बीसौं शताब्दीका चर्चित अमेरिकी लेखक एचएल मेकनले भनेका छन्- हरेक जटिल समस्याको एउटा जवाफ अवश्य हुन्छ, जो स्पष्ट, सामान्य र गलत हुन्छ। संक्रमणकालका जटिलताहरु जटिल अवश्य हुन्छन् तर त्यसलाई खतरनाक बनाइयो भने के होला? संक्रमणकालीन जटिलताहरुको सिधा र एउटै जवाफ खोज्ने प्रयत्न गरियो भने के होला? मेकनले भनेझैं त्यस्तो जवाफ स्पष्ट लाग्छ तर त्यो गलत हुन्छ। संविधान सभा विघटनसँगै संक्रमणकाल अझ जटिल हुन पुग्यो तर यही जटिलतामा बल्छी हालेर राजनीतिक माछा मार्न तम्सनेहरुले रचेको चक्रव्यूहले मुलुकलाई थप संकटतिर धकेलिरहेको स्पष्ट दृश्य अहिले देखिएको छ।
अक्सर प्रतिक्रियावाद मुखले राम राम जप्दै बगलीमा छुरा राखेर हिँड्छ। हरेक मुलुकले संक्रमणकालमा प्रतिक्रियावादको जबर्जस्त सामना गर्नुपर्ने बाध्यता हुन्छ। विद्रोह र आन्दोलनको बेलाभन्दा परिवर्तनलाई संस्थागत गर्ने बेला प्रतिक्रियावादको छुरा धेरै चल्छ, जो रामनामीको च्यादरमुन्तिर छिपाइएको हुन्छ। यस्तै संकटको बीचबाट गुजि्रएर मात्रै जनताले प्रतिक्रियावादीहरुको असली अनुहार चिन्ने मौका पाउँछन्। शान्ति प्रक्रिया र संविधान सभामार्फत् राज्यको पुनर्संरचना गर्ने अभियान आरम्भ हुनासाथ प्रतिक्रियावादीहरुको अनुहार स्पष्ट हुँदै आएको पनि छ। इतिहासको प्रहसन यति तीतो भइरहेको छ कि हिजो लोकतन्त्रकै निम्ति लड्ने दल आज धमाधम प्रतिक्रियावादको सबैभन्दा बलियो किल्ला बनिरहेका छन्।
संविधान सभा विघटनलगत्तै पैदा भएको संवैधानिक र राजनीतिक संकटबाट देशलाई जोगाउन कुनै तर्कसंगत उपाय खोज्नुभन्दा प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामालाई बबालको विषय बनाउन काँग्रेस, एमालेको नेतृत्वलाई कुन रहरले उक्सायो? प्रचण्डले राखेका हरेक प्रस्तावलाई विनाकुनै तर्क खारेज मात्र गरिरहने र मुलुकलाई अनिर्णयमा फसाइरहने बाध्यता कहाँबाट पैदा भयो? कुन संस्थाबाट निर्वाचित भएर प्रधानमन्त्री हुने रहर सुशील कोइरालाभित्र पलायो? पञ्चायतकालीन राँको बोकेर आजसम्म लत्रिरहेकाहरु अहिले लोकतन्त्रको परिभाषा सिकाउन सबैभन्दा धेरै मुखर किन भइरहेका छन्? सबैभन्दा प्रमुख सवाल त अझ के भने, अहिले एकाएक निर्माण गरिएको चक्रव्यूह प्रधानमन्त्री भट्टराईका निम्तिमात्र हो कि परिवर्तनको प्रक्रियालाई नै सेबोटेज गर्ने प्रयास हो? शान्ति प्रकृयाका जटिल मुद्दाहरुलाई राणाकालिन फौजदारी मुद्दाको महलभित्र पार्ने प्रयास किन भइरहेको छ?
विनाकारण पात पनि हल्लँदैन। यो चक्रव्यूहको रचना पनि विनाकारण गरिएको छैन। न बाबुरामलाई त्यसै एकाएक भगवान बनाइयो, न अहिले विनाकारण उनलाई दानव बनाइएको छ। शान्ति प्रकृयाको जटिलता र संविधान निर्माणको जेलिएको जिम्मेवारी निभाउन क्याटलिस्ट सरकारको नेतृत्व गर्ने कुनै पनि प्रधानमन्त्रीले जादूको छडी चलाएर मुलुक बदल्न सक्दैन। अझ अत्यन्त असहिष्णु र हरेक कामलाई अड्काउने संसदीय चरित्रले घेरिएपछि हरेक काम दुरुह बन्न जान्छ। त्यसमाथि २ सय ५० वर्ष बूढो शासकीय प्रणाली र जीर्ण सत्ता ढल्ने क्रम चलिरहेको बेला। संविधान सभा विघटन हुनासाथ कुलीनहरुले आफ्नो प्रतिक्रियावादी फणा उठाउन थालिहाले। कुलीनहरुले बुनेको यो चक्रव्यूहको पहिलो निशाना बने प्रधानमन्त्री बाबुराम।
खान्दानीहरुले खान्दानीहरुका लागि बाँकी जनताको शोषणका जगमा उठाइएको सत्ताको धरहरा ढल्दा आवाज त पक्कै आउँछ। राणा शासनको सिद्धान्तमा बनाइएको राज्ययन्त्र र पञ्चायतकालमा कोरिएको राजनीतिक मानचित्र बदल्ने अभियान संविधान सभाको अवसानसँगै खतरामा पर्योय। तर पुरानो सत्ताको मुख्य अधिकारी राजतन्त्र समाप्त भइसकेको हुनाले प्रतिक्रियावादको नयाँ अवतार जन्मनु जरुरी थियो। कुलीन र नवकुलीन वर्गले यही अवसर छोप्दै काँग्रेस, एमाले र राप्रपालाई एकै ठाउँमा उभ्याएर अनौठो प्रतिक्रियावादी शक्तिको रचना गर्योछ। उसले पैसाको खोलो बगाएर हिन्दुवाद, उच्च जातिवाद, नश्लवाद सबैलाई यही शक्तिसँग एकाकार गरायो। कुलीन वर्गको यही भट्टीमा संविधान सभाको पुनर्स्थापना पनि नमान्ने, नयाँ निर्वाचन पनि नमान्ने, केवल बाबुराम सरकारको खारेजीमात्र मान्ने हठ म्यानुफ्याक्चर गरियो।
यो एक सूत्रीय हठमा अन्ततः राज्यको मानचित्र बदल्ने नयाँ संविधान लेख्नै नदिने र ०४७ कै संविधान ब्युँझाएर वा खोपीभित्रबाट पुरानै संविधान जारी गराएर कुलीनतन्त्रलाई जोगाउने अभिप्राय निहीत छ। अझैसम्म कुलीन वर्गको हाइदुहाई र कालो धन सकिएको छैन, त्यसैले यो चक्रव्यूहको आवाज ठूलो छ। जनताको धरोहर संविधान सभा विघटन हुनासाथ कुलीन वर्गको साहस बढ्यो। फलस्वरूप राष्ट्रपतिमार्फत् कू गराएरै भए पनि आफूअनुकूल नयाँ सरकार बनाउने प्रयास उसले गर्योस। सेना र विदेशी शक्तिहरुलाई समेत गुहारेर गर्न खोजिएको कू गर्भमै असफल भएपछि काँग्रेस, एमाले र राप्रपा गठबन्धनलाई पुनः एकपटक ब्युँझाएर बहुमतको सरकर बनाउने प्रयास पनि गरियो। त्यो पनि असफल भएपछि एकाएक शान्ति प्रकृयामाथि खुँडा प्रहार गर्ने नयाँ व्यूह रचना गरियो।
बेलायतमा सेनाका जर्नेल कुमार लामा पक्राउ पर्नु र दैलेखमा डेकेन्द्रका कथित् हत्यारा पक्राउ पर्नु कुन संयोगले जुरायो? प्रधानमन्त्री भट्टराईविरुद्धको ‘स्मियर क्याम्पेन' ले मिडिया एकाएक रंगिए। डेकेन्द्र हत्याका कथित् अभियुक्त लक्षीराम घर्तीको बडो नाटकीय बयान छापियो र प्रहरी निरीक्षक विनोद शर्मालाई एकाएक हिरो बनाइयो। कथित् अभियुक्तको हृदयमा दश वर्षपछि डेकेन्द्रको आत्मा पस्नु, डेकेन्द्रलाई जिउँदै गाडिएको सनसनीखेज बयान प्रहरी कार्यालयबाट जारी हुनु र व्यावसायिक मिडियामार्फत् पुनः प्रधानमन्त्रीको राजीनामालाई सम्पादकीय प्राथमिकतामा पारिनु अचम्मका संयोग हुन्। यी संयोग सेक्सपियरियन खलनायक साइलकलाई ब्युँझाउने प्रयास नभएर के हुन्?
‘मर्चेन्ट अफ भेनिस' नामको नाटकमा सेक्सपियरकृत अद्भूत खलनायक साइलक भन्छ- तिमीले घोच्यौ भने हाम्रो रगत बग्दैन र? तिमीले विष पिलायौ भने हामी मर्दैनौं र? तिमीले प्रहार गर्यौह भने हामी बदला लिँदैनौं र?
अहिले साइलक ब्युँझाउने प्रयास भइरहेको छ। देशभित्र भित्रने करोडौं डलरको हिसाब माग्नूस्, डलरजीबीहरु आन्दोलनमा उत्रन्छन् तर हिसाब देखाउँदैनन्। तर त्यो डलरको मात कस्तो छ भने उनीहरु देशभर साइलकहरु ब्युँझाएर अर्को गृहयुद्धको रचना गर्न तयार छन्। दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाले शासनभार ग्रहण गर्दा गोरा र कालाहरुका बीचमा ठूलो घृणाको वातावरण थियो। त्यहाँ सत्य निरुपण तथा मेलमिलाप आयोगकै माध्यमबाट त्यो घृणा मेटाउँदै लैजाने र परिवर्तनलाई संस्थागत गर्ने प्रकृयालाई अघि बढाइएको थियो। तर यहाँ लामो समय आयोग बनाउने काममा भाँजो हालियो र अन्ततः बल्लबल्ल बनेको अध्यादेश राष्ट्रपति कार्यालयको दराजमा थन्किरहेको छ। यही मौकामा युद्धकालीन मुद्दालाई जंगबहादुरको पालाको फौजदारी मुद्दामा तानेर साइलक ब्युँझाउन खोजिन्छ। यसो किन गरिएको त? अन्ततः घटनाक्रमले जवाफ दियो- बाबुराम सरकारलाई जबर्जस्ती हटाएर टिके सरकार बनाउनका लागि।
तर यतिबेला सक्रिय साइलकहरुले केचाहिँ बुझेनन् भने यसले साइलकका प्रतिरूपहरू समाजभर ब्युँझाएर घृणाको व्यापार त गर्ने नै छ, साथै समाजलाई नराम्रोसँग बिरामी पनि पार्नेछ। बाबुराम हटाउ अभियानमा जति घृणा र प्रतिशोधको ऊर्जा खर्च गरिएको छ, त्यसको नकारात्मक परिणामले कसैलाई पनि छाड्ने छैन। अर्को कुरा अनुजा बानियाँ प्रकरणमा झैं यसपटक पनि मिडियाले नराम्रोसँग विश्वास गुमाउने संकेत पनि देखिएको छ। बाबुराम विरोधी धरहरा खडा गर्ने उपक्रममा प्रयोग गरिएका प्रहरी निरीक्षक विनोद शर्मा भण्डारीको ‘इमेज' भारी पर्ने तथ्यहरु बाहिर आइरहेका छन्। विराटनगरमा जनआन्दोलन दबाउन प्रमुख भूमिका खेल्ने पात्रका रूपमा उनको ‘ख्याति' पनि फौजदारी प्रकृतिकै रहेको देखिन्छ।
चक्रव्यूह जति तगडा देखिए पनि यसको चरित्र परिवर्तनविरोधी भएपछि ढिलो-चाँडो मुखुण्डो उत्रिहाल्छ। यो चक्रव्यूहमा बाबुराम फसेको दृश्य अहिलेसम्म देखियो, अब दृश्य बदलिनेवाला छ। डेकेन्द्र प्रकरण अन्ततः सरकार बदल्ने खेलको अंश थियो भन्ने तथ्यलाई विपक्षी गठबन्धनले दैलेखबाटै आन्दोलन सुरु गर्ने घोषणा गरेर पुष्टि गरिदियो। बाबुराम त चक्रव्यूहबाट बाहिर निस्कने भए, चक्रव्यूह निर्माताहरु स्वयम्को भने के होला?