वा अंशमा केही उदार नीति अपनाउँदै पहिला भएको विभेदपूर्ण व्यवस्थामा संशोधन गरेको छ। पहिले श्रीमान्को सम्पत्ति लिन विधवाले ३५ वर्ष उमेर कुर्नुपर्थ्यो। सम्पत्ति बेच्न १६ वर्ष पुगेको छोराको स्वीकृति लिनुपर्थ्याे। यसबाहेक श्रीमान्को सम्पत्ति पाउन सतमा बस्नुपर्ने कडा प्रावधान थियो। पुनर्विवाह गरेपछि मृत्यु भएको पूर्व श्रीमानको सम्पत्ति फिर्ता गर्नुपर्थ्याे। यस्तै सरकारले प्रदान गर्ने विधवा भत्ता पाउन ६० वर्षको उमेर हुनुपर्ने, पासपोर्ट लिन घरको पुरुष सदस्यको स्वीकृति चाहिने आदि कानुनी अप्ठ्यारा प्रावधान थिए। ती अहिले परिवर्तन भएका छन्। यस दृष्टिले नेपाल दक्षिण एसियाका मुलुकमा एकल महिलाका हितमा अगाडि नै देखा परेको छ। यसका लागि एकल महिला समूहको दबाबपूर्ण भूमिका सराहनीय छ।
त्यस्तै सन् २००५ मा विधवा महिला विकासका लागि दक्षिण एसियाली सशक्तीकरण सञ्जाल (स्यानवेड) गठन भएको छ। यसको उद्देश्य विधवा महिलाले आफ्नो हक हितका लागि एकीकृत भएर आवाज उठाउनु र आफू नै परिवर्तनको बाहक हुनु हो। साथै यो सञ्जालको अर्को उद्देश्य अन्तर्राष्ट्रिय स्तरका विधवालाई एउटै छातामा समेट्नु पनि हो। नेपालको पछिल्लो जनगणना २०६८ अनुसार विधवा महिलाको संख्या लगभग छ लाख रहेको छ। यसमा अविवाहित महिलाको संख्या थपिँदा यो संख्या अरु बढ्न पुग्छ। अन्तर्राष्ट्रिय सम्मेलनले विधवाका संवेदनशील मुद्दालाई विश्वका न्यायप्रेमी समुदायको ध्यानाकर्षण गराउन सफल हुनेछ भन्ने कुरामा आशा राख्न सकिन्छ। यस विषयमा एकल महिलाको हित संरक्षणमा लागेका संस्था र व्यक्तिहरुले पनि ध्यान दिन जरुरी छ।