राजनीतिकर्मी, उद्यमी-व्यापारी, कानुन व्यवसायी र पत्रकारबीचको गहिरो सम्बन्ध लोकतान्त्रिक पद्धतिको सन्तुलन सूत्र हो। राजनीतिले सुशासनका लागि दृष्टिकोण बनाउँछ, उद्यमी-व्यापारीले सुदृढ अर्थतन्त्रका लागि आधार निर्माण गर्छ, कानुन व्यवसायीले सुशासनका कानुनी प्रक्रिया तयार गर्छ र पत्रकारले लोकतान्त्रिक पद्धतिलाई पारदर्शी बनाउन जनमत निर्माण गर्छ। यी चारै थरी व्यवसायीको सम्बन्ध अन्योन्याश्रित देखिए पनि व्यवहारमा त्यस्तो हुँदैन। पत्रकार अरुभन्दा पृथक किन हुन्छ भने उसले देखेको कुरा लेख्नु, भन्नु र दृश्यमा रुपान्तरित गर्नुपर्छ। त्यसैले ऊ कसैको प्रिय हुँदैन। सरकारसँग उसको सम्बन्ध स्नेह र घृणाका बीच बाँडिएको हुन्छ। उद्यमी-व्यापारी र कानुन व्यवसायी पनि पत्रकारसँग सकेसम्म टाढै बस्न खोज्छन्। चारै थरि व्यवसायी जुन दिन एकै ठाउँमा उभिन्छन्, त्यो दिन लोकतन्त्रको सन्तुलन सूत्रमा गाँठो पर्छ। विकसित लोकतान्त्रिक देशहरुमा अहिलेसम्म सन्तुलन सूत्रमा गाँठो परेको छैन। पत्रकारिता लोकतान्त्रिक पद्धतिको चौथो अंगका रूपमा स्थापित भएको छ।
हामीकहाँ लोकतन्त्र र लोकतान्त्रिक संस्कार दुवै स्थापित भएका छैनन्। नेपालका राजनीतिकर्मी, उद्यमी-व्यापारी र कानुन व्यवसायीले पत्रकारितालाई चौथो होइन, चुत्थो अंगका रूपमा हेर्ने दृष्टिकोण बनाएका छन्। देशमा बनेका प्रायः सबै सरकारले पत्रकारिता व्यवसायलाई विभिन्न संस्थाहमार्फत् आफ्नो नियन्त्रणमा राख्दै आएको छ। दुई दशकअघि देशमा बहुदलीय प्रजातन्त्र पुनर्स्थापनासँगै पत्रकारका नेताहरुले 'मिसन' पत्रकारिताको युग समाप्त भएको घोषणा गरेपछि नेपाली पत्रकारिता लक्ष्यविहीन व्यवसाय जस्तो भएको छ। पत्रकारिता आफैँमा लोकतन्त्रलाई सफल पद्धतिका रूपमा स्थापित गर्ने एउटा प्रभावकारी मिसन हो भन्ने मान्यता विस्मृतितिर धकेलिँदै गएको छ। राजनीति गर्नेहरुले आफ्नो प्रभाव विस्तारका लागि पत्रकारिता प्रयोग गर्ने चलन बढेर गएको छ।
यही कारण हो कि संसारभर नै पत्रकारहरु राजनीतिक विवेकहीनताका कारण मारिने गरेका छन्। नेपालको दशक लामो द्वन्द्वकालमा राज्य र विद्रोही दुवै पक्षबाट थुप्रै पत्रकार मारिएका थिए। थुप्रै नेपाली पत्रकार द्वन्द्वकालमा सहजकर्ताको भूमिकामा पनि देखा परेका थिए। दैलेखी पत्रकार डेकेन्द्र थापाको हत्या विद्रोही पक्षबाट भएको थियो। उनैको हत्याको छानबिनले यसपटक यो स्थितिमा परिवर्तन ल्याएको छ। द्वन्द्वकालमा दैलेख मध्य-पश्चिम नेपालको सर्वाधिक संवेदनशील संक्रमण विन्दु थियो। त्यतिखेरै दैलेखमा माओवादी विद्रोही र सरकारबीच मतान्तर थियो। माओवादी विद्रोहीहरुको पकड बलियो थियो त्यो भूभागमा भने प्रतिकारमा लाग्नेहरु पनि आफ्नो शक्ति प्रदर्शनमा चुकेका थिएनन्। दुल्लुमा महिला प्रतिरोध यसैको उदाहरण थियो।
