सन्दर्भ गुमाएको नेताभन्दा हरुवा जुवाडे वेश हुन्छ। किनकि एउटा हरुवा जुवाडेले केबल एक परिवारलाई मात्र बर्वाद पार्छ तर एक असफल नेतासँगै सिङ्गो देशले आफ्नो सुन्दर भविष्य हार्ने गर्छ। निश्चय नै लोकतान्त्रिक व्यवस्था र लोकतान्त्रिक दलहरु आधुनिक राष्ट्र र राज्यको सामूहिक जीवनका अपरिहार्य तत्त्व हुन्। जनआन्दोलनकारी दलका जिम्मेवार नेताहरुको निरन्तरको नकरात्मक एवं निराशाजनक भूमिकाले भने नयाँ बसमा थोत्रा टायरको स्मरण गराइरहेको छ। बीच सडकमा थन्किएको बसमा नयाँ टायर राख्न ढिलाइ गर्दा ट्राफिकले सिंगो बसलाई नै बग्ग्ाीखानामा थन्काउन संकोच नमाने जस्तै खराब नेताका कारण असल पार्टीलाई समेत जनताले निर्ममतापूर्वक इतिहासमा मात्रै सीमित गरिदिन्छन्।
अमेरिका, चीन, भारत र बेलायत जस्ता देशमा दलहरुले नेतृत्वको सहज हस्तान्तरणको लोकतान्त्रिक प्रक्रिया अवलम्बन गरेका छन्। नेपालमा भने लोकतान्त्रिक दलको शीर्षासनमा पुग्न नातावाद र गुटको जालोविना सम्भव छैन। शरीरका लागि लुगाजस्तै दलका लागि नेता पुरक हो तर पर्याय होइन भन्ने चेतनाको विकास हाम्रोमा हुन सकेको छैन। यसरी लोकतन्त्रमा नातावाद, पक्षपात र खुराफातले हाकाहाकी स्थान पाउँदा राजनीतिले आकर्षण र जनसमर्थनको खुराक पाउन सकेको छैन। यस्तो स्थितिमा हरेक राजनीतिक दलका युवापुस्तासामु दुई विकल्प मात्र विद्यमान छन्, (१) लोकतान्त्रिक विधिबाट नेता फेर्ने (२) सन्दर्भ गुमाएको नेता बोक्ने हरिलठ्ठक हुनुभन्दा गाईपालन गर्ने। बीउअनुसारको बालो भनेझैं एउटा नेताको उत्कर्षकालबारे सही अड्कल बाजी गर्नुछ भने उसको विगत र आगमनको प्रकृति हेर्नुपर्ने हुन्छ। नेताको पटाक्षेप र नेतृत्वको हस्तान्तरणबारे अनुमान लगाउन उसको उत्कर्षकालीन आचरण र क्रियाकलाप अध्ययन गर्नुपर्ने हुन्छ। यसरी नेताको कसी आगमन, उत्कर्षकाल र नेतृत्वको हस्तान्तरणको प्रकृतिलाई मानिन्छ।
अनुवंश वा षड्यन्त्रको बलमा शक्तिमा आएको पात्रमा आत्मविश्वासको अभाव हुन्छ। शंकालु, असहिष्णु, योजनाहीन र सपनाशून्य नेताको उत्कर्षकाल आफ्नो कुर्सी बलियो पार्नमै बित्छ। जनताको इच्छा, आकांक्षा र सर्वोच्चता उसका लागि खेलौना बराबर हुन्छन्। योग्य उत्तराधिकारीको उत्पादन, सत्पात्रको चयन, विधि, थिति र पद्धति जस्ता लोकतान्त्तिक दलका प्राणतत्त्वहरुलाई महत्त्वाकांक्षी, अदूरदर्शी र लोभी राजनीतिज्ञले ध्यान नै दिँदैन। नेपालमा लोकतान्त्रिक दलको शीर्षासनमा रहेर पनि यस प्रकारको अपराधकर्मबाट बीपी कोइराला र मदनकुमार भण्डारीमात्र टाढा रहन सके। यी दुवै राजनेताको उदय सगोत्री वा साहुभाइको दौराको फेर समातेर भएको थिएन। दुवै राजनेताले कसैका विरुद्ध कुनै काण्डको तानाबाना बुनेनन्। आफू बाँचेको समयमा सहकर्मीको विश्वास आर्जन गर्न सक्नु र युवाहरुको ठूलो हिस्सालाई स्वस्फूर्तरूपले उद्देलित र उत्प्रेरित पार्न सक्नु कोइराला र भण्डारीको राजनीतिक कौशलता थियो। अर्ती दिएर, आस र त्रास देखाएर राजनीति गर्नेका उतारचढावहरु देखिए। विचार, सदाचार र जनाधारमा तालमेल मिलाउन सकेकाले दुवै राजनेता जीवित छँदा र शेषपछि पनि लोकतान्त्रिक आन्दोलन र राजनीतिक दललाई मार्गनिर्देश गर्न सफल रहे।
प्रमुख तीन दलमा ग्ाएका दुई दशकमा यस प्रकारको गुणग्राहिताको खडेरी परेको छ। न्याय, सत्य, तथ्य, तर्क र वहसलाई स्थान नदिनु, क्षमता अभिवृद्धि भन्दा छाताको खोजी गर्नुजस्ता कमजोरी रहे। आन्तरिक लोकतन्त्रको स्थिति सबल मानिएको एमालेमा समेत साँचो अर्थको लोकतान्त्रिक अभ्यास छैन। विचार, धार, निखार र सारको आधारमा भन्दा अनुहार, गोत्र, स्वार्थ र लेनदेनको आधारमा विचार समूहको नाममा स्वार्थ समूहको गठन र विघटनको प्रक्रिया तीव्र रहेकाले एमाले अझैं पनि थिग्रिन नसकेको प्रष्ट हुन्छ। हरेक दशकमा आन्तरिक जीवनमा आउने साना/ठूला पहिराको प्रचुरता र अन्य दलबाट आउने ओइरोको न्युनताले एमालेको अवस्था खुट्टा हेरेर रुन्छु, प्वाँख हेरेर हाँस्छु भन्ने मयुँरको जस्तो रहेको बुझ्न सकिन्छ। गौरवमय विगत, कुशल संगठक, जिउँदोजाग्दो युवापुस्ताको साथ र समर्थन पाएर पनि नेतृत्वले प्राविधिकरूपले पद मिलान गर्ने तर सान्दर्भिकता पुष्टि गर्न नसक्नु र त्यस प्रकारको नेतृत्वबाट पार्टीले केही प्राप्त नगरेकै कारण नै एमालेको निरन्तरताको संकटको गाँठो हो। राजनीति जनसमुदायले लिने एक दीर्घकालीन कठोर अग्निपरीक्षा हो। त्याग, लगाव, इमान र जमानको रुटबाट आफूलाई परिचालित गर्न सक्ने राजनीतिकर्मीको बाक्लो उपस्थिति र पहलबाट मात्र राजनीतिलाई फोहरी खेल हुनबाट बचाउन सकिन्छ।
संक्रमणकालीन मुुलुकलाई चाहिएको सुरो र दरो नेतृत्वको भूमिका निर्वाह गर्ने अवसर एमालेले दुई/दुई पटक पायो। संविधान सभाका बहुसंख्य सभासद् र एमाले केन्द्रीय कमिटीको समर्थनलाई अनादर गरी माधवकुमार नेपालले प्रधानमन्त्रीबाट राजीनामा दिँदा र डा. बाबुराम भट्टराईको सत्तारोहणलाई सजिलो पर्नेगरी झलनाथ खनालले नेपाली कांग्रेससँग दूरी बढाउँदा दुई-दुईवटा सरकार ढलेपछि जनताको अदालत र विश्वसमुदाय माझ एमालेको नुर गिर्योस। जुम्सो नेतृत्वको कष्टसाध्य बोझबाट एमालेले उन्मुक्ति खोजिरहेको छ। एकता अभियान घोषणाको अर्थ असफल नेताको पर्याय भइसकेका पुरानै अनुहारलाई निरन्तरता दिने हो भने यो गुटहरुको युद्धविराम मात्र मानिनेछ। एकता अभियानलाई दीर्घकालसम्म जोगाइराख्नु छ भने समीकरण, ध्रुवीकरण, एक-दुई वा बहुगुटको अभ्यास गर्न छोडी पार्टी प्रमुख हुनमा ह्याटि्रक गरिसकेका नेताद्वयले गणेशमान सिंहले झैं त्यागको बीज छरेर सम्मानको फसल प्राप्त गर्ने प्रतिष्पर्धामा उत्रनुपर्छ। वैकल्पिक हस्तीका रूपमा देखिएका केपी ओली, बामदेव गौतम, ईश्वर पोख्रेल र विष्णु पौडेलले अग्रजहरुको व्यवस्थापन र यथोचित सम्मान, सहकर्मीहरुको टहल र नयाँ पुस्तालाई उत्प्रेरित गर्नमा चौडा छाती र कौशलता देखाउन सक्नुपर्छ।