कांग्रेसको अंकगणित
१६ माघ २०६९
•
९ मिनेट पाठ
कांग्रेसको अंकगणित
दुःखको मिमांसा गर्दै महात्मा बुद्धले भनेका छन्- मान्छे दुःखी छ, दुःखको कारण छ, दुःख निवारण गर्न सकिन्छ र उपाय पनि छ। सदाबहार सत्तासीन नेपाली कांग्रेसको दुःख सत्ताबाट विमुख हुनु हो। एक, उसको यो ठम्याइ नै गलत छ। त्यसमाथि दुःख निवारण गर्ने र उपाय खोज्ने उसलाई जाँगर छैन। हो, प्रजातन्त्रका लागि राणाकालदेखि नै कांग्रेस सदैव लडिरहेको छ। ०७ सालमा उसैको सशस्त्र युद्धले राणा शासन घुँडा टेक्न बाध्य भयो। संयुक्त वाम मोर्चाको सहकार्यमा प्रजातन्त्र पुनर्स्थापना आन्दोलनको नेतृत्व गरेर पञ्चायतलाई घुँडा टेकाउन पनि ऊ सफल भयो।
०६१ माघ १९ पछि देउवा कांग्रेस र एमाले राजा ज्ञानेन्द्र शाहसामु प्रतिगमन आधा सच्चियो भनेर नाकले सही धसिरहेका थिए। कुनै सम्झौता नगरी कांग्रेसले संघर्षको अथक नेतृत्व गर्योस र राजाको प्रत्यक्ष शासन अन्त्य गर्न सफल भयो। यी तीन राजनीतिक परिवर्तनमा कांग्रेसको भगिरथ लडाइँको प्रशंसा जति गरे पनि कम हुन्छ। कांग्रेस नेतृत्वकै सरकारसँग माओवादीले बृहत् शान्ति सम्झौता गर्यो् र जनयुद्धको विधिवत् अन्त्य गर्न राजी भयो। बस, कांग्रेसको अग्रगामी भूमिका सिनेमामा अल्पनायकको जस्तै यहीँ सकिन्छ। यसको अर्थ हो, राजनीतिक परिवर्तनका लागि सबैभन्दा प्रशंसनीय भूमिका खेल्न कांग्रेस लोकतन्त्रलाई संस्थागत गर्न पूरै अकर्मण्य साबित भयो।





कठै प्रजातान्त्रिक समाजवाद!
बीपीको सपना थियो प्रजातान्त्रिक समाजवाद। यो प्रजातन्त्रको जगमा फस्टाएको क्रूर पुँजीवादलाई मानवीय अनुहार दिने प्रयास थियो। (यही अभ्यास अहिले स्कान्डिभियन देशहरूमा भइरहेको छ।) २०१२ सालको महाधिवेशनले बीपीको यही आदर्शलाई आधारभूत निर्देशक सिद्धान्त मानेको हो। यसैलाई कार्यान्यवन गर्ने प्रारम्भिक प्रयासस्वरूप उसले २०१६ सालमा विर्ता तथा राजारजौटा उन्मूलन गरेको थियो। बीपी नेपाली कांग्रेसलाई गरिब किसानको पार्टी बनाउन चाहन्थे। हरेक परिवारलाई एउटा दुहुनो गाई र खान पुग्ने जमिन हुनुपर्छ भन्थे।

यसको सान्दर्भिकता वा आधुनिक स्वरूपबारे छलफल चलाउन कांग्रेस नेतृत्वमा अब कुनै जाँगर छैन। प्रजातान्त्रिक समाजवाद उसको जपनामा यदाकदा आए पनि थपनाको मूल मन्त्र खुला बजार अर्थतन्त्र र अभ्यासचाहिँ चरम भाँडभैलोतन्त्र हो। शिक्षा, स्वास्थ्य र रोजगार जनताका मौलिक अधिकार हुन सकेका छैनन्। धनी र पहुँच हुनेले उच्च स्तरको शिक्षा पाउँछन्। जति प्रतिभा भए पनि गच्छे र पहुँच नहुनेले पढ्नै पाउँदैनन्। स्वास्थ्य र रोजगारमा पनि यही भइरहेको छ। पैसा छैन भने बाँच्ने अधिकार पनि छैन। बीपीको सपना शब्दमा जे भनिए पनि जनताका आधारभूत आवश्यकता मौलिक हकका रूपमा सुनिश्चित हुनुपर्छ भन्ने थियो। कांग्रेसको आत्मा बीपीको यही सपना थियो। त्यसलाई सिँच्ने काम उसका गौरवमय प्रजातान्त्रिक आन्दोलनहरूले गरेका थिए। कांग्रेस आज लोकतन्त्रको पोस्टर छातीमा टाँसेर सोरुममा उभिएकी त्यस्ती सुन्दरीझैँ देखिन्छ जसलाई टाढाबाट देख्दा पुरुषहरू भुतुक्क हुन्छन्। तर, खासमा त्यो प्राणहीन डमीमात्र हुन्छ।

कांग्रेसको दुःख
नेपाली कांग्रेस आफूलाई सदैव नम्बर १ ठान्छ। हो, प्रजातन्त्र पुनर्स्थापनापछि संविधानसभा चुनावअघिसम्म नेपाली राजनीति उसकै कब्जामा रह्यो। माओवादी बुलेट छाडेर ब्यालेटमा नआइदिएको भए संविधानसभा चुनावमा पनि एक नम्बरको पार्टी उही हुन्थ्यो। प्रस्ट थियो, प्रत्यक्षतर्फ जम्मा ३७ सिट ल्याए पनि दोस्रो स्थानमा त उही थियोे। आवधिक निर्वाचन, प्रधानमन्त्रीय पद्धतिको बहुमतको सरकार र संवैधानिक राजतन्त्र कांग्रेसको प्रजातान्त्रिक प्रतिबद्धता थियो। त्यसभन्दा अघि वा पछि जान हृदयले अहिले पनि ऊ तयार छैन। सामजिक न्याय, आर्थिक क्रान्ति, पुनर्निर्माणका कुनै खाका ऊसँग छैन। संविधानसभा, गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता त समयको आँधीले ल्याएका परिवर्तनहहरू हुन्। तिनलाई रोक्न नसक्नुमा कांग्रेसको कुनै दोष छैन।

राजनीतिमा अंकगणित
संविधान निर्माणमा सहमति नहुने भएपछि बाबुराम भट्टराई नेतृत्वको गठबन्धन सरकारले व्यवस्थापिकासमेत नरहने गरी संविधानसभा भंग गर्ने र मंसिर ७ गने निर्वाचन गर्ने एकल निर्णय गरेको हो। विपक्षीले अस्विकारेपछि चुनाव नहुनु स्वाभाविक हो। भएकै भए पनि त्यसले मान्यता पाउँदैनथ्यो। तर, वैशाखमा चुनाव गराउन सबै दल सहमत थिए। यसअघि सहमतीय व्यवस्थालाई लोप्पा खुवाउँदै आएका विपक्षी दलहरूले चुनावका लागि सहमतीय सरकार बन्नुपर्ने र त्यो कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा हुनुपर्ने विकल्प अघि सारे। कुरा यहाँसम्म ठीकै हो। तर, चुनावमात्र गन्तव्य होइन। मुख्य कुरा, संविधान बन्नुपर्छ। सहमतीय सरकारको नेतृत्व दाबी गर्नेले त्यसको ग्यारेन्टी दिनै पर्छ। विडम्बना, उनीहरू यो ग्यारेन्टी त परै, चुनाव हुने ग्यारेन्टीसमेत दिँदैनन् र सरकार परिवर्तनका लागि आन्दोलन घोषणा गर्छन्। यस्तो भुइँफुट्टा आन्दोलनमा न नैतिक बल हुन्छ, न त जनताको साथ। विपक्षीले संविधान बन्ने ग्यारेन्टीको आधार दिएकै दिन सत्ता छाड्न बाबुरामलाई चौतर्फी दबाब पर्छ। तर, यसमा कांग्रेसको रुचि छैन। उसले चाहेको चुनावी सरकारको नेतृत्वमात्र हो।
यथार्थमा कांग्रेसको राजनीति अंकगणितमा चलिरहेको छ। यो भनेको गुणस्तरको होइन, मात्राको राजनीति हो। राजनीति अंकगणितमा होइन, सापेक्ष सत्यमा चल्छ। कांग्रेसलाई सदैव लाग्छ, सत्ताको नेतृत्व नभए चुनाव जितिँदैन। त्यसैले त ऊ अरूको नेतृत्वमा चुनाव हुनै नदिने र आफ्नो नेतृत्व भएमात्र सहमतीय सरकार बन्ने दाबी गरिरहेको छ। तर, उसले बिर्सेको छ, ०४८ सालको चुनावमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई स्वयं पराजित भए। ०५१ सालको मध्यावधि चुनावमा एकल सरकार र ०६४ सालको संविधानसभा चुनावमा नेतृत्वसहित प्रमुख मन्त्रालय आफ्नै हातमा हुँदासमेत कांग्रेस पराजित भयो।
एउटा रूखमा १० वटा चरा छन्। एउटालाई गोली लाग्यो र मर्योय। अब रूखमा कति चरा बाँकी छन्? अंकगणितले भन्छ, नौ वटा। सत्य के हुन्छ भने एउटालाई गोली लागेपछि बाँकी सबै चरा उडेर जान्छन्। कांग्रेसको अंकगणितीय राजनीतिले यहीँनेर फेल खाएको छ।
अर्को समाचार
यस्तो छ इलामको चुनावी अंकगणित
१६ कार्तिक २०७४
•
१३ मिनेट पाठ
यस्तो छ इलामको चुनावी अंकगणित
इलाम- आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द (वाम गठबन्धन)को पकड बलियो देखिएको छ । गत असार १४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा दलहरूले पाएको मत तुलना गर्दा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा वाम गठबन्धनको मत नेपाली कांग्रेसको भन्दा निकै अघि देखिएको हो ।




