संघीयताका सीमा
०३ भदौ २०६६
•
१३ मिनेट पाठ
संघीयताका सीमा
मुलुक एकात्मक रहने कि संघीयतामा जाने विषयमा संविधान सभाले निक्र्योल गरेर संविधानमा उल्लेख गर्नुपर्ने पर्थ्यो।
तर अन्तरिम संविधान लेख्ने जिम्मा पाएका विज्ञले संघीयता के हो यसले मुलुकमा कस्तो प्रभाव पर्छ भन्ने छलफलै नगरी अन्तरिम संविधानमा नेपाललाई संघीयराज्य घोषणा गरिदिए। अन्तरिम संविधान लेख्नेहरुलाई संविधान सभाकै जस्तो अधिकार सम्पन्न मान्न सकिन्न। यसैले संघीयताका सम्बन्धमा थप छलफल मन्थन र बहस पछिमात्र निर्णयमा पुग्नुपर्छ। नेपालजस्तो सानो मुलुकलाई विभिन्न प्रान्तमा विखण्डित गर्नु लाभदायक हुन्छ कि हुन्न भनेर बृहत छलफल हुनु जरुरी छ।

प्राकृतिक स्रोत
नेपाल संघीयतामा गएपछि जलस्रोतको उच्चतम दोहन सम्भव नहुने यस पंक्तिकारको विश्लेषण छ। यस सम्बन्धमा छुट्टै विवेचना भइसकेकोछ। विभिन्न प्रान्तबीच अन्य प्राकृतिक स्रोतको बाँडफाँट पनि जटिल हुने निश्चित् छ। अहिले नेपालको एउटा ठाउँमा रहेको प्राकृतिक स्रोतमा अर्को कुनामा बस्ने नेपालीको पनि उत्तिकै हक लाग्छ । तर यस सन्दर्भमा मनाङको नार हत्याकाण्डलाई स्मरण गर्नुपर्ने हुन्छ। मनाङको यार्सागुम्बुमाथि मनाङबासीको मात्र हक लाग्छ भन्ने भ्रम पालेका केही मनाङबासीले गोरखाका ७ जना निर्दोष निहत्था जनताको निर्मम हत्या गरे। यस परिवेशमा विभिन्न प्रान्तमा छुट्टिएपछि एक प्रान्तका बासिन्दाले अन्य प्रान्तमा एउटा सिन्कासम्म पनि भाँच्न नपाउने धारणाको समेत विकास हुन थालेको देखिएकोछ। नेपाल संघीयतामा गएपछि अन्य के कस्ता प्रतिकूल प्रभाव पर्छ र नेपालको अर्थतन्त्रले यसलाई थेग्न सक्छ कि सक्दैन भन्ने आकलन गर्न ढिलो भइसकेको छ।

अग्राधिकार र सीमित अधिकार
काठमाडौं उपत्यकालगायत छिमेकी १२ जिल्ला मिलाएर नेवा राज्य काठमाडौं उपत्यकालाई घेर्ने जिल्लामा ताम्सालिङ अनि पूर्वमा लिम्बुवान खम्बुवान किरांत प्रदेश आदि प्रान्तका नाम सुनिएका छन् भने पश्चिममा तमुवान मगरात थरुहट आदिको मांग आएकाछन्। अनि आत्मनिर्णयको अधिकार सहितको एक मधेश एक प्रदेशको पनि मांग सशक्त रुपमा गरिएको छ। त्यस्तै खसहरुले पनि छुट्टै खसानको माग गरेको सुनिएकोछ।
अहिले विषेश गरेर जातीय आधारमा संघीयताको माग सशक्तरुपमा उठेकोछ। जाति विषेश र÷वा रैथानेलाई अग्राधिकार अथवा विषेश अधिकारको माग पनि संघीयताको मागसंगै उठेकोछ। अनि भनिएकोछ अन्य जातजातिको अधिकारमा अंकुश लाग्ने वा अन्यलाई सीमित अधिकार मात्र हुने। यसको सोझो अर्थ हुन्छ नेपाल भित्रै प्रान्त विषेशमा नेपाली नागरिक दोश्रो दर्जाका ठहरिनेछन्।

अल्पसंख्यकको शासन
अग्राधिकार र विषेश अधिकार अन्तर्गत प्रान्त विषेशमा निश्चित् जातजातिले मात्र शासकीय संयन्त्रमा प्रवेश पाउने कुरा पनि आएको छ। लोकतान्त्रिक हिसाबमा निश्चित जातजातिको बहुमत रहेको अवस्थामा शासनमा यिनको हालीमुहाली हुनु स्वाभाविक मान्नुपर्ने हुन्छ। तर काठमाडौं उपत्यकामा ४५ प्रतिशत मात्र नेवार रहेको भनिएकोले काठमाडौं उपत्यकालाई नेवा राज्य बनाइए शासकीय संयन्त्रमा यिनको मात्र हालीमुहाली हुँदा बहुमतमाथि अल्पमतले शासन गर्ने अवस्था हुन्छ। अझ माग भएजस्तै काठमाडौं उपत्यका लगायत १२ जिल्लालाई नेवा राज्य मानिएमा अझ अल्प संख्याको जातजातिले शासन गर्ने अवस्था आउन सक्छ।

बसाइँ सराइ
स्थानीय जनताको अधिकारमा अंकुश लागेमा वा तिनले सीमित अधिकारमात्र पाउने स्थिति विकास भएमा र शासकीय संयन्त्रमा समेत सहभागिता नपाउने अवस्था बनेमा थातथलो छोडेर जानुपर्ने स्थिति पनि हुन सक्छ। पहाडी मूलका भनिएका स्थानिय बासिन्दा तराईबाट बसाइँ सर्ने प्रक्रिया सुरु नै भइसकेछ र जातीय आधारमा राज्यको पुनःसंरचना भएमा यसलॆ विकराल रुप लिनसक्छ। आफ्नो घर जग्गा अत्यन्त न्यून मूल्यमा बिक्री गरेर नेपाल भित्रैबाट नेपालीले बसांइँ सर्नपर्नु भनेको शुभ लक्षण होइन। नेपालजस्तो सानो देशलाई यस्तो समस्या थेग्न सजिलो हुनेछैन।

प्रान्तीय सीमांकन
विभिन्न प्रान्तको सीमांकन गर्ने काम पनि निकै चुनौतीपूर्ण हुनेछ। अर्थात् राज्य पुनःसंरचना गर्दा प्रान्त के कस्ता सिद्धान्तका आधारमा विभाजन गर्ने भन्ने विषय पनि जटिल देखिन्छ । फेरि पनि उदाहरण लिउँ नेवा राज्यकै। यसका प्रणेताहरुले काठमाडौं उपत्यका समेत गरेर १२ जिल्लामा दाबी गरेकाछन् भने यी मध्ये धेरै जिल्लामा ताम्सालिङले पनि दाबी गरेको देखिन्छ। यस्तोमा सीमांकन गर्न पक्कै पनि सजिलो हुनेछैन।

आर्थिक बोझ
राष्ट्रपति उपराष्ट्रपति प्रधानमन्त्री र ३५÷४० जनाको मन्त्रिपरिषद् अनि व्यवस्थापिका र तद्अनुरुपको न्यायपालिका मात्र हुँदाको तुलनामा केन्द्रका यी पदाधिकारीका साथै हरेक प्रान्तमा गभर्नर तथा मुख्यमन्त्री सहितको २०÷२५ जनाको मन्त्रिमण्डल न्यायपालिकालगायतका संस्थागत संरचनाको निर्माण भएपछि खर्च पनि दसौं गुणाले बढ्ने निश्चित छ। यो खर्च यो देशले थेग्न सक्नेभन्दा बढी हुनॆछ।

बहिस्करणको समस्या
सात सालमा प्रजातन्त्र प्रादुर्भाव हुनुअघि नेपालमा राणाहरुको जहानियाँ शासन थियो। राणाबाहेक केही निश्चित जातजातिको हालीमुहाली थियो। त्यसपछि यो वृत्त केही चौडा भयो तर पनि बहुसंख्यक नेपाली बहिस्करणमा पारिएकै थिए। भनिन्छ अहिलेसम्म नेपालमा बाहुन क्षेत्री नेवारको बर्चस्व छ। तर यो पूर्ण सत्य होइन। बाहुन क्षेत्री नेवारआदि मध्ये पनि धेरै बहिस्करणमा परेकै छन्। यीमध्ये निश्चित् परिवारको मात्र वर्चस्व छ र कुनै जातजाति विषेश भएकै नाताले बढी लाभ लिएको छैन।

देश संघीयतामा गएपछि यसरी बहिस्करणमा परेकाको समस्या समाधान हुने अपेक्षा गरिएको देखिन्छ। तर यो समस्याको समाधान संघीयता होइन। यसैले संघीयतामा जानु भनेको त टाउको दुखेकोमा ओखती अन्तै कतै लगाएजस्तो चरितार्थ हुने डर छ। किनभने प्रान्तहरुभित्र त उही एकात्मक संरचना कायमै रहनेछ। जबसम्म पूर्णरुपमा गाउँ-गाउँ सहरसहरसम्म आर्थिक राजनीतिक अधिकार विकेन्द्रीकरण हुन्न र यस्तोमा पाखा पारिएकाको समस्या यथावत् रहनेछ। संघीय संरचनामा नगईकन पूर्णरुपमा गाउँ-गाउँ सहरसहरसम्म आर्थिक राजनीतिक अधिकार विकेन्द्रीकरण गर्ने हो भने बरु पाखा पारिएकाको बहिस्करणमा परेकाको समस्या समाधान हुन्छ।

नयाँ नेपाल
नयाँ नेपालमा नयाँपन खोज्ने क्रममा एकथरीले अहिलेको नेपाललाई नयाँ सिसीमा पुरानो रक्सी भन्ने गरेकाछन्। तर वास्तविक स्थिति भनेको पुरानै सिसीमा पुरानै रक्सी हो। खाली लेबलमात्र नयां टाँसिएको छ। राजा नामको संस्था रहेन र ज्ञानेन्द्रको पुख्र्यौली जहानिया शासनको अन्त्य भयो। तर यो ठाउँ लिएकोछ राष्ट्रपति भन्ने पदले। अरु केही परिवर्तन भएको छैन आडम्बरसमेत उस्तै छ । घन्टौँ बाटो खाली गराएर 'सवारी' चलाउनेसम्मको। अनि उपराष्ट्रपतिको पद थपिएकोछ युवराजको झझल्को दिने गरेर।
संघीयतामा गएपछि प्रत्येक प्रान्तमा गभर्नर मुख्यमन्त्रीलगायत थपिनेछन् र अहिले खारेज गरिएको भनिएको रजौटाको नयाँ अवतारमा प्रादुर्भाव हुनेछन्। काठमाडौं उपत्यका बाहिरका जनताले घन्टौ बाटो खाली गराएर सवारी चलाउनेको प्रकोपबाट अहिलेसम्म मिुक्त पाइरहेकोमा संघीयतामा गएपछि प्रत्येक प्रान्तमा यस्ता रजौटाको सवारी कारण जीवनमरणको दोसाँधमा पुगेका बिरामीले समेत समयमा अस्पताल पुग्न नपाएर अनाहक मृत्युवरण गर्नपर्ने अवस्था आउनेछ। सडकमा चर्को आवाजमा साइरन बजाउँदै ट्राफिक नियम मिचेर दगुर्ने सवारी साधन काठमाडौं उपत्यकामा मात्र सीमित नभएर प्रत्येक प्रान्तको राजधानीमा पनि बग्रेल्ती देखा पर्नेछन् र जनजीवन अनावश्यक रुपमा अस्तव्यस्त हुनेछ।

निष्कर्ष
संघीयताका सम्भावित नकारात्मक पाटाका सम्बन्धमा खुलासा गर्नुको तात्पर्य संघीयतामा जानै हुन्न भन्ने निष्कर्ष निकालिएको होइन। तर नेपालले संघीयतामा जान उचित छ कि छैन उचितै भएपनि जरुरी छ कि छैन भन्ने सम्बन्धमा बिस्तृत छलफल र मन्थन आवश्यक भएकोतर्फ ध्यान आकृष्ट गर्न मात्र खोजेको हो। विभिन्न प्रान्तमा पुनःसंरचना गर्दा आइपर्ने आर्थिक बोझ बहन गर्नु औचित्यपूर्ण हुन्छ कि हुन्न भन्न तर्फ पनि ध्यान जान जरुरी छ भन्न खोजिएको हो। संघीयतामा जाँदैमा पाखापारिएकाको समस्या समाधान हुन्छ कि हुन्न र समाधान गर्न के कस्ता उपाय अवलम्बन गर्नुपर्छ भन्नेतर्फ पनि सचेत हुनुपर्छ। नत्र राज्य पुनःसंरचना गरिसकेपछि नेपालको लागि संघीयता अभिशाप बन्न सक्छ।
अर्को समाचार
आधार लत्याएर प्रादेशिक सीमांकन
०६ भदौ २०७२
•
१७ मिनेट पाठ
आधार लत्याएर प्रादेशिक सीमांकन
काठमाडौं- प्रमुख राजनीतिक दलले विगतमा आफंैले बनाएका संघीयताका आधार, सिद्धान्त र नक्सा भत्काएर एकपछि अर्को प्रादेशिक सीमा कोरेका छन्। असार २५ मा घोषित ६ प्रदेश र भदौ ४ मा त्यसलाई संशोधन गर्दै घोषणा गरिएको ७ प्रदेशको खाकामा यसअघि नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादी आफैंले गरेको निर्णय लत्याइएको छ।

दुवै खाका अघिल्लो संविधानसभामा प्रमुख दलले पेस गरेको संघीयताको खाका, अघिल्लो संविधानसभामातहत राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाट समिति तथा उच्चस्तरीय राज्य पुनःसंरचना सुझाव आयोगले तयार पारेको नक्साभन्दा भिन्न छन्। अघिल्लो संविधानसभामा भएका सहमति दोस्रो संविधानसभाले अंगीकार गर्र्ने नीति दलहरूले स्वीकार र कार्यान्वयन गरेको पृष्ठभूमिमा प्रमुख दल संघीयताका सन्दर्भमा भने बाहिर गएका छन्।

विशेष गरेर तराई–मधेसका जिल्ला नेताको अखण्ड मनोविज्ञानको सिकार भएको देखिन्छ। अघिल्लो संविधानसभाको राज्य पुनःसंरचना तथा राज्यशक्ति बाँडफाँट समितिमा तीन प्रमुख दलले पेस गरेको संघीयताको नक्सामा चितवन पश्चिममा तराईको कैलालीसम्मको भूभागलाई बेग्लै प्रदेशमा राखिएको छ भने चितवनपूर्व झापासम्मको तराईको भूभाग पनि भिन्न–भिन्न प्रदेशमा छन्। अहिले अखण्ड सुदूरपश्चिम र सुदूरपूर्वको राजनीतिमा तराईका भूभाग पहाडसँग जोडेजस्तो नीति दलले विगतमा लिएका थिएनन्।

समितिमा कांग्रेसले पेस गरेको १६ प्रदेशको नक्सामा पश्चिमका कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङलाई प्रदेश १ भनिएको छ भने कपिलवस्तु, रुपन्देही, नवलपरासीलाई २ नम्बर प्रदेश भनिएको छ। चितवन पूर्वको मधेसलाई कांग्रेसले ३ वटा प्रदेश प्रस्ताव गरिएको थियो। सुनसरी, मोरङ, झापालाई ५ नम्बर प्रदेश, सप्तरीदेखि सर्लाहीसम्मको मधेसलाई ४ नम्बर र रौतहट, बारा, पर्सालाई बेग्लै ३ नम्बर प्रदेश भनिएको छ।

एमालेको १५ प्रदेशको खाकामा पश्चिमका नवलपरासी, रुपन्देही, कपिलवस्तुलाई लुम्बिनी प्रदेश तथा दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई थरुहट भनिएको थियो। त्यस्तै चितवनपूर्व झापासम्मको भूभागलाई कांग्रेसको जस्तै तीन प्रदेशमा विभाजन गरिएको थियो। रौतहट, बारा, पर्सालाई एमालेले भोजपुरा प्रदेश भनेको थियो। यस्तै, सर्लाही पूर्व सप्तरीसम्मलाई मिथिला र सुनसरी, मोरङ, झापालाई विराट प्रदेश भनेको थियो।

एमाओवादीले पर्सादेखि रौतहटसम्म भोजपुरा, सर्लाहीदेखि सप्तरीसम्म मिथिला र सुनसरी, मोरङ र झापालाई कोचिला प्रदेश प्रस्ताव गरेको थियो। पश्चिम नवलपरासी, रुपन्देही र कपिलवस्तुलाई अवध र बाँके, बर्दिया, कैलाली , कचनपुरलाई थारुवान भनेको थियो।

राज्य पुनःसंरचना समितिले तयार गरेका तीनखाले नक्सामा पनि तराई–मधेसमा बेग्लाबेग्लै प्रदेशमा राखिएको छ। बहुमतले पास गरेको १४ प्रदेशको नक्सामा चितवनपूर्व झापासम्मको तराईको भूभागलाई मिथिला—भोजपुरा—कोच—मधेस प्रदेश नाम दिइएको छ भने चितवनपश्चिम कञ्चनपुरसम्मको क्षेत्रलाई लुम्बिनी—अवध—थारुवान भनिएको छ।

समितिअन्तर्गत उपसमितिले १४ र ६ प्रदेशको दुई फरक नक्सा प्रस्ताव गरेको थियो। १४ प्रदेशको अवधारणामा चितवनपश्चिम कपिलवस्तुसम्म लुम्बिनी र त्योभन्दा पश्चिम कञ्चनपुरको केही भागसमेतलाई थरुहट भनिएको छ। त्यस्तै पर्सादेखि सप्तरीसम्म मधेस र सुनसरी, मोरङ र झापा जिल्ला समेटिएको विराट प्रदेश भनिएको छ। त्यसै ६ प्रदेशको खाकामा तराई–मधेसमा दुईटा प्रदेश प्रस्ताव गरिएको छ। पूर्वमा सुनसरीका केही भागदेखि पश्चिम पर्सासम्म सिम्रौनगढ प्रदेश र चितवन पश्चिम कञ्चनपुरको केही पूर्वी भागसम्मलाई लुम्बिनी (भावर) प्रदेश भनिएको छ।

राज्य पुनःसंरचना उच्चस्तरीय सुझाव आयोगले बहुमत र फरक मतमा तराई–मधेसका झापादेखि कञ्चपुरसम्मका जिल्लालाई दुई प्रदेशमा तर फरक किसिमले राखिएको छ। आयोगका अध्यक्ष मदन परियार, सदस्यहरू कृष्ण हाछेथु, भोगेन्द्र झा, मल्ल के सुन्दर, स्टेला तामाङ र सुरेन्द्र महतोले तयार गरेको १० भौगोलिक र एक दलित गैरभौगोलिक प्रदेशको खाकामा झापादेखि कञ्चनपुरसम्म (चितवनसमेत) पूरै तराईलाई दुइटा प्रदेशमा बाँडिएको छ। यसमा चितवनदेखि झापासम्मको तराईलाई मधेस—मिथिला—भोजपुरा भनिएको छ भने नवलपरासीदेखि कञ्चनपुरसम्मको भूभागलाई मधेश—अवध—थारुवान भनिएको छ। आयोगका सदस्य रमेश ढुंगेल, सर्वराज खड्का र सावित्री गुरुङको ६ प्रदेशको नक्सामा सप्तरीदेखि पर्सासम्मको भूभागलाई प्रदेश ४ र नवलपरासीदेखि कैलालीसम्मको भूभागलाई प्रदेश ६ भनिएको छ। यो नक्सामा सुनसरी, मोरङ र झापालाई मेची, कोसी सगरमाथाका पहाडसँग मिलाएर प्रदेश १ प्रस्ताव गरिएको भने पश्चिमको कञ्चनपुरलाई भेरी, कर्णाली, सेती र महाकालीका पहाडी जिल्लासँग जोडेर प्रदेश ५ नाम दिइएको छ।

राजनीतिक दलले आफैंले, समिति र आयोगले बनाएका नक्साभन्दा भिन्न नक्सा यसपालि कोरेका छन्। समिति र आयोगमा अहिलेका प्रमुख राजनीतिक दलकै बाहुल्य थियो। राजनीतिक भूमिका मात्र बदलिएको हो।

'मनोगत ढंगले सीमांकन'

दलहरूले सिद्धान्त र सहमतिमा आधारित नभएर मनोगत ढंगले प्रदेशको खाका कोरेको राजनीतिक विश्लेषकहरू बताउँछन्। राजनीतिक शास्त्रका प्राध्यापक लोकराज बराल संघीयताका विषयमा दलहरूले मनोगत ढंगले निर्णय गरिरहेको बताउँछन्। 'अहिले भइरहेका कामले हाम्रो राजनीतिमा नेतृत्व संकट छ भन्ने देखाउँछ,' उनले नागरिकसँग भने।

संघीयताको नक्सा कोर्दा कोही विज्ञ र जानकारसँग राय सल्लाह नलिई नेताहरू आफंैले संघीयताको नक्सा कोरिरहेको उनले टिप्पणी गरे। 'दलहरू आफैंले गरेको १६ बुँदे सम्झौतामा ८ प्रदेश हुने र सीमापछि तोक्ने भनिएको थियो,' बरालले भने, 'अहिले सीमा तोक्ने आवश्यकता किन पर्यो्? किन ६ प्रदेश, ७ प्रदेश भनिँदैछ?' दलहरूले हतारमा निर्णय गरेर विरोधका स्वर आएपछि सच्याउँदै जाँदै गरेको उनले टिप्पणी गरे।

दलहरू आपसमै विभाजित भएर नक्सा घोषणा गरेपछि मुलुकका विभिन्न क्षेत्रमा आन्दोलन चलिरहेको छ। पूर्वी तराईका जिल्ला, पश्चिम तराईका थारूबहुल क्षेत्र, मध्यपश्चिमकै सुर्खेत र कर्णालीका विभिन्न जिल्ला तथा पश्चिमाञ्चलमा संघीय खाकाविरोधी आन्दोलन चर्किएपछि असार २५ मा घोषित ६ नम्बर क्षेत्रलाई टुक््रयाएर भदौ ४ मा ७ प्रदेशको खाका सार्वजनिक गरिएको छ। पछिल्लो घोषणाले कर्णालीमा दीपावलीको रमाइलो छ। पश्चिमका थारू अधिकारवादीले आइतबार राजधानीमा सात प्रदेशको खाका जलाएर आक्रोश पोखे, पूर्वी तराईमा मधेसकेन्द्रित दलको आन्दोलन जारी छ।

आन्दोलनमा जिम्मेवार दलहरू आफंै कारक बनेका छन्। ६ प्रदेशको खाका तयार पार्ने क्रममा चार दलमध्ये एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले फरक मत राखेका थिए। अहिले ७ प्रदेशको पछिल्लो नक्सापछि फोरम लोकतान्त्रिक सहमतीय राजनीतिबाट अलग्गिएर आन्दोलनमा होमिने जनाउँदैछ।

नेताहरूले घोषणा गरेका र यसअघि राजनीतिक वृतबाट बनेकाभन्दा मूल रूपले भिन्न नक्सा आएकाले विभिन्न क्षेत्रमा आन्दोलन चर्किएको हो।

मुलुकलाई कति प्रदेशमा विभाजन गर्ने, त्यसको सीमांकन कसरी गर्ने, नाम के राख्ने र राजधानी कहाँ बनाउने विगतदेखिकै पेचिला प्रश्न हुन्। तर संघीयताकै मुद्दामा विगतदेखि प्रशस्त काम भएका छन्। संघीयताको खाका कसरी कोेर्ने विषयमा राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाट समितिको खाका विवादास्पद भए पनि यसले सैद्धान्तिक आधार तय गरेको थियो। सर्वसम्मतिले अनुमोदन भएका ती आधार पहिचान र सामार्थ्यमा आधारित थियो। पहिचानका ५ आधारमा जातीय/समुदायगत, भाषिक, सांस्कृतिक, भौगोलिक/क्षेत्रगत निरन्तरता, ऐतिहासिक निरन्तरता तथा सामर्थ्यका चार आधारमा आर्थिक अन्तरसम्बन्ध र सामर्थ्य, पूर्वाधार विकासको अवस्था र सम्भावना, प्राकृतिक साधन र स्रोतको उपलब्धता, प्ा्रशासनिक सुगमतालाई लिइएको छ।

त्यस्तै अन्तरिम संविधानको धारा १३८ मा वर्गीय, जातीय, भाषिक, लैंगिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेदभाव अन्त्य गर्दे राज्यको केन्द्रीकृत र एकात्मक ढाँचा अन्त्य गरी राज्यको समावेशी, लोकतान्त्रिक संघीय शासन प्रणालीसहितको अग्रगामी पुनःसंरचना गरिने भनिएको छ। संविधानको सोही धारामा मधेसी जनतालगायत आदिवासी जनजाति र पिछडिएका तथा अन्य क्षेत्रका जनताको स्वायत्त प्रदेशको चाहनालाई स्वीकार गरी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुने भनिएको छ।

राजनीतिक नेताहरूले पस्केको संघीयताको खाका संविधानको भावनाअनुसार छ त?

योजनाविद पीताम्बर शर्मा नेताहरूले मनोगत ढंगले काम गरेको बताउँछन्। 'आफैंले बनाएका आधार र स्थापित गरेका आधारप्रति दलहरू इमानदार हुन सकेनन्,' शर्माले भने, 'कतिपय प्रदेशमा आधार ठिकै छ तर कतिपय स्थानमा स्पष्टता छैन।'

संघीयताका लागि आफैंले स्थापित गरेका पहिचान र सामर्थ्यका आधारबाट राजनीतिक दल विमुख भएको उनको विश्लेषण छ। 'मुलुकको विविधता देखाउन सक्ने संघीय खाका चाहिएको हो, बहुलतामा आधारित पहिचान होस् भन्ने हो,' शर्मा भन्छन्। शर्माका अनुसार प्रदेश २ मा पहिचानको सम्बोधन राम्रोसँग भयो तर सामर्थ्य खण्डित गरिएको छ। त्यस्तै प्रदेश ४ मा थारूको पहिचान नामेट गरेर पहाडसँग सम्बन्ध गाँसिएको शर्माको विश्लेषण छ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद योगेन्द्र थारू थारु समुदायसँग विगतमा भएका सम्झौता सम्बोधन नभएको बताउँछन्। 'अखण्डका नाममा थारूको सघन बस्ती काटिएको छ,' उनले भने, 'थारूमाथि ठूलो अपराध गरिएको छ।'

थारू बाहुल्य बाँके, बर्दिया, दाङ, कैलालीमा आन्दोलन चर्काउने थारूले बताए। 'नेताहरूले कोरेको संघीयता मान्नै पर्छ भन्ने छैन,' थारूले भने, 'थारू समुदाय चुप लागेर बस्दैन।'

बराल नेताहरू आफैंले विभिन्न जातजातिसँग सम्झौता गरेर अपेक्षा जगाएको तर त्यसअनुसार संघीयताको खाका नकोरिएको विश्लेषण गर्छन्। 'अपेक्षा जगाइयो, सम्झौता गरियो,' बरालले भने, 'अन्त्यमा आएर उनीहरूलाई केही दिइएन।'

नेपाली कांग्रेसनिकट एवं महेन्द्र बहुमुखी क्याम्पस दाङका सहप्राध्यापक देवनारायण चौधरी राजनीतिक दलले ५ र ६ नम्बर प्रदेशमा धेरै बिगारेको बताउँछन्। '६ नम्बरमा सम्बोधन भयो,' उनले भने, '५ नम्बरमा मिलाएर जानुपर्ने हुन्छ।'

थारूहरूका माग नेताहरूले मिलाउन नचाहेको जनाउँदै चौधरीले भने, 'जतिसक्दो चाँडो थारूहरूलाई मिलाउन आवश्यक छ, त्यो अहिलेको आवश्यकता हो।'

के देखिन्छ भने कांग्रेस, एमाले र एमाओवादीका केही शीर्ष नेताको 'अखण्ड' अडानको जगमा कोरिएका नक्साको अचानोमा थारू समुदाय परेको छ। अहिले थारुबाहुल्य क्षेत्रमा विरोधको स्वर धिमा छ। थारूवादी राजनीतिक पार्टी विभाजित भएको र त्यसका नेता मधेसकेन्द्रित दलमा पलायन भएको लगायतका आरोह–अवरोह छन्। सुस्तरी आन्दोलनमा लागिपर्ने र आन्दोलनमा उत्रिएपछि हत्तपत्त सम्झौतामा आइनहाल्ने थारू समुदायलाई नजरअन्दाज गर्न मिल्दैन। कारण, मुलुकमा करिब ७ प्रतिशत जनसंख्या ओगट्ने थारू समुदाय लामोसमयसम्म धेर्य गर्न सक्ने स्थितिमा देखिँदैन।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस