युद्धका सामान्य नियमहरुको समेत पूर्णतः उपेक्षा तथा गम्भीर मानव अधिकार उल्लंघन गर्दै माओवादीले बुबा मुक्तिनाथ अधिकारीको क्रुरतापूर्वक हत्या गरेको घटनाविरुद्ध न्यायको ढोका ढक्ढक्याएको ११ वर्षसम्म पनि न्याय पाउने कुनै लक्षणसम्म पनि देखिएको छैन। माओवादीको हिंसात्मक क्रियाकलापसँग असहमत भएको, भने जति चन्दा नदिएको र संस्कृत नपढाउन नमानेका कारण माओवादीले अधिकारीलाई पाणिनी संस्कृत माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्त भएकै दिन २०५८ माघ ३ मा विद्यार्थीलाई पढाइरहेकै समयमा अपहरण गरे। र, नजिकैको उत्तीसको रुखमा झुण्ड्याएर गोली हानी हत्या गरेका थिए।
हत्याको निष्पक्ष अनुसन्धान गरी अपराधीलाई कानुनबमोजिम दण्ड सजायको माग गर्दै २०५८ माघमा जिल्ला प्रहरी कार्यालय लमजुङमा जाहेरी दर्ता गरिएको थियो। ९/१० वर्षसम्म पनि घटनाको अनुसन्धान गर्ने कुनै छाँटकंाँट नदेखिएपछि चैत २४, २०६७ मा तीन जना आरोपित देवेन्द्र पौडेल, धु्रव अधिकारी र प्रभुदास घिमिरेका नाममा जिल्ला प्रहरी कार्यालय लमजुङमा पुरक किटानी जाहेरी पेश गरिएको थियो। किटानी जाहेरी दर्ता भएको भोलिपल्ट बसेको स्थानीय शान्ति समितिको बैठकले अघिल्लो दिनसम्म सदस्य रहेका आरोपित पौडेललाई संयोजकमा छनौट गर्योय र हालसम्म पनि अनुसन्धान प्रक्रिया अघि बढाइएको छैन। राष्ट्रिय मानव अधिकार आयोगबाट पीडित परिवारलाई राहत प्रदान गर्नका लागि सरकारलाई सिफारिस भयो तर घटनाको अनुसन्धान गरेर पनि दोषीहरु किटान गरी दण्ड सजायको सिफारिस हुन सकेन।
गम्भीर मानव अधिकार उल्लंघनका घटनाहरुको छानवीन गरी पीडकलाई दण्ड सजाय तथा द्वन्द्वपीडितलाई न्याय एवं परिपुरण प्रदान गर्नुपर्नेमा विस्तृत शान्ति सम्झौताको ६ वर्षसम्म पनि सरकारले शान्ति प्रक्रियाको दायित्व कार्यान्वयन गरेको छैन। बरू त्यस्तो दायित्व पूरा गर्न सरकारले आलटाल मात्र गरिरहेको छ। मानवताविरुद्धका अपराधहरुको छानवीन गरी पीडकलाई दण्ड सजाय तथा पीडितलाई सत्य, न्याय र परिपुरणका अधिकार प्रत्याभूत गर्नका लागि नै सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गरिने छर्लंग तथ्य सरकारले विल्कुल बेवास्ता गरेको छ। मानवताविरुद्धका गम्भीर अपराधसँग सम्बन्धित मुद्दा राजनीतिक आवरणमा धमाधम फिर्ता गर्दै जाने, मुद्दा लागेका व्यक्तिलाई धमाधम सार्वजनिक पदमा नियुक्त तथा बढुवा गर्नेे, दोषी ठहरिएका अपराधीहरु खुल्लमखुल्ला छाती फुलाएर हिँड्ने, राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय बन्द गर्ने, ऐन संशोधन गरेर राष्ट्रिय मानव अधिकार आयोगलाई कमजोर बनाउने कार्य कानुनी शासन र न्यायलाई कमजोर पार्ने एवं पीडितलाई झनै पीडा थप्ने नियोजित षडयन्त्र थिए।
पीडकलाई संरक्षण गर्ने, अपराधीको मनोबल बढाउने, दण्डहीनतालाई संस्थागत गर्ने र पीडितलाई झनै पीडित बनाउने सरकारका स्वेच्छाचारी क्रियाकलापहरु घरेलु कानुन, अन्तर्राष्ट्रिय मानव अधिकार कानुन एवं महासन्धिका प्रावधानहरुविरुद्ध भएकोतर्फ द्वन्द्वपीडित समुदाय, मानव अधिकारकर्मी तथा बेेलायतलगायत् अन्तर्राष्ट्रिय समुदायले बारम्बार सचेत गराउँदै आएका थिए। तर पनि पीडितका न्यायप्रतिका आवाज निरन्तर बेवास्ता गर्ने र न्यायको मुद्दा कमजोर पारेर पीडित अलमल्याउने र थकाउनेे षडयन्त्रमा मूलतः माओवादी नेतृत्वको सरकार निरन्तर लागिरह्यो। माओवादी नेतृत्व र राज्य जतिसुकै अकर्मण्य र उदासीन भए पनि द्वन्द्वपीडितले आफ्नो पीडा बिर्सन सक्दैनन् र थाक्दैनन्। यो कुरालाई माओवादी नेतृत्व र राज्यले भने अनुमानै गर्न सकेन।
सरकारको उदासीनता र अनिच्छाका कारण गम्भीर मानव अधिकार उल्लंघनका घटनाहरुको न्यायिक निरुपणको सम्भावना कमजोर भइरहेको सन्दर्भमा सुडानस्थित शान्ति सेनामा कार्यरत् नेपाली सेनाका महासेनानी कुमार लामा बेलायतमा पक्राउ परे। नेपालमा भएको १० वर्षे हिंसात्मक द्वन्द्वका क्रममा गोरुसिंगे ब्यारेक कपिलवस्तुमा युद्धबन्दीलाई यातना दिएको आरोपमा मानव अधिकारको अन्तर्राष्ट्रिय क्षेत्राधिकार कानुनबमोजिम लामा पक्राउ परेको घटनाले गम्भीर मानव अधिकार उल्लंघनका पीडकहरुमा खैलाबैला उत्पन्न गरेको छ। उच्चपदस्थ अधिकारी मात्र नभएर कुनै पनि नागरिक अपराधको आरोपमा विदेशमा पक्राउ पर्नु र मुद्दा चलाइनु देशबासीका लागि खुशी लाग्ने घटना होइन।
आफ्नै गैरजिम्मेवारीका कारण भएको लामाको गिरफतारीको घटनाबाट पाठ सिकेर राज्यले गम्भीर अपराधहरुको स्वदेशमै सम्बोधन गर्ने, भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्ने तथा पक्राउ परेका लामालाई स्वदेश फिर्ता ल्याउने कानुन र प्रक्रिया अगाडि बढाउनु साटो जिम्मेवार र गरिमामय पदमा आसीन परराष्ट्र मन्त्रीले लामाजस्तै भोलि आफू पनि गिरफ्तार भइएला भन्ने त्रसित मानसिकताबाट निर्देशित भएर उक्त गिफ्तारीलाई शान्ति प्रक्रिया भाँड्ने षड्यन्त्र भएको टिप्पणी गरे। र, आफना समर्थकलाई छुटाउन नेपालमा दलहरुले आन्दोलन गरेझैं रिहाइको माग गरे। उनले सरकारसँगको सहमतिमा तय गरिएको कार्यभारअन्तर्गत संयुक्त राष्ट्र संघ मानव अधिकार उच्चायुक्तको कार्यालयले द्वन्द्वकालका घटनाको अनुगमन गरी गत असोजमा सार्वजनिक गरेको नेपाल द्वन्द्व प्रतिवेदनलाई समेत शान्ति प्रक्रिया बिथोल्ने प्रयास भनेर गैरजिम्मेवार प्रतिक्रिया दिएका थिए।
लामाको गिरफ्तारीले निशस्त्र व्यक्तिको हत्या, जबर्जस्ती बेपत्ता, बलात्कार, यातनाजस्ता गम्भीर मानव अधिकार उल्लंघन विश्वव्यापी अपराध मानिएकाले पीडकमाथिको अभियोजन, जवाफदेहिता र न्यायका कुरा सत्ताको आडमा केही समय आलटाल गरिए पनि कालान्तरमा अपराधी कानुनको फन्दामा पर्छ। र, संसारको जुनसुकै कुनामा भए पनि दण्ड सजाय भोग्नैपर्छ भन्ने सन्देश दिएको छ। साथै वषार्ंैदेखि न्यायका लागि भौतारिरहेका निराश द्वन्द्वपीडित नागरिकलाई अझै एकजुट र सशक्त भई न्यायको मुद्दा अझै सशक्तरूपमा उठाउन उत्साह थपेको छ। गम्भीर अपराधहरुको सम्बोधन घरभित्रै गर्न राज्य र राजनीतिक दल अझै पनि सचेत नहुने हो भने लामा प्रकरण भविष्यमा पनि दोहोरिनेमात्र होइन, अन्तर्राष्ट्रिय जगतमा मुलुकको विश्वसनीयता र अवसरमा अझै ह्रास आउन सक्छ।
महासेनानी बेलायतमा पक्राउ परेलगत्तै २०६२ सालमा जिउँदै गाडेर हत्या गरिएका पत्रकार डेकेन्द्र थापाको हत्या आरोपीहरुलाई प्रहरीले पक्राउ गरेर बयान लिन थालेको समाचारले 'अब न्यायको ढोका खुल्ला' भन्ने आभास दिन खोजेको थियो। तर प्रधानमन्त्री बाबुराम भट्टराईले डेकेन्द्र थापाको हत्या आरोपमा पक्राउ परेको घटनालाई शान्ति प्रक्रिया भाँड्ने षड्यन्त्र बताउँदै बयानै रोक्ने आदेश दिए। हत्या आरोपमा पक्राउ परेका माओवादी कार्यकर्ताहरुको बयान रोक्ने आदेश दिएका सरकारका प्रमुख कानुनी सल्लाहकार महान्यायाधिवक्ता मुक्ति प्रधानले आफू समातिने डरले अमेरिका भ्रमण रद्द गरे। आफू पनि अनुसन्धानको कठघरामा परिएला भन्ने डरले मानवताविरुद्धका कुनै पनि मुद्दा छानवीन नगरी आफूखुशी फिर्ता गर्ने, पीडकलाई जेल हाल्दा शान्ति प्रक्रिया भाँडिने जस्ता शान्ति विरोधी अभिव्यक्ति त बाबुरामले दिइरहेका छन्। 'मानवता विरोधी अपराधहरुको छानवीन गरी पीडकलाई जवाफदेही बनाउँदा र पीडित समुदायलाई न्याय दिँदा शान्ति भाँडिन्छ' भन्ने जस्तो हास्यास्पद तर्क के हुनसक्छ? बाबुराम सत्तामा हालीमुहाली गरिरहने अनि पीडितचाहिँ अनन्तकालसम्म अन्यायमा पिल्सिरहने कुरा कदापि सम्भव छैन। समानता र सामाजिक न्यायको वकालत गर्ने बाबुरामको असली चेहरा पर्दाफास भइसकेको छ। अब स्थिति यस्तो भइसकेको छ कि प्रधानमन्त्रीले चाहेर पनि न्यायको मुहान रोकिन्न।
प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपतिसमक्ष आफूले पेश गरेको सत्य निरुपण तथा मेलमिलाप आयोग गठन सम्बन्धमा छलपूर्ण अध्यादेश पारित गराएर फेरि भ्रम छर्ने कपटी प्रयास गरेका छन्। सबै मुद्दा फिर्ता गर्ने र अन्तिममा माफी आयोगबाट उन्मुक्ति दिएर पीडक चोख्याउने प्रपञ्च उनले बुनिरहेका छन्। न्यायिक निरुपण गर्ने अधिकार नहुने सत्य निरूपण तथा मेलमिलाप आयोगले जादूको छडीझैं द्वन्द्वका सबै घटनाको अन्याय र पीडाको प्रत्याभूति गर्छ भन्नु भ्रमको खेती मात्र हो। शान्ति प्रक्रियाको महŒवपूर्ण हिस्सेदार र सरोकारवाला द्वन्द्वपीडित समुदायसँग कुनै छलफल नै नगरीकन पीडकलाई माफी दिनकै लागि छल गरेर आफूखुशी पेश गरेको अध्यादेशले पीडितलाई न्याय दिने कल्पनै गर्न सकिन्न।
संक्रमणकालीन न्याय प्रक्रिया विद्यमान नियमित फौजदारी न्याय प्रणालीको प्रतिस्थापक नभएर परिपूरकमात्र भएकाले देशैभरि दर्ता गरिएका गम्भीर मानव अधिकार अपराधका मुद्दाहरुको अनुसन्धान सुरु हुनुपर्छ। बेपत्ता पार्ने कार्य तथा यातनालाई अपराधीकरण गर्ने, द्वन्द्वपीडितलाई क्षतिपूर्ति दिने, कब्जा सम्पत्ति फिर्ता गर्नेलगायत्का सक्रमणकालीन न्यायको पक्षमा सर्वोच्च अदालतले दिएका महŒवपूर्ण आदेशहरुको कार्यान्वयन तुरुन्त सुरु हुनुपर्छ। त्यसैगरी मानव अधिकारको संरक्षण तथा सम्बर्द्धनका लागि गठित मानव अधिकार उल्लंघनका घटनाहरुको छानवीनका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिसहरुको कार्यान्वयन प्रक्रिया तत्काल सुरु हुनुपर्छ। छल गरेर राष्ट्रपतिसमक्ष पेश गरिएको माफी आयोगसम्बन्धी अध्यादेश खारेज हुनुपर्छ। जोसुकैले गरेको भए पनि गम्भीर मानव अधिकार हननका घटनामा निष्पक्ष छानवीन एवं दण्ड सजाय सुनिश्चित गर्ने पीडित केन्द्रित शक्तिशाली सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानवीन आयोग गठन हुनुपर्छ।