अब हुने निर्वाचनको क्षेत्र निर्धारण गर्दा सबैभन्दा सानो इकाई वडालाई नै लिइएकाले असार १४ को निर्वाचनमा वडाध्यक्षले ल्याएको मतका आधारमा चुनावी अंकगणित आँकलन गर्न सकिन्छ । यद्यपि, एउटै दलका वडाध्यक्ष, सदस्यहरू र स्थानीय तहका प्रमुख–उपप्रमुखले त्यही वडामा ल्याएको मत नै फरक–फरक हुने भएकाले कुनै पनि भूगोलमा फलानो दलको मत यति नै हो भनेर यकिन गर्न चाहिँ मुस्किल पर्छ ।

वडाध्यक्षहरूले ल्याएको मतलाई आधार मान्दा जिल्लाका सबै निर्वाचन क्षेत्रमा एमाले एक्लै पनि कांग्रेसभन्दा अगाडि देखिन्छ । जिल्लाका अधिकतर वडामा तेस्रो स्थानमा रहेको माओवादीको मत निर्वाचन क्षेत्रको तहमा एमालेको मतसँग जोड्दा वाम गठबन्धनको मत कांग्रेसको भन्दा अझ धेरै अन्तरले माथि पुग्छ । वाम गठबन्धनले इलामसहित मेची अञ्चलका ताप्लेजुङ, पाँचथर र झापामा पनि राप्रपासँग चुनावी तालमेल गरेकाले राप्रपाको मत पनि वाम गठबन्धनमै जोडिनेछ । तर, स्थानीय तह निर्वाचनपछि राप्रपा दुईधारमा विभाजित भएकाले कुन धारको मत कता जान्छ भन्ने चाहिँ यकिन छैन ।

सबै वडाध्यक्षहरूले ल्याएको मत योग गरी वाम गठबन्धन र कांग्रेसको मत तुलना गर्दा प्रतिनिधिसभातर्फ जिल्लाको क्षेत्र १ मा वाम गठबन्धनभन्दा कांग्रेस ११ हजार २ सय २४ मतले पछि देखिन्छ । प्रतिनिधिसभाकै क्षेत्र २ मा ८ हजार ३ सय ४७ मतले गठबन्धन कांग्रेसभन्दा अघि छ । प्रदेशसभातर्फ क्षेत्र १ को १ मा गठबन्धन ६ हजार ९ सय २८ मतले कांग्रेसभन्दा अघि छ भने क्षेत्र १ को २ मा पनि गठबन्धन नै कांग्रेसभन्दा ४ हजार ३ सय ४० मतले अघि छ । क्षेत्र २ को १ मा गठबन्धन कांग्रेसभन्दा ३ हजार १ सय ३३ मत र क्षेत्र २ को २ मा पनि गठबन्धन नै कांग्रेसभन्दा ५ हजार ५ सय ४ मतले अघि देखिएको छ ।

स्थानीय तह निर्वाचनमा जिल्लाका सबै ८१ वडामा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीचमै भएको थियो । जिल्लाका ८१ वडामा एमालेबाट ४७ र कांग्रेसबाट ३१ वडाध्यक्ष विजयी भएका थिए । माओवादी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय जनमुक्ति पार्टी १–१ वटा वडाको वडाध्यक्षमा विजय भएका थिए । आउँदो निर्वाचनमा पनि वाम गठबन्धन र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

अहिले जिल्लामा प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ निर्वाचन क्षेत्र छन् । प्रतिनिधिसभातर्फ क्षेत्र १ मा सूर्याेदय नगरपालिका, सन्दकपुर, माइजोगमाई, रोङ गाउँपालिका, माई नपाका वडा १, २, ३, ४, ५, ९, १० र इलाम नपाको वडा १० समेटिएको छ । क्षेत्र १ मा समेटिएको सूर्याेदय र माई नपासहित माइजोगमाई र सन्दकपुर गाउँपालिकाको स्थानीय तह निर्वाचनमा एमालेले प्रमुख–उपप्रमुखसहित बहुमतमा विजय हासिल गरेको थियो । इनपा–१०, माई नपा १, २, ४, ५, ९ मा एमाले तथा ३ र १० वडामा कांग्रेसका वडाध्यक्ष विजयी भएका थिए । रोङ गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षसहित बहुमतमा कांग्रेस विजयी भएको थियो ।

प्रतिनिधिसभा क्षेत्र १ मा ३९ वडा छन् । यो क्षेत्रका सबै वडामा गरी एमालेको जम्मा मत ३० हजार १ सय ४८ छ । यसमा माओवादीको ५ हजार १ सय ७५ जोड्दा कुल ३५ हजार ३ सय २३ हुन्छ । यहाँ कांग्रेसको २४ हजार ९९ मत छ भने संघीय समाजवादी फोरमको २ हजार ८ सय २१ र राप्रपाको १ हजार १३ मत छ । कांग्रेसले संघीय समाजवादी फोरमका जिल्ला अध्यक्षलाई नै यहाँ प्रदेशको उम्मेदवार बनाएपनि उनी फोरम परित्याग गरी कांग्रेसमै गएकाले फोरमको मत उनलाई जाने देखिँदैन ।

प्रतिनिधिसभाको क्षेत्र २ मा देउमाई नगरपालिका, फाकफोकथुम, माङ्सेबुङ, चुलाचुली गाउँपालिका, माई नगरका ६, ७, ८ र इलाम नपाका १, २, ३, ४, ५, ६, ७, ८, ९, ११ र १२ वडा पर्छन् । स्थानीय निर्वाचनमा देउमाई र चुलाचुलीमा एमालेका प्रमुख–उपप्रमुखसहितको बहुमत आएको छ भने माङ्सेबुङ तथा फाकफोकथुममा अध्यक्ष कांग्रेस र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका थिए । १२ वटा वडामध्ये वडा १० बाहेक ११ वटा वडा यही क्षेत्रमा समेटिएको इनपाको प्रमुख–उपप्रमुखमा पनि एमालेकै उम्मेदवार विजयी भएका थिए । इनपाको वडा १, २, ५, ६ र ९ मा एमालेका वडाध्यक्ष विजयी भएका थिए भने वडा ३, ४, ७, ८, ११ र १२ को वडाध्यक्षमा कांग्रेसले बाजी मारेको थियो । यसै क्षेत्रमा रहेको माई नपाको वडा ६, ७ र ८ मा एमालेका वडाध्यक्ष विजयी भएका थिए ।

प्रतिनिधिसभातर्फ क्षेत्र २ मा एमालेको मत २७ हजार ७ सय १ छ भने कांग्रेसको २६ हजार १ सय ९३ मत छ । माओवादीको ६ हजार ८ सय ३९ मत एमालेसँग जोड्दा वाम गठबन्धनको ३४ हजार ५ सय ४० मत पुग्छ । यहाँ गठबन्धनमै जाने सम्भावना रहेको राप्रपाको मत १ सय ६० छ । फोरमको २ हजार २ सय ७८ र राष्ट्रिय जनमुक्ति पार्टीको १ हजार ९ मत छ ।

क्षेत्र १ को प्रदेशसभा १ का माइजोगमाई र सन्दकपुर गाउँपालिकामा एमालेका अध्यक्ष–उपाध्यक्ष बहुमतसहित विजयी भएका थिए । यसैअन्तर्गतको सूर्याेदय नपाका १, २, ३, ९, १० र ११ वडामध्ये २, ३, ९, १०, ११ र इनपाको १० वडामा एमालेकै वडाध्यक्ष विजयी थिए । सूनपा १ मा भने कांग्रेसका वडाध्यक्ष विजयी बनेका थिए । यो क्षेत्रमा एमालेको कुल मत १६ हजार १ सय २८ छ भने कांग्रेसको ११ हजार ३ सय ३१ छ । माओवादीको २ हजार १ सय ३१ मत एमालेको सँग जोड्दा गठबन्धनको मत १८ हजार २ सय ५९ हुन्छ । यहाँ फोरमको १ हजार ७ सय ६३ र राप्रपाको ५ सय ७१ मत छ ।

क्षेत्र १ को प्रदेशसभा २ मा रोङ गाउँपालिकाका सबै वडा, सूर्याेदय नपाका वडा ४, ५, ६, ७, ८, १२, १३, १४ तथा माई नपाका वडा १, २, ३, ४, ५, ९ र १० वडा समेटिएका छन् । यीमध्ये रोङ गाउँपालिकामा अध्यक्ष–उपाध्यक्षसहित कांग्रेसको बहुमत छ भने सूनपाका वडा ४, ५, ६, ८, १२ मा एमाले, १३ र १४ मा कांग्रेसका वडाध्यक्षले जितेका थिए । माई नपाका वडा १, २, ४, ५, ९ र १० मा एमाले, वडा ३ मा कांग्रेसका वडाध्यक्ष विजयी भिए । यो क्षेत्रमा एमालेको मत १४ हजार २० छ भने कांग्रेसको मत १२ हजार ७ सय ६८ छ । माओवादीको ३ हजार ९८ मत एमालेसँग जोड्दा गठबन्धनको मत १७ हजार १ सय १८ पुग्छ । यहाँ फोरमको १ हजार ५८ र राप्रपाको मत ४ सय ३९ छ ।

जिल्ला सदरमुकामसमेत रहेको क्षेत्र २ को प्रदेशसभा १ मा देउमाई नपा र इलाम नगरपालिकाका १२ वटा वडामध्ये १० बाहेक सबै समेटिएका छन् । देउमाई नपामा बहुमतसहित एमालेका प्रमुख–उपप्रमुख विजयी थिए । इलाम नपाको वडा १, २, ५, ६ र ९ मा एमाले तथा वडा ३, ४, ७, ८, ११ र १२ को वडाध्यक्षमा कांग्रेस विजयी भएको थियो । यो क्षेत्रमा एमालेको मत १६ हजार ४ सय ६६ छ । कांग्रेसको १५ हजार ३ सय ४२ र माओवादीको २ हजार ९ छ । एमाले र माओवादीको जोड्दा गठबन्धनको १८ हजार ४ सय ७५ मत हुन्छ । यो क्षेत्रमा फोरमको १ सय २०, राष्ट्रिय जनमुक्ति पार्टीको ९९ र राप्रपाको ९४ मत आएको देखिन्छ ।    

क्षेत्र २ को प्रदेशसभा २ मा चुलाचुली, फाकफोकथुम, माङ्सेबुङ गाउँपालिकासहित माई नपाका ६, ७ र ८ वडा समेटिएका छन् । चुलाचुली गापा तथा माई नपाका ६, ७, ८ वडामा एमाले विजयी भएको थियो । माङ्सेबुङ तथा फाकफोकथुम गापाका दुवै अध्यक्षमा कांग्रेस र दुवै उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका थिए । माङ्सेबुङको एउटा वडा राष्ट्रिय जनमुक्ति पार्टी र चुलाचुलीको एउटा वडा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले जितेका थिए । यो क्षेत्रमा एमालेको ११ हजार ९ सय ३५, कांग्रेसको १० हजार ८ सय ५१ र माओवादीको ४ हजार ३ सय २० मत छ । एमाले र माओवादीको जोड्दा यहाँ गठबन्धनको १६ हजार २ सय ५५ मत पुग्छ । यहाँ फोरमको २ हजार ६८, राजमुपाको ८ सय ३७ र राप्रपाको ६६ मत आएको देखिन्छ ।

मंसिर २१ मा हुने दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको उम्मेदवार मनोनयन कात्तिक १६ अर्थात् बिहीबार (आजै) हुँदैछ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस