राज्यसत्ताको शान्तिपूर्ण संक्रमणका लागि संविधान सभाको बाटो रोजिएको थियो। तर संविधान सभाको अवसानपछि मुलुक मुठभेडतिर जान खोजिरहेको छ। दैलेखको मुडभेडबाट उठेको धुवाँले त्यतैतिर संकेत गरिरहेको छ।
दलहरु बहसको टेबलबाट सडकमा उत्रिएका छन् र सडक कसले कब्जा गर्ने भन्ने अहंकारले बिस्तारै आकार ग्रहण गर्दैछ। आगो सल्काउन जति सजिलो हुन्छ, निभाउन त्यति सजिलो हुँदैन। समाजले परिवर्तनका निम्ति बल गरिरहेको छ र शान्तिपूर्ण संक्रमणको बाटो त्याग्ने हो भने यसबाट उत्पन्न हुने मुठभेड दैलेखको जस्तो सामान्य मात्र हुने छैन।
शक्तिको परीक्षण जनताको मतमार्फत् गर्ने बाटो खुल्लै छ। यही नै लोकतान्त्रिक र शान्तिपूर्ण तरिकाले राजनीतिक शक्ति आर्जन गर्ने बाटो हो। तर प्रतिपक्षी दलहरु सडकबाट सरकार हासिल गर्ने हठ गरिरहेका छन्। संविधान सभा भंग भएयता प्रतिपक्षीलाई न संविधान बन्न नसकेकोमा चिन्ता लागेको देखियो, न त शान्ति प्रकृयालगायत् संवेदनशील राजनीतिक कार्यसूचीबारे कुनै चासो भएको देखियो। प्रतिपक्षले त निरन्तर 'सरकार मेरा पोल्टामा हालिदेऊ, नत्र ठिक हुँदैन' भन्ने धम्कीमात्र दिँदै आयो। उसलाई निर्वाचनको सट्टा सरकार मात्र किन चाहिएको हो? ऊसँग यो प्रश्नको तर्कसंगत जवाफ नै छैन। त्यसमाथि ऊ अरु कुनै सर्त मान्न पनि तयार छैन।
यदि यतिबेला काँग्रेस वा एमाले नेतृत्वको सरकार हुन्थ्यो, उसले नयाँ निर्वाचन गराउने तयारी गरिरहेको हुन्थ्यो र माओवादीले सरकारको नेतृत्व टिका लगाएर आफूले पाउनुपर्ने दाबी गरिरहेको हुन्थ्यो भने के हुन्थ्यो? तर प्रतिपक्षी आन्दोलनमा छ, उसलाई तर्क गर्ने फुर्सद छैन। सिर्फ, माओवादी नेतृत्वको सरकार अपदस्त गर्ने 'लोकतान्त्रिक' आगो झोस्न ऊ दैलेख पुगेको छ। आखिर यो इरादा कहाँबाट पैदा भयो? माओवादीले बलपूर्वक सत्ता कब्जा गरेकाले? अथवा अघिल्लो निर्वाचनबाट कुनै वैधानिक शक्ति हासिल नगरेकाले? अथवा निर्वाचन गराउन अनिच्छा गर्दै तानाशाही सरकार चलाउन खोजेकाले? प्रतिपक्षी शक्तिलाई निषेध गर्दै उसलाई राजनीतिक गतिविधि गर्न बन्देज गरेकाले? जनताको सार्वभौमसत्ता खोसेर आफूखुसी संविधान जारी गर्न खोजेकाले? यी कारण विद्यमान छैनन् भने प्रतिपक्ष के हासिल गर्नका लागि आन्दोलनमा उत्रिएको हो?
