ढिलै भए पनि कांग्रेसले महाधिवेशन गर्ने जमर्को गर्दैछ । अब कांग्रेसको नेतृत्व २००७ अघिको पहिलो पुस्ताबाट २०१७ पछि राजनीतिमा आएको दोस्रो पुस्तामा जानेछ।
नेतृत्वमा पुस्तान्तरण सकारात्मक हो। तर कांग्रेस नेतृत्वका लागि दाबेदार तीनै जना सुशील कोइराला शेरबहादुर देउवा र रामचन्द्र पौडेल ६० वर्ष माथिका छन्। हुनत गिरिजाप्रसाद कोइरालाले नै पनि रहर वा उमेरले होइन विधानको बाध्यताले नेतृत्व छाड्न लागेका हुन्। सुशील देउवा र पौडेलले उनकॊ विकल्प दिन सक्लान् तर पार्टीमा नवीन विचार दिन सक्लान् भन्ने पत्याउन कांग्रेसजन तयार देखिँदैनन्। यिनलाई त गिरिजाप्रसादको राष्ट्रिय÷अन्तर्राष्ट्रिय छवि र व्यक्तित्वको बिँडो थाम्नसमेत गाह्रो हुन्छ। त्यसो भन्दैमा दोस्रो पुस्तामा नेतृत्व जाँदा कांग्रेस झन् कमजोर हुन्छ भन्ने होइन। गिरिजाप्रसाद 'म नै कांग्रेस हुँ' भनेर एकल निर्णय लाद्छन्। नेतृत्वमा सुशील देउवा या पौडेल जो आए पनि गिरिजाप्रसादको जस्तो निरंकुश संस्कार देखाउन सक्तैनन्।
गिरिजाप्रसादको योगदान र कार्यकर्तामा भएको पकडका कारण उनलाई नेतृत्वबाट विस्थापित गर्न सिकंदैनथ्यो। त्यही कारण मुलुकको एकमात्र लोकतान्त्रिक पार्टी दाबा गर्ने कांग्रेसमा १३ वर्षसम्म नेतृत्वमा बस्दा गिरिजाप्रसाद सधैं निरंकुश बनिरहे। उनको पालामा पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास हुनै पाएन। तर सुशील देउवा वा पौडेल जो नेतृत्वमा आए पनि उनीहरुलाई सजिलै विस्थापित गर्न सकिने भएकाले निरंकुश हुन सक्तैनन् र नेतृत्वमा टिक्न पनि उनीहरु पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास गर्न र सबै नेता कार्यकर्ताको विश्वास जित्न बाध्य हुन्छन्। यही कारण नेतृत्व दोस्रो पुस्तामा जाँदा कांग्रेसमा सुधारको अपेक्षा गर्न सकिन्छ। नवीन विचार भएका नेता-कार्यकर्ताले सुशील देउवा वा पौडेललाई सही बाटामा डोर्याउन सक्छन् जुन गिरिजाप्रसादको पालामा सम्भव थिएन।
कांग्रेसले आफूलाई लोकतान्त्रिक बनाउन विधान संशोधन गर्दैछ। विधान समितिले पेस गरेको मस्यौदामा पार्टीमा छलफल सुरु भएको छ। कांग्रेस पहिलोचोटि सभापतिबाहेक अरु पदाधिकारीको प्रत्यक्ष निर्वाचनबाट छान्ने बाटामा जाँदैछ। विधान मस्यौदामा केन्द्रीय समिति ७१ सदस्यीय हुने र दुई÷दुई उपसभापति महामन्त्री र सहमहामन्त्रीका अतिरिक्त ७० प्रतिशतको हाराहारीमा सदस्य निर्वाचित हुने प्रस्ताव गरिएको छ। प्रदेश जिल्ला निर्वाचन क्षेत्र नगर र गाउँ समितिमा समेत त्यही हाराहारीमा निर्वाचित हुने व्यवस्था छ। सबै पदाधिकारी र पचास प्रतिशत सदस्य मनोनीत हुने कांग्रेसमा निर्वाचनको यति फराकिलो व्यवस्था गर्नु सकारात्मक हो। कांग्रेसमा सभापतिलाई जुन एकाधिकार थियो मस्यौदामा त्यसमा थोरै भए पनि अंकुश लगाउन खोजिँदैछ। तर सभापतिको विशेषाधिकार केही हदसम्म बाँकी नै राखिएको छ। सभापतिलाई केन्द्रमा २० सदस्य एक÷एक उपसभापति महामन्त्री र सहमहामन्त्री मनोनीत गर्ने अधिकार दिइएको छ। यो प्रावधानलाई लिएर पार्टीमा दुई खाले विचार देखिएका छन्। यो व्यवस्थाले कांग्रेसमा सभापतिको निरंकुशता अझै रहने चिन्ता एकथरीको छ। उनीहरु एमालेमा जस्तै मनोनीतको व्यवस्थै राख्नुहुन्न भन्छन्। तर अर्काथरी पार्टी नेतृत्वको प्रतिस्पर्धामा हार्ने र तर पार्टीलाई अपरिहार्य व्यक्तित्वलाई ल्याएर सन्तुलन मिलाउन पनि त्यति संख्यामा मनोनीतको व्यवस्था राखिनु उपयुक्त हो भन्छन्। उनीहरु मनोनीतको व्यवस्था नराखिएका कारण एमालेका अध्यक्ष झलनाथ खनाल पार्टीको केन्द्रीय कमिटी र पोलिटब्युरोमा अल्पमतमा तथा अध्यक्षमा हारेका केपी ओलीको बहुमत रहेको उदाहरण दिन्छन् । त्यही कारण पार्टी अध्यक्ष र संसदीय दलको नेता हुँदाहुँदै पनि खनाल प्रधानमन्त्री हुन पाएनन् ओलीको बलमा माधव नेपाल प्रधानमन्त्री हुन पुगे।
कांग्रेसलाई समावेशी बनाउन केन्द्रदेखि गाउँसम्म महिला जनजाति दलित र मधेशीलाई विशेष आरक्षणको प्रस्ताव गरिएको छ त्यो पनि सकारात्मक हो। माओवादी र एमालेमा जात र धर्मका आधारमा संगठन खोलिएका छन् तर कांग्रेसमा त्यस्ता संगठन छैनन्। कांग्रेसको प्रस्तावित विधान त्यसमा उदार छैन। पार्टीभित्र जात र धर्मका आधारमा संगठन खोल्न नदिने हो भने कांग्रेसको सांगठनिक संरचना अझ खुम्चिएर जान्छ। भातृ संस्था र शुभेच्छुक संस्थाबाट राष्ट्रिय भेला गरी महाधिवेशन प्रतिनिधि छानेर पठाउने व्यवस्था प्रस्ताव गरिएको छ। त्यसले गर्दा ती संगठनमा रहेका सबै सदस्यमा माउ पार्टीप्रति अपनत्व बढ्छ। कांग्रेसमा जिल्ला नेतासमेत राजधानीमा बस्ने केन्द्रका नेताको वरिपरि घुम्ने र तिनैले सांसद सभापति उपसभापति मेयरको टिकट पाउने जुन गणेश प्रवृत्तिको बोलवाला छ त्यसलाई अन्त्य गर्न विधानमा नै जिल्लाका नेता अनिवार्यरुपमा आफ्ना जिल्लाका जनताबीच बस्नैपर्ने र केन्द्रीय सदस्यसमेत निश्चित समय आफ्नो गृह क्षेत्रमा बस्ने अनिवार्य वैधानिक व्यवस्था गर्नु जरुरी छ। अनिमात्र रुग्ण कांग्रेसमा पुनर्जीवन सम्भव हुन्छ।