सरकार परिवर्तनका लागि सहमति जुटाउन असफल भएको प्रतिपक्षले डेकेन्द्रको भूमिमा टेकेर सरकार विरोधी आन्दोलन यहीँबाट प्रारम्भ भएको घोषणा गरेको छ। दैलेख आन्दोलनको धुवाँ र धुलोमा रंगमंगिएको छ। सरकार प्रमुखलाई निषेध गर्ने प्रतिपक्षी आन्दोलनका कारण मुठभेड भएको छ। दैलेखी ज्वालाहरु अशान्त छन्। पक्ष-प्रतिपक्षको भिडन्तका कारण दैलेखी जनजीवन असुरिक्षत भएपछि त्यहाँका पत्रकारहरु ज्यान जोगाउन सुर्खेत ओर्लिएका छन्। दैलेखमा अब के हुँदैछ? राजनीतिक दलहरुको विज्ञप्तिबाहेक सूचनाका अन्य स्रोत बन्द भएका छन्। आन्दोलनकारी पत्रकारहरुको स्व-विस्थापनपछि दैलेखी जनता झनै एक्लिएका छन्। अघिल्लो सातासम्म दर्जनौं समाचार र फिचरको स्रोत बनेको दैलेखमा घटनाक्रमहरु अब कसरी विकसित हुनेछन्? पत्रकारहरुको विस्थापनपछि समाचार नै समस्या बनेको छ।
पत्रकारले आफ्नो ज्यान जोगाउनैपर्छ। उसको ज्यान जोगिएन भने समाचार नै बन्द हुन्छ। एउटा राजनीतिक दलका कार्यकर्ताको धम्कीकै कारण ज्यान जोगाउनका लागि आफ्नो कार्य क्षेत्र नै छाड्नुपर्ने अथवा अर्को राजनीतिक दलको संरक्षण खोज्नुपर्ने अवस्थालाई सामान्य मान्न हुँदैन। यो असामान्य अवस्थाको निर्माण पत्रकार आफैंले गरेका पक्कै होइनन्। पत्रकारहरुको आन्दोलनमा राजनीतिक दलको घुसपैठ नभएको भए न्यायिक छानबिनको अतिशय राजनीतिकरण हुन पाउने थिएन। डेकेन्द्र हत्याको अनुसन्धानमा सरकारी हस्तक्षेपका विरुद्ध जनमतको दबाबले यस्तो हस्तक्षेप समयमा नै निरस्त हुने थियो।
स्थानीय तहमा घटनाक्रमको विकास जसरी भएको भए पनि दैलेखमा अहिले चर्किएको आन्दोलन देशमा सुरु भएको शान्ति प्रक्रिया अपूर्ण र अपर्याप्त रहेको उपसंहार मात्रै हो। शान्ति प्रक्रियामा लागेका शक्तिबीच सहमति र समन्वय हुन सकेन भने यस्ता उपसंहारहरु दैलेखमा मात्रै होइन, देशका अन्य भागमा पनि मञ्चित हुन सक्छन्। शान्ति प्रक्रियालाई पूर्ण बनाउन यसमा सामेल भएका दलहरु गम्भीर भएका भए यो स्थिति आउँदैन थियो। शान्ति प्रक्रियाको एक महत्त्वपूर्ण पक्ष सत्य-तथ्य निरुपण आयोगको गठन प्रारम्भमा नै हुन सकेको भए पीडित पक्षले लामो समयसम्म पीडाको तापमा बल्झिनुपर्ने थिएन।
शान्ति प्रक्रिया प्रारम्भ भएका बेला विद्रोही माओवादी र दलहरुबीचको सम्बन्ध सुमधुर थियो। त्यसबेला दुवै पक्षले देशमा शान्तिको अपरिहार्य आवश्यकतालाई राम्ररी बुझेका थिए। राजा ज्ञानेन्द्रद्वारा अपमानित र उपेक्षित राजनीतिक दलहरु र बन्दुक बिसाएर शान्तिपूर्ण राजनीतिमा आउन तत्पर माओवादीहरु गणतन्त्र स्थापना जस्तो महत्त्वपूर्ण कुरामा सहमत भएर पनि द्वन्द्व समाप्तिका लागि आवश्यक प्राविधिक र सामाजिक पूर्वाधारहरुको निर्माणमा असफल भए। गणतन्त्र स्थापनादेखि अहिलेसम्म नेपाली जनताले भोग्नु र बेहोर्नुपरेको राजनीतिक विचलनको कारक तत्त्व यही नै हो।
दैलेखबाट ओर्लिएका प्रतिपक्षका नेताहरु यतिबेला राष्ट्रपति भवन पुगेका छन्। उनीहरु अहिलेको समयमा पक्ष/प्रतिपक्षबीचको मुठभेडको परिणाम देशका लागि घातक हुने ठहर्याहएर त्यहाँ पुगेका हुन् वा वर्तमान सरकार विस्थापनको आग्रह दोहोर्याउन? यो उनीहरुले नै जान्ने कुरा हो। आग्रह र पूर्वाग्रह छाडेर यथार्थका आधारमा भन्ने हो भने दैलेख घटनापछि सरकार परिवर्तन पक्ष/विपक्षबीच विवादको मूल विषय अब रहेन। दैलेख घटना देशमा सुरु भएको शान्ति प्रक्रिया लीकबाट बाहिर आएको संकेत हो। शान्ति प्रक्रियाबाट असन्तुष्ट रहेका थुप्रै तत्त्वहरु यसलाई लीकबाट हटाउन प्रयत्नशील रहेका बेला यसका दुई महत्त्वपूर्ण पक्ष आपसमा मुठभेडमा ओर्लनु देशको हितमा पक्कै छैन। यो अवस्थामा प्रतिपक्षले सरकारको नेतृत्व पायो भने अहिलेको सत्तापक्ष आन्दोलन र मुठभेडमा ओर्लने निश्चित नै छ। यो पाराले राजनीति अघि बढ्दै जाने हो भने देश असफल राष्ट्रका रूपमा भड्खारोमा पर्न अलिकति पनि बेर लाग्ने छैन। तर यतिखेर देशको चिन्ता नै कसलाई छ र?
वर्तमान नेपाली राजनीतिको कठोर सत्य यतिमात्रै हो- देशका समस्याको गाँठो कांग्रेस र माओवादीबीचको छलफल र सहकार्यले मात्रै फुकाउन सक्छ। राज्य पुनर्संरचनाका लागि दुवै पक्षको समझदारी आवश्यक हुन्छ। माओवादी एक्लैले वा कांग्रेस एक्लैले नेपाल राज्यको नयाँ पुनर्संरचना तयार गर्नु सम्भव नै छैन। शान्ति प्रक्रियाको तेस्रो महत्त्वपूर्ण पक्षका रूपमा रहेको तराइ-मधेसका राजनीतिक शक्तिहरुसँगको समन्वयको साँचो पनि कांग्रेस र माओवादीकै हातमा छ। यो अवस्थामा यी दुवै पक्षले एक/अर्कालाई निषेध गरेर हिँड्नुको विकल्प भनेको दुवै पक्ष युद्ध मैदानमा भिड्नुमात्रै हो।
राजनीतिको यो पक्ष कतिका लागि महत्त्वपूर्ण लाग्ला र कतिको यसमा असहमति रहला। यो बेग्लै पक्ष हो। अहिलेको महत्त्वपूर्ण पक्ष भनेको डेकेन्द्र काण्डको छानबिनका कारण तातेको दैलेखबाट स्व-विस्थापित पत्रकारहरुको व्यक्तिगत सुरक्षा र उनीहरुले दैलेखमा बसेर काम गर्न पाउने वातावरणको निर्माण नै हो। दैलेखमा जे भयो, त्यो हुनुपर्ने कुरा थिएन। सरकार र प्रतिपक्ष दुवैले पत्रकारको काँधमा राखेर बन्दुक पड्काउनु कुनै पनि अवस्थामा उचित थिएन। अब दुवैको लक्ष्य स्थायी शान्ति स्थापना हो भने सबभन्दा पहिले दैलेखको वातावरण सामान्य बनाउन दुवै पक्षले प्रयत्न गर्नुपर्छ। देशमा राजनीतिको प्रभावबाट मुक्त रहेर पत्रकारिता गर्न सकिने वातावरण तयार हुनसक्यो भने यसको लाभ पक्ष र प्रतिपक्ष दुवैले बराबर पाउने छन्।