आन्दोलनको आफ्नै व्याकरण हुन्छ। समाजको परिवर्तनमुखी आकांक्षा र त्यो आकांक्षालाई बाटो नदिने राज्यसत्ताका बीचको संघर्षबाट आन्दोलन जन्मिन्छ। नयाँ राजनीतिक शक्ति पनि यही संघर्षबाट पैदा हुने हो। जब विद्यमान विभेद, असमानता र अन्यायलाई राज्यसत्ताले अंगिकार गर्छ र बहुसंख्यक जनताका निम्ति राज्यसत्ता नै कैद बन्न पुग्छ, तब जनतालाई कैद गर्ने राज्यसत्ताविरुद्धका एजेण्डाहरु सतहमा आउँछन्। ती एजेण्डाको नेतृत्व गर्ने राजनीतिक शक्ति त्यसपछि शक्तिशाली बन्न पुग्छ। उसैले आन्दोलनको नेतृत्व गर्छ। आन्दोलनको उभार पैदा गर्न सक्ने संगठन र उत्सर्गका निम्ति तयार मानिसहरुको फौज पनि उसले निर्माण गर्न सक्छ। बहुसंख्यक जनताको परिवर्तनमुखी आकांक्षालाई उसले सैद्धान्तिक र वैचारिक रूप पनि प्रदान गर्छ। संसारभर र नेपाली इतिहासमा समेत आन्दोलनहरु यही व्याकरणमा निर्माण हुने गर्छन्।
तत्कालीन परिस्थितिमा पुरक एजेण्डाहरुको बलमा पनि आन्दोलन हुन सक्छन्। तर त्यस्तो आन्दोलनले पनि न्युनतम वैचारिक, राजनीतिक र सांगठनिक औचित्य पूरा गरेको हुनुपर्छ। जुनसुकै स्केलको आन्दोलनले पनि स्पष्टतः परिवर्तनको ठूलो वा सानो फड्को वा हुँदै गरेको परिवर्तनलाई संस्थागत गर्ने एजेण्डा बोकेकै हुनुपर्छ। साथै आन्दोलनको नेतृत्व गर्ने राजनीतिक शक्तिको वैचारिक, राजनीतिक र सांगठनिक अवस्था जनताको परिवर्तनको इच्छासँग मेल खाने हुनैपर्छ। अहिले काँग्रेस, एमाले र राप्रपा गठबन्धनले गर्न खोजिरहेको आन्दोलनमा भने यी कुनै तत्व देखिँदैन।
प्रतिपक्षका अधिकांश नेताहरु अघिल्लो संविधान सभा निर्वाचनमा पराजय बेहोरेका अनुहार हुन्। त्यसअघि नै बहुदलीय व्यवस्थाको प्रयोगका सन्दर्भमा समेत असफल सिद्ध भइसकेका र तत्कालीन राजतन्त्रसँगको शंकास्पद सम्बन्धका कारण विश्वसनीयतामा गम्भीर संकट भोगिसकेका पात्र हुन्। तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा समेत आन्दोलनको उभार सृष्टि गर्न नसकेका नेताहरुले अहिलेको सन्दर्भमा जनतालाई आन्दोलनमा उतार्न सक्ने सम्भावना अत्यन्त कमजोर छ। त्यसमाथि राजतन्त्र खारेज भइसकेको र गणतन्त्रको प्रयोग गर्नका निम्ति आवश्यक पर्ने संस्थाहरु निर्माणको त कुरै छाडौं, संविधानसमेत निर्माण भइनसकेको परिस्थितिमा प्रतिपक्षी गठबन्धन एजेण्डाविहीन स्थितिमा छ।
राज्य पुनर्संरचनाका मुद्दाहरुमा समेत यो गठबन्धन गम्भीर राजनीतिक संकटमा छ। उसले संघीयताबारे स्पष्ट धारणा कहिल्यै बनाएको छैन। ०४७ कै संविधानअनुरूप पुरानै प्रकारको राज्यसत्ता कायम राख्ने उसको आन्तरिक इच्छा देखिन्छ तर स्पष्टतः संघीयताको विरोध गर्न पनि सक्दैन। आदिवासी, जनजाति, मधेसी, दलित एवम् महिलालगायत् सीमान्तकृत समुदायलाई पहिचान, इज्जत र अधिकार दिने सम्बन्धमा बाहिर स्पष्ट नहुने र भित्रभित्रै यी मुद्दाहरु निषेध गर्ने भूमिकामा उनीहरु प्रष्टै देखिए। तर संविधान सभालाई सफल हुन नदिन उनीहरुले खेलेको भूमिका उनीहरुभित्रकै सीमान्तकृत समुदायका नेता कार्यकर्ताले देखिसकेको र यी पार्टीबाट सम्बन्ध विच्छेद पनि गरिसकेको हुनाले अधिकार र पहिचान खोजिरहेको ठूलो जनसमुदाय यो गठबन्धनसँग रुष्ट छ।
