दैलेखी पत्रकार डेकेन्द्रराज थापाका हत्या आरोपीहरुविरुद्ध कानुनी कारवाही रोक्न प्रधानमन्त्री बाबुराम भट्टराईले विस्तृत शान्ति सम्झौताको सहारा लिएका थिए। द्वन्द्वकालीन अपराधहरुको अन्वेषण गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग बनाई शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्यारउने उक्त सम्झौताको एउटा उद्देश्य थियो। सम्झौतालाई अन्तरिम संविधानले अंगीकार गरेका कारण संवैधानिक प्रतिबद्धताबमोजिम द्वन्द्वकालका घटनाबारे नियमित अदालतमा मुद्दा चल्न नसक्ने उनको जिकिर थियो।
प्रधानमन्त्रीलाई सही संवैधानिक तथा कानुनी सल्लाह दिनुपर्ने दायित्व भएका महान्यायाधिवक्ता मुक्ति प्रधानले एक बित्ता उफ्रेर आरोपितहरुको जारी बयान रोक्न दैलेख सरकारी वकिल कार्यालयलाई परिपत्र गरे। त्यसविरुद्ध अधिकारवादी अधिवक्ता गोविन्द बन्दीले अपर्झट दिएको रीटको सुनुवाई गर्दै सर्वोच्च अदालतले महान्यायाधिवक्ता प्रधानको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
आठ वर्षअघि दुर्गम गाउ द्वारीमा पत्रकार थापामाथि भएको बर्बर यातना र खाल्डोमा गाड्ने जघन्य घटनाको न्याय निरुपण खोज्ने दैलेखी जागरण र कर्तव्यपरायण प्रहरी अनुसन्धान अधिकृतको जागरले स्वतन्त्र न्यायपालिकाबाट भरोसा पाएको छ। संविधानको आफूखुशी व्याख्या गर्ने र सरकारमा बसेर सरकारवादी मुद्दाकै प्रतिकूल हुनेगरी सरकारी संयन्त्रमा हस्तक्षेप गर्ने प्रयासलाई कानुनविपरीत ठहर गरेर प्रधानमन्त्री र महान्यायाधिवक्तासामु नैतिक प्रश्न पनि खडा गरेको छ।
सर्वोच्चका न्यायाधीश कल्याण श्रेष्ठको इजलासले अन्तरिम आदेश दिदा हाल देशमा उठेका केही संवैधानिक तथा कानुनी प्रश्नहरुमा पनि मार्गदर्शन प्रदान गरेको छ। दैलेखको कानुनी प्रक्रियामा सरकारले गरेको अवरोध रोक्न जारी भएको अन्तरिम आदेशले देशभरिका अन्य किटानी जाहेरी तथा न्याय निरुपण हुन नसकिरहेका विषयलाई पनि प्रष्टता दिएको छ। नियमित फौजदारी न्याय प्रणाली अकण्टक रहने संवैधानिक विवेचना गरेको छ भने राज्यका निकायहरुले मौजुदा संविधान तथा कानुनबमोजिम कर्तव्य निर्वाह गरिरहनुपर्नेमा सचेत पनि तुल्याएको छ। वर्तमानको अन्यायी गतिरोध तोड्ने र संवैधानिक पथप्रदर्शन गर्ने दृष्टिले यो ऐतिहासिक आदेश सावित भएको छ।
प्रधानमन्त्री भट्टराईले कार्यकारी प्रमुखका रूपमा 'सत्य यही हो, म विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधान विपरीत जान सक्दिन' भनेका थिए। द्वन्द्वकालीन अपराधहरु एक/एक गरी कानुनी कारबाहीमा ल्याउदा उक्त सम्झौता र संविधान उल्लंघन हुने दलिल पेश गर्दै उनले शान्ति प्रक्रियासमेत भाडिने चिन्तासहितको चेतावनीसमेत दिएका थिए। उनको चिन्ता आफ्ना नेता/कार्यकर्ताको संरक्षण गर्ने दलगत स्वार्थले निर्देशित थियो भने शान्ति प्रक्रिया भाडिने चेतावनी आफ्नो गैरलोकतान्त्रिक चरित्र प्रकट गर्ने अभिव्यक्ति थियो। कार्यकारी प्रमुखका रूपमा आफ्नो दायित्व संविधान तथा कानुनबमोजिम सरकार सञ्चालन गर्ने हो भन्नेमा उनको रत्ति विश्वास देखिएको छैन। न्यायपालिकाको स्वतन्त्रताप्रति उनी हृदयबाटै प्रतिबद्ध छैनन्। उनको राजनीतिक प्रतिबद्धता नै न्यायपालिकालाई व्यवस्थापिका मातहत राख्ने र राजनीतिक नेतृत्वलाई विना अंकुशको सर्वोपरि तुल्याउने सिद्धान्तमा आधारित छ। माओवादीको त्यो राजनीतिक दर्शन फेरिएको छैन, गत संविधान सभामा प्रस्तुत मस्यौदा प्रस्तावले न्यायपालिकाको स्वतन्त्रता कुण्ठित पार्ने मनसाय प्रकट गरेकै थियो, त्यो दर्शन आसन्न महाधिवेशनबाटै बदलिने सम्भावना पनि छैन। न्यायपालिकालाई यथास्थितिवादी शक्तिका रूपमा चित्रित गर्ने र 'अग्रगमनकारी' काम गर्न नदिएका फेहरिस्त प्रस्तुत गर्ने उनीहरुको स्वचालित शैली भइसकेको छ। त्यस हिसाबले अहिले देशमा उनीहरुको प्रधान अन्तरविरोध न्यायपालिकासगै छ, त्यस मानेमा संविधानवाद र कानुनी शासनसग छ।
माओवादीलाई शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामा ल्याउने १२ बुदे समझदारीदेखि शान्ति सम्झौता र अन्तरिम संविधान हुदै हालसम्मका सबै सहमतीय दस्तावेजमा कानुनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति कतै सम्झौता भएको छैन। त्यसकारण माओवादी ठूलो दलका रूपमा निर्वाचित भएर सरकारको नेतृत्वमा पुग्दा पनि संविधान र कानुनको सर्वोपरि शासन व्यवस्थामै नेपाल छ। यो सत्य हृदयंगम गर्न नसकेकै परिणामस्वरूप प्रधानमन्त्री भट्टराई बरोबर भन्ने गर्छन्, 'सरकार हामीसग भए पनि खास सत्ता हामीसग छैन।' संविधान र कानुनले कहिल्यै छेकेवार नलगाउने राजनीतिक प्रणाली स्थापित गर्न सकिएको छैन भन्नेमात्र उनको यो स्वीकारोक्ति हो।
अब केलाऊ प्रधानमन्त्री र उनका कानुनी सल्लाहकाररूपी महान्यायाधिवक्ताले गरेका व्याख्या। उनीहरुले द्वन्द्वकालीन घटनाको कुनै पनि मुद्दा कुनै पनि अदालतमा चल्न सक्दैन भन्ने ठोकुवा गरेका थिए। सर्वोच्च अदालतले मंगलबार अन्तरिम आदेशमार्फत् त्यसको संवैधानिक खण्डन गरेको छ र फौजदारी न्यायलाई व्यक्तिको मौलिक हकका रूपमा व्याख्यासमेत गरिदिएको छ। शान्ति सम्झौताले आयोग बनाउने प्रतिबद्धता जाहेर पनि र त्यसलाई अन्तरिम संविधानले बहन गरे पनि देशमा त्यस्तो कुनै संयन्त्र बनेको छैन र नियमित न्यायिक प्रणालीमा रोकावट ल्याइएको पनि छैन। सर्वोच्चले भनेको छ- द्वन्द्वकालका घटना सम्बन्धमा कानुनबमोजिमको कारबाही नहुने प्रत्याभूति कतै दिइएकोसमेत देखिदैन।
