परिवर्तनको अपरिमेय उथलपुथलमा नेपाली समाज छ। यसका लक्षण जताततै स्पष्ट देखिन्छन्। बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र बहुजातीय रंगहरुको इन्द्रेणी समाज जटिल सम्बन्धहरुमा गाँसिएको हुन्छ। राज्यसत्ताको खास चरित्रले यस्तो सम्बन्धलाई खास रूप दिएको हुन्छ। राजतन्त्रसम्मत् व्यवस्थाले विभेद, छोइछिटो र उचनीचको सम्बन्धमा उदास इन्द्रेणीको रचना गर्छ। अनि राज्यसत्ताको बल प्रयोग गरेर यस्तो विभेदकारी सम्बन्ध टिकाइराख्छ। यस्तो विभेद टिकाइराख्नु राजतन्त्रसम्मत् सामन्ती व्यवस्थाका निम्ति अनिवार्य हुन्छ। यस्तै व्यवस्थाबाट केही कुलीनहरुका हातमा सम्पत्ति र शक्ति थुप्रने र बाँकी जनता गरिब, उत्पीडित रैती भइरहने अवस्था निर्माण हुन्छ। जब त्यस्तो विभेदकारी नीति, नैतिक एवम् सामाजिक बन्धन, शक्तिको वितरण, सम्पत्तिको वितरण इत्यादिमाथि उत्पीडित मानिसले धावा बोल्छन्, तब राजतन्त्रले आधार गुमाउँछ।
गणतन्त्रको स्थापना यस्तै ऐतिहासिक परिणति थियो। यसै कारण गणतन्त्र स्थापनासँगै उदास इन्द्रेणीलाई उज्जर इन्द्रेणीमा बदल्ने अभियान बलियो भयो। इन्द्रेणी समाजको विशेषता नै त्यही हो कि इन्द्रेणी सुन्दर वा असुन्दर देखिनुले फरक पार्छ, समाजको जराभित्र कुनै न कुनै संगति वा असंगति छ भन्ने बुझ्नुपर्छ। अहिले नयाँ संविधानमार्फत् राज्यको नयाँ स्वरूप रचना गर्ने लडाइँ राजतन्त्रकालीन असंगत इन्द्रेणीलाई सच्याउनकै लागि चलिरहेको छ। शक्तिको मानचित्रमा नपरेका मानिसको ठूलो समुदाय त्यो मानचित्रमा आफ्नो हिस्सा खोजिरहेको छ। सारा सम्पत्ति काठमाण्डूमा थुप्रिने र आधारभूत सत्ताको शक्ति प्रयोग गरेर कुलीनहरु मोटाइरहने व्यवस्थाको बदला हालसम्म भोट बैंकमात्र भएका जनताको हातमा शक्ति पुर्यागउने नयाँ व्यवस्थाको परिकल्पना बलियो भएको छ। संघीयता र पहिचानको मुद्दा यसै कारण बलियो भएको छ।
काँग्रेस, एमाले, राप्रपासहितको प्रतिपक्षी गठबन्धन यी मुद्दाहरुमा स्पष्ट हुन सकेको छैन। अझ यो गठबन्धनले बाहिर संघीयता र पहिचान मान्छौं भन्ने र भित्रभित्रै यी सबै नयाँ मान्यता अस्वीकर गर्ने खेल खेलिरहेको त छैन भन्ने शंका व्याप्त छ। ती दलभित्रैका आदिवासी, जनजाति, मधेसी, दलितलगायत्का उत्पीडित समुदायका नेता/कार्यकर्ताले विद्रोह गरिरहेको स्थितिले यो शंकालाई बल पुर्यााएको छ। नयाँ संविधान सभाको निर्वाचनमा जानुको विकल्प यतिबेला छैन तर निर्वाचनमा जानेबारेमै यो गठबन्धन स्पष्ट देखिँदैन। बरु सरक्क सरकार आफ्नो हातमा आउनुपर्ने हठ गरिरहेको छ। यतिबेला आन्दोलनको कार्यक्रम लिएर सडकमा ओर्लिएको यो गठबन्धनले भाषणमा निर्वाचनकै कुरा गरिरहेको छ। तर निर्वाचनका निम्ति सरकारले पठाएका अध्यादेशहरु रोक्न राष्ट्रपतिलाई दबाब दिने र कुनै हालतमा विधिबाहिरैबाट सरकार बदल्ने एकसूत्रीय माग गर्ने प्रवृत्तिले अरु शंका उब्जाएको छ।
यही बेला सरकारको नेतृत्व गरिरहेका एकीकृत माओवादी आफ्नो महाधिवेशनमा जुटिरहेको छ। महाधिवेशन उद्घाटन कार्यक्रममा अध्यक्ष प्रचण्डले सहमतिको नयाँ सूत्र लिएर हेटौंडाबाट फर्कने उद्घोष पनि गरे। जुनसुकै सर्तमा निर्वाचनमा जाने मनस्थितिमा रहेको एकीकृत माओवादीले राजनीतिक दलबाहिरबाट कोही स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार बनाउने प्रस्ताव अघि सार्ने सम्भावना धेरै छ। यसैलाई प्रचण्डले नयाँ सूत्र भनेका हुन सक्छन्। तर यही प्रस्ताव पनि सर्वथा नयाँ भने होइन। मूलभूतरूपमा राज्य पुनर्संरचनाको राजनीतिक कार्यक्रम र उत्पादन संघर्षको आर्थिक कार्यक्रम माओवादी महाधिवेशनले पारित गर्ने सम्भावना छ। आफ्नो पार्टीलाई नयाँ सांगठनिक ढाँचासहित उत्पादन र राजनीतिक संघर्षका कार्यक्रमहरुमा जोडेर लैजाने अध्यक्ष प्रचण्डको प्रस्तावले माओवादीलाई पुनः एक नयाँ अवतारमा राजनीतिक मैदानमा उतार्ने देखिन्छ।
अर्थात् जनतामा जाने ऊर्जासहित माओवादी महाधिवेशनबाट बाहिर आउने पक्कापक्की छ। जनतामा जाने तर्क भनेको तत्कालको राजनीतिक संकटका सन्दर्भमा निर्वाचनमा जाने नै हो। तैपनि माओवादीले सर्लक्कै सरकार सुशील कोइरालालाई जिम्मा लाइदिने सम्भावना भने छैन। प्रतिपक्षको आन्दोलनको जवाफमा काठमाडौंमा हुने महाधिवेशनको समापन समारोहमा समेत ठूलो संख्यामा जनता उतार्ने तयारी गरिरहेको उसले सहजै प्रतिपक्षका सबै माग स्वीकार्नेवाला छैन। मुलुकको राजनीतिक ताप भने यति चढिसकेको छ कि यो तापले सबैलाई पगालेर निर्वाचनमै लैजाने निश्चित छ। यद्यपि त्यस्तो तापले उत्कर्ष पाउन भने अझै केही समय मैदानमा चलिरहेको राजनीतिक लडाइँ जारी नै रहने देखिन्छ।
यति हुँदाहुँदै पनि महाधिवेशनबाट फर्कनेबित्तिकै अध्यक्ष प्रचण्डले वार्ता र संवाद भने थालिहाल्ने अनुमान गर्न सकिन्छ। भलै त्यस्तो संवादमा आन्दोलनबाट देखाइदिने मुडमा रहेका प्रतिपक्षीहरु छिटै सामेल होलान्/नहोलान् यसै भन्न सकिन्न। फेरि प्रतिपक्षीको आन्दोलनले 'मोमेन्टम' पक्रने सम्भावना अत्यन्त न्युन छ, किनभने ऊसँग स्पष्ट राजनीतिक एजेण्डा छैन। गालीगलौज र प्रधानमन्त्रीलाई लगाइएको निरंकुश भन्ने आरोपकै बलमा कुनै पनि राजनीतिक आन्दोलन उठ्न सक्दैन। अनि ती आरोप सिद्ध गर्ने कुनै आधार पनि देखिँदैन। न त यी आरोपहरुसँग रिसाएर प्रधानमन्त्री र अध्यक्ष प्रचण्डले वार्तामा नबस्ने धृष्टता देखाउन मिल्छ। घुमिफिरी फेरि एकपटक वार्ताको टेबलमा आइपुग्न दल बाध्य हुनेछन्।
यहाँनेर प्रश्न उठ्छ, अब हुने वार्ताचाहिँ कसरी निर्णायक हुन्छ त? सोझो बुझाइले सत्तापक्ष र प्रतिपक्ष दुवै निर्वाचन चाहन्छन्। निर्वाचन चाहनेले निर्वाचनको तयारी गर्नुपर्छ, जनतासमक्ष आफ्ना एजेण्डा राख्नुपर्छ र आफ्ना संगठनलाई आफ्ना एजेण्डामा प्रशिक्षित गर्नुपर्छ। ल भैगो, बाबुराम भट्टराई नेतृत्वको सरकारले निर्वाचन निष्पक्ष गराउँदैन रे! त्यसो भए सहमतीय सरकारका वैकल्पिक खाकाहरुमा छलफल हुनुपर्योि। यसअघि त्यस्ता खाकामा छलफल भएका पनि हुन्। तर कुनै खाकामा सहमति भएन। जब-जब वार्ताबाट नेताहरु बाहिर निस्कन्छन्, परस्पर विरोधी कुरा सार्वजनिक गर्छन्। त्यसैले कहीँ न कहीँ वार्ताको प्रक्रियामा त समस्या छैन? भन्ने प्रश्न उब्जन्छ।