यसै कारण सरकार विरोधी आन्दोलनमा जानकै लागि समेत कुलीन मानव अधिकारवादी र नागरिक समाजको दौराको फेर समात्न प्रतिपक्ष बाध्य भयो। उसले सोचेको हुनसक्छ, दोस्रो जनआन्दोलनमा झैं नागरिक समाजलाई अघि लाएर पछि मञ्चमा उक्लन सजिलो हुन्छ। परन्तु त्यतिबेला नागरिक समाज र मानव अधिकारवादीहरु समेत आधारभूत लोकतन्त्रको राजनीतिक एजेण्डा लिएर सडकमा उत्रिएका थिए। षडयन्त्रमूलक ढंगले एक दुई संवेदनशील र व्यक्तिगत मुद्दा उठाएर होइन। अर्को कुरा अहिले दैलेख पुगेर मानव अधिकारको भाषण गर्ने कथित नागरिक समाजका प्रतिनिधिहरु अहिले खुल्लमखुल्ला परिवर्तन संस्थागत गर्न नदिन षडयन्त्ररत् पात्रहरु हुन्। उनीहरु फौजदारी मुद्दाभन्दा अरु केही देख्दैनन् र न्यायलाई अदालती मुद्दा मामिलाको विषयका रूपमा न्युनीकरण गर्छन्। न्यायपूर्ण राज्य संरचनाले आधारभूत न्याय स्थापित गर्छ भन्ने तथ्यलाई उनीहरु बुझ पचाउँछन्। त्यसैले आजसम्म पाखा मिल्काइएका ९९ प्रतिशत जनताको नजिक पुग्नेगरी राज्य पुनर्संरचना गर्ने अभियानमा भाँजो हाल्न यो वर्ग कस्सिएर लागेको छ। यसैको पुच्छर समातेर वैतरणी तर्ने प्रतिपक्षी आन्दोलन त्यसैले स्वतः दुर्घटित छ।
प्रतिपक्ष घनघोर सैद्धान्तिक भूमरीमा छ। कुलीन वर्गले उसलाई हिन्दुवादतिर फर्काउन खोजेको छ तर ऊ आफैंले धर्म निरपेक्षतामा सही गरिसकेको छ। कुलीन नागरिकहरुले उसलाई शान्ति सम्झौताबाट बाहिर झिक्न खोजेका छन् तर त्यसो गर्ने नैतिक साहस पनि ऊसँग छैन। कुलीन समुदायले उसलाई राज्य पुनर्संरचनाबाट विमुख पार्न खोजिरहेको छ तर त्यसो गरे राजनीति गर्ने धरातल नै पैतालामुनिबाट खस्किसकेको हुनेछ। न त उसको रक्तसञ्चारभित्र न्यायपूर्ण समाज स्थापना गर्ने आन्दोलन बाँकी छ, न त त्यस्तो आन्दोलन हाँक्ने उत्सर्ग प्रेम नै। अतः उसले आन्दोलन होइन, मुठभेडमात्र आयोजना गर्न सक्छ।
आगो लगाउने कुलीनहरु त डढेलो सल्काएर तमासा हेर्नेमात्र हुन्। दलबीच कुनै प्रकारको सहमति होला र त्यसले नयाँ नेपालको संस्थागत संरचना खडा गर्ला भन्ने भयले नै कुलीनहरुले आगो सल्काइदिएका हुन्। तर माआवादी विरोधी हठ, गालीगलौज र असान्दर्भिक मुठभेडले स्थानीय आन्दोलनकर्तालाई सबल होइन, दुर्बल तुल्याउँछ। दैलेखको जस्तो मुठभेड दोहोरिरहने स्थिति बन्यो भने त्यसले हरेक मुठभेडपश्चात् अनपेक्षित स्खलन मात्र पैदा गर्छ। अनि मुठभेडहरु मुठभेडसम्म मात्र पुग्नेछन्, आन्दोलन बन्न सक्ने छैनन्।