पछिल्लो दुई सातादेखि नेपाली राजनीति नयाँ मोडमा पुगेको छ। सहमतिका प्रयास छाडेर प्रमुख दलहरु भिडन्ततर्फ उन्मुख छन्। एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अहिलेसम्मका सबै सम्झौता च्यात्ने धम्की दिए। नेपाली कांग्रेस, नेकपा एमाले तथा अन्य प्रतिपक्षी पार्टीहरुले 'तेस्रो जनआन्दोलन' को धम्की दिएका छन्। नेकपा-माओवादीले 'जनयुद्धको आधारमा जनविद्रोह' को धम्की दिइरहेको छ। दलहरु मुठभेडमा उत्रिएका छन्। एकले अर्कोलाई निषेध गरी अघि बढ्ने दुस्साहस गरिरहेका छन्। के सत्तापक्ष अनि के प्रतिपक्ष सबै एकले अर्कोलाई आन्दोलन र विद्रोहको धम्की दिइरहेका छन्। तर के नेपालको वर्तमान संरचनात्मक अवस्था हेर्दा सत्तापक्षले भनिरहेको जस्तो सम्झौताका सम्पूर्ण कागजात च्यातेर पुनः युद्ध सुरु हुन्ा सक्छ? या प्रतिपक्ष दलहरुले भनेजस्तो तेस्रो जनआन्दोलन हुने अवस्था छ?
समाजशास्त्री थेडा स्कक्पलले सन् १९७९ मा राज्य र सामाजिक क्रान्ति नामक पुस्तक लेखेकी थिइन्। जसमा उनले विद्रोह, आन्दोलन तथा क्रान्ति मार्क्सवादीहरुले भनेजस्तो फगत वर्गसंघर्ष मात्र नभई यसको संरचनात्मक कारण रहने तथ्य औल्याएकी छिन्। सन् १७८९ मा भएको फ्रान्सेली राज्य क्रान्ति, सन् १९१७ को रसियन क्रान्ति र सन् १९११ को चिनियाँ क्रान्तिको तुलनात्मक अध्ययन गर्ने क्रममा उनले तीनवटा संरचनात्मक अवस्थाले विद्रोह, आन्दोलन र क्रान्तिका लागि आधार तयार हुने तथ्य औल्याएकी छिन्। जसमा पहिलो, सम्बन्धित मुलुकको सामाजिक-आर्थिक अवस्था, दोस्रोमा राज्यको संरचना र तेस्रोमा अन्तर्राष्ट्रिय परिवेश रहेका छन्। फ्रान्स, रसिया र चिनियाँ क्रान्तिहरु प्ा्कगत वर्ग संघर्षमात्र थिएनन्। यस्ता क्रान्ति हुनुमा द्वन्द्ववादी दृष्टिकोण भन्दा पनि संरचनात्मक दृष्टिकोणबाट हेर्नुपर्ने उनको सुझाव छ।
थेडाले भनेजस्तै वास्तवमा कुनै पनि युद्ध, आन्दोलन, द्वन्द्व तथा क्रान्ति हुनका लागि संरचनात्मक अवस्था तयार हुनुपर्छ न कि कुनै नेता, पार्टी वा मोर्चाको लहडमा आन्दोलन हुन्छ। नेपालमा २०५२ सालमा माओवादी जनयुद्ध फगत केही माओवादी नेताहरुको लहडको कारण भएको थिएन। न त त्यो आन्दोलन कुनै वर्ग संघर्षको जगमा उभिएको थियो। वि.सं. २०४६ सालमा पुनर्स्थापना भएको प्रजातन्त्र असमावेशी र सीमित जात, धर्म, संस्कृतिको पक्षपोषक भएको कारण त्यस समय नेपाली भूमि आन्दोलनका लागि ऊर्वर थियो। नेपाली राज्यको वस्तुगत संरचनाले पनि माओवादी द्वन्द्वलाई सहयोग पुर्याकयो। संसार पुँजीवादी युगमा दौडिरहँदा नेपालमा सामन्तको अवशेष राजतन्त्र जुर्मुराउँदै थियो। २०४६ सालमा पुनर्स्थापना भएको लोकतन्त्र समावेशी चरित्रको बन्न नसक्दा नेपालको जनसंख्याको ठूलो हिस्सा राज्यको मूलप्रवाहबाट बहिष्करणमा पर्योी। पहिलो हुनेले जित्ने चुनावी प्रक्रियाका कारण संसद समावेशी बन्न सकेन। भ्रष्टाचारका कारण राज्य संयन्त्र दिनानुदिन कमजोर बन्दै गयो।
गरिबी र सामाजिक असमानता व्यापक थियो। सामाजिक सांस्कृतिक असमानताको अवस्था उस्तै थियो। नेपाली समाजको सप्तरंगी चरित्र बेवास्ता गर्दै एक धर्म-हिन्दु, एक भाषा-नेपाली, एक पोशाक-दौरासुरुवाल र राष्ट्रियताको एक प्रतीक-राजसंस्थामा आबद्ध गर्ने पञ्चायती दुष्प्रयासमा सुधार ल्याउनुको साटो त्यसमै प्रजातान्त्रिक शासकहरु रमाए। जसले गर्दा नेपालमा रहेका सयभन्दा बढी भाषाभाषी, ६० भन्दा बढी आदिवासी जनजाति र आधा दर्जनभन्दा बढी धर्मालम्बीहरुले बहिष्करणमा परेको महसुस गरिरहेका थिए। दलितको समस्या झन् भयावह थियो। आधाभन्दा बढी जनसंख्या रहेको महिलाको राज्यसंयन्त्रमा उपस्थिति ५ प्रतिशतको हाराहारीमा मात्र थियो। यसमा सामाजिक सुधार ल्याउनुको साटो बेवास्ता गर्दा युद्धका लागि आधार तयार भयो। यस्तो अवस्थामा माओवादीबाहेक अरु कुनै पार्टीले युद्धको घोषणा गरेको भए पनि त्यसले बहिष्करणमा परेका समुदायको साथ पाउने निश्चित थियो। त्यसबेलामा माओवादी अगाडि आयो र उसैले साथ पाएकोमात्र हो।
तर अहिलेको अवस्था फरक छ। सामाजिक आर्थिक अवस्थामा पुरै नभए पनि धेरै परिवर्तनका काम सुरु भएका छन्। अहिले मुलुक धर्म निरपेक्ष भइसकेको छ। हरेक भाषाभाषीलाई, धर्मसंस्कृतिलाई नेपालको संविधानले समानरुपमा व्यवहार गर्छ। सबै जातजातिका पोशाकलाई राष्ट्रिय मान्यता दिइएको छ। मातृभाषामै पठनपाठन हुने मदरसा, गुरुकूल, गुम्बा शिक्षाले सरकारी मान्यता पाएको छ। राष्ट्रिय योजना आयोगको तथ्यांकमा गरिबीको अवस्था सुधि्रएको देखिएको छ। शिक्षा र स्वास्थ्यका सूचकहरु सकारात्मक दिशामा उकालो लागेका छन्। करिब-करिब ७५ वटै जिल्लामा मोटरबाटो पुगेको छ। यद्यपि आर्थिक अवस्थामा अपेक्षाकृत सुधार हुन भने सकेको छैन। तर सामाजिक सूचकहरुको सुधार हेर्ने हो भने आर्थिक अवस्था सुधारका लागि राजनीतिक स्थायित्व र शान्ति जरुरी रहेको नेपाली नागरिकले बुझिसकेका छन्। दश वर्ष लामो द्वन्द्वले विराम लिएको ६ वर्ष पनि पूरा नहँुदै फेरि अर्को आन्दोलन गरेर झन् जनजीविका तहसनहस पार्न शायदै कोही तम्सन्छ।
न्ोपाली राज्यको संरचनात्मक अवस्था अर्को आन्दोलन वा विद्रोह वा क्रान्तिका लागि यतिखेर तयार भइसकेको देखिन्न। २०४७ सालको संविधानले प्रजातन्त्रलाई जति साँघुरोरूपमा परिभाषित गरेको थियो, त्यसमा सुधारका संकेत देखिएका छन्। वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनले पहाडी हिन्दु बाहुन-क्षत्रीको प्रभुत्वलाई जुनरूपमा संरक्षित गरेको थियो, त्यसलाई २०६३ को अन्तरीम संविधानले करिब करिब भत्काइदिएको छ। अघिल्लो संविधानमा समावेशीकरणको कुरालाई जुनरूपमा बेवास्ता गरिएको थियो, अहिलेको अवस्थामा संविधानमा मात्रै धारा ४, धारा २१, धारा ३३, धारा ६३, धारा १३८, धारा १४२ र धारा १४४ मा समावेशी भन्ने शब्द प्रयोग गरिएको छ। साथै समावेशीकरणलाई राज्यको मूल विषयवस्तु मानिएको छ। यसैबीचमा अत्याधिक असमावेशी रहेको निजामती सेवा ऐन समावेशी बनाएर संशोधन गरिएको छ। संविधान सभाको संरचना संसारकै सबैभन्दा समावेशीमध्येको एक रह्यो। राजनीतिक दल तथा तिनका संरचना समावेशीकृत हुँदैछन्। दलित, जनजाति, महिला, पछाडि पारिएका समुदायको अधिकारलाई कानुन बनाएरै सुनिश्चित गर्ने काम सुरु भएका छन्। केही सार्वजनिक सेवालाई समावेशी बनाउन बनेको विधेयक २०६७ राज्यको कार्यपालिकीय संयन्त्रमा समावेशीकरणको सवाललाई सम्बोधन गर्न ल्याइएको प्रमुख सरकारी प्रयत्न हो। यस विधयेकले राज्यको मूल प्रवाहमा पछाडि पारिएका वर्ग, जात, क्षेत्र, लिंग, धर्मका मानिसलाई समावेशीकरण गर्ने कुरामा जोड दिएको छ। यसले आगामी दिनमा नेपालको राज्य संयन्त्रलाई पनि संप्तरंगी बनाउने निश्चित छ।
विगतमा एकात्मक राज्यले काठमाडौ केन्द्रित दृष्टिकोण राख्दा बाहिरको भुभाग विकासबाट पछाडि परेको यथार्थता हो। तर अहिले अन्तरिम संविधानले नै संघीयतामा जाने संवैधानिक सुनिश्चितता गरेको छ। हुन त अहिलेसम्म पनि यसको प्रारूपबारे सबै दल सहमत भइसकेका छैनन् तर पनि ढिलो चाँडो अब मुलुक संघीयतामा जान्छ र जानैपर्छ। संघीयताले शहर केन्द्रित र राजधानी केन्द्रित विकासको अवधारणालाई परिवर्तन गर्दै ग्रामीण क्षेत्र र दूरदराज केन्द्रित गराउनेछ।
प्ा्रजातन्त्र पुनर्स्थापनापछिको अवधिमा नेपालमा भ्रष्टाचार निकै मौलायो। यसले नेपाली नागरिकमा थप वितृष्णा बढेको थियो। अहिले पनि यस अवस्थामा सुधार त आएको छैन। ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टले नेपाल थप भ्रष्ट भइरहेको मुलुकको सूचीमा देखाएको छ। तर सँगै नेपालमा भ्रष्टाचारीलाई कानुनी कारबाही हुन्छ भन्ने आशाका किरण देखिएका छन्। चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी, खुमबहादुर खडका, जयप्रकाश गुप्ता तथा स्व. रवीन्द्रनाथ शर्मालगायत्का मुद्दाको फैसला भएर केही नेताहरु जेल चलान भएपछि नेपाली समाजमा आशाका रेखा दौडिएका छन्।
हेर्दा सामान्य देखिने यी परिवर्तनले नेपाली राज्यको संरचनात्मक सुधारमा निकै ठूलो भूमिका खेलिरहेको छ। यी संरचनात्मक अवस्थाले तत्कालै नेपाललाई कुनै ठूलो युद्धतिर भन्दा स्थायी किसिमको दिगो शान्तिको मार्गतिर धकेल्नेछ।
अर्को महत्त्वपूर्ण पक्ष अन्तर्राष्ट्रिय संरचना तथा परिवेश हो। यतिखेर सुक्ष्मरूपमा अध्ययन गर्ने हो भने अन्तर्राष्ट्रिय परिवेश न माओवादीको पक्षमा देखिन्छ न त कांग्रेस-एमालेलगायत् दलहरुको पक्षमा नै देखिन्छ। भारतले वर्तमान भट्टराई सरकारलाई पृष्ठपोषण गरिरहे पनि त्यो उसको शान्तिप्रतिको प्रतिबद्धताका लागिमात्र हो। यदि बाह्रबुँदे सहमतिदेखि शान्ति सम्झौताहरु माओवादी नेतृत्वको निर्देशनमा च्यातिए भने निश्चित छ- यो पृष्ठपोषणको क्रमभंग हुनेछ। युरोपेली युनियनलगायत् केही मुलुकले प्रतिपक्षीलाई सहयोग पुग्नेगरी गतिविधि गरिरहे पनि त्यो दिगो हुने वा त्यसैका आधारमा उनीहरुले भन्दै आएको 'तेस्रो जनआन्दोलन' हुने आधार छैन।
हाम्रा दुई छिमेकी चीन र भारतको आर्थिक वृद्धिदरले हामीलाई फेरि अर्को आन्दोलन वा युद्ध हुने आधार दिँदैन। अबका दिनमा नेपालमा हुने सानाभन्दा साना युद्धले पनि महाशक्ति बन्ने दौडमा रहेको चीन र त्यसै दिशातर्फ अग्रसर भारतका लागि लाभदायक हुँदैन। त्यसैले २०५२ सालदेखि २०६३ सालसम्म माओवादीले भारतबाट पाएजस्तो साथसमर्थन अब सम्भव छैन।
अहिलेको संरचनात्मक अवस्था हेर्दा दलहरुले क्रान्ति वा आन्दोलन गर्ने भन्दै दिएको अभिव्यक्तिको कुनै बलियो जग छैन। यतिखेर एकले अर्कोलाई आक्रोशित बनाउने र सहमति विथोल्नेखालको अभिव्यक्ति दिँदै जबर्जस्ती सडक प्रदर्शनमा जानुभन्दा हात्तीवन वा गोकर्णमै पुगेर भए पनि सहमतिका लागि गृहकार्य गर्दा सबैको हित हुन्छ। मुठभेडमा जाँदा भद्रगोल र जनताले दुःख पाउनेशिवाय अरु केही हुँदैन।
अनि जनयुद्धको जगमा जनविद्रोहको नीति पारित गर्ने वैद्य पक्षले पनि बुझ्नैपर्ने एउटा सत्य कुरा के हो भने संसारभर एउटै पुस्ताले दुई पटक बन्दुक उठाएको र त्यो सफल भएको उल्लेखनीय उदाहरण छैन। झन् एजेण्डाविना कुनै पार्टी, समूह वा नेताको सन्कीपन पूरा गर्नका लागि कोही पनि बन्दुक बोकेर जंगल पस्दैनन्। पस्ने भए तराई र पूर्वी पहाडी जिल्लाका बन्दुके समूहको आन्दोलन माओवादीको जनयुद्ध भन्दा भयंकररूपमा अगाडी बढ्नुपर्ने थियो। त्यसैले यतिखेर राष्ट्रिय राजनीतिक सहमतिको विकल्प छैन। सबै पक्षले धेरै हठ नगरेकै राम्रो।
लेखक त्रिविबाट समाजशास्त्रमा एमफिल गर्दैछन्