हुन त वार्ता प्रक्रिया प्राविधिक कुरा हो। तथापि कहिलेकाहीँ प्राविधिक पक्षले पनि समस्या खडा गरिरहेको हुन्छ। यसर्थ अब हुने वार्ताको नयाँ ढाँचा हुनु जरुरी छ। दलहरु मात्र बसेर गरिएका वार्ता असफल भइरहेको परिप्रेक्ष्यमा अब तेस्रो पक्ष अर्थात् मध्यस्थकर्ता पनि वार्तामा रहनु उपयुक्त हुन्छ। मध्यस्थकर्ताको उपस्थिति हुनासाथ वार्तालाई एउटा टुंगोमा पुर्यानउन सहज हुन्छ। साथै वार्ताबाट बाहिर निस्केर जथाभावी टिप्पणी गर्ने शैलीमा पनि 'ब्रेक' लाग्छ। वार्ता निष्कर्षमा नपुगुञ्जेल निरन्तर चल्नुपर्छ। मध्यस्थकर्ताहरुले वातावरण सहज बनाइराख्न र नेताहरुको इमानदारितालाई क्षय हुन नदिन महŒवपूर्ण भूमिका खेल्न सक्छन्।
यो आलेखको उठानमै उल्लेख गरिएको नेपाली समाजको परिवर्तित स्वरूप यो सन्दर्भमा जोडिएर आउँछ। प्रतिपक्षी नेताहरु माओवादी अध्यक्ष प्रचण्डलाई बोली फेर्ने गरेको आरोप लगाउँछन्। अनि उनीहरुकै दलबाट बाहिरिएका र भित्रै रहेर पनि दबेर रहेका आदिवासी, जनजाति, मधेसी, दलितलगायत्का उपेक्षित समुदायका नेता/कार्यकर्ता तथा आममानिसहरु राज्य पुनर्संरचनाका मुद्दाहरुमा उनीहरुलाई नै शंका गर्छन्। यसको मतलब हो, पर्दाभित्र धेरै चीज छन्। जब राजनीतिक एजेण्डाहरुमा राजनीतिक दल स्पष्ट हुँदैनन्, तब अहिलेको जस्तो जटिल संक्रमणमा समस्या पैदा हुनु स्वाभाविकै हो। पर्दाभित्र कुनै पनि कुरा बाँकी रहनु स्वस्थकर हुँदैन। राज्यसत्ताको चरित्र परिवर्तन गरेरमात्र मानवीय र भौतिक विकास हुनसक्छ भन्ने तथ्य अब लुकेको छैन। यसअघिका संविधानले रचना गरेको राज्यसत्ताले मुलुकलाई ध्वस्त तुल्याएको तर्क अब अमान्य हुन सक्दैन। गणतन्त्रलाई संस्थागत गर्ने भनेको पनि राज्यसत्तालाई नयाँ ढंगले पुनर्संरचना गरेर फरक राज्यको प्रयोग गर्ने भनेको हो। यसलाई सिद्धान्ततः स्वीकार गरिएकै कारण हाल अस्तित्वमा रहेको अन्तरिम संविधान बन्न सकेको हो।
यसो हुँदाहुँदै पनि राजनीतिमा यति ठूलो ध्रुवीकरणको नयाँ लहर कसरी आयो? यसको सोझो उत्तर हो- यो परिवर्तनले कुलीनहरुको हालिमुहाली अन्त्य गर्नेछ। त्यसैले राजतन्त्र गुमेपछि कुलीनहरु नयाँ राजनीतिक प्रतिनिधि खडा गर्न खोज्दैछन्। यसैले अहिले फरक राजनीतिक लडाइँ मैदानमा देखिएको हो। यो लडाइँलाई अर्को पडावसम्म पुर्यासउने उपाय पनि निर्वाचन नै हो। त्यसका निम्ति हुने वार्ता निर्वाचनमा कसरी जाने भन्ने मुद्दामा हुन्छ तर अन्तर्यमा ऐतिहासिक लडाइँकै निरन्तरता हुन जान्छ। त्यसैले दुई फरक ऐतिहासिक एजेण्डामा लडिरहेका पक्षहरुलाई निर्वाचनकै एजेण्डामा सीमित गरेर वार्ता गराउन मध्यस्थकर्ता आवश्यक पर्छ। अब भन्नुपर्योह- मध्यस्थकर्ताको उपस्थिति स्वीकार गर्न कसलाई र किन गाह्रो छ?