गजराज ध्रुव यतिबेला नेपाली समाजमा चर्चाका लोकप्रिय नायक बनेका छन्। उनको नायकत्व स्थापित भएको छ। उनले मारेका मानिसका परिवार, उनले बेमाख पारेका बालीका किसान, उनले आफ्नो खोजीमा दौडाएका वनपाले - सबैको मनमा गजराज ध्रुवको आ-आफ्नै किसिमको छवि बसेको छ।
गजराज ध्रुव भने आफनो छायाँमा पनि कतै देखिएका छैनन्। सरकार र बुद्धिजीवीहरु उनको वध गर्न हुने र नहुने बहसमा अल्झिएका छन्। अखबारमा उनको चर्चा निरन्तर छ। लेखक र साहित्यकारका लागि उनी विषय बनेका छन्। अन्धकार र हाहाकारमा मात्र देख्नसक्ने दृष्टिविहीनहरुको जमात उनको अवतार र आकारबारे अनुमान लगाउन तल्लीन छन्। गजराज ध्रुवलाई भने यी सबैको कुनै मतलव छैन। उनी अरण्यको अद्भूत र रोचक संसारभित्र निर्भयतासाथ निर्धक्क सुतेका छन्।
यतिबेला किन यतिविधि लोकप्रिय बनेका छन् गजराज ध्रुव? काठमाडौंको शहरी समाजमा कुनै बेला बसाहा चर्चाका विषय बन्थे। बसाहा अर्थात साँढे। सबै साँढे बसाहाका रुपमा पुज्य हुँदैनथे। जो पशुपतिनाथको परिसरमा रजगज गर्थे, भाउ तिनैको थियो। कुनै कुनै बसाहा कहिलेकाहीँ शहर पस्थे र उधुम मच्चाउँथे, जसरी अहिले गजराज ध्रुवले उधुम मच्चाएका छन्। सबै हात्ती गणेशका प्रतिमूर्ति पनि हुँदैनन् र गजराज पनि हुँदैनन्। तर ध्रुव गजराज नै हुन्। हामीले जानेका छौं राज-प्रवृत्तिलाई। हामीले अवलम्बन गर्दै आएका छौं राज-प्रवृत्तिको। ध्रुव आफ्नै शक्तिले गजराज बनेका हुन्। उनले आफनो शक्ति सवल प्रदर्शन नगरेको भए यतिविधि चर्चाबाट वञ्चित हुनुपर्थ्यो।
हामी हाम्रो सत्ता नै हेरौं। सत्ताका हरेक तहमा गजराज ध्रुव बसेका छन्। उनीहरु समाज बदल्न चाहन्छन्। उनीहरुको अर्थमा समाज बदल्नु भनेको आफ्ना व्यक्तिगत धारणा र मान्यताअनुसार समाज चलाउनु हो। विश्वजनीन वा विश्वव्यापी भन्ने जस्तो कुनै मान्यता हुँदैन उनका लागि। उनीहरुले आफ्ना लागि केही मर्यादा बनाएका छन्। ती मर्यादामा उनका आफ्नै सन्तति पनि टिक्न सकेका छैनन्। तर त्यही मर्यादा उनीहरु समाजमा लाद्न चाहन्छन्। एकथरि धर्मका लागि सेना बनाउँछन। अर्काथरि ती सेनाको संरक्षणका लागि शासकीय अधिकार दुरुपयोग गर्छन्। दब्नु र दबाउनुमा नै नित्य रहेको छ नेपालको शासकीय समाज। आफू कसैबाट दब्नु र आफूले कसैलाई दबाउनु।
गजराज ध्रुवले चर्चा पाएको कारण यही हो। उनी पशु हुन्। उनलाई मानिसको ज्यान लिनुहुँदैन भन्ने ज्ञान भएको भए मानिस मार्दैनथे होला। तर यहाँ त मानिस मार्न नहुने ज्ञान भएका र मानिस मार्नेका विरुद्ध कानुन निर्माण र पालना गराउनेहरु नै मानिस मार्न उद्यत हुन्छन्। मानिस मार्नु शासनका लागि एउटा सामान्य खेल भएको छ। आक्रोश भएको छ सत्ताको अर्को नाम। समाजमा मात्रै होइन, परस्परमा पनि मानिस आक्रोशको भाषाबाट सुरु हुन्छन। हार्दिकता र सौहार्द्रताको दिनहुँ असामयिक निधन भइरहेको छ।
राजनीति एक प्रकारको पाखण्ड बनेको छ देशमा। नेताहरु सपना देख्न रमाउँछन्। देखिएका सपनाको लाम लगाएर उनीहरु हरेक दिन मानिसका सामान्य जाग्रत सपनामाथि तुषारापात गर्छन्। सामान्य मानिसको जीवन प्रतिदिन कष्टकर हुँदै गएको छ। आधारभूत आवश्यकताको पहिलो सर्त उज्यालोको प्रबन्धसम्म गर्न नसक्ने सरकारहरु विकासका ठूलठूला महत्त्वाकांक्षा ओकल्छन्। देश जेनतेन दिन काट्दैछ। हिजो पनि समय यस्तै थियो र आज पनि समय यस्तै छ। केही पनि फेरिएको छैन। अहिलेको नीति र अहिलेको नेतