बाबुराम भट्टराईले प्रधानमन्त्रीको शपथ लिनासाथ मुस्ताङ गाडी रोजेर पाएको (सस्तो) लोकप्रियतापछाडि अनेकन कारण थिए। पहिलो त उनी अर्थमन्त्री हँुदा केही राम्रो काम गरेको भ्रम धेरैमा थियो। त्यसैको निरन्तरताअनुसार उनले नेपालमै बनेको भनिएको मुस्ताङ गाडी रोजेपछि बाबुराम राज्य साँच्चै राम राज्य हुने आशा धेरैमा पलाएको थियो। अर्को कारण, विद्रोहकालमै पनि एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र बाबुरामबीचको अन्तरसंघर्षका कथा बाहिर आइसकेको थियो। त्यतिबेला उनी आफ्नै कमरेडहरूको बन्दीका रूपमा बस्नुपरेको खबरले पनि उनीप्रति धेरैकेा सहानुभूति थियो। एमाओवादीको विचारसँग सहमत हुन नसक्नेहरूले पनि बाबुराम स्वीकार गर्नुको पछाडि उनले पार्टीको लाइनभन्दा जनजीविकालाई महŒव दिनेछन् भन्ने थियो। किनकि धेरैको विचारमा बाबुराम र दाहालबीच संघर्ष कायमै रहेको अनुमान थियो।
अनि धेरैले बाबुराम नेतृत्वलाई दाहालको हारका रूपमा लिएका थिए। त्यस्तै उनले देशमा व्याप्त राजनीतिक असहमति छिचोल्दै संविधान निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास पनि थियो। हुन पनि एमाओवादीइतरका धेरैको विचार बाबुराम सत्ताको लोभी नभएको र देशलाई निकास दिनका लागि मात्र प्रधानमन्त्रीको पद स्वीकार गरेको भन्ने थियो। तर त्यसपछिका दिनले भने बाबुराम र दाहालमा नामको मात्र फरक प्रमाणित भयो। 'राष्ट्रिय सहमति' भन्ने शब्दको उच्चारण त्यसपछि लेखाई र बोलाइमा झनै ठूलो रूपमा हुन थाल्यो। अझ जेठ १४ मा संविधान नबनाइकनै संविधान सभाको अवसान भएपछि भने विस्तारै बाबुरामका समर्थकहरूको पनि चेत खुल्दै गयो। अझ आफंै संविधान सभा भङ्ग गराएर त्यसको दोष विपक्षी दलमा थोपर्न थालेपछि भने बाबुराम र दाहालको अनुहारसमेत एउटै देख्न थालियो।
तर पनि राष्ट्रिय सहमतिका लागि आफू त्याग गर्न तत्पर रहेको बाबुरामले बताउँदै आएका छन्। प्रचण्डले पनि त्यसअनुरूप आफ्नो तर्फबाट सक्रियतापूर्वक पहल गर्दै आएका थिए। राष्ट्रिय सहमतिका लागि नयाँ सरकारको नेृतृत्वलाई प्रचण्डले पनि स्वीकार गरेपछि आफ्नो पालो ठान्दै कांग्रेसले उम्मेदवार चयन गर्योे। आफ्ना नेताद्वय शेरबहादुर देउवा र रामचन्द्र पौडेलको घम्साघम्सीबीच कांग्रेसले सभापति सुशील कोइरालाको नाम प्रस्तावित गर्योे। जसलाई अध्यक्ष दाहालले पनि स्वीकार गरे। तर बाबुरामले भनेे फरक विचार देखाउँदै सुशील स्वीकार्न नसकिने बताउँदै चुनावी सरकार स्वतन्त्र व्यक्तिको नेतृत्वमा हुनुपर्ने अडान लिए। उनीहरुको अनुहार एउटै देखाउने यस्तै घटना काफी रहे।
पत्रकार डेकेन्द्र हत्या प्रकरणमा अभियुक्तविरुद्ध कारबाही प्रक्रिया अगाडि नबढाउन जुन किसिमले प्रधानमन्त्रीले दबाब दिए र जसरी एमाओवादी अध्यक्ष दाहाल प्रधानमन्त्रीको खुला समर्थनमा आए, त्यसबाट पनि उनीहरु कसरी अघि बढ्न चाहन्छन् भन्ने देखाउँछ। पार्टीको आसन्न महाधिवेशनमा पेश गर्न तयार दाहालको गोप्य भनिएको दस्तावेजले त उनीहरुको आगामी बाटो झनै प्रष्ट्याउँछ।
राष्ट्रिय सहमतिको सरकार गठनका लागि दाहालको सक्रियता धेरैले अनुभव गरेकै कुरा हो तर उनको दस्तावेजले भने उनको यस्तो सक्रियता देखावटी पुष्टि गरेको छ। उनले तत्काल भट्टराई नेतृत्वको सरकार छाड्नु आत्मघाती हुने उल्लेख गर्नुबाट बुझ्न सकिन्छ कि आफ्नो पार्टीको हातमा सत्ता रहने अवस्थामा मात्र सहमति हुनुपर्ने ठान्छन्, जुन अहिल सान्दर्भिक देखिन्न।
संविधानका विवादित विषयमा सहमति भनेकै माओवादीले बाँकी दललाई आफ्नो एजेण्डामा ल्याउनु हो। त्यसो हुन नसकेमा सरकार छाडेपछि आफ्नो स्थिति यता न उताको हुन सक्ने निर्क्योल एमाओवादी अध्यक्षले गरेको हुनुपर्छ। आफू अनुकूलको राष्ट्रपति र सभामुख बनाउन नसक्दाको 'नोक्सानी' लाई दाहालले आफ्नो दस्तावेजमा खुलारूपमा उल्लेख गर्नुबाट पनि उनी सहमतिप्रति गम्भीर देखिन्नन्। किनकि लोकतन्त्रमा एकतन्त्रीय शासनशैलीमा जस्तो सबै शक्ति एउटै दलको पोल्टामा हुन सक्दैन। यस्तो अवस्थामा अझ सरकारबाट बाहिरिनु भनेको भएको खल्ती च्यातेर जोगी हुनु जस्तो हो। अनि दाहाल अहिले आफ्नो पार्टीलाई राजनीतिक जोगीको हैसियतमा पुर्याीउन किमार्थ चाहन्नन्।
हो, उनी र भट्टराईबीच अझ पनि केही विवाद होला तर त्यसो भन्दैमा प्रधानमन्त्रीको कुर्सीबाट बाबुरामलाई हटाएर अन्य कुनै दललाई दिनु एमाओवादीका लागि साँच्चिकै आत्मघाती हुने तथ्यलाई दाहालले बुझेका छैनन् भन्न सकिँदैन। त्यसैले अहिले दाहालले आफू र बाबुरामबीचको विवाद थाँती राखेर अगाडि बढ्ने सुर कसेका हुन्। बाबुरामलाई समर्थन गर्नुको अर्थ सरकार आफ्नै पार्टीको नेतृत्वमा हुनु हो भने त्यसले पार्टीभित्र पनि उनको छवि अझ सकारात्मक भएर जाने सोच उनमा छ। यस तथ्यलाई राजनीतिका चतुर खेलाडीले राम्ररी बुझेको हुनुपर्छ।
त्यसबाहेक अहिले नै सरकार छाड्ने स्थिति एमाओवादीका लागि साँच्चै नै घातक हुनेछ। नेपाली सेनाका महासेनानी कुमार लामा युद्ध अपराधको अभियोगमा बेलायतमा समातिनु र आफ्नै दल सरकारमा छँदा पनि पत्रकार डेकेन्द्रको हत्यामा सामेलमाथि कारबााही थालिनुबाट दाहाल पक्कै पनि झस्किएको हुनुपर्छ। यो प्रकरणले कति लहरा तानिने हुन् भन्ने दाहालले भन्दा बढी कसले बुझेको छ र? यस्तो अवस्थामा सरकार छाडेर पार्टी र नेता तथा कार्यकर्ताको स्थितिलाई झनै डरलाग्दो भविष्यतर्फ धकेल्ने साहस दाहालमा आउन सकेन।
आफ्नो नेतृत्वमा सरकारलाई पार्टीको नीतिअनुसार चलाउने प्रयासमा असफल भएको पीडा दाहालमा अहिले पनि छ। राष्ट्रपति आफूअनुकूल नहँुदा सेनामा राजनीतिकरण गर्न नसकिएको घाउ अझ एमाओवादीभित्र ताजै छ। अहिले बाबुराम नेतृत्व सरकारले पनि पार्टीको नीतिलाई हुबहु व्यवहारमा उतार्न सक्ने स्थिति छैन। तर सरकारै छाडेर मणिविनाको नाग हुने दुस्साहस देखाउन सक्ने स्थितिमा पनि दाहाल छैनन्। त्यसैले राष्ट्रिय सहमतिको सरकार निर्माणका विषयमा बाबुराम र दाहालबीच बेला बेलामा देखिने मतभिन्नता वास्तवमा प्रसङ्ग लम्ब्याएर कुनै न कुनैरूपमा सत्तामा कायम रहने रणनीति मात्र हो।
अब आफ्नो भित्री एजेण्डा सार्वजनिक भएपछि एमाओवादीका लागि आगामी दिनहरू त्यति सहज नहुन सक्लान्। तर विद्रोहकालदेखि नै दलहरूलाई पालैपालो झुक्याउँदै आएको एमाओवादी र त्यसका नेता दाहालले आफ्नो वास्तविक एजेण्डालाई मूर्त रूप दिने प्रयासमा अनेकन् उपाय अवलम्बन गर्नेछन्। त्यस्ता उपायमा दोहोरो वाचा गर्दै स्थितिलाई लम्ब्याउँदै जाने, अन्य दलका नेतालाई विभिन्न प्रलोभन दिनुका साथै आफ्नो विचारसँग सहमत नहुनेलाई पश्चगामीको पगरी लगाएर राजनीतिक समाजबाट बाहेक गर्ने प्रयास पनि हुन सक्नेछ। आखिर दलहरूसँग गरेको सहमति नमान्नु, झुटो आश्वासन दिनु, बल प्रयोग गर्नु जस्ता कुरा एमाओवादीका लागि क्रान्तिका क्रममा गरिने रणनीति न हुन्। जनता झुक्याएर आफ्नो दुनो सोझ्याउने एमाओवादीको रणनीति अब फरकरूपमा देख्न पाइनेछ।