मानव जातिका जोखिमहरू
०३ माघ २०६९
•
१८ मिनेट पाठ
मानव जातिका जोखिमहरू
जैविक विकासको विभिन्न कालखण्डमा जीवका विभिन्न प्रजाति यस पृथ्वीबाट लोप भएका छन्। जीवका प्रजातिहरू लोप हुने प्रकृया आज पनि निरन्तर चलिरहेको छ। संरक्षणविद्हरूले विश्वभरका लोपोन्मुख वनस्पति तथा प्राणीको लामो सूची तयार पारेका छन्। केही वैज्ञानिक जीवका सबै प्रजाति एक निश्चित समयावधिपछि लोप हुने भविष्यवाणी गर्छन्। यसै क्रममा मानव जाति पनि कुनै दिन यस पृथ्वीबाट लोप हुनसक्ने उनीहरू बताउँछन्।

केही समयअघि वैज्ञानिकहरूले मानव जातिको अस्तित्वलाई सबैभन्दा बढी जोखिममा पार्नसक्ने १० ठूला खतराह (थ्रेट्स) को सूची तयार पारेका छन्। तीमध्ये पाँच मानव सिर्जित स्वभावका खतरा छन् भने पाँच प्राकृतिक स्वभावका। मानव सिर्जित स्वभावका खतरामा जैविक आतंक, स्वचालित यन्त्र (रोबोटहरू), आणविक युद्ध, जलवायु परिवर्तन र केही वैज्ञानिक प्रयोग पर्छन्। त्यस्तै प्राकृतिक स्वभावका खतरामध्ये प्राणघातक रोगको महामारी, पृथ्वीबाहिरका प्राणी(एलियन्स्) द्वारा आक्रमण, ज्वालामुखीको विष्फोटन, अन्तरिक्षबाट पृथ्वीमा खस्ने आकाशीय पिण्डहरू र कृष्णविवरहरू (ब्लाय्क होल्स) पर्छन्। यस लेखमा यिनै १० खतराबाट मानव जातिलाई पर्नसक्ने सम्भावित प्रतिकूल असरबारे चर्चा गरिएको छ।

केही समययता आतंकवाद गम्भीर अन्तर्राष्ट्रिय समस्या बनेको छ। आतंककारीहरूले आफ्नो लक्ष्य हासिल गर्न विभिन्न साधन प्रयोग गर्दै आएका छन्। भविष्यमा लक्ष्य हासिल गर्न आतंककारीले प्राणघातक जीवाणुहरू प्रयोग गर्नसक्ने सम्भावना भएको विज्ञहरू बताउँछन्। यस्ता जीवाणुहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा हावा, पानी, श्वासप्रश्वास वा सम्पर्कबाट सजिलै सर्न सक्छन्। आधुनिक हवाइ यातायातको सुविधाका कारण यस्ता जीवाणुहरू केही दिनमै विश्वभर फैलिन सक्छन्। यसरी जैविक आतंक सम्पूर्ण मानव जातिका लागि ठूलो खतरा प्रमाणित हुनसक्छ।

मानव जातिको अस्तित्वका लागि अर्को ठूलो खतरा मानिन्छ- मानव निर्मित स्वचालित यन्त्र (रोबोट्स)। यस्ता यन्त्र विशेषगरी मानव क्षति कम गर्न जोखिमपूर्ण कामका लागि प्रयोग गरिन्छ। कतिपय यस्ता यन्त्र कृत्रिम बुद्धि (आर्टिफिसियल इन्टलिजेन्स)को गुणले सम्पन्न हुन्छन् र आवश्यकताअनुसार मानिसको निर्देशनविना पनि आफंै परिचालन हुन सक्छन्।
विशेषगरी युद्धमा प्रयोग गरिने यस प्रकारका स्वचालित यन्त्रहरू मानव जातिको अस्तित्वका लागि खतरनाक भएको विज्ञ बताउँछन्। उदाहरणका लागि कतिपय विकसित मुलुकले मानवरहित लडाकु विमान निर्माण गरेका छन्। यसैगरी आणविक हतियारसमेत बोक्न सक्ने क्षेप्यास्त्र पनि मानवरहित र स्वचालित हुन्छन्। केहीगरी मानिसको नियन्त्रणभन्दा बाहिर गएमा वा कुनै प्रकारको प्राविधिक गडवडी उत्पन्न भएमा यस्ता यन्त्रले मानव जातिलाई अकल्पनीय क्षति पुर्यागउन सक्छन्।

पछिल्लो समयमा विकास गरिएको नानो प्रविधिको मद्दतले यस्ता स्वचालित यन्त्र पनि निर्माण गर्न सकिने भएका छन्, जसले मानिसको सहयोगबिना नै आफ्नो प्रतिरूप (क्लोन) निर्माण गर्न सक्छन्। मानिसलाई ठूलो क्षति पुर्यातउने यस प्रकारका यन्त्रहरू जानी वा नजानी कसैले निर्माण गरेमा ती यन्त्र मानिसको नियन्त्रणभन्दा बाहिर जान सक्छन् र सम्पूर्ण मानव जातिकै लागि निकै खतरनाक हुन सक्छन्।

संयुक्त राज्य अमेरिका, रसिया, फ्रान्स, बेलायत, चीन, भारत र पाकिस्तान जस्ता देश आणविक हतियारबाट सुसज्जित छन्। यसैगरी उत्तर कोरिया, इजरायल र इरानसँग पनि आणविक हतियार भएको शंका गरिन्छ। आणविक हतियार कति खतरनाक हुँदोरहेछ भन्ने प्रमाण दोस्रो विश्व युद्धमा देखिसकिएको छ। अमेरिकाले हिरोसिमा र नागासाकीमा खसालेका आणविक बमले लाखौँ मानिसको तत्काल मृत्यु भएको थियो। भनिन्छ, रसिया र अमरिकासँग भएका आणविक हतियारमात्र पनि सम्पूर्ण मानव जातिको अन्त्य गर्न पर्याप्त छन्।

कुनै दुई देशबीच आणविक युद्ध भएमा र ठूलो संख्यामा आणविक हतियार प्रयोग भएमा त्यसले आणविक शीतकाल (न्युक्लियर विन्टर)को अवस्था उत्पन्न हुनेछ र सम्पूर्ण मानव जातिमा प्रतिकूल असर पार्नेछ। युद्धका क्रममा ठूलो संख्यामा आणविक बम बिष्फोट गराइएमा लाखौँ वा करोडौँको संख्यामा मानिसको तत्काल मृत्यु हुनेछ। साथै आणविक बम बिष्फोटबाट उत्पन्न भएका धुँवा र ध्वाँसोले वायुमण्डल ढाकिनेछ। यसले गर्दा महिनौँ वा वर्षांैसम्म पृथ्वीको सतहमा सूर्यको किरण छिर्न सक्ने छैनन्। फलस्वरूप पृथ्वीको तापक्रममा अत्यधिक कमी आउनेछ र शीतकाल आरम्भ हुनेछ। यसरी उत्पन्न भएको आणविक शीतकालले विश्वकै जलवायुमा प्रतिकूल परिवर्तन ल्याउनेछ। अत्यधिक चिसोले गर्दा कृषि क्षेत्र प्रभावित भई खाद्यान्नको आपूर्ति बन्द हुनेछ र मानव जातिकोे अन्त्य हुनेछ।

मानव जातिको अस्तित्वका लागि अर्काे ठूलो खतरा हो, जलवायु परिवर्तन। तीव्र औद्योगिकीकरण तथा शहरीकरण, जैविक इन्धनको अत्याधिक खपत, वन जङ्गलको तीव्र विनाश जस्ता मानव सिर्जित गतिविधिबाट पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ। तापक्रम वृद्धिले विश्वको जलवायुमा ठूलो परिवर्तन आएको छ र यसको असर विश्वका सबै भागमा देखिन थालेका छन्। कतै खडेरी बढ्न थालेको छ भने कतै अति वर्षा भई बाढीको प्रकोप बढ्न थालेको छ। विश्वका उच्च भूभागका हिउँ पग्लन थालेको छ। हिमाल क्रमशः नाङ्गो पहाडमा परिणत हुँदैछन्। समुद्रको सतह बढिरहेको छ। समुद्री तटका मुलुकहरू डुबानमा परी अस्तित्व गुमाउने खतरामा छ। जलवायु परिवर्तनले सम्पूर्ण प्राणी र वनस्पतिलाई प्रतिकूल असर पार्दै आएको छ। समयमै समाधानका उपाय नसोच्ने हो भने जलवायु परिवर्तनद्वारा सिर्जित विपत्तिले निकट भविष्यमा मानव जातिको अन्त्य हुनसक्ने विज्ञ बताउँछन्।

फ्रान्स र स्विट्जरल्यान्डको सिमानामा अवस्थित सर्न (सिइआरएन, युरोपियन अर्गनाइजेसन फर न्युक्लियर रिसर्च)को प्रयोगशालामा गरिने केही भौतिकशास्त्रसम्बन्धी प्रयोगबाट पनि मानव जातिको अस्तित्वमा खतरा उत्पन्न हुनसक्ने केही वैज्ञानिक बताउँछन्। उक्त प्रयोगमा जमिनमुनि निर्माण गरिएको लामो सुरुङभित्र प्रकाशको गतिमा विभिन्न प्रकारका आणविक कणलाई ठोक्काइन्छ। उक्त प्रयोगको मूल उदेश्य 'बिग ब्याङ' सिद्धान्त र ब्रह्माण्डको उत्पत्तिसम्बन्धी वैज्ञानिक परीक्षण गर्नु रहेको छ। कतिपय वैज्ञानिकका अनुसार यस प्रकारका प्रयोगमा ब्रह्माण्डको उत्पत्ति र विकासको समयमा जस्तै कृष्ण विवरहरू (ब्ल्याक होल) उत्पन्न हुन सक्छन्। यसरी उत्पन्न भएको ब्ल्याक होलमा पृथ्वी विलिन हुने सम्भावना हुन्छ। उच्च गुरुत्वाकर्षणका कारण ब्ल्याक होलले नाजिकका जुनसुकै ग्रह वा पिण्डलाई आफूतर्फ खिच्छन् र ती पिण्ड वा ग्रह ब्ल्याक होलमा विलिन हुन्छन्। ब्ल्याक होलको गुरुत्वाकर्षण यति उच्च हुन्छन् कि त्यसबाट प्रकाश पनि भाग्न सक्तैनन्। त्यसैले यी ब्ल्याक होल अदृष्य हुन्छन्।

प्रकृतिमा नयाँ प्रकारका रोगका जीवाणु देखापर्न थालेका छन्। यी जीवाणुले आफ्नो आनुवंशिक गुण छिटोछिटो परिवर्तन गर्ने भएकाले यस्ता रोगको सफल उपचार चिकित्साशास्त्रले विकास गर्न सकेका छैनन्। मानिसबीच सजिलै सर्न सक्ने यी जीवाणुले रोगको महामारी फैलाउने प्रबल सम्भावना भएको विज्ञ बताउँछन्। हवाई यातायातमार्फत् कुने देशमा देखापरेका यस्ता माहामारी सजिलै विश्वभर फैलिने डर हुन्छ। यसरी विश्वभर फैलने रोगको महामारीलाई समयमै सफल उपचार तथा नियन्त्रण गर्ननसके सम्पूर्ण मानव जातिको अस्तित्व नै जोखिममा पर्नसक्छ। बर्डफ्लु, स्वाइनफ्लु भाइरसहरू केही यस्ता घातक रोगका जीवाणु हुन्। केही गरी यी जीवाणुमा आनुवंशिक गुण परिवर्तन भई मानिसबीच विभिन्न माध्यमबाट सजिलै सर्नसक्ने क्षमता विकास भए यसले सम्पूर्ण मानव जातिलाई प्रतिकूल असर पार्नसक्छ।

हालसम्म पृथ्वीबाहिर जीवको अस्तित्व भएको प्रत्यक्ष प्रमाण भेटिएको छैन। तर कतिपय वैज्ञानिकका अनुसार यस ब्रह्माण्डमा सौर मण्डलबाहिर पनि कैयौँ यस्ता ग्रह छन्, जहाँ जीवको विकास हुने प्रवल सम्भावना छन्। जसरी मानिस पृथ्वीबाहिरका जीवको खोजीमा छन्, त्यसैगरी पृथ्वीबाहिरका प्राणी (एलियन्स) पनि हाम्रो खोजीमा हुन सक्छन्। केही गरी आफूलाई मानव जातिबाट खतरा भएको महसुस गरेमा यी प्राणीले मानव जातिमाथि आक्रमण गर्न सक्छन्। यसैगरी पृथ्वीको प्राकृतिक स्रोत कब्जा गर्न वा पृथ्वीमा बसाई सर्न पनि पृथ्वीबाहिरका प्राणीले मानिसलाई आक्रमण गर्न सक्छन्। यस्तो आक्रमणबाट मानव जातिको अन्त्य हुने सम्भावना भएको केही वैज्ञानिक बताउँछन्।

पृथ्वीमा केही यस्ता ज्वालामुखी पनि छन्, जसको बिष्फोटनबाट मानिसको अस्तित्वमा गम्भीर असर पर्न सक्छ। यस्ता ज्वालामुखी 'सुपरभल्क्यानो' को नामले चिनिन्छ। यस्ता ज्वालामुखी सामान्य ज्वालामुखीभन्दा हजारौँ गुणा ठूला हुन्छन्। यसको एउटा उदाहरण हो- संयुक्त राज्य अमेरिकाको येलोस्टोन राष्ट्रिय निकुञ्जमा अवस्थित 'येलोस्टोन सुपरभल्क्यानो'। यस्ता ज्वालामुखी पर्वत फुट्दा निस्कने आगो (लाभा) र खरानी हजारौँ वर्ग किलोमिटरसम्म फैलिने गर्छन्। यसरी निस्केका खरानी लामो समयसम्म वायुमण्डलमा रहिरहनाले पृथ्वीको सतहमा सूर्यको किरण प्रवेश गर्न पाउँदैनन् र उक्त क्षेत्रको तापक्रममा ठूलो कमी आउँछ। फलस्वरूप उक्त क्षेत्र हिमखण्डमा परिणत हुन्छ र त्यहाँका सम्पूर्ण जीवजगतको अन्त्य हुन्छ। 'येलोस्टोन सुपरभल्क्यानो' सबैभन्दा पछिल्लो समय करिब ६ लाख ४० हजार वर्षअघि फुटेको थियो। उक्त ज्वालामुखी कुनै पनि बेला यसैगरी फेरि फुट्नसक्ने वैज्ञानिकहरू बताउँछन्।

समय-समयमा 'मिटियर' र 'एस्टेराइडं' नाम गरेका आकाशीय पिण्डहरू पृथ्वीमा खस्ने गर्छन्। सामान्यतया यी पिण्ड स-साना पत्थर हुने गर्छन् र तिनले पृथ्वीलाई कुनै गम्भीर असर पार्ने गरेका छैनन्। तर ठूलठूला आकाशीय पिण्डले पृथ्वीलाई गम्भीर क्षति पुर्या्उन सक्छन्। पृथ्वीलाई गम्भीर क्षति पुर्यारउने प्रकारको ठूलो आकाशीय पिण्ड सबैभन्दा पछिल्लो समय करिब साढे ६ करोड वर्षअघि खसेको थियो, जसबाट त्यतिबेला ठूलो संख्यामा पाइने जनावर 'डाइनासोर' यस पृथ्वीबाट सदाका लागि लोप भएको थियो। केहीगरी यस्तै विशाल आकाशीय पिण्ड पृथ्वीसँग ठोक्किएमा मानव जातिको अन्त्य हुने सम्भावना हुन्छ।

ब्रह्माण्डमा अनगिन्ति तारा छन्। बलेर नष्ट भएपछि यी तारा कृष्ण विवर ('ब्ल्याक होल) मा परिणत हुन्छन्। स-साना ब्ल्याक होलहरू एकापसमा गाभिएर ठूला आकारका ब्ल्याक होल बन्छन्। कतिपय यस्ता ब्ल्याक होल तीव्र गतिमा ब्रह्माण्डमा भौँतारिरहेको विश्वास गरिन्छ। माथि उल्लेख गरिएजस्तै ब्ल्याक होलको गुरुत्वाकर्षण अति उच्च हुन्छ र यसले नजिकका जुनसुकै ग्रह वा पिण्डलाई आफूतर्फ खिच्छन्। यसैले कारणवश पृथ्वी यस्ता भौतारिरहेका शक्तिशाली ब्ल्याक होलको नजिक पर्न गएमा पृथ्वी ब्ल्याक होलभित्र विलिन हुनेछ। यसरी पृथ्वी र मानिसलगायत्का सम्पूर्ण जीवको अन्त्य हुनेछ।
यसरी विभिन्न कारणले गर्दा मानव जातिको अस्तित्व जोखिममा रहेको पाइन्छ। तर वैज्ञानिकहरूका अनुसार पृथ्वीको निश्चित भूभागमा मात्र बाँच्न सक्ने जीवका प्रजातिको तुलनामा पृथ्वीको विभिन्न भूभागमा बाँच्न सक्ने क्षमता भएका मानिसजस्ता जीवको प्रजाति लोप हुने सम्भावना कम छन्। त्यसैगरी मानिस एकमात्र यस प्रकारका जीवका प्रजाति हुन्, जसलाई आफ्नो अस्तित्व खतरामा भएको पूर्व जानकारी छ। प्राणी जगतमा सबैभन्दा विकसित र तीक्ष्ण बुद्धि भएको प्राणी भएकाले मानिसले आफ्नो प्रजातिको रक्षा गर्न र अन्त्य हुन नदिन समयमै आवश्यक कदम चाल्ने अपेक्षा गर्न सकिन्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस