'चिसोले मान्छे मर्ने होइन है पत्रकार बन्धु हो, गरिबीले मर्ने हो', मेनुका पछाईको यो फेसबुक अभिव्यक्ति अर्थपूर्ण छ। शीतलहरको प्रकोपले तराईमा गरिबहरुको ज्यान लिइरहेको छ। पोष्टमार्टम गर्नुस्, रिपोर्टले भन्नेछ उनीहरुको मृत्यु चिसोका कारण भएको हो।
पोष्टमार्टम रिपोर्टले दैत्यरूपी गरिबीलाई देख्ने छैन र देख्ने छैन गरिबी जन्माउने व्यवस्थालाई पनि। पछाईको यो अभिव्यक्तिले सञ्चारमाध्याममा दिनहुँ आइरहने समाचारको शीर्षकमाथि टिप्पणी गरेको छ। साथसाथै जाडोले गरिरहेको 'हत्या' को अर्थराजनीतितर्फ ध्यान दिन आह्वान पनि गरिरहेको छ। यो सफेद हत्यामा कुनै हतियार वा कथित हिंसाको सिधा प्रयोग भएको छैन। व्यवस्थाले गर्ने हत्या यस्तै सफेद हुन्छ, त्यहाँ रगतको धब्बा देखिँदैन। सञ्चार माध्याममा पनि ती मारिएका अनाम मानिसको अनुहार छापिँदैन, केवल संख्याको गन्ती छापिन्छ।
अहिले खासगरी महिलाहरुको 'अकुपाई बालुवाटार' आन्दोलन चलिरहेको छ। महिलामाथि भइरहेका हिंसाहरुविरुद्ध आवाज उठिरहेको छ। हिंसक बलात्कारपश्चात् एउटी किशोरीको हत्या भएपछि दिल्लीमा उठेको आन्दोलनलाई पछ्याउँदै नेपालमा पनि प्रदर्शन भइरहेका छन्। यसैकारण सिमान्तमा मिल्काइने गरेका बलात्कार र महिलामाथिका हिंसाका समाचारहरु सञ्चार माध्यमले प्राथमिकताका साथ प्रकाशित प्रसारित गरिरहेका छन्। यसै कारण मानौं एकाएक बलात्कारका घटनाहरु बढिरहेझैं प्रतीत भइरहेको छ। यी सबै अपराधका विरुद्ध विरोध प्रदर्शनहरु अर्थपूर्ण छँदैछन् तर यहीबेला महिलालाई आश्रित, शक्तिहीन र अबला तुल्याउने समाज व्यवस्था, न्याय व्यवस्था, प्रशासन, अर्थराजनीति र शासन व्यवस्थाबारे पनि बहस उठ्नु आवश्यक छ। अझ बहसले मात्र पुग्दैन, त्यस्तो व्यवस्था बदल्ने साहस पनि देखाउनु जरुरी भइसकेको छ।
कुरो व्यवस्थाको हो र व्यवस्थाले रचना गर्ने चक्रव्यूहको हो भन्ने तथ्य बुझेको घडी हामीलाई हत्यारा जाडो होइन, व्यवस्था हो भन्ने चेतनाले झक्झक्याउँछ। कुरो अर्थराजनीतिको हो, जो शासन व्यवस्थाको केन्द्रमा हुन्छ। परिवारदेखि समाज हुँदै राज्यको केन्द्रसम्म त्यसैको पहुँचमा शक्ति र सामर्थ्य हुन्छ, जसको अधिनमा सम्पत्ति र सम्पत्ति परिचालन गर्ने शक्ति हुन्छ। अहिलेसम्म हाम्रो समाजमा महिलालाई पैतृक सम्पत्तिको हकदार मानिँदैन। शासन व्यवस्थाले महिलालाई पुरुषको अधिनस्त राख्ने कानुन बनाएको छ र त्यसैअनुरूपको मनोविज्ञानले महिला पुरुष दुवैथरीलाई गाँजेको छ। पुरुषले महिलालाई प्रश्न गर्नसक्ने तर महिलाले पुरुषको उत्तर मात्र सुन्नुपर्ने व्यवस्थाको विकल्प नखोज्ने हो भने नारा केवल नारा हुनेछन्। त्यसैले आन्दोलन 'अकुपाई बालुवाटार' मै अन्त्य हुनुहुँदैन। बरु शासन व्यवस्था बदल्ने लम्बे लडाइँ जारी रहनुपर्छ। पोष्टमार्टम रिपोर्टले बलात्कारमात्र पुष्टि गर्नसक्छ तर बलात्कार जन्माउने व्यवस्थाको किटानी गर्न सक्दैन। अदालतले बलात्कारीलाई सजाय गर्नसक्छ तर बलात्कारी जन्माउने व्यवस्थाविरुद्ध फैसला सुनाउन सक्दैन।
शासन व्यवस्था जटिल र विशाल प्रणाली हो। यसका अदृश्य हात धेरै हुन्छन्। आजको दुनियाँमा कोही पनि व्यवस्थाको पहुँचभन्दा बाहिर हुँदैन। त्यसैले हरेक मान्छेको नियति वास्तवमा व्यवस्थाले लेखिरहेको हुन्छ। तैपनि धेरैलाई लाग्छ, म केवल एक स्वतन्त्र प्राणी हुँ, त्यसैले मेरो जीवनका जटिलताहरु केवल मेरा हुन्। यो एक जग्गा दलालको मदहोसीजस्तै हुन्छ। एउटा दलाललाई सधैँ लागिरहन्छ, उसले जग्गाको भाउ जति बढाए पनि त्यो बढिरहन्छ, मानौं पैसा भनेको अंकको मायावी खेलमात्रै हो। पैसा छाप्ने पनि एउटा सीमा हुन्छ र एउटा व्यवस्थाभित्र निश्चित अंकको पैसामात्र चलिरहेको हुन्छ भन्ने तथ्यलाई उसले बिर्सन्छ। उसका लागि मानौं राष्ट्र बैंक जतिबेला पनि पैसा छापेर बसिरहेको हुन्छ। जब भर्चुअल पैसा वास्तविक पैसाभन्दा धेरै हुन्छ, अर्थव्यवस्था खलबलिन्छ र दलालको भ्रम भयानक दुस्वप्नजस्तो भएर ढल्छ।
ठीक यही नियतिवादले खराब व्यवस्थालाई जोगाइरहन्छ र त्यसका परिणामहरुमाथि मुद्दा चलाउँदा चलाउँदा अदालतहरु स्वयम् न्यायभन्दा धेरै पर हुत्तिँदै जान्छन्। हरेक वैधानिकताहरु उनान्सय प्रतिशत जनताका निम्ति जेलजस्ता हुन्छन् र अवैधानिक संसारको रचना अनिवार्य बन्न जान्छ। प्रकारान्तरले खराब व्यवस्थाको विरुद्ध रचना गरिने अवैधानिक संसार नै उनान्सय प्रतिशत जनताका निम्ति वैधानिक बन्न पुग्छन् र क्रान्ति सम्पन्न हुन्छ। यस्तो क्रान्तिको सपना समाजमा निरन्तर विद्यमान हुन्छ। सत्यका परिभाषा बदलिन्छन्, लोकतन्त्रका परिभाषा बदलिन्छन्, वैधानिकताका परिभाषा बदलिन्छन्, न्यायको परिभाषा बदलिन्छ। संक्षेपमा समाज बदलिन्छ। तर बदल्नेहरु कहीँ आकाशबाट खस्दैनन्, न त सुपरम्यानको भेषमा भित्ताभित्ता चढ्दै हाम्रा समस्या समाधान गरिदिन्छन्।
आफैंभित्र आफैंसँग गरिने व्यापक संघर्षले परिवर्तन जन्माउँछ। यसलाई नेपाली समाजले पुष्टि गरिसकेको छ र परिवर्तनको बृहत्तर प्रकृयामा यो मुलुक छ। तर यसैबीच निराशा पनि छन्, आक्रोश पनि छन्। ड्यास माओवादीले त संविधान सभाको विघटनलगत्तै क्रान्तिमा अल्पविराम लागेको निष्कर्ष नै निकालिसकेको छ। र, ऊ क्रान्तिको नयाँ रोडम्याप कोर्ने अभियानमा लागेको बताइरहेको छ। काठमाडौंमा जारी महाधिवेशनबाट उसले कुनै निश्चित कार्यदिशा तय गर्ने नै पनि छ। उता ठूलो विद्रोहबाटै आएको एकीकृत माओवादी राजनीतिक र आर्थिक परिवर्तनका एजेण्डासहितको नयाँ रोडम्याप बनाउने तयारी गरिरहेको छ। यहीबेला राजनीति कचपल्टिएको छ र संविधान सभाको नयाँ अवतार जन्माउने नयाँ निर्वाचनतर्फको यात्रा केही जटिल देखिएको छ। तथापि यी जटिलताकै बीचमा नयाँ व्यवस्थाको जग हाल्ने मौका गुमिसकेको छैन।
आदर्श मर्दैनन्, कहिलेकाहिँ मधौरोजस्तो लाग्नेमात्रै हो। आदर्शका अभियन्ता पनि सकिँदैनन्, ती कहिलेकाहीँ दोछायाँमा पर्नेमात्र हुन्। उन्नत समाज रचना गर्ने आदर्श संसारभरी जीवित छ तर नेपालमा हामी त्यसको एउटा खुट्किलोको अभ्यास गर्ने क्रममा छौं। अत्यन्त विभेदकारी समाजको गर्भबाट जन्मिएका विकार अन्त्य गर्न हामी एक स्टेप उन्नत समाज स्थापना गर्ने महायज्ञमा छौं। के यो महायज्ञ यत्तिकै सेलाएर जाला? परिवर्तनको फिलिङ्गो हावामै निभ्ला त? अहँ, यस्तो सम्भव छैन। नयाँ व्यवस्था जन्माउने सपना अरब स्पि्रङ हुँदै अमेरिकासम्म पनि फैलिरहेको छ। यो यस्तो सपना हो, जसको हत्या गर्न उनान्सय प्रतिशत मानिसको हत्या गर्नुपर्छ।
सन् २०११ मा अमेरिकामा 'अकुपाई वालस्ट्रिट' आन्दोलन भएको थियो। एक प्रतिशतका विरुद्ध उनान्सय प्रतिशत भन्ने नाराका साथ भएको त्यो आन्दोलनले पुँजीवादी व्यवस्थाको एक प्रतिशतका निम्ति उनान्सय प्रतिशत मानिसलाई बली चढाउने चरित्रका विरुद्ध विद्रोह बोल्यो। पुँजीवादको नाभीस्थान मानिने अमेरिकामा चलिरहेको आर्थिक संकट र त्यस विरोधी आन्दोलनले संसारलाई महŒवपूर्ण सन्देश दियो। त्यो आन्दोलनले व्यवस्था बदल्ने हैसियत राखेन, तैपनि त्यसले परिवर्तनका पक्षमा मानिसभित्र दन्किरहेको ज्वालालाई भने उजागर गर्योा। त्यो ज्वाला अझै निभेको छैन। उन्नाइसौं शताब्दीमा कार्ल मार्क्सले देखाइदिएको पुँजीवादको हत्यारा अनुहार अहिले आफैं सतहमा प्रकट भइरहेको छ। मार्क्सदेखि एन्टोनिया ग्राम्सीसम्म, इमानुयल वालरस्टेनदेखि जोसेफ स्टिग्लिजसम्म, नोम चोम्स्कीदेखि एरिक हब्सबौनसम्म, लेनिनदेखि माओसम्म धेरै विद्वान् तथा राजनीतिक अभियन्ताहरुले पुँजीवादको यही पतनशील तर दैत्यरूपी अनुहारका विकल्पमा नयाँ व्यवस्थाको परिकल्पना गर्न सघाएका छन्। संसारभर न्यायपूर्ण समाजको स्थापना गर्ने सपना अझैसम्म जीवित छ, यसैको बलमा संसार अविछिन्न परिवर्तित पनि भइरहेको छ।
असमानताको मूल्य चर्को हुन्छ। आजको मान्छे पोष्टमार्टम रिपोर्टमा मात्र विश्वास गरेर बस्नेवाला छैन। न त पुँजीवादलाई अजम्मरी ठानेर मौन मर्न स्वीकार गर्नेवाला छ। व्यवस्थाको हातमा लागेको रगत देख्नेगरी मान्छे सचेत भइरहेको छ। ऊ न त निराश भएर घुर्न तयार छ, न रूप/विरूप तुल्याइएका बनावटी सत्यहरुमाथि विश्वास गरेर मुर्झाउन तयार छ। पोष्टमार्टमको पोष्टमार्टम गर्न तयार भएका उनान्सय प्रतिशत मान्छेको समय हो यो। असमानताको वासलातलाई सन्तुलनमा ल्याउन व्यवस्था बदल्नेहरुलाई रोक्न सकिन्न।