भदौ १, २०६९ देखि काठमाडौंमा रात्रीकालीन बस सञ्चालन भएको खबर राष्ट्रियस्तरका पत्रपत्रिकाले महत्त्वसाथ छापे, रेडियो, टिभीले 'बे्रकिङ' न्युजको हैसियतमा प्रसारण गरे। मुलुकको राजधानी, ठूलाबडा बस्ने, राजनीतिको केन्द्र, शहरी जीवनले तीव्रता पाएको शहर जसले महानगरको पगरीसमेत गुथेको छ, त्यहाँ राति ११ बजेसम्म बस चल्नु समाचार बन्छ। राति ८ बजेपछि ३ बस चल्ने खबरलाई 'हटकेक' बनाउने बबुरो पत्रकारिता अहिले रात्रिकालीन बसको कथा अन्त्य हुने समाचार लेख्न ब्यस्त छ। समाचारमा आएजस्तै रात्रिकालीन बस सेवा बन्द हुने वा अझ गुल्जार हुने? अन्यौलग्रस्त अवस्थाबाट गुजि्ररहेको छ, मुलुकको एकमात्र महानगरपालिका।
बस व्यवसायीहरूसँगको लामो गृहकार्यपछि काठमाडौं महानगरपालिका र सरकारले अनुदान दिएर सञ्चालनमा ल्याइएका बसहरूले ६ महिनासम्म सेवा दिएका छन्। सुरक्षाकर्मी राखेर, झिलिमिली पार्दै राति ८ बजेदेखि ११ बजेसम्म सञ्चालनमा रहेका १४ वटा बससँगै अन्य बस पनि थपिँदै जाने हो वा भइरहेको रात्रिकालीन सेवा पनि बन्द हुने? संशय छ। बस व्यवसायीहरू धम्कीयुक्त आग्रह अघि सार्न थालेका छन्। उनीहरू महानगरपालिका र सरकारले दिने अनुदान जारी राख्नुपर्ने अथवा साँझ ८ बजेपछि रात्रिकालीन भनेर झिलिमिली पारेकाबाहेक अन्य बसहरू सडकमा गुड्न पाउन नहुने जस्ता माग अघि सार्दैछन्।
काठमाडौं महानगरपालिका उनीहरूको लोलीमा बोली मिलाउँदै तोकिएका रात्रिकालीन बसबाहेकका बसहरू साँझ आठ बजेअघि नै विश्राम गराएर रात्रि बसलाई निर्वाध वातावरण बनाउने कामको अगुवाई गर्दैछ। ६ महिनाको अवधिमा सरकारी कोषबाट ४५ लाख रात्रिकालीन बस सञ्चालनका नाममा खर्च भइसकेको छ। यही तरिकाले अनुदान दिँदै जाने हो भने रात्रि बस सञ्चालकहरूलाई दोहोरो लाभ हुनेछ- एउटा अनुदान, अर्को यात्रुबाट उठाएको पैसा। त्यसैले रात्रिकालीन सेवा दिनेहरू आफ्नो हितमा निर्वाध बस चल्न सक्ने वातावरणका लागि लबिङ गर्दैछन्। उनीहरू सक्रिय हुनु स्वाभाविक हो। तर यहाँ महानगरपालिका उनीहरूको सहयोगी बनेको अवस्था छ। महानगरपालिकाले औपचारिकरूपमा आफ्नो प्रस्ताव यातायात व्यवस्था विभागलगायत्का निकायमा पेश गरेको बुझिन्छ। जसमा रात्रि बसबाहेकका बस चल्न नपाउने सर्त छ। आफ्नो बचाउका लागि महानगरपालिकाले अन्य बसले समय तोकेर रातिसम्म बस सञ्चालन गर्नुपर्ने बुँदा पनि राखिएको छ।
रात्रिकालीन बस सेवा सञ्चालनमा भइरहेको लबिङ्गको सन्दर्भमा यो सेवाको औचित्यबारे चर्चा गरांै। भदौ १ मा उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेर सञ्चालनमा ल्याएका १४ वटा बसमा सुरक्षाकर्मी राखिएको थियो र सुरुको तीन महिनासम्म सम्पूर्ण खर्च सरकार आफंैले बेहोर्न भनिएको थियो। सोहीअनुसार अहिलेसम्म १४ वटा बसले ४५ लाख कुम्ल्याएका हुन्। सरकारले लगानी गरेर रातिसम्म सेवा चलोस् भन्ने उद्देश्यले अनुदानको उदार नीति अख्तियार गरेको हो। मुलुकको राजधानी र महानगर नामधारी काठमाडौंमा सम्साँझैं सार्वजनिक यातायात नपाउने अवस्थामा सुधार ल्याउन उप्रेरकको काम सरकारले गर्यों, जुन आवश्यक थियो। अहिले ६ महिनाको अनुभवले देखाएको छ- रात्रिकालीन बसहरूलाई यात्रु पाउन समस्या छैन। तोकिएका बसबाहेक अन्य बस, माइक्रो बसहरू प्रशस्त मात्रामा सडकमा गुड्न थालेका छन्। ती बसमा खचाखच यात्रु हुन्छन्। ट्राफिक प्रहरीका अनुसार रात्रिकालीन बस र राति चल्न्ो अन्य सार्वजनिक सवारी साधनलाई यात्रुको खाँचो छैन, उनीहरू भरिभराउ हुन्छन्।
रात्रिकालीन सेवालाई अर्को पाटोबाट पनि हेरौं। भदौपछि क्रमशः जाडो बढ्दै गएर रात्रि जीवनको चहलपहल घट्दै जाने अवस्था थियो भने अहिले गर्मी चढ्दै जाने भएकाले राति अबेरसम्म महानगरको रात्रि जीवन रमाइलो हुँदै जान्छ। अर्थात् राति अबेरसम्म सार्वजनिक यातायात चल्नसक्ने हुन्छ। ट्राफिक प्रहरी राति दश बजेसम्म रात्रिकालीनसँगै अन्य बस, माइक्रोबसहरूले राम्रोसँग यात्रुहरू पाएको बताउँछन्। यातायात व्यवसायीबीच प्रतिस्पर्धा पनि हुन थालेको छ। व्यवसायीहरू रात्रिकालीनलाई 'काउन्टर' दिने नाममा किन नहोस्, प्रतिस्पर्धामा उत्रिएको देखिन्छ। यस्ताखाले प्रतिस्पर्धाले आमरूपमा जनतालाई लाभ पुगिरहेको छ। तर विडम्बना, प्रतिस्पर्धात्मक वातावरण नियन्त्रण गर्ने सोच पनि सँगसँगै विकसित भइरहेका छन्। रात्रिकालीन बसहरूले अघि सारेको रणनीति कार्यान्वयन भयो भने प्रतिस्पर्धी वातावरण भत्कन जानेछ र एकलौटी लाभ सीमित बसवालाले मात्र पाउनेछन्। रात्रिकालीनलाई दिँदै आएको अनुदानलाई निरन्तरता दिन महानगर तयार छैन। अनुदान कटौती गरेको अवस्थामा रातिको भाडा बढाउने अर्को एकाधिकारवादी नीति पनि रात्रिकालीन बस व्यवसायीहरूले अघि सारेका छन्। सिन्डिकेट मनोवृत्तिको उपज आएका यस्ताखाले मागले राजधानीको रात्रिकालीन यातायात प्रभावित हुने देखिन्छ। आमनागरिक त्यसको शिकार बन्नेछन्।
सरकारी प्रेरणामा सुरू भएको र छोटो समयमा औचित्य स्थापित गरेको रात्रिकालीन यातायात सेवालाई निरन्तरता दिनु आवश्यकता छ। यसका लागि सरकार र महानगरपालिकाले हस्तक्षेपकारी नीति अख्यियार गर्न सक्नुपर्छ। व्यवसायीहरू नियन्त्रणमुखी व्यवसायको पक्षमा देखिएका बेला सरकारले त्यसमा हस्तक्षेप गर्नु आमनागरिकप्रति उसको कर्तव्य र जवाफदेहिता पनि हो। नीतिगतरूपमा नेपालमा सिन्डिकेट प्रणाली छैन तर व्यवहारमा, जताततै सिन्डिकेट व्याप्त छ। सिन्डिकेट र कार्टेलिङ नेपाली अर्थतन्त्रका प्रमुख समस्यामध्येका हुन्। राजधानीमा सञ्चालित यातायातहरू कुनै न कुनै समितिअन्तर्गत छन्। यातायातको साधन किन्ने भन्दा पनि रूट किन्न महँगो पर्ने अवस्थाले यातायात क्षेत्र सीमित मानिसको नियन्त्रणमा रहेको अवस्था संकेत गर्छ। उता सरकारको प्रतिस्पर्धी नीति कागजमा मात्र सीमित छ।
सरकारी निकायहरूले अल्पकालीन र दीर्घकालीन गरी नीति अख्तियार गर्न सक्छन्। तत्कालका लागि अल्पकालीन नीतिअन्तर्गत अहिले सञ्चालनमा रहेका विभिन्न्ा समितिसँग वार्ता गरेर राति ११ बजेसम्म राजधानीको सेरोफेरोमा यातायात चलाउन सकिन्छ। दीर्घकालीन नीतिअन्तर्गत नगरपालिकाहरूले नगर बस सञ्चालन गर्ने हिम्मत गर्नुपर्छ।
राजधानीको सार्वजनिक यातायात विभिन्न नामधारी समितिअन्तर्गत हुनु, उनीहरूकै मिलेमतोमा रुटहरू खरिद-बिक्री हुनु प्रतिस्पर्धी बजार नीतिविरुद्धका कुरा हुन् तर व्यवहारमा समितिहरूकै दादागिरीमा राजधानीलगायत् मुलुकको यातायात सञ्चालन भइरहेको यथार्थता हाम्रोसामु छ। यही पृष्ठभूमिमा सरकारले व्यावहारिक अल्पकालीन नीति अख्तियार गर्न सक्छ। नेपाल जस्तो वामपन्थी राजनीतिले प्रभावित भएको देशमा खुला बजार नीति लागु गर्न सहज छैन। बेलाबेलामा सरकारी हस्तक्षेप आवश्यक हुन्छ। उदाहरण, अहिले उपत्यकामा सञ्चालनमा रहेका ललितपुर यातायात समिति, कीर्तिपुर यातायात समिति, मध्यपुर यातायात समिति जस्ता थुप्रै समिति अस्तित्वमा छन् र आफूखुसी यातायात चलाउँदै आएका छन्। बिहान कुन बेलादेखि साँझ कुन बेलासम्म यातायात चलाउने त्यसको निर्णय समिति आफैं गर्ने गर्छन्। सरकारले प्रत्येक समितिलाई बेलुकाको निश्चित समय तोकेर त्यसबेलासम्म नियमित अन्तरमा यातायात चलाउन निर्देशन दिन सक्छ। यस्ता काम जवाफदेही सरकारको कर्तव्यभित्रका कुरा हुन्। सार्वजनिक यातायात सार्वजनिक सेवाअन्तर्गत पर्ने भएकाले समितिहरूले आफूखुसी गर्न पाउँदैनन्। त्यस्तो एकाधिकार गर्ने कानुनी प्रावधान पनि छैन।
नियन्त्रणमुखी नीतिमा बजारहरू फैलन र विकसित हुन सक्तैनन् भन्ने वास्त्ाविकता आत्मसात गर्दै सरकारी संयन्त्रले आमनागरिकको पक्षमा काम गर्ने हो। यातायातका क्षेत्रमा समितिहरूका सामु निरीह बन्न सरकारलाई सुहाउने कुरा पनि होइन।
दीर्घकालीन नीतिअन्तर्गत काठमाडांै महानगरपालिका, ललितपुर उपमहनगरपालिकालगायत्का उपत्यकाभित्रका ५ वटा नगरपालिकाहरू आफंैले नगर बसहरू सञ्चालन गर्न सक्नुपर्छ। निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउन, मूल्य नियन्त्रण गर्न सरकार आफंैले आवश्यकीय सेवाहरू उपलब्ध गराउनुपर्ने आवश्यकता नेपालमा अझ खड्किएको अनुभव हुन्छ । सरकारले केही अंशमात्र बजार आफ्नो नियन्त्रणमा लिन सक्यो भने प्रतिस्पर्धी बजारमा निजी क्षेत्र आफंै जिम्मेवार हुँदै जाने र मूल्य नियन्त्रण पनि हुने हुन्छ। अनुभवबाट देखिएको छ- नेपालको निजी क्षेत्र इमानदार बन्न चाहँदैन। अहिले भइराखेका खाद्य संस्थान, साल्ट ट्रेडिङ, नेसनल टे्रडिङ जस्ता निकायलाई प्रभावकारी बनाउँदा उपभोक्ता बजारमा आवश्यकीय वस्तुको मूल्य नियन्त्रण हुन्छ। साझा यातायात मुर्झाउने र नगरपालिकाहरूले नगर बसहरू सञ्चालनमा ल्याउने हो भने यातायातका सिन्डिकेटहरू पनि भत्कन थाल्नेछन्।