सर्वप्रथम त निर्वाचनमा जान दल तयार छन् कि छैनन्? अचेलको राजनीतिक सरगर्मीले यो प्रश्नको स्पष्ट जवाफ दिँदैन। त्यसैले प्रसंग भाँडिएर सरकार फेर्ने खेलमा राजनीति अलमलिइरहेको छ। संविधान सभा विघटन भइसकेपछि अर्को निर्वाचनमा जानुको विकल्प थिएन र छैन। शासन चलाउने आधारस्तम्भरूपी संस्था नै नरहेको अवस्थामा अन्योल बढ्नु अस्वाभाविक होइन। साथै यो अन्योलबाट पार लगाइदिने अमृतवाणी अन्तरिम संविधानमा खोजेर पनि पाइँदैन। त्यसैले यो अन्योलको निकास वैधानिक हुनेवाला छैन र विशुद्ध राजनीतिक निकास खोज्न न्युनतम् सहमतिमा दल पुग्नैपर्छ। या त पुरानै संविधान सभालाई पुनर्स्थापना गर्नुपर्यो, या नयाँ निर्वाचनमार्फत् नयाँ संविधान सभा गठन गर्नुपर्यो। यी दुईमध्ये एक विकल्प रोज्नैपर्ने राजनीतिक बाध्यतालाई सदासयताका साथ लिनुको विकल्प पनि छैन।
जेठ १४ गते मध्यरातमा निर्माण भएको राजनीतिक शून्यतालाई सम्बोधन गर्दै सरकारले तत्काल अर्को निर्वाचन घोषणा गरेको पनि हो। तर विपक्षी दलहरु, मूलतः काँग्रेस र एमालेले त्यो निर्वाचनको घोषणालाई असफल तुल्याउनकै निम्ति सम्पूर्ण शक्ति खर्च गरे। अन्योलकै बीच निर्वाचनका निम्ति राष्ट्रपति कार्यालय पठाइएका विधेयकहरुलाई राष्ट्रपति स्वयम्ले रोकेर राखिदिए। अनि पुरानै संविधान सभा पुनर्स्थापना गर्ने वा नयाँ निर्वाचनमा जाने भन्ने दुई एजेण्डा हावामा झुण्डिएको पीपलको पातझैं उल्टो-सुल्टो हल्लिरहे। फलस्वरुप दलहरुको ऊर्जा अनावश्यक ढंगले सरकार बदल्ने खेलमा खर्च भइरह्यो। उता भूमिकाविहीन र तटस्थ ठानिएका राष्ट्रपतिले विपक्षीहरुको राजनीतिक पार्टनरका रूपमा विवादित हुन रुचाए। अध्यादेशहरु रोकेको मात्र होइन, राष्ट्रपतिले त सर्वोच्च अदालतले उनकै नाममा जवाफ माग गर्दासमेत जवाफै नदिइ म्याद गुजार्ने हठ हालसम्म गरिरहेका छन्।
राजनीतिमा अनुभवको महŒव ठूलो हुन्छ तर जब अनुभवलाई कोरा अनुभवभन्दा माथि उठ्न दिइँदैन र पुराना अनुभवलाई नयाँ परिस्थितिको कसीमा सिर्जनात्मक प्रयोग गर्न सकिँदैन, तब अनुभवका हिमायतीहरु नजानिँदो पाराले प्रतिगमनको मोहरा बन्छन्। काँग्रेस, एमालेको भूमिका अहिले यस्तै कोरा अनुभववादी बन्न पुगेको छ। असफल संसदीय कालभर हासिल गरेका असफल अनुभवहरुको पुनर्प्रयोग गर्दै उनीहरु पुनः सरकार बदल्ने खेललाई नै सर्वोपरी ठानिरहेका छन्। दुर्भाग्यवस् यही खेल अहिलेको राजनीति भइरहेको छ। दिक्दार भएका प्रधानमन्त्री भट्टराई पनि सम्मानजनक निकास पाए पद छाडिदिने मनस्थितिमा छन्। अनि यही मेसोमा 'स्वतन्त्र' व्यक्तिको नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रस्ताव दलहरुको छलफलको विषय बनेको छ।
शक्तिशाली पार्टीका नेता एवम् सबैसँग सबै परिस्थितिमा संवाद गर्नसक्ने हैसियत भएका एकीकृत माओवादी अध्यक्ष प्रचण्डले पटकपटक वैकल्पिक मुद्दाहरुमा छलफल चलाएको सर्वविदितै छ। तर प्रचण्डका प्रयासहरु एकपछि अर्को गर्दै खेर गइरहेका छन्। काँग्रेस, एमाले बाबुराम भट्टराईलाई प्रधानमन्त्री नमान्ने एकसूत्रीय हठमा केन्द्रित छन् र उनीहरु योभन्दा बाहेक अरु मुद्दामा गम्भीर देखिँदैनन्। राष्ट्रपतिसमेत यही खेलमा तानिएकाले बजेट आउन सकेको छैन। त्यसैले अर्थतन्त्रका हिसाबले मुलुक तलवारको धारमा हिँडिरहेको छ। सार्वभौमसत्ता प्रयोग गर्ने संस्थाको अभावमा संवैधानिक र राजनीतिक संकटले फासिवादी मोड लिनसक्ने खतरा मडारिइरहेको छ। त्यसैले राजनीतिको मियो हुनुको संकटमा प्रचण्ड पनि नराम्रोसँग फसेका छन्। यस्तोबेला 'स्वतन्त्र' व्यक्तिलाई प्रधानमन्त्री बनाएरै भए पनि सरकार फेर्ने नाटकको पटाक्षेप गर्ने मनस्थितिमा प्रचण्डसमेत पुगिसकेको बुझिन्छ।
अब प्रश्न उठ्छ 'स्वतन्त्र' भन्ने विशेषणले वर्गसंघर्षयुक्त समाजमा कसलाई विभूषित गर्न सकिएला? वास्तवमा 'स्वतन्त्र' कोही पनि हुन सक्दैन। न त तटस्थ नै। तैपनि खास परिस्थिति र खास मुद्दामा कसैकसैले यस्तो भूमिका निर्वाह गर्न सक्छन्, जसले सतहमा प्रकट भएका शक्तिहरुसँगको प्रत्यक्ष संलग्नताको हिसाबले सापेक्षित तटस्थता प्रदर्शन गरिरहेका छन्। तर यस्तो तटस्थता इतिहासको चक्रलाई उल्टो घुमाउने सैद्धान्तिक आधारमा निर्माण हुन सक्दैन। त्यसमाथि ठूलो परिवर्तनको प्रसवमा रहेको संक्रमणकालीन समाजमा त यस्तो तटस्थताको सैद्धान्तिक कसीसमेत परिभाषित हुन्छ। यसैले 'स्वतन्त्र' व्यक्तिको नेतृत्वमा नयाँ सरकार गठन हुने हो भने त्यस्तो सरकारको सैद्धान्तिक आधार स्पष्ट हुनु जरुरी छ। र, त्यस्तो सैद्धान्तिक आधार भनेको स्पष्टतः नयाँ संविधान सभाको निर्वाचन गराउने नै हो र हुनुपर्छ।
यसर्थ प्रश्न फेरि दोहोरिन्छ, दलहरु निर्वाचनमा जान साँच्चिकै तयार छन् त? त्यसो हुन्थ्यो भने अहिलेसम्म आफ्ना एजेण्डामा दलहरु स्पष्ट र खुलस्त हुने थिए। निर्वाचन घोषणापत्र तयार गर्न छलफल चलाइरहेका हुन्थे। नयाँ संविधानको अन्तर्वस्तुका विषयमा पार्टीको धारणा सार्वजनिक गरिरहेका हुन्थे। संघीयता, पहिचान एवम् नयाँ राज्यका विशेषताहरु माथि विमर्श गरिरहेका हुन्थे। निर्वाचन गर्नका निम्ति सरकार चाहिने हठ त्यसले मात्र गर्छ, जो सरकारी संयन्त्रका बलमा मात्र निर्वाचन जित्ने आशा गर्छ। आफ्ना एजेण्डा, आन्दोलन र परिवर्तनका आकांक्षाहरुका बलमा जनताको मत हासिल गर्ने विश्वास हुने हो भने सरकार ठूलो कुरा हुँदै होइन। त्यसैले यति त सहजै अनुमान लगाउन सकिन्छ कि चुनावमा जाने नै हो भने दलहरु यतिबेला संगठनात्मक, राजनीतिक र वैचारिक गतिविधि लिएर जनताको बीचमा गइरहेको हुनुपर्ने हो। दलहरु त्यसो गरिरहेका छन् त?
दलहरु अभियानका हिसाबले मात्र होइन, वैचारिक र राजनीतिक हिसाबले पनि निर्वाचनको तयारी गरिरहेका छैनन्। एकीकृत माओवादी र ड्यास माओवादी आफ्ना महाधिवेशनका निम्ति आन्तरिक राजनीतिक गतिविधिमा सक्रिय छन्। महाधिवेशनले एकप्रकारले संगठनात्मक सुदृढीकरण र आन्तरिक राजनीतिक बहसलाई फाइदा पुर्याउँछ। राजनीतिक दलले जनतामा जानका निम्ति ताजा वैचारिक र सांगठनिक हतियार महाधिवेशन प्रकृयाबाटै हासिल गर्ने हुन्। यो कोणबाट एकीकृत माओवादी आन्तरिक तयारीको क्रममा छ। साथै मधेसी दलहरुसँगको मोर्चाबन्दी र भर्खरै बनेका आदिवासी, जनजाति बहुल दलहरुसँगको वैचारिक एकताका हिसाबले पनि एकीकृत माओवादी चुनावी तयारीमै छ भन्न सकिन्छ। तर काँग्रेस, एमालेलगायत्का दलहरु सिंहदरबारको कुर्सीभन्दा बाहिर आँखा लगाउनै भ्याइरहेका छैनन्। या त उनीहरु माओवादी विरोधी प्रतिक्रियात्मक कर्मलाई नै चुनावको तयारी ठानिरहेका छन्, या त चुनावमा जाने मनस्थितिमै छैनन्।
आदिवासी, जनजातिले विद्रोह गरेका कारण पहाडी र हिमाली भेगमा काँग्रेस, एमालेको राजनीति कमजोर भएको छ। मधेसमा त झन् यी दलहरु अत्यन्त दुब्लाएका छन्। संघीयता, पहिचान र राज्यको पुनर्संरचनाका मुद्दाहरुमा प्रतिगामी अडान लिएकै कारण यी दलहरुले आगामी चुनावमा अत्यन्त खराब नतिजा सामना गर्नुपर्ने सम्भावना छ। अघिल्लो संविधान सभा निर्वाचनमै डरलाग्दो क्षय बेहोरेका काँग्रेस, एमालेका पछिल्ला अडान विविधतायुक्त समाजमा अत्यन्त अलोकप्रिय भएका छन्। यस्तो बेलामा उनीहरु आफ्ना एजेण्डा र संगठनात्मक अभियानमा अरुभन्दा धेरै सक्रिय हुनुपर्ने हो तर त्यस्तो देखिँदैन। यसैले उनीहरु निर्वाचनका निम्ति तयार होलान् भन्नेमा शंका छ।
उसो भए 'स्वतन्त्र' व्यक्तिको नेतृत्वमा सरकार कसरी बन्न सक्छ? 'स्वतन्त्र' प्रधानमन्त्रीको सैद्धान्तिक आधार निर्वाचनभन्दा बाहेक अरु केही हुनै सक्दैन। तर निर्वाचनका निम्ति न दलहरुले तयारी गरेका छन् न त दैनिक अभिव्यक्तिहरु नै निर्वाचनका निम्ति परिलक्षित देखिन्छन्। केवल सरकार बदल्ने एजेण्डाले निर्वाचनका निम्ति माहौल बनाउने प्रश्नै छैन। अदालतदेखि निर्वाचन आयोगसम्म पदाधिकारीविहीन भइरहेका छन्। अनि सामान्यभन्दा सामान्य प्राविधिक तयारीका निम्तिसमेत अध्यादेशको आवश्यकता छ। तर सरकारले गर्न खोजेका अत्यन्त प्राविधिक कामहरुमा समेत भाँजो हाल्न राष्ट्रपतिलाई टेको लगाइएको छ। यस्तो अवस्थामा नयाँ सरकार नै कका लागि बनाउने भन्ने कुराको सैद्धान्तिक आधार पहिला बनाइनुपर्छ। यदि निर्वाचनकै लागि हो भने त्यसको ग्यारेन्टीसहित सिर्फ त्यही प्रयोजनका निम्ति नयाँ सरकार बन्ने हो। त्यस्तो सरकारको नेतृत्व 'स्वतन्त्र' व्यक्तिले पनि गर्न सक्छन्। तर निर्वाचनका निम्ति दल तयार नभएसम्म गजबार खुल्ने देखिँदैन।