चितवनको सौराहामा प्रत्येक दिन बिहान हात्ती चढ्न पर्यटकको घुइँचो लाग्छ। हात्तीमा जंगलको सयर केटाकेटीका लागि सर्वाधिक साहसिक मनोरञ्जन हो। केटाकेटीको बहानामा वयस्कहरु पनि हात्ती सयरमा रमाउँछन्। सरकारी निकुन्जले पालेका हात्ती थोरै छन्। सामान्य मानिसका लागि सरकारी हात्ती चढेर वास्तविक निकुन्जको भ्रमण गर्नु र वन्यजन्तुसँग रमाउनु निकै कठिन छ। सरकारले निजी स्वामित्वका हात्तीलाई निकुन्ज क्षेत्रभित्र प्रवेश नदिने हँदा विदेशी र स्वदेशी दुवैथरि पर्यटकका लागि पर्यटन व्यवसायीले हात्ती सयरको निकै सजिलो विकल्प दिएका छन। उनीहरुले निकुन्जसँग जोडिएका वछौली गाविस र रत्ननगर नगरपालिकाका सामुदायिक वनलाई निकुन्जको प्रतिकृतिका रूपमा विकसित गरेका छन्। प्रत्येक बिहान आठ बजे बाघमाराबाट हात्तीको सयर सुरु हुन्छ। प्रत्येक हात्तीले चारजना पर्यटक बोकेका हुन्छन्। त्यसपछि माहुतेको इशारामा हात्तीहरु जंगल यात्राका निर्धारित बाटोबाट सामुदायिक जंगलभित्र छिर्छन्।
रमाइलो कुरा, दिनभर निकुन्ज घुम्दा पनि दर्शन दुर्लभ हुने जलचर-स्थलचरको सहज दर्शन हुन्छ यो सामुदायिक जंगलमा। डेढ घण्टाको यात्रामा मृग, हरिण, मयूर, गोही र गैंडाको दर्शन पाएर पर्यटक रमाउ"छन्। कुुनै पनि दिन जनावर देख्न नपाएर कसैले पनि निरास हुनुपर्दैन। यी जनावर तालिम प्राप्त हुन कि स्वाभाविक-प्राकृतिक हिसावले नै सामुदायिक वनमा विचरण गरिरहेका हुन्? कसैको मनमा पनि यो प्रश्न उठ्ने अवसर नै आउ"दैन। आनन्दका बेला मानिस अन्यथा सोच्न पनि चाह"दैन। सा"च्चै सोच्ने हो भने सामुदायिक जंगलभित्र जनावरको दर्शन त्यतिबेला नाटकीय लाग्छ, जब चौध पन्ध्र वटा हात्तीका माहुते गैंडाको खोजमा चारैतिर छरिन्छन। अचानक एउटाले गैंडा भेट्छ र सबैलाई खबर गर्छ। त्यतिबेला त्यो गैंडा हात्तीहरुको घेराबन्दीमा परिसकेको हुन्छ। ऊ विस्तारै आफ्नै चालले छेउको चरनतिर लस्कन्छ। गैंडा देखेर पर्यटकहरु आह्लादित हुन्छन्। पचास साठी क्यामेरामा गैंडाको छवि कैद हुन्छ। यसका साथै डेढ घण्टाको जंगल भ्रमण सकिन्छ। दश मिनेटमा सबै पर्यटक बाघमारा हात्ती स्टेशनमा फर्कन्छन्।
एकजना माहुतेका अनुसार यात्रामा एउटै मात्र गैंडा देखा पर्छ। राप्ती नदीमा गोही थुप्रै छन्। ती सधैँ किनारामा घाम तापेर बसेका भेटिन्छन्। जंगल भएपछि चराचुरुंगी देखिनु अनौठो भएन। तर गैंडा? एउटा सुधो र मानिसलाई सितिमिति आक्रमण नगर्ने भद्दा प्राणी, त्यहा" त्यो मानव निर्मित जंगलमा किन आफू एक्लै उभिएको हुन्छ? मानिसको मनमा प्रश्न- कतै पर्यटन व्यवसायीले त्यसलाई तालिम दिएर त्यहा" उभ्याएका त होइनन्? त्यसै हो भने पनि त्यो खराब कुरा होइन। गैंडा सुरक्षित रहेसम्म र उसले छेउछाउका मानिस र गाउ"लाई हानि नोक्सानी नपुर्या एसम्म उसलाई त्यहा" निकुन्जको प्रतिनिधित्व गर्ने अवसर दिइ रहनुपर्छ।
निकुन्ज चाहे जहा"सुकैको होस्, त्यसको स्याहार र कडा सुरक्षा गर्नैपर्छ। तर नेपालका निकुन्जहरुको सुरक्षा व्यवस्था बाहिरबाट हेर्दा निकै कडा देखिए पनि आन्तरिक हिसावले निकै फितलो छ। नेपाली निकुन्जहरुबाट महŒवपूर्ण जनावरको संख्या घट्दो छ। जंगलसँग सामीप्य राख्ने जनतालाई निकुन्जबाट टाढा पुर्यााइँदैछ। वन र वातावरणको सुरक्षाबारे जति सभा र सेमिनार गरिएका छन्, जति चासो र चिन्ता देखाइएका छन्, त्यसको एक अंश पनि निकुन्जको वैज्ञानिक सुरक्षा व्यवस्थामा ध्यान दिइएको छैन। चितवनकै दुर्गम क्षेत्रका रूपमा कहलिएको माडीका जनता निकुन्जको नाममा बाटो र बिजुलीजस्ता आधारभूत सुविधाबाट