एकीकृत नेकपा माओवादीभित्र अन्तर्संघर्ष चलिरहेको बेला मोहन वैद्य 'किरण' को मनमस्तिष्कले कल्पना गरेको क्रान्तिको खाका कस्तो थियो होला? पुरानो पार्टीमा विद्रोह गरी नेकपा-माओवादी बनाएपछि उनले नेपाली समाजमा कसरी क्रान्ति सम्पन्न गर्ने सपना बोकेको होला? मेरो मनमा उठेका यस्ता प्रश्नको मोटामोटी उत्तर नयाँ पार्टीको महाधिवेशनले पारित गरेको 'जनयुद्धको जगमा जनविद्रोह' को कार्यदिशाले दिन खोजेको अनुमान गर्न सकिन्छ। तर मेरो मनमा भने अझै झिनो शंका छ- किरणले आफ्नो नयाँ पार्टीको पहिचानको संकट हल गर्न र जनयुद्धको 'ह्याङओभर' बाँकी रहेका युवा नेताहरूको दबाब थेग्न नसकेर यस्तो दस्तावेज लेखेका त होइनन्?
एकीकृत माओवादीका उपाध्यक्ष हुँदा किरणलाई मैले दुई-तीन पटक भेटेको थिएँ र उनको मनमस्तिष्कमा रहेको क्रान्तिको खाकाबारे खोतल्ने प्रयास गरेको थिएँ। माओवादी अध्यक्ष प्रचण्डसँग चीन भ्रमणबाट फर्केपछि र त्यसपछि पनि भएका भेटमा उनले पहिले सोचिएको र लागु गरिएको क्रान्तिको बाटोबारे प्रश्न उठेको संकेत गरेका थिए। सरल स्वभावका किरणले सिधासिधै बोल्ने क्रममा महाधिवेशनको मुखैमा पनि नेपालको वस्तुस्थितिअनुसार क्रान्तिको कार्यदिशा बनाउने संकेत गरेका थिए। र, कुनै पनि खाले सशस्त्र संघर्षमा जाने हतारो गर्नुभन्दा नेपाली समाजमा जारी क्रान्ति-प्रक्रियाको जरुरतअनुसार संघर्षको कार्यनीति बनाउने उद्घोष गरेका थिए। त्यतिखेर अलिक आस गरेको थिएँ, किरण नेतृत्वको नयाँ माओवादी पार्टीमा अलिकति वस्तुवादी हुने संकेत देखिएको हो कि भनेर। अब थाहा भयो, वर्तमान राजनीतिक गतिरोध हल गर्नका लागि कुनै राजनीतिक हस्तक्षेप गर्न नसकेको र कांग्रेस-एमालेको प्रतिक्रियाको राजनीति गर्ने गल्लीमै रुमल्लिन पुगेको दलबाट धेरै आस गरिएको रहेछ।
महाधिवेशनले पारित गरेको जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशाले वर्तमान राजनीतिक गतिरोधलाई कसरी निकास दिन्छ, सामाजिक रुपान्तरणमाथि लागेको छेकबारलाई कसरी तोड्न सक्छ? अनि न्याय, समानता र स्वतन्त्रतायुक्त समाज बनाउन कसरी सघाउँछ? मेरो मनमा फेरि प्रश्न उठेको छ। २०६३ सालमै विसर्जन गरिएको जनयुद्धका सबै संरचनालाई ६ वर्षपछि पुनर्निर्माण गर्दै जनविद्रोहमा जाने निर्णय गरिनु आफैंमा उत्तर हो कि प्रश्न हो, मेरो शंकित मन स्पष्ट भएको छैन। किनभने नेकपा-माओवादीको प्रतिवेदन र निर्णयले नेपाली समाजमा जारी क्रान्तिको प्रक्रियालाई सम्बोधन गर्छन् कि गर्दैनन्, यसमा पनि उत्तरभन्दा बेसी नै प्रश्न जन्मिएका छन्। यस्ता धेरै प्रश्न उठाउनेखालका प्रतिवेदन र निर्णयमा निर्णायक हस्तक्षेपमा किरणको भन्दा पनि सशस्त्र संघर्षको 'ह्याङओभर' बाँकी रहेका युवा नेताहरूको भूमिका रहेको अनुमान गर्नु पनि शायद बेठीक नहोला।
पुराना विद्रोह किन असफल भए?
आजको क्रान्तिको अर्थ खोज्ने क्रममा 'स्क्रीम' (चित्कार) पुस्तक लेखेका आइरिस समाजशास्त्री जोन होलोवेका अनुसार 'क्रान्तिहरू उत्तर होइनन्, प्रश्नहरू हुन्।' यस अर्थमा किरणको प्रस्तावले पुरानै उत्तर दिन खोजको छ। क्रान्तिप्रेमी शक्तिहरूले पुराना क्रान्तिकै पुनरावृत्ति गर्ने कर्मकाण्ड गरिरहेको स्थितिमा किरणको कार्यदिशा कत्तिको भिन्न छ? दार्शनिकहरूले संसारको व्याख्यामात्रै गरेको आलोचनासहित कार्ल मार्क्सले १६५ वर्षअघि संसारलाई बदल्ने झन्डा उठाएका थिए। त्यसपछि विश्वमा अनेक क्रान्ति हुँदा पनि राज्यसत्तामार्फत् किन धेरै हदसम्म सामाजिक परिवर्तन गर्न सकिएन? किन सशस्त्र संघर्षमार्फत् भएका विभिन्न राज्यक्रान्तिपछि पनि न्याय, स्वतन्त्रता र समानतामाथि टिकेको समाज बनाउन असफल भएको इतिहास जिउँदै छ?
यस्ता प्रश्नको उत्तर नेकपा-माओवादीका क्रान्तिप्रेमी उत्साही युवाजनले नेपाल प्रज्ञा-प्रतिष्ठानको हलमा फर्फराएको जनविद्रोहको झन्डाले दिन सकेको देखिएन। उत्पीडनले भरिएको समाज फेर्ने जाँगर, संघर्षमा बलिदान हुने उत्साह अनि क्रान्तिप्रतिको प्रेमजस्ता ती युवाजनको मनमा रहेको भावना माननीय छन्। तर जाननीय प्रश्न के हो भने सय वर्षअघि पेरिस कम्युनको क्रममा उठेको विद्रोहको झन्डा जनयुद्धको सिलसिलामा प्युठान र रोल्पासम्म नउठेको होइन, तर ती विद्रोह किन असफल भए? ती विद्रोहबाट प्राप्त हुने नेपाली राज्यसत्ता पनि अन्य पुँजीवादी राज्यसत्ताजस्तै, सोभियत संघको समाजवादी झण्डा ओढाइएको राज्यसत्तालाई केन्द्रीकृत र सर्वसत्तावादी नहोला भन्ने के ग्यारेन्टी छ र? नयाँ जनवादी सत्ताले पनि समानतासहितको समाजवादी लोकतन्त्र त टाढाको कुरा, पुँजीवादी लोकतन्त्रको स्वतन्त्रतालाई समेत सीमान्तकृत नगर्ला भन्ने कसरी ढुक्क हुन सकिन्छ र? आज विद्रोहको नेतृत्व गर्ने उद्घोष गरिरहेका नेताहरू किरण, बादल, गौरव र विप्लव पनि भोलि एकसेएक नोकरशाही शासक नहोलान् भन्ने विश्वास कसरी मनमा सजाउने? आज ब्यालेटको बाटो समातेकाले प्रचण्ड र बाबुरामहरूलाई संशोधनवादी, सुधारवादी र क्रान्तिका गद्दार घोषणा गरिरहेका नेताहरूलाई पनि भोलि त्यस्तै आरोप नलाग्ला भन्ने के भन्न सकिन्छ र?
क्रान्तिप्रेमीहरूको सैन्यीकरण
महाधिवेशन भनेको कार्यदिशा र कार्यनीतिबारे नयाँ सिराबाट व्यापक अन्तर्क्रिया गर्ने बृहत् चौतारी हो। नयाँ पार्टी बनाएपछि गरिएको नयाँ महाधिवेशनमा यस्ता प्रश्नको उत्तर खोज्ने कसरत गरिएला कि भन्ने झिनो आशा थियो। आफूले नेतृत्व गरेको दश वर्षे जनयुद्धबारे कमसेकम पुनर्विचारमात्रै गरिएको भए पनि, त्यसलाई पेरु र फिलिपिन्सका माओवादी जनयुद्धसँग तुलना गर्दै त्यसका सबलता र कमजोरीलाई पहिचानमात्रै गरिएको भए पनि धेरै वस्तुवादी निर्णय हुने आशा गर्न सकिन्थ्यो। विडम्बनाको कुरा, आफ्नो पार्टी र जनयुद्धका सबै कमी कमजोरी, गल्ती र असफलताको भारी अरु नेताहरूको टाउकोमा थोपरेर, आफूलाई मात्रै २४ क्यारेटको विशुद्ध क्रान्तिकारी ठान्दै विनाप्रश्न र विनापुनर्विचार जनविद्रोहको कार्यदिशा पारित गरियो, आफ्नो पार्टीको नयाँ पहिचान बनाउन, क्रान्तिप्रेमी युवाजनको उत्साहलाई भजाउन।
जोन होलोवेले भनेझैं संसारमा सय वर्षदेखि युवाजनको उत्साहलाई पार्टी बलियो बनाउन र बन्दुक चलाउनमा भरपूर उपयोग भएको छ। सय वर्षदेखि नै मानवताको अनुकूल समाज रचना गर्न चाहने शक्तिहरूको सपना नोकरशाहीकरण र सैन्यीकरणको शिकार हुँदै आएको छ ताकि विश्वासघात गर्ने व्यक्तिहरूलाई नियन्त्रित गर्न सकियोस्। नेपालमा पनि स्वतन्त्रता र समानतायुक्त समाज निर्माण गर्ने नाममै नेपाली कांग्रेस, एमाले र माओवादीका साथै अन्य समूहले पनि युवाजनको उत्साहलाई बन्दुककै रूपमा उपयोग गरिसकेका छन्। र, हिजोका तिनै पार्टीहरूको नयाँ अवतारको रूपमा देखा परेको नेकपा-माओवादीले पनि अब जनविद्रोहमार्फत् राज्यसत्ता कब्जा गर्ने र आफ्नो अनुकूलको राज्यसत्ताबाट पुरानो समाजलाई समानता र स्वतन्त्रतायुक्त नयाँ जनवादी समाजतिर परिवर्तन गर्ने सपना देख्ने र देखाउने काम थालेको छ। नेकपा-माओवादीले पनि अन्य भूतपूर्व क्रान्तिकारी पार्टीहरूले जस्तै राज्यसत्तामाथि कब्जा गर्ने र त्यसलाई आफ्नो वर्गअनुकूल परिवर्तनलाई नै आफूले ठानेको क्रान्तिको मूर्त रूपको अर्थमा परिभाषित गरेको छ।
ती सबै दलका परिभाषा पार्टी विशेषका शब्दावलीमा केही फरक होलान् तर सारमा भने खासै भिन्नता छैन। ती परिभाषा मूलतः क्रान्तिलाई राज्यसत्तामाथि कब्जा गर्ने अवधारणामा मात्रै सीमित देखिन्छ। यस अवधारणाले राज्यसत्तालाई समाजका विभिन्न अवयवसँग काटेर अलग्याएर हेर्ने सुविधा खोज्छ। यस अवधारणाले राज्यसत्तालाई भूमण्डलीकृत विश्वका अन्य राज्यसत्तासँग अन्तर्सम्बन्धमा बुझ्ने होइन, एक स्वायत्त, स्वतन्त्र र सार्वभौमकर्ता मान्ने सहुलियत पनि खोज्छ। राज्यसत्तालाई समाजको केन्द्रविन्दु मान्नेहरूले नै 'राज्यसत्ताबाहेक अरु सबथोक भ्रम हो' भन्ने नारा दिएको हुनसक्छ। उनीहरूले राज्यसत्तामाथि कब्जा गर्ने रणनीतिलाई एकमात्र क्रान्तिकारी कार्यदिशा ठान्दै सामाजिक रूपान्तरणलाई पछि धकेल्न सक्छन्। यसकै व्यावहारिक अभिव्यक्तिका रूपमा एकातिर बन्दुकको बल वा 'ब्यालेट' को शक्तिको आधारमा राज्यसत्ता कब्जा गर्ने काम भएको देखिन्छ।
बुलेट वा ब्यालेटको बाटो अँगाल्ने शक्तिहरूको राज्यसत्ताकेन्द्रित अवधारणाले सामाजिक परिवर्तनको बृहत् प्रक्रियालाई बेवास्ता गर्न सक्छ। नेपालमा पनि त्यस अवधारणाले सामाजिक परिवर्तनलाई खासै टेवा दिएको पाइँदैन, बरु एक से एक क्रान्तिकारी पार्टीलाई राज्यका सञ्चालक होइन, राज्यसत्ताप्रति आश्रित नोकरशाही संस्थामा मात्रै फेरेको छ। जोन होलोवेका अनुसार, यस्तो राज्यसत्ताकेन्द्रित अवधारणा क्रान्तिकारी रणनीतिको एउटा भद्दा प्रस्तुतिका रूपमा रहेको छ। मार्क्सवादबाट प्रेरित क्रान्तिकारी आन्दोलनले राज्यसत्तामाथि विजय प्राप्तिलाई सामाजिक रुपान्तरणको व्यापक प्रक्रियाको एउटा तŒव मात्रै मान्छ। तर, ब्यालेट र बुलेटबाट राज्यसत्ता कब्जा गर्न खोज्ने दलहरूले सामाजिक परिवर्तनको बृहत् परियोजनालाई राज्यसत्ता कब्जाको रूपमा मात्रै सीमित गरेका छन्। राज्यसत्ता कब्जालाई संघर्षको प्राथमिकतामा पारेपछि अरु संघर्षका रूपमा गैरप्राथमिकतामा पर्नु अनौठो होइन। यसले संघर्षलाई पनि श्रेणीकरण गर्दाेरहेछ भने पार्टीलाई र पार्टीभित्रको नेता-कार्यकर्ता पंक्तिलाई श्रेणीकरण नगर्ने कुरै भएन। संघर्षलाई श्रेणीकरण गर्ने क्रममै जनताको जीविका र अधिकारसँग सम्बन्धित सामाजिक संघर्षको महŒव पनि राज्यसत्ता प्राप्तिका लागि उपयोगी छन् कि छैनन् भन्ने आधारमा तय गरिने अवस्था आउँदो रहेछ। र, त्यस्तो अवस्थामा बालबालिका, परिवार, मायाप्रेम, ममता, यौन, क्रीडा, हाँसखेल र मनोरञ्जन पनि महत्वहीन विषयका रुपमा श्रेणीकरण हुनु अनौठो होइन। अतः ती विषयमा सम्यक धारणा बनाएर लोकतान्त्रिक ढंगले रुपान्तरण गर्नु जरुरी नठानिनु पनि नौलो विषय होइन।
पुनः सिसिफसको यात्रा?
राज्यसत्ता प्राप्तिलाई सर्वाेच्च संघर्षको रूपमा राखेपछि त्यस्ता शक्तिहरूले गर्ने एउटा काम हो, आफ्ना उत्साही युवाजनलाई टेकोको रूपमा मात्रै उपयोग गर्नु। टेकोकै रूपमा उपयोग गरिएका नेपालका युवाहरूलाई सामाजिक रुपान्तरणको अभियानमा सरिक गराइएको छैन। मुद्दामा आधारित भुइँ तहका विभिन्न सामाजिक आन्दोलनमा सहभागी नगराइएका अनेक विकृति आएका छन। र, उनीहरूको स्तर सामाजिक रुपान्तरणका अगुवाभन्दा पनि लगभग असामाजिक मण्डले तŒवका रूपमा विकास भएको पाइन्छ।
अब फेरि एकपटक युवा उत्साह भजाउन जनविद्रोहको झन्डा फहराउन थालिएको छ र जनविद्रोह सफल भएन भने कुनै पनि बेला जनयुद्धको नगरा पुनः बज्ने उद्घोष पनि भइसकेको छ। नेपालमा जारी सामाजिक रुपान्तरणलाई बेवास्ता गर्दै, त्यसबाट प्राप्त उपलब्धिका आधारमा क्रान्ति-प्रक्रियामाथि बुद्धिमानीपूर्ण राजनीतिक हस्तक्षेप गर्नुको साटो जनविद्रोहको डन्डा चलाउने तयारी गरिँदैछ। राज्यसत्ता कब्जाका लागि महाधिवेशनबाटै जनविद्रोहको कार्यदिशा पारित भएपछि केही क्रान्तिप्रेमी युवाजनमा उत्साहको ऊर्जा थप्ने काम हुँदैछ। उनीहरूको उत्साहको आगोमा घीउ थप्ने काम जारी छ, एकीकृत माओवादीका नेताहरूलाई क्रान्तिका गद्दार र भारतीय विस्तारवादका दलाल भन्दै। यसरी उनीहरूका उत्साह र आवेगलाई राज्यसत्ता प्राप्तिको दिशातिर उन्मुख गराइएपछि कुनै पनि बेला भर्तीको आह्वान हुनसक्छ। र, उनीहरूलाई पनि छापामार, योद्धा र क्रान्तिकारीका रूपमा सैनिकीकरण गरिनेछ र नोकरशाहीकरण गरिनेछ। र, उनीहरूको सामाजिक रुपान्तरणको सपनालाई पार्टी र राज्यको सत्ताका लागि बलिदान गरिनेछ। त्यसपछि अरु नै कोही किरण, बादल, गौरव वा विप्लवहरूले विद्रोह वा क्रान्तिको झन्डा बोक्नेछन्, शायद। के तिनीहरूले 'पहिले पार्टी बनाउँ अनि फौज बनाउँ अनि फौजको बलमा राज्यसत्ता कब्जा गरौं' भन्ने सस्तो नाराभन्दा गहिरिएर न्याय, समानता र स्वतन्त्रता प्राप्तिका लागि सामाजिक परिवर्तनको बृहत् कार्यलाई अगाडि बढाउने छन्? मसँग यसको कुनै उत्तर छैन तर उत्तर पाउने आशा भने मरेको छैन।