राष्ट्रिय राजनीतिमा अहिले तीनखाले प्रवृत्ति देखिएका छन्। सत्ताधारी एकीकृत माओवादी माघ २० देखि हेटौडामा हुने महाधिवेशनको अन्तिम तयारीमा छ। पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ अहिले क्षेत्रीय स्तरबाट प्रतिनिधि छनौट कार्यक्रममा भ्याइनभ्याइ सहभागी भइरहेका छन्। प्रतिपक्षी दलहरू कांग्रेस, एमाले आन्दोलनका कार्यक्रमसहित सडकमा ओर्लिएका छन्। उनीहरू जिल्ला-जिल्लामा कार्यकर्ता, समर्थक र स्थानीय नेताहरूबाट आन्दोलनमा सहयोगको अपेक्षासाथ जिल्ला दौडमा निस्किएका हुन्। यता राष्ट्रपति डा. रामवरण यादव सहमतीय प्रधानमन्त्रीका लागि नवांै पटकको सीमाविहीन म्याद थपेर राजनीतिक आरोह-अवरोहका दृश्यमा रमाइरहेको प्रतीत हुन्छ।
मंसिर ८ गते पहिलो पटक राजनीतिक दलहरूलाई ७ दिनभित्र सहमतीय प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न उर्दी दिने राष्ट्रपति आठ पटकसम्म म्याद थप्दाथप्दै थाकेर नवौं पटक सीमाविहीन म्याद दिन बाध्य भएका हुन् । वैशाखसम्ममा चुनाव हुनसक्छ भन्ने झिनो विश्वासमा राष्ट्रपतिबाट सुरू भएको सहमतीय प्रधानमन्त्रीको खोजीको औचित्यमाथि अहिले गम्भीर प्रश्न उठेको छ। राष्ट्रपतिको राजनीतिक अभ्यास अब कसरी, कहिले र कहाँ पुगेर अवतरण हुने हो? यसै भन्न सकिँदैन। त्यसको राजनीतिक तस्बिर धमिलो देखिँदैछ। राष्ट्रपतिको हैसियतमा हस्तक्षेपकारी भूमिका पनि खेल्न नसक्ने र सहमतीय राजनीतिको मियो पनि बन्न नसक्ने रामवरण यादवको कमजोरीबीच मुलुक संवधौनिक रिक्ततामा उभिएको छ।
वैशाख/जेठमा चुनाव हुन नसक्ने निश्चित भइसक्यो। अब मुलुक र राष्ट्रपतिसामु तत्काल नयाँ प्रधानमन्त्री दिने जिम्मेवारीमात्र छैन, सवैधानिक रिक्तताले निम्त्याउन सक्ने खतरनाक सवैधानिक संकटको समाधान निकाल्ने चुनौती पनि छ। एक हिसावले भन्ने हो भने राजनीतिक अवस्था पेचिलो अवस्थामा पुगेको देखिन्छ। यो अवस्थामा राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको माओवादी अधिवेशनले के अर्थ राख्छ? अधिवेशन केवल प्राविधिक हिसावले मात्र हुने, त्यसका लागि अध्यक्ष दाहाल, प्रधानमन्त्री भट्टराई र उपाध्यक्ष श्रेष्ठबीचको आपसी सौदाबाजीमा निर्धारण भइसकेको प्रचार हुँदैछ। माओवादीका नेताहरू अध्यक्ष दाहालले 'पार्टी सत्ता' लिने र भट्टराईलाई 'राज्य सत्ता' दिने राजनीतिक भागवण्डामा सहमति भइसकेको हिसावले बुझन सकिन्छ। काग्रेसका सुशील कोइरालाई प्रधानमन्त्रीको उम्मेदवार बन्न उत्प्रेरकको भूमिका खेल्ने दाहाल अहिले आएर भट्टराईलाई राज्यसत्ताको जिम्मेवारी दिएर आफू महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष हुने रणनीतिमा सफल भएका छन्। यसै कारण उनको राजनीतिक दस्तावेज पदाधिकारी बैंठकबाट पारित भएर महाधिवेशनमा प्रस्तुत हुने हैसियतमा पुगेको छ।