वञ्चित छन। सुरक्षा व्यवस्था जति मजवुत हु"दै गएको दाबी गरिन्छ, त्यति नै गैंडाको चोरी शिकार बाक्लिन्छ। सरकारका नीतिमा कुनै संगति भेटिँदैन। निकुन्ज भ्रमणको आनन्द लिन चाहनेहरु सामुदायिक वन घुमेर चित्त बुझाउन बाध्य छन्। सरकारले एकाधिकारवादी नीति लिएकाले निजी क्षेत्रका हात्तीहरु निकुन्जभित्र छिर्न पाउ"दैनन्। के कुनै यस्तो नीति निर्माण हुन सक्दैन, जहा" निजी क्षेत्रका व्यवसायी पनि निकुन्जको व्यवस्थापनमा सक्रिय हुन सकून्? निकुन्जको यात्रा नियमित र व्यवस्थित होस्। सरकारको खातामा पनि मनग्गे राजश्व जाओेस् र जनताका छोराले पनि निर्धक्क व्यवसाय गर्न पाऊन्।
पछिल्लो समयमा, चितवनका जनताको मनबाट निकुन्ज हाम्रो हो भन्ने भावना हराउ"दै गएको छ। निकुन्जको केन्द्रका रूपमा स्थापित सौराहा कंक्रिटहरुको बस्तीमा परिणत भइसकेको छ। सौराहाका होटलमा कुनै विविधता छैन। दशकौंदेखि जे खाना चलेको थियो र जुन कार्यक्रम चलेका थिए तिनै खाना र कार्यक्रम दोहोरिएका छन्। स्वाद निर्माण गर्ने कल्पनाशीलताको अभावमा नया" स्वाद निर्माण हुन सकेको छैन। व्यवसायीहरु पनि यो कुरा स्वीकार गर्छन्। तर उनीहरुको पनि आफ्नै पीडा छ। सरकारका नीतिहरुमा लचक छैन, सरकार नै व्यवसायप्रति निरपेक्ष छ। भएको सम्हाल्नेसम्म अवस्था नभएका बेला थप लगानी कसरी बढाउने? हो, चितवनका पर्यटन व्यवसायीहरु समृद्ध देखिन्छन् तर त्यो समृद्धि खोक्रो छ। दुई चार जनाले हात गोडा छोडिदिए पूरै व्यवसाय धराशायी हुन्छ। लगानीको सुरक्षा र प्रतिफल देशभरका व्यवसायीको समस्या हो। सानो ठाउ"मा यो समस्या अझै विकराल देखिनु अनौठो होइन।
चितवनमा ध्रुवेको आतंक मत्थर भएको छ। ऊ स्वेच्छाले ठोरी पसेको छ। तर ध्रुवेजस्ता आफूलाई असुरक्षित महसुस गरेर सन्कने जनावरको कमी छैन चितवनको निकुन्जमा। विद्रोह मानिसले मात्रै गर्दैन। मानिसको अत्याचार खप्न नसकेपछि जनावरले पनि विद्रोह गर्छ। निकुन्जमा सुरक्षाको नाममा जनावरप्रति भइरहेको अत्याचार निकुन्जका जनावरले नबुझ्ने कुरा होइन। शदियौंदेखि अस्तित्वशील चितवन निकुन्जका जनावर र यसको परिसरमा बसेका मानिसबीच अलिखित र मौन सम्झौता भएको थियो। जंगल र जनावर मानिसका लागि जीवनदायी शक्तिका स्रोत थिए भने जनावरहरु मानिसबाट आफूलाई सुरक्षित सोच्थे। अहिले त्यो अवस्था उल्टिएको छ। निकुन्ज र समाजकबीचको बफर जोन निष्त्रि्कय भइसकेको छ। हरेक विषयमा अतिशय हावी रहेको राजनीतिले मानिस र प्रकृतिसँगको सम्बन्धमा पनि बलमिच्याइँ गरेको छ। प्रकृति र मानिसबीच सन्देह, संशय र द्वन्द्वको सम्बन्ध स्थापित हुन पुगेको छ।
निकुन्ज नभए चितवन हु"दैन। यो सबभन्दा टड्कालो सत्य हो। चितवनको मौलिकता भनेकै निकुन्ज हो। अहिले मानिस निकुन्जको व्यवथापन गर्न चुकेको छ। निकुन्जलाई मानिससँग एक्ल्याएर वा मानिसलाई निकुन्जबाट अलग्याएर न निकुन्जको विकास हुन सक्छ न मानिसको। 'समावेश' अहिलेको नेपाली समाजमा सबभन्दा बढी चलेको र सबभन्दा बढी प्रयोग भएको शब्द हो। तर चितवनको राष्ट्रिय निकुन्जसम्म यो शब्द पुग्नै सकेको छैन। निकुन्ज वरपरका विकसित क्षेत्रलाई समावेशी नतुल्याएसम्म बन्दुकले मात्रै निकुन्जको सुरक्षा हुन सक्दैन। उसै पनि बन्दुक भनेको भय हो, सुरक्षा होइन। हाम्रा नीति-निर्माताहरुले यो नबुझेसम्म चितवनमात्रै होइन, नेपालका कुनै पनि निकुन्ज पुष्ट र सवल हुन सक्दैनन्।
अफसोस, अहिले न नीति छ, न त नीति-निर्माता नै छन्। राजनीति आफैं भड्खारोमा परेको यो अवस्थामा नीतिको कुरा गर्नु पनि निस्सार छ।