यतिबेला वैदेशिक रोजगारबाट फर्केकी युवती प्रहरीबाट बलात्कृत हुन पुगेको घटनाले चर्चा पाइरहेछ र बलात्कारी प्रहरीलाई कडा सजायको माग गर्दै धर्ना र जुलुस पनि भए। बलात्कारसम्बन्धी सजायकै सम्बन्धमा यही पुस १२ गते हेटौंडा जिल्ला अदालतले त्यहाँकी एक १२ वर्षीया बालिकालाई बलात्कार गर्ने एक प्रहरी जवानलाई पाँच वर्ष कैद फैसला गरेको खबर पत्रिकामा पढेपछि मुलुकी ऐनको जबर्जस्ती करणीको महलको पाना पल्टाउन मन लाग्यो। जसअनुसार दश वर्षभन्दा मुनिकी बालिका भए पन्ध्र वर्ष, दस वर्ष वा सोभन्दा माथि चौध वर्षभन्दा कम उमेरकी बालिका भए आठदेखि बाह्र वर्ष, चौधदेखि सोह्र वर्षसम्मकी भए छदेखि दस वर्ष, सोह्रभन्दा माथि बीस वर्षभन्दा कम उमेरकी भए पाँचदेखि आठ वर्ष वा सोभन्दा माथिकी महिला भए सात वर्षसम्मको कैद सजाय हुनेछ भनी उल्लेख छ।
उक्त अदालतले गरेको सो फैसलाबारे सम्बन्धित निकायमा बुझ्दा 'यो मुद्दामा नाबालकलाई बालिग बनाएर पेश गरिएको रहेछ।' सामान्यतः यस्ता मुद्दामा सरकारी वकिलले अभियोगपत्र दर्ता गरी सबुत प्रमाणहरू पेश गर्ने भएकाले तिनै सबुत प्रमाणअनुसार फैसला गर्ने र ऐनमा तोकिएअनुसार सजाय गर्नुपर्ने हुन्छ। जहाँसम्म १२ वर्षकी बालिकालाई १८ वर्षकी भनेर पेश गरिएको छ, त्यो मुद्दाका अभियुक्त प्रहरी भएको र घटनालाई सकेसम्म कमजोर बनाउने प्रयासमा बालिकाको स्वास्थ्य परीक्षण गर्ने डाक्टरलाई समेत प्रलोभनमा पारेर प्रमाणहरू कमजोर बनाउँदै १८ वर्ष बनाइएको सुन्नमा आएको छ। मुद्दासँग सम्बन्धित अदालती निकायको भनाईमा 'कुनै पनि अपराधका घटनामा अनुसन्धान गर्ने पहिलो निकाय प्रहरी प्रशासन हो र उसले जुटाएका सबुत प्रमाणलाई नै मुख्य आधार मान्ने गरिन्छ। सरकारी वकिलले दर्ता गरेको अभियोगपत्र अनुसार नै फैसला गर्नुपर्ने बाध्यता हुन्छ। यदि प्रहरी प्रशासनको अनुसन्धान र सरकारी वकिलको बयानमा सत्यतालाई तोडमोड गरेर प्रमाण पेश गरिन्छ भने न्यायाधीशको विवेकले मात्र केही गर्न सक्ने अवस्था रहँदैन किनकि न्यायाधीशहरू त ऐनमा बाँधिएका हुन्छन्। उनीहरूले ऐनमा तोकिएको सजाय घटाउन सक्छन् तर बढाउने अधिकार हुँदैन।
यो अदालतको फैसला हेर्ने हो भने पीडितलाई न्याय दिने पक्षमा राज्य गम्भीररूपले चुकेको देखिन्छ किनकि यदि पीडितको सही उमेर उल्लेख गरिएको भए पीडकले कमसेकम पनि १० वर्ष सजाय पाउने थियो। हुन त बलात्कार जस्तो जघन्य अपराधमा १० वर्ष वा १५ वर्षको सजायभन्दा पनि जन्म कैदको सजाय हुनेगरी कानुनमा सुधार हुनु आवश्यक छ। किनभने समाजमा दिन/परदिन यस्ता घटना वृद्धि भइरहेका छन् र कमजोर कानुनी सजायले गर्दा यस्ता आपराधिक प्रवृत्तिमा वृद्धि भइरहेको छ। बलात्कार जस्तो जघन्य अपराधमा प्रहरी नै संलग्न भएकाले पनि सो मुद्दा कमजोर भएको रूपमा बुझन सकिन्छ। किनकि यस्ता मुद्दामा अनुसन्धान गर्ने प्रहरी हुन्छ र उसले जुटाएका प्रमाणका आधारमा सरकारी वकिलले अभियोगपत्र पेश गर्ने गर्छन्।
वैदेशिक रोजगारबाट फर्केर आएकी भोजपुरकी युवती आफ्नो देशभित्र पाइला टेक्नासाथ सुरक्षाकर्मी र राष्ट्रसेवक भनिएका प्रहरी र कर्मचारीबाट लुटिइन्। अध्यागमनका कर्मचारीले पैसा लुटे, प्रहरी जवानले उनको अस्मिता लुट्यो। नैतिक पतनको योभन्दा निकृष्ट नमुना के नै हुन सक्ला र! तर राज्यले भने उनलाई डेढ लाख दिएर कानुन र न्यायको धज्जी उडाइरहेछ। योभन्दा लज्जाको विषय अर्को के नै हुन सक्ला र! यस्तो जघन्य अपराधमा संलग्नहरूलाई सेवाबाट निलम्बन गरेरमात्र वा राज्यको तर्फबाट राहत उपलब्ध गराएरमात्र पीडितलाई न्याय मिल्दैन, न त अपराधका घटनामा कमी नै आउन सक्छ। सबैभन्दा महŒवपूर्ण कुरा त यस्ता अपराधीलाई कठोरभन्दा कठोर सजाय दिनुपर्छ ताकि फेरि कसैले यस्ता अपराध गर्ने हिम्मत गर्न नसकून्। अझ यस घटनामा त स्वयं नागरिकको सुरक्षाको जिम्मा लिएको प्रहरीबाटै एउटी महिला बलात्कृत हुन पुगेकीले निज आरोपित प्रहरीलाई आम अपराधीलाई भन्दा दोब्बर सजायँ हुनु जरुरी छ। अतः पीडितलाई न्याय र अपराधीलाई कठोर सजाय नहुँदासम्म आमनागरिकका आवाज रोकिनुहुँदैन किनभने यो समस्या कुनै एक पीडित युवतीको मात्र या उसको परिवारको मात्र नभएर सम्पूर्ण समाजको हो। यस्ता घटना भोलि जो कसैमाथि पनि हुन सक्छ।
उता छिमेकी मुलुक भारतमा सामूहिक बलात्कारमा परेकी एक युवतीको दर्दनाक मृत्यु भइसकेको छ। उनीमाथि भएको नृशंस र पाशविक घटनाप्रति सिंगो भारत आन्दोलित छ। बलात्कार र यौनजन्य हिंसाका घटनालाई केवल महिलाको मात्र समस्या ठान्ने भारतीय समाजलाई त्यस घटनाले राम्ररी झस्काइदिएको छ र यतिबेला महिलाको सुरक्षा र अपराधीलाई मृत्युदण्डको माग गर्दै महिला र पुरुष सबै सडकमा आइरहेका छन्। भारतीय समाज जस्तै नेपाली समाज पनि महिलामाथि हुने यौनजन्य हिंसाबाट उत्तिकै पीडित छ। केवल सीमा मात्रै फरक हो, सामाजिक सोच एउटै छ, महिलाले भोग्ने पीडा एउटै छ। राष्ट्र संघले समेत चासो देखाइसकेको सामूहिक बलात्कारको त्यो घटनाविरुद्ध उठेका आवाज शान्त पार्न र दोषीलाई सजाय र पीडितलाई न्याय दिनका लागि अब भारतले कानुनमा सुधार ल्याउनैपर्छ। यो जघन्य अपराधको घटनाले यतिबेला भारतका महिलालाई मात्र पिरोलिरहेको छैन, विश्वभरका महिलालाई 'नारीहरू आफ्नै देशभित्र, आफ्नौ शहरभित्र, आफनै मानिसबाटै कति असुरक्षित रहेछन् त!' भन्ने कुरा सोच्न बाध्य बनाएको छ। यसकारण पनि दिल्ली घटनाको विरोधमा हाम्रा आवाज पनि मिसिनुपर्छ।
यता नेपालमा पनि महिलामाथि हुने यौनजन्य हिंसाविरुद्धमा भर्खरमात्र आवाज सशक्त हुन थालेका छन्। राज्यका सुरक्षा निकायबाटै महिलाको अस्मिता लुटिँदा पनि खासै चासो नदेखाउने र अपराधीलाई उन्मुक्ति दिने प्रवृत्तिका कारण हिंसाका घटना वृद्धि हुँदै जान थालेपछि सशक्त आन्दोलनको खाँचो महसुस भएको छ र हिंसाविरुद्ध कडा कानुन माग गर्दै आवाज सडकसम्म पुग्न थालेका छन्। तर महिलाहरू मात्र सडकमा उत्रिएर पीडितले न्याय पाउनु असम्भव नै हुन्छ। महिलामाथि हुने हिंसामध्ये पनि यौनजन्य हिंसा र बलात्कारका घटनाले केवल महिलालाई मात्र पीडित बनाएको हुँदैन, त्यो पीडाले पीडितका परिवारका पुरुषलाई पनि त्यत्तिकै पीडित बनाएको हुन्छ। अतः आजसम्मको पुरुष मानसिकताबाट बनेको कानुनमा परिवर्तन नभएसम्म महिलाको सुरक्षामा प्रश्नचिह्ज लागिरहने नै छ। यस्ता घटना न्युनीकरण गर्न विद्यमान कानुनमा नै परिवर्तन जरुरी छ। बलात्कारीलाई कमसेकम पनि जन्म कैदको सजाय कानुनमा नै व्यवस्था गरिनुपर्छ।