भित्तामा झुण्डिएको सन् २०१२ को क्यालेण्डर पुरानो भएको पनि निकै दिन बितिसकेछ। त्यसको ठाउँ सन् २०१३ को क्यालेण्डरले लिइसकेको छ। पोहोर पनि यस्तै भएको थियो, परार पनि यस्तै भएको थियो। हरेक वर्ष क्यालेण्डर फेरिनु कुनै नौलो कुरा हैन, कुनै विशेष कुरा हैन तर यसपालि क्यालेण्डर फेरिने बेलामा र त्यसको अघि-पछि जस्ता घटना भए वा भइरहेका छन्, जुन किसिमले ती भइरहेका छन् र जति धेरै भइरहेका छन्, मानिसका मनमा जस्ता प्रश्न उठिरहेका छन्, संवेदना र संवेगका जस्ता तरङ्ग उठिरहेका छन्, त्यो हेर्दा भने हामी अति विशिष्ट संक्रमणकालमा छौं कि भन्ने आभास हुन्छ। २०१२ मा भएका धेरै घटनाले गहिरा प्रश्न उठाएर गएका छन्।
नेपालीले आधा शताब्दीभन्दा लामो समयदेखि खोजिरहेको संविधान सभा धेरै ठूलो मूल्यमा बनेको थियो। त्यो त्यसै मर्यो्। दलहरु एकअर्कालाई दोष दिएर र सरापेर बसिरहेका छन्, अहिलेसम्म। अझै पनि तिनको आफ्नै स्पष्ट दिशा छैन। ती पार्टीका नेतामध्ये कोही आफ्नो दिशाविहीनतालाई स्वीकार गर्छन्, कोही भने आफूमाथि दिशाविहीनताको आरोप निराधार हो भनेर अस्वीकार गर्छन्। जो आफ्नो निर्धारित दिशाबाट वा आफ्नो स्वधर्मबाट च्युत नभएको घोषणा गर्दैछन्, तिनका व्यवहारले पनि द्वन्द्व र अशान्तिलाई नै मलजल गर्दै विनाश निम्त्याउने सम्भावना बढी देखिन्छ।
भ्रष्टाचारले चरम नाङ्गो नृत्य आँखैअगाडि नाचिरहेको छ, जसले गर्दा राज्य र कानुनप्रतिको आस्था झन् झन् खस्किरहेको मात्र हैन, सरकारी संयन्त्र वा सरकारी स्वामित्वका संस्थानहरुमा धमिरा परेको मात्र हैन, सचेत नागरिकका प्रयत्न र दूरदृष्टिले जन्माएका संस्थाहरुसमेत सत्तामा रहेका भ्रष्ट मानिसका कारण तहस नहस हुँदैछन्। जताततै सामाजिक सुरक्षाको सर्वथा अभाव देखा परिरहेको छ। महिलाविरुद्ध हिंसाले त सीमा नाघिसकेको छ। जीवनविरुद्ध, मानवताविरुद्ध दुष्टताको यति कुरूप प्रदर्शन यो युगमा पनि कसरी हुन सकेको होला, बुझिनसक्नु लाग्छ।
दण्डहीनतासँग जोडिएर अझ गहिरा प्रश्न जन्मिइरहेका छन्। जनताको नाम जप्न कुनै राजनीतिक नौटङ्कीबाजले छाडेका छैनन्। सबै आफँैलाई सत्यराम बताइरहेका छन् र अन्यलाई छद्मराम। तर दण्डहीनताको कुरामा सबैको कुरा मिल्छ। सबै एकै ठाउँमा उभिन्छन्। यस्तो बेला, किन हो कुन्नि, मेरो सम्झनामा दुई जना पात्रहरु बारम्बर आइरहेका छन्। दुवै नै मैले व्यक्तिगतरूपमा नचिनेका, तर संसारभरी धेरैले नाम सुनेका। एकजना दोस्तोयेव्स्कीको कालजयी कृति उपन्यासको पात्र रास्कोल्निकोभ। अर्का दक्षिण अफ्रिकाको संवैधानिक अदालतका भूतपूर्व न्यायाधीश - अल्बर्ट साक्स।
दोस्तोयेव्स्कीको 'क्राइम एण्ड पनिसमेन्ट' भन्ने उपन्यास पढेको दशकौं भइसक्यो। खै, कसरी सम्झन पुगें त्यो पात्रलाई! नेपाली राजनीतिमा, नेपालका आन्दोलनहरुमा, थरिथरीका र अनेक निहुँमा उठ्ने गरेका हिंसात्मक गतिविधिमा रास्कोल्निकोभका अनेक अवतारहरु देखिने गरेकाले पो हो कि? ती अवतार हरेक दिन देखिन्छन्, बारम्बार देखिन्छन् र ती सबैले एउटै कुरा चिच्याई चिच्याई भनिरहेका हुन्छन्- असल साध्यका निम्ति जतिसुकै कुरूप र फोहोरी उपाय अपनाउन पाइन्छ। अनि त्यो 'असल साध्य' को औचित्यबारे पनि उनीहरु आफूले 'बुझे' पुग्छ रे। लाटा, अबुझ जनतालाई आफ्नो विचार लाद्ने स्वतन्त्रता उनीहरुले, उनीहरुले नै र उनीहरुले मात्र पाएका छन् रे। रास्कोल्निकोभकै अवतार जस्ता लाग्छन् ती तर उसको जितको विवेक र उसको जस्तो मानव हृदय भने छैन तिनीहरुसँग। उसले त बेश्या बन्न बाध्य बनाइएकी सोनियाको पाउ चुम्यो, जो गरिब र दुःखी भए पनि सुन्दर मन र विवेककी धनी थिई, जो जनताको साँच्चैकी प्रतिनिधि थिई। उसले त सोनियाको अनुनय र निर्देशनमा अपराध स्वीकार्योय, प्रायश्चित गर्योि र जीवनको बाटो रोज्यो तर रास्कोलनिकोभका नेपाली अवतार धेरै सस्ता र घटिया छन्। ती त्यसो गर्न सक्दैनन्।
अल्बर्ट साक्सको सम्झना किन भइरहेको छ भने केही वर्षअघि नेपाल आएका बेला तिनको भाषण सुन्ने मौका मिलेको थियो। आफू गोरा रङ्गका भए पनि दक्षिण अफ्रिकामा रङ्गभेदको अन्त्यका लागि उनले आफ्नो सबथोक दिएका रहेछन्। तिनै रङ्गभेदवादीहरुको बम आक्रमणमा आफ्नो हात गुमाएका थिए उनले। सत्य निरुपण र मेलमिलापका निम्ति कार्यरत् हुँदा आफूमाथि आक्रमण गरेर अपाङ्ग तुल्याउने कर्तुतको योजनाकार खलनायकसँग भेट हुँदा त्यसलाई विवेक र करुणाले पगालेर पठाएका थिए रे उनले। र, उसले ऊ जस्तै अरु सयौं खलनायकले विभिन्न सञ्चार माध्यमबाट आफूले गरेका कुकृत्यको वृतान्त सुनाउँदै माफी मागे रे जनतासँग। साक्स भन्थे- रङ्गभेदवादीहरुले मात्र हैन, उनको पार्टी अफ्रिकी कङ्ग्रेसका उनका कमरेडहरुले पनि हत्या र हिंसाको प्रयोग गरेका थिए रे। तिनलाई पनि उन्मुक्ति दिइएन। तिनले पनि आफ्ना कर्तुतहरुबारे सञ्चार माध्यमबाट आफ्ना पापको पोल खोले रे, रोए रे, माफी मागे रे। आफ्नै बाबुको कर्तुत सुन्न बाध्य केटाकेटीले, त्यस्ता श्रीमान्का श्रीमतीहरुले, नातेदार र छिमेकीहरुले जब तपाईंले त्यस्तो जघन्य काम कसरी गर्नु भो? भनेर सोधे, उनीहरु हजारौं पटक जिउँदै नर्कमा खसे। यति गर्दा पनि, दक्षिण अफ्रिकाको बारेमा केही जानकारहरु भन्दा रहेछन्, त्यहाँ दोषीले सजाय त भोगे तर हुनुपर्ने जस्तो मेलमिलाप अझै हुन सकेको छैन, अशान्तिका बीउ अझै बाँकी छन्।
अल्बर्ट साक्स र उनी जस्ता विवेकी मानिसहरु हिजोका विरोधीप्रतिको बदलाको भावमा मात्र डुबेनन्, आफ्नाका गल्तीलाई ढाकछोप गर्न पनि लागेनन्। दोषीलाई सजाय दिए उनीहरुले। तर विभत्सरूपमा ज्यान लिएर हैन, प्रायश्चित्तको मौका दिएर, आफ्नो पाप पखाल्न लगाएर, अपराधको पोखरीबाट निकालेर, जीवनमुखी ढङ्गले तिनलाई सजाय दिए। अमानुषहरु, कहिल्यै नसप्रिने कुनरहरु, सैतानका साक्षात सन्तानहरु पनि होलान् पक्कै, तर अधिकांश अपराधीमा अझै पनि कतै मानवता लुकेको छ भने उसले आफ्ना प्रियजनका अघि आफ्नो कुकृत्य एक एक गरी सम्झँदै बयान गर्नु जितको ठूलो सजाय अरु के होला?
संसारमा सबै देशको उस्तै स्थिति हुँदैन। समस्या उस्तै हुँदैनन्। आआफ्ना समस्या आआफ्ना किसिमले नै समाधान गर्नुपर्छ। तर मानिस जहाँसुकैका हुन्, तिनको बीचमा मिल्दाजुल्दा कुरा पनि धेरै हुन्छन्। यो अफ्रिका हैन तर पनि मण्डेला र साक्सहरुसँग सिक्ने कुरा धेरै छन्। उनीहरु पनि सर्वगुणसम्पन्न हैनन्। उनीहरुका पनि समस्या यद्यपि धेरै नै होलान् तर उनीहरु हिँडिसकेको बाटो हामीलाई पनि काम लाग्नेछ भने किन नहिँड्ने?
हामीकहाँ नयाँ पुस्ताले गर्ने कुरा त छँदैछ, थोत्रो र मरणासन्न भइसकेको परम्परागत राजनीतिका हाम्रा आजका खेलाडीले पनि यथार्थलाई अलिकति आत्मसात गर्न सके, आफ्नै दिशाबारे अलिकति मात्रै पनि स्पष्ट हुनसके, आफू मर्नुपर्छ एकदिन भन्ने कुरालाई दिनमा एक दुई पटकमात्र भए पनि सम्झन सके र करोडौं आँखा र कानहरु विस्तारै खुल्दैछन्, तिनले सुन्छन्, तिनले देख्छन् भन्ने कुरा बुझ्न सके अहिलेभन्दा अलि बेस हुन्थ्यो कि?
'अकुपाई बालुवाटार' जारी छ। महिलाविरुद्ध हिंसा जस्तो मानवअस्मितासँग, मानव समाजको आत्मसम्मानसँग, सभ्यताको मापसँग सिधै जोडिएको मुद्दाले सलाई कोर्नु एकदम स्वाभाविक हो। यसले विस्तारै नागरिकको नयाँ आन्दोलनको विशाल रूप लिन थाल्यो भने अचम्म मान्नुपर्दैन अथवा यो विस्तारै सुस्त हुँदै सेलाउँदै पनि जान सक्ला तर एउटा कुरा भने पक्का छ- बालुवाटार दरबार यदि सत्ताको प्रतीक हो भने त्यसभित्रको पात्र फेरिँदैमा त्यो जनताबाट 'अकुपाई' भएको हुँदैन। लोकतन्त्र बेस्सरी बिरामी भएको छ। कुनै पनि पुरानो औषधीले त्यो निको हुँदैन अर्थात् नयाँ नागरिक आन्दोलनको आवश्यकताबोध मुलुक र समयले गरिसक्यो।