'व्यक्तिको मौलिक एवं कानुनी हकको प्रचलनका लागि फौजदारी न्यायको प्रभावकारी कार्यान्वयनको सुप्रबन्ध गर्नु सर्वोपरि प्राथमिकताको विषय बन्ने हुनाले संविधान र प्रचलित कानुनको नियमित कार्यान्वयनमा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनको मस्यौदा वा प्रस्तावको प्रसंगमात्रैले कुनै अवरोध गर्नसक्ने देखिदैन' भन्ने अदालतले प्रष्ट गरेको छ।
आयोगले द्वन्द्वकालका सबै मुद्दा हेर्छ भन्ने प्रधानमन्त्री र महान्यायाधिवक्ताको दलिलको पृष्ठभूमिमा सर्वोच्चको आदेश प्रष्टरूपमा आएको छ। जसले भनेको छ- अपराधको अनुसन्धान र अदालतमा मुद्दा पेश गर्ने अभियोजन प्रक्रिया रोक्न मिल्दैन। वारदात भइसकेपछि तत्काल प्रमाण संकलन, प्रमाणको गुणस्तर र ग्राह्यता सुरक्षित गर्नुपर्ने हुन्छ भन्ने अर्थ्याउदै न्यायाधीश श्रेष्ठको इजलासले भनेअनुसार नत्र त फौजदारी न्यायले बाटो बिराउनसक्नेसम्मको अवस्था सिर्जना हुनसक्छ।
प्रधानमन्त्री र महान्यायाधिवक्ताले दैलेखको अनुसन्धान रोक्न सर्वोच्च अदालतकै एउटा एकल इजलासको आदेश उद्धृत गरेका थिए, ओखलढुंगाका तत्कालीन सभासद् केशव राईविरुद्धको मुद्दामा। उक्त मुद्दामा पनि अपराध अनुसन्धान वा अभियोजनसमेत नगर्न आदेश भएको छैन। विचाराधीन मुद्दा हुनाले त्यसको कुनै नजीर वा कानुनी सिद्धान्त पनि बनेको छैन भन्ने अदालतले प्रष्ट गरेको छ।
अन्तरिम आदेशले महान्यायाधिवक्ता प्रधानको निर्देशनलाई हस्तक्षेप मानेको छ। उनले आफ्नो अधिकार क्षेत्रबाहिर गएर मातहत कार्यालयलाई निर्देशन दिएको गैरकानुनी होसमेत भनेको छ। किनभने सरकारवादी मुद्दा चलाउने वा नचलाउने निर्णय गर्नसक्ने अधिकार जिल्ला सरकारी वकिल कार्यालयमा प्रत्यायोजित छ। त्यस प्रसंगमा सर्वोच्चले भनेअनुसार अनुसन्धान प्रभावित गर्न मिल्दैन, पक्ष वा विपक्षमा प्रायोजित परिणाम ल्याउने दृष्टिकोणले निर्देशित गर्न/गराउनसमेत पाइँदैन। अपराध अनुसन्धानको न्युनतम् ज्ञान र विवेक तथा कानुनी प्रक्रियाप्रतिको विश्वास समेत महान्यायाधिवक्ताले अस्वीकार गरेको किटान गर्ने क्रममा इजलासले औंल्याएको छ- त्यस्तो व्यवहारबाट त न्यायको जगै खल्बलिनसमेत सक्नेछ।
अपराध अनुसन्धान एउटा व्यावसायिक, वैज्ञानिक र स्वतन्त्र कानुनी प्रक्रिया हो, त्यसमा नै विश्वास नगर्ने वा गर्न नदिने हो भने न्यायको जगैदेखि खल्बली उन्पन्न हुनसक्छ, त्यस्तो कुरा लोकतान्त्रिक र सभ्य कानुनी प्रणालीले कुनै पनि न्युनतम हद्सम्म पनि सहन गर्न सक्दैन- आदेशमा भनिएको छ।
इजलासले कुनै पनि दबाबबाट मुक्त रहेर अनुसन्धान गर्न आदेशमात्र दिएको छैन, अवरोध भए आफूकहा आउन दैलेखका प्रहरी र सरकारी वकिललाई प्रष्टसग अह्राएको पनि छ। महान्यायाधिवक्ताको निर्देशनलाई संविधान, कानुन र फौजदारी न्यायका आधारभूत सिद्धान्तसगै मेल नखाएकोसमेत भनिएको छ। यो आदेशले दैलेखको गाठो त तत्काल फुकेको छ नै, अरु अपराध अनुसन्धानका लागि पनि बाटो खुलेको छ। फौजदारी न्याय व्यक्तिको मौलिक एवं कानुनी हक भन्ने पुनस्थापित भएको छ। नागरिकको त्यस्तो हकको प्रबन्ध राज्यको प्राथमिकता भएको पनि प्रष्ट गरिएको छ। प्रहरी अनुसन्धाता र सरकारी वकिललाई संविधान र कानुनबमोजिम तोकिएका कर्तव्य निर्वाह गर्न मार्गदर्शन गरिएकोमात्र छैन, दबाब आए अदालतमा उजुरी गर्नसमेत आदेश दिइएकाले न्यायिक सर्वोच्चता कायम गर्न खोजिएको छ। न्यायिक सर्वोच्चताले नै लोकतन्त्र र विधिको शासन कायम राख्ने र सभ्य समाज स्थापित हुने सन्देश दिएर अदालतले अहिलेको अत्यासलाग्दो अन्यायी अवस्थामा नागरिकलाई न्यायको प्राण दिएको छ।
माओवादी नेताहरुले शान्ति प्रक्रिया भाडिने चेतावनी दिन रोक्ने देखिन्न। युद्ध र मानवताविरुद्धका अपराधलाई पनि राजनीतिक क्षमादान दिने उनीहरुको राजनीतिक चेष्टा जारी छ, त्यही भएर दण्डहीनताको पर्यायरूपी आममाफीको प्रबन्ध गरिएको मेलमिलाप आयोगको मस्यौदा राष्ट्रपतिले पारित नगरेको असन्तोष सार्वजनिक गरिरहेका छन्। उनीहरुका आफ्नै कार्यकर्ता र समर्थक जो जबर्जस्ती बेपत्ता पारिए, चरम यातनाले पिल्सिए, बलात्कारको शिकार भए र गैरन्यायिक हत्या गरिए, तिनको अनुसन्धान पनि गर्न नदिने यो राजनीतिक हठले बरु शान्ति प्रक्रिया उनीहरुभित्रै अशान्ति मच्चाउन कारक पनि बन्न सक्नेछ।
आयोग गठनको मस्यौदा व्यवस्थापिकाबाट गहन छलफल भई सबैको सन्तोषमा पारित नभएसम्म ऐन बन्न सक्दैन। भोलि बनेपछि त्यसले अपराध हेरी मौजुदा न्याय प्रणालीबाट भएका दण्ड, सजायमा घटी-बढी तोकिदिन सक्छ, समाजमा मेलमिलापका लागि। पीडितले तथ्य अन्वेषण गराउन राज्यसग माग गर्नै नसक्ने अहिलेको सरकारी अवरोध सर्वोच्चबाट तोडिएकोमात्र हो। द्वन्द्वकालीन भनेर जस्तोसुकै अपराधलाई पनि बलात् छोपेर राख्ने राजनीतिक बाहुबल र व्याख्याविरुद्ध अदालतले दिएको आदेशले बरु शान्ति र न्यायपूर्ण समाज बन्ने आशा दिएको छ।
निर्भीक र सक्षम प्रहरी अधिकृतहरुले अनुसन्धान बढाउने र सरकारी वकिलले अभियोजन गर्ने क्रममा सरकारबाट हुनसक्ने अवरोध तोड्न भने चुनौती नै छ। किनभने प्रधानमन्त्री भट्टराईले शान्ति प्रक्रियालाई संवैधानिक र कानुनी मान्यताभन्दा उच्चस्थानमा राखेर अर्थ्याइरहन सक्नेछन्।