राज्यसमिति स्तरबाट छनौट भएर आएका करिव ५ हजार पार्टी सदस्यले पार्टी सत्ता प्रचण्डलाई र राज्यसत्ता बाबुरामलाई भन्ने नीतिलाई लालमोहर लगाउने सम्भावना छ। संगठन अहिले पनि दाहालकै पकडमा भए पनि विवादरहित अध्यक्ष हुन बाबुरामको समर्थन आवश्यक हुने भएकाले उनीहरूबीच मिलोमतोमा पार्टी र सत्ता बाँडफाँट भएको तथ्य बुझन गाह्रो छैन। दाहाल र भट्टराईका सैद्धान्तिक विवादहरूको पृष्ठभूमिमा पदाधिकारी बैंठकले आँकलन गरेजस्तै महाधिवेशन प्राविधिकमात्र हुने हो वा त्यो भन्दा माथि उक्लिएर विवादहरू माथि बहस छेड्ने हो? अहिले माओवादीसामु यो प्रश्न उठेको छ। माओवादीभित्र बाबुरामलाई किनारा लगाउनुपर्छ भन्नेहरूको संख्या पनि सानो छैन। त्यसो त विवादहरू थाममुम पारेर अगाडि बढ्ने रणनीतिअन्तर्गत नै माओवादीले तल्लो निकायमा अधिवेशनसमेत गरेको छैन। सामान्यतया तल्लो निकायबाट प्रतिनिधि र नेतृत्व छानिँदै केन्द्रीय प्रतिनिधि निर्वाचित हुने हुन्छ। माओवादीले भने तल्लो निकायमा यो विधि अख्तियार गरेको छैन। दाहाल र भट्टराईका आपसी द्वन्द्वहरूका साथसाथ अन्य विवाद सतहमा आउने भयले माओवादी राज्यस्तरबाट मात्र प्रतिनिधित्व गर्दैछ। मिलोमतोको राजनीतिको तत्कालीन लाभ दाहाल र भट्टराई दुवैले लिनेछन्। एकले अर्कालाई आफ्नो रणनीतिमा प्रयोग गर्ने उनीहरूको पुरानो शैली राष्ट्रिय राजनीतिमा कामयाव हुनसक्ला? प्रश्न पेचिलो छ। प्रतिपक्षी दलहरूले आह्वान गरेको आन्दोलनको स्वरूप र आकार, राष्ट्रपतिको भूमिका र नेपालको राजनीतिमा भूमिका खेल्ने मित्रराष्ट्रहरूको कूटनीतिले धरै कुरा निर्धारण गर्दै जानेछन्।
आन्दोलनको विकल्प छैन भन्ने निचोडमा पुगेर कांग्रेसलगायत्का दलहरू आन्दोलनमा उत्रिएका बेला माओवादीभित्रका चलखेलको हेक्का राख्न सक्नुपर्छ। अहिले दलहरूको प्रमुख एजेन्डा के हुनुपर्ने? प्रधानमन्त्री पद प्राप्त गर्ने उद्देश्य वा मुलुकलाई चुनावमय बनाउने अभियान? मुलुकमा गहिरिँदै गएको संवैधानिक संकटहरू प्रमुख एजेन्डा बन्ने कि नबन्ने? आउँदो कात्तिक-मंसिरअघि चुनाव हुन सम्भव देखिन्न। राजनीतिक पार्टीहरूको ध्येय कम्तिमा त्यसबेला संविधान सभाको निर्वाचन हुन सकोस् भन्ने हिसावले राजनीतिमा होमिनुपर्छ। कांग्रेसलगायत्का दलहरूले विरोधको राजनीतिमा मात्र भुल्न मिल्दैन। लोकतान्त्रिक पार्टीहरूले चुनावतर्फ केन्द्रित हुने कार्यक्रमहरू दिन सक्नुपर्छ। माओवादीले कांग्रेस-एमाले र कांग्रेस-एमालेले माओवादीलाई चुनाव विरोधीको हिलो छ्याप्नुभन्दा चुनावी अभियान सञ्चालन गर्नु उनीहरूको हितमा हुन जान्छ।
लोकतन्त्रमा आवधिक निर्वाचनको अत्यधिक महत्त्व हुन्छ। लोकतान्त्रिक व्यवस्थामा प्रत्येक ४/५ वर्षमा जनताको अभिमत लिने गरिन्छ। पञ्चायतकालीन निर्दलीय चुनावहरूलाई गणना नगरांै। २०१५ सालको आमनिर्वाचन, २०३६ सालको जनमत संग्रह, २०४८ र २०५६ सालको आमनिर्वाचन र २०६४ को संविधान सभा निर्वाचनलाई मात्र जनताको अभिमत वा राज्य सञ्चालनमा जनताको सहभागिता भन्न सकिन्छ। हामीकहाँ लोकतान्त्रिक पद्धति बस्न नसक्नुपछाडिको प्रमुख कारण आवधिक निर्वाचन हुन नसक्नु नै हो। हामीकहाँ लोकतान्त्रिक मान्यताअनुसार जनताको अभिमत लिने परिपाटी बस्न पाएको भए २००७ सालयता कम्तिमा १२ वटा चुनाव भइसकेका हुन्थे। चुनावहरूमा राजनीतिक पार्टीका घोषणापत्र अनुमोदन हुने, उम्मेदवारहरू चयन हुने मात्र हुँदैन। त्यहाँ जनताका आशा, आकांक्षा, माग, निराशा, कुन्ठा, आक्रोशहरूको सम्बोधन हुन्छ। जनता र उनका प्रतिनिधिबीच संवाद, सहकार्य हुन्छन्। जनतामा सधँै परिवर्तनको चाहना हुन्छ। जनताको चाहनाअनुरुप राजनीतिक दलहरूले आफूलाई परिवर्तन गर्दै जान बाध्य हुन्छन्। हामीकहाँ आवधिक निर्वाचन हुन नसकेकाले दलहरू सर्वसत्तावादतर्फ उन्मुख भइरहेको र मुलुकको राजनीतिमा वामपन्थीहरू हावी हुन गएका हुन्। आफूलाई लोकतन्त्रको मसिहा ठान्ने कांग्रेसले सामयिक राजनीतिमा निर्वाचनलाई प्रमुख एजेन्डा बनाउन सक्नुपर्छ।
लोकतन्त्रमा संवैधानिक संस्थाहरूको उत्तिकै भूमिका हुन्छ। पार्टीहरूलाई सर्वसत्तावादतर्फ उन्मुख हुनबाट ती संस्थाले रोकथाम गर्छन्। तर अहिले हामीकहाँ एकपछि अर्को गर्दै संवैधानिक निकायलाई पंगु बनाउने खेल भइरहेका छन्। लोकतन्त्रको वकालत गर्ने राजनीतिक दलहरूको राजनीतिक केन्द्र प्रधानमन्त्री पद बन्न गएकाले बाबुरामहरू संवैधानिक निकायहरू कमजोर बनाउन उद्यत भएका हुन्। माओवादीको राजनीतिक दर्शनमा प्रभावकारी निर्वाचन आयोग, स्वतन्त्र न्यायापालिका र अधिकार सम्पन्न अख्तियार दुरूपयोग अनुसन्धान आयोग पर्दैनन्। त्यसैले त उनीहरू नियन्त्रण र निर्देशनमा विश्वास गर्ने भएकाले निर्वाचन आयोग रित्तिनु, सर्वोच्च अदालत ६ जना न्यायाधीशमा खुम्चनु र अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रशासकहरूको जिम्मामा पुग्नु स्वाभाविक हुन जान्छ। बाबुरामको विकल्पमा सडकमा उत्रिएकै बेला पनि संवैधानिक निकायमा पदपूर्ति गर्न सम्भव छैन र? अबको राजनीति त्यसतर्फ उन्मुख हुन आवश्यक छ। बाबुरामलाई निषेध गर्ने राजनीतिको अचानोमा संवैधानिक निकाय पर्न गए भने त्यसले अन्ततः लोकतान्त्रिक दलहरूलाई होइन, बाबुरामलाई नै मद्दत पुग्न जान्छ।