मुलुकमा हुने हरेक ठूला परिवर्तनले राष्ट्रिय व्यक्तित्व जन्माउने विश्वास गरिन्छ। त्यही व्यक्ति नै राष्ट्रिय नेता हुन्छ। वास्तविक अर्थमा देश र जनताको नेता हुन्छ। जसमा देशलाई अगाडि लैजाने क्षमता भरिएको हुन्छ। तर पछिल्ला समय त्यो मान्यता नेपाली राजनीतिमा हार खाँदै आएको छ। नेपाली इतिहासमा यस्ता नेताको सबैभन्दा खाँचो परेका बेला नै देश यही अभावमा ग्रसित हुन पुगेको छ। यो विडम्बना नै हो, नेपालमा अहिले राजनीतिक दल र नेताहरूको सूची बनाउन लाग्ने हो भने यसले एकाधि नै लिन सक्छ तर कोहीले पनि आफूलाई राष्ट्रिय नेताका रूपमा स्थापित गराउनसक्ने संकेतसमेत दिन सकेका छैनन्।
२०४८ सालको आमनिर्वाचनमा विजयी भएका एमाले नेता मदन भण्डारीले साप्ताहिक जनमञ्चसँगको अन्तर्वार्तामा आफूलाई मन पर्ने नेपाली राजनीतिज्ञका रूपमा बीपी कोइरालाको नाम लिएका थिए। यसको कारणमा उनले ...विपरित धारमा हिँड्न सक्ने क्षमता' उल्लेख गरेका थिए। वास्तवमा बीपीको त्यही खुबीले उनलाई राष्ट्रिय नेता बनाएको थियो। त्यतिबेला उनको उछित्तो काट्नेहरूले पनि अहिले आएर उनको प्रशंसा गर्न थाल्नुबाट पनि यो प्रमाणित हुन्छ। विपरित धारमा हिँड्नु भनेको जसले जे भनेपनि त्यचम नलागी आफ्नो सिद्धान्तमा अडिग रहँदै अगाडि बढ्नु हो। त्यस क्रममा आउने अनेकौँ बाधा अड्चन छिचोल्दै देश र जनताका लागि अगाडि बढ्ने क्षमता सामान्य मानिसमा हँुदैन। त्यसैले राष्ट्रिय व्यक्तित्व हुनका लागि असामान्य साहस आवश्यक पर्छ। अहिले हाम्रो मुलुक त्यस्तै साहसी व्यक्तित्वको खोजीमा छ। राष्ट्रिय व्यक्तिले आफ्नो जीवन राष्ट्रका लागि अर्पित गरेका हुन्छन्। व्यक्तिगत तथा पार्टीगत स्वार्थभन्दा माथि उठेर हिँड्न सक्ने क्षमताले नै उसलाई राष्ट्रिय महŒवको बनाउँदै लैजान्छ। त्यसैले यस्तो व्यक्ति बन्नु चानचुने होइन।
बीपी मेलमिलापको नीति लिएर स्वदेश फर्कंदा उनको जीवन र पार्टीको अस्तित्व नै खतरामा थियो। तर त्यो निर्णय वास्तवमा मुलुकका लागि भएको कुरा त्यतिबेला उनको आलोचना गर्नेहरूले पनि अहिले स्वीकारेका छन्। उनले राष्ट्रको दूरगामी भलाईका लागि व्यक्तिगत तथा केही सीमासम्म पार्टीको भविष्यलाई नै गौण मानेका थिए। अहिलेको स्थिति भिन्न छ। नेताहरू सहमतिका नाममा राजनीतिकरूपमा स्खलित हँुदै गएका छन्। सत्तामा पुग्ने लक्ष्यसाथ हुने सहमतिले मुलुकको भलो गदैन।
पञ्चायत कालमा लोकतन्त्रका लागि लडेका थुप्रै कार्यकर्ताले अनेकौँ बाधा अडचन र विरोधको डटेर सामना गरेका थिए। तत्कालीन निरंकुश व्यवस्थाले प्रजातन्त्रका झण्डा बोकेर हिँडेका ती कार्यकर्तालाई धम्क्याउन र तर्साउन सकेको थिएन। तर विडम्बना प्रतिबन्धित कालमा अनेकौँ विरोध र बाधा अड्चनको डटेर सामना गर्दै आएका थुप्रै व्यक्तित्वहरू प्रजातन्त्र प्राप्तिपछिको राजनीतिक माहोलमा आफूलाई सैद्धान्तिक बाटोमा हिँडाउन सकेनन्। व्यावहारिक राजनीतिका नाममा अनेकन प्रलोभनमा फस्दै गए। जसबाट उनीहरूको व्यक्तिगत र पारिवारिक भविष्य छोटो समयका लागि निश्चित त भयो तर राष्ट्रको भविष्य उनीहरूका त्यस्ता हरेक कदमसँगै अन्धकारमा भासिँदै गयो।
वास्तवमा राजनीति त आफू, आफ्नो समुदाय र दलका लागि नभई देशको भविष्य निर्माणका लागि हुनुपर्छ। तर अहिलेका कुनै नेतामा त्यस किसिमको त्याग गर्न सक्ने साहस देखिएको छैन।
अहिलेको राजनीति त राष्ट्रिय स्वार्थभन्दा निकै पर छ। त्यो देशको भविष्यसँग जोडिएको छैन। हरेक राजनीतिक पार्टीका दस्तावेजमा भएका शब्दजालले सोझासाझा निमुखा जनतालाई केही समय आकर्षित गर्न त सक्ला तर त्यसमा राष्ट्रिय सोच अभाव छ। दल र यसका नेताहरूको आचरण देशको भविष्यमा दूरगामीरूपमा सकारात्मक असर पार्न सक्ने किसिमको छैन। त्यसको प्रमाण देखिइसकेको छ। राष्ट्रिय आवश्यकताका नाममा व्यक्तिगत स्वार्थका लागि सहमतिको शृंखला हरेक दल र यसका नेतासम्म पुगिसकेको छ। १२ बुँदेदेखि अहिलेसम्म भएका सहमतिको थुप्रोले त्यही प्रमाणित गरिरहेको छ। सहमति त थुप्रै भए तर त्यसलाई लागु गर्नतर्फ कतैबाट पनि सकारात्मक प्रयास भएन। किनभने हरेक दल र यसका नेता व्यक्तिगत तथा दलगत स्वार्थभन्दा माथि उठ्न सकेनन्। म नभए कोही हँुदैन भन्ने मानसिकताले नेपाली राजनीतिमा जरा गाडिसकेको छ। नेताहरू देशको नभई आफ्नो र केही सीमासम्म आफ्नो पार्टीको भविष्यप्रति बढी चिन्तित देखिएका छन्। लगभग हरेक दल र यसका नेताहरूको क्रियाकलाप सत्तामा पुग्नसम्ममा सीमित छन्।
यदि राजनीति व्यक्तिगत स्वार्थ र पार्टीका लागि होइन, सस्तो लोकप्रियताका लागि होइन भने मात्र त्यो राष्ट्रका लागि हुन सक्छ। अनि राष्ट्रका लागि गरिने राजनीति एक वर्ष अथवा एक दशकका लागि नभई एउटा युग निर्माणका लागि हुन्छ। तर त्यस किसिमको राजनीतिमा वैयक्तिक स्वार्थका लागि कुनै स्थान हँुदैन। देशको विकासमा आफ्नो विकास देख्न सक्ने आँखाले मात्र दूरगामी राजनीतिको छेउ भेट्टाउन सक्छ। त्यस्ता दृष्टि भएका व्यक्तित्वहरू नै राष्ट्रिय नेताका रूपमा स्थापित हुन सक्छन्। अहिले सत्तामा रहेको एमाओवादी र यसका घटकहरू कुनै हालतमा पद त्याग गर्न चाहँदैनन् भने सत्ताबाहिर छटपटाइरहेका विपक्षी दलहरू जसरी भए पनि कुर्सी खोस्ने धुनमा सडकमा ओर्लिसकेका छन्।
देशमा संवैधानिक निकायहरू रित्तिँदै गएको अवस्थामा तत्कालका लागि राहत दिने एकमात्र उपाय भनेकै निर्वाचन हो। तर त्यसका लागि पनि सत्ता पक्ष र विपक्षका आ-आफ्नै सर्त छन्। कांग्रेस र यसका समर्थकहरू निर्वाचन आफ्नो नेतृत्वमा गराउन चाहन्छन् भने सत्ताधारी दलहरू त्यसमा सहमत हुन सकेका छैनन्। अहिलेको सरकार त कामचलाउ हो। तर निर्वाचनपछिको सरकार भने जनताले बनाएको हुनेछ। त्यस अर्थमा आफ्नो नेतृत्वमा निर्वाचन गराउन नसके बेहोर्नुपर्ने सम्भावित पराजयबाट सबै दल आक्रान्त छन्। मुलुकलाई संक्रमणकालबाट पार लगाउन राष्ट्रिय व्यक्तित्वको खाँचो हुन्छ। तर नेपालका कुनै पनि नेता आफूमा त्यस किसिमको व्यक्तित्व विकास गराउन चाहँदैनन्। किनभने राष्ट्रिय नेता हुनका लागि पहिलो सर्त नै पद त्याग गर्न सक्ने क्षमताको विकास गर्नु हो। ०४६ सालको आन्दोलनपछि प्रधानमन्त्री पद त्यागेकै कारण गणेशमान सिंह श्रेष्ठले राष्ट्रिय व्यक्तित्व प्राप्त गरेका थिए। उनलाई देशकै सर्वोच्च नेताको संज्ञा दिइएको थियो।
अहिले सत्ताधारी एकीकृत माओवादी आफ्नो सातौँ महाधिवेसनमा व्यस्त छ भने विपक्षी दलहरू सरकार विरोधी आन्दोलनमार्फत् सडक तताइरहेका छन्। राष्ट्रिय नेताको खाँचोको अनुभव भइरहेको अवस्थामा नेपालका प्रमुख राजनीतिक दलका नेताहरूसामु देशकै नेतृत्व हाक्न सक्ने अवसर पनि छ। तर त्यो नेतृत्व बालुवाटारको कुर्सीमा नभई जनताको मनमा बसेर दिन सक्नुपर्छ। तर यसका लागि विपरित धारमा हिँड्न सक्ने क्षमता विकास गर्न जरुरी छ। अथार्त् सिद्धान्तको बाटोमा आउने विरोध र आलोचना मात्र नभई अनेकन प्रलोभनका बाधा अड्चनलाई झैदै अघि बढन सक्नुपर्छ। के त्यसलाई छिचोल्दै देश र जनताको दूरगामी हितका लागि हिँड्ने साहस हाम्रा कुनै नेताले देखाउन सक्लान्? हुन त अहिलेसम्म कुनै नेताले विपरित धारमा हिँड्न त परै जाओस्, अडिने साहस पनि देखाउन सकेका छैनन्।