बाह्रबुँदे सहमतिपश्चात् शान्ति प्रक्रियामा प्रवेश गरेको एनेकपा (माओवादी) उसको सिद्धान्त र व्यवहारले अझै पनि एक शान्तिपूर्ण संसदीय राजनीति गर्ने पार्टीका रूपमा विकसित हुन सकेको छैन। तत्कालीन व्यवस्थापिका संसदमा उपस्थित नेपाली कांगे्रस र नेकपा (एमाले) लाई संसदवादी राजनीतिक पार्टीका रूपमा सत्तोसराप गरेर विद्रोहलाई विकसित गरेका कारण आफै अहिले संसदवादी पार्टीका रूपमा परिवर्तित हुनुपर्ने बाध्यताभित्र बाँधिएको छ। संविधान सभाको निर्वाचनपश्चात् सत्ता प्राप्तिका लागि संसदीय खेलमा आफूलाई पोख्त बनाए पनि आफूलाई संसदवादी पार्टीचाहिँ भनाउन रुचाउँदैन, एनेकपा (माओवादी)। संविधान सभामा बहुमत प्राप्त नगरेको तर सबैभन्दा ठूलो पार्टी भएपछि संविधान सभामा अरुको उपस्थितिलाई उसले न्युनीकरणमात्र गरेन, आफूले सर्वस्व जितेको समेत ऐलान गर्यो।
संविधान सभालाई आफ्नो पक्षमा पार्न उसले जतिसुकै मेहनत गरे पनि संख्यात्मक हिसाबले अनपेक्षितरूपमा कम उपस्थिति भए पनि इतिहास र लोकतन्त्रप्रतिको प्रतिबद्धताका कारण नेकपा (एमाले) र नेपाली कांगे्रसले एनेकपा (माओवादी) लाई लोकतान्त्रिक बनाउन निकै मेहनत गरेकै हुन्। बहुलता स्वीकार गराउने, शासनको पृथकीकरण गर्न सहमत गराउने, स्वतन्त्र न्यायपालिकाको निरन्तरता, बहुमजातीय पहिचानसहितको संघीयता जस्ता लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गर्न उनीहरुबाट महत्त्वपूर्ण भूमिका निर्वाह भयो।
तत्कालीन संविधान सभाबाट आफूले सोचेजस्तो संविधान बन्न नसक्ने देखेपछि संविधान सभाको एक हिस्साका रूपमा मात्र आफूलाई पाएपछि एनेकपा (माओवादी)ं ले संविधान सभा विघटन गराउने अनपेक्षित बाटो अवलम्वन गर्न पुग्यो। सत्ता कब्जा गर्ने सपना बोकेको पार्टी भएको नाताले त्यस पार्टीका उपाध्यक्षसमेत रहेका डा. बाबुराम भट्टराईले एक निरंकुश शासकको भावभंगीमा ऐलान गरे, 'म नै कार्यकारी प्रधानमन्त्री हुँ, मैले निर्वाचन गराएर एकल जातीय पहिचानसहितको संघीयता पक्षधर शक्तिहरुलाई दुई तिहाई बहुमत दिलाउँछु।' यसबाट के प्रष्ट हुन्छ भने माओवादी अरु पार्टीसरह जनताले दिएको थान्कोमा बस्न रुचाउने पार्टी होइन।
लोकतान्त्रिक परिवेशमा जतिसुकै लोकप्रिय पार्टी भए पनि उसले सम्पूर्ण सत्ताको बेरोकटोक प्रयोग गर्न पाउने अवस्था रहँदैन। राज्यका विभिन्न संयन्त्रमा, व्यवस्थापिकामा प्रतिपक्षीहरुको प्रचुर उपस्थिति हुने कारणले उसलाई निरंकुश हुनबाट जोगाइरहेको हुन्छ। त्यतिमात्र होइन, सत्तापक्षले प्रतिपक्षको स्थान र भावनालाई सम्मान र समर्थन गर्ने परिपाटी लोकतान्त्रिक मुलुकहरुमा पाइन्छ। सत्तापक्ष र प्रतिपक्षको यो सुन्दर सम्मिलनलाई एनेकपा (माओवादी) ले संसदीय खेल वा तानावानाका रूपमा मात्र बु‰ने भ्रममा रहेको छ। बहुलवादी समाजमा सबैको अस्तित्वलाई समानरूपले ग्रहण गर्नुपर्ने, सबै पार्टीको अस्तित्वलाई संविधान र कानुनले प्रत्याभूति गर्नुपर्ने र समाजले सबैलाई गुण र दोषका आधारमा राज्यसत्ता सञ्चालन गर्ने स्थानमा पुर्यातउने परिपाटी नै उच्चतम् लोकतान्त्रिक परिपाटी हो।
हतियार र सेनालाई राज्यसंयन्त्रमा समाहित गरिसकेपछि, वाइसिएलका अलोकतान्त्रिक गतिविधिलाई धेरै हदमा नियन्त्रण गरिसकेपछि जनताले एनेकपा (माओवादी) एक शान्तिपूर्ण लोकतान्त्रिक संसदीय पार्टीको रूपमा विकसित हुन लागेको अडकल गरेका थिए, जुन नित्तान्त स्वाभाविक थियो। तर सत्तामा टाँस्सिएर बसिरहने प्रवृत्ति देखाउनुका साथै प्रतिशोध र छलछामको राजनीति अवलम्वन गर्ने एनेकपा (माओवादी ) को चरित्रले उल्लिखित अड्कललाई नकारात्मक दिशामा डोर्यावइरहेको छ। व्यवहारमा संसदीय राजनीतिमा फड्को मारिरहेको भए पनि बेलाबखतमा एकाधिकारवादी अहंकार प्रकट हुनुले त्यस पार्टीभित्र भयंकर द्विविधा विद्यमान छ भन्ने प्रष्टरूपमा आंकलन गर्न सकिन्छ। सेना समायोजनलाई आत्मसमर्पणका रूपमा चित्रित गर्ने र 'जनयुद्ध' को निरन्तरता चाहने शक्ति एनेकपा (माओवादी) बाट छुटिएर छुट्टै पार्टी गठन गरिरहेको अवस्थामा समेत उसले आफ्नो सिद्धान्तलाई निश्चित दिशानिर्देश गर्न सकिरहेको देखिँंदैन।
एनेकपा (माओवादी) को महाधिवेशन नजिक आइरहेको सन्दर्भमा भोलिका दिनमा उसले अवलम्बन गर्ने सिद्धान्त के हुनेछ? लोकतान्त्रिक परिवेशको एक हिस्साका रूपमा शान्तिपूर्ण संसदीय राजनीतिक पार्टीका रूपमा आफूलाई विकसित गर्ने वा सत्ता कब्जा गर्ने पुरानै रणनीतिलाई निरन्तरता दिने? त्यसैगरी बहुपहिचानसहितको संघीयताको वैज्ञानिक परिपाटीको अवलम्बन गर्ने, बहुलवादलाई अंगिकार गर्ने कि एकाधिकारवादी चिन्तनलाई निरन्तरता दिने? यी प्रश्न एनेकपा (माओवादी) का लागि वर्तमान अवस्थामा महत्त्वपूर्ण प्रश्नका रूपमा खडा भएका छन्। नेकपा (एमाले) ंले अंगिकार गरेको सिद्धान्त जनताको बहुदलीय जनवादलाई विगतमा दक्षिणपन्थी संशोधनवादी कार्यक्रमका रूपमा व्याख्या गरेको त्यस पार्टीले आउँदा दिनमा उसको सिद्धान्तलाई कस्तो बनाउनेछ? हेर्न बाँकी नै छ।
जंगलबाट विद्रोहको नेतृत्व गरिरहेको, आफ्नो सेना परिचालन गरिरहेको र चीन, उत्तर कोरिया वा क्युवामा जस्तो साम्यवादी क्रान्तिको परिकल्पना गरिरहेको तत्कालीन नेकपा (माओवादी) र चुनावमा भाग लिएर संसदीय राजनीतिमा आधा दशक बिताइसकेको एनेकपा (माओवादी) मा कुनै भिन्नता हुन्छ कि हुँदैन? एनेकपा (माओवादी) का अध्यक्ष प्रचण्ड र सत्तामा लिसो टाँसिएझैं टाँसिइरहन चाहने डा. बाबुराम भट्टराईले यी प्रश्नको उत्तर अविलम्व खोज्नुको कुनै विकल्प देखिँंदैन। आफूलाई सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीका रूपमा दाबी गर्ने पार्टीले 'ताक परे तिवारी नत्र गोतामे' कार्यनीति अवलम्वन गर्न कदापि सक्तैन।
एनेकपा (माओवादी)को आसन्न महाधिवेशनले पारित गर्ने नीतिहरु कस्ता हुनेछन् भन्ने विषयमा सर्वत्र चासो देखिएको छ। किनभने उसले शान्तिपूर्ण राजनीतिक बाटो अंगीकार गरेको अवस्थामा नेकपा (एमाले) ले करिव दुई दशकअगाडि नै अवलम्बन गरेको जनताको बहुदलीय जनवादी बाटो र उसले अंगिकार गरेको बाटोमा कुनै तात्विक भिन्नता हुने छैन। सशस्त्र विद्रोहको बाटो परित्याग गरेको घोषणा गर्नुपर्ने बाध्यता सँगसँगै उसलाई भोलिको संघीय लोकतान्त्रिक गणतन्त्रमा आफूलाई एक सच्चा लोकतान्त्रिक संसदीय पार्टीका रूपमा विकसित गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ। एनेकपा (माओवादी)को यो चौबाटोको बसाइलाई समेत स्पष्ट दिशानिर्देश गर्न सक्ने खाका प्रस्तुत गर्नुपर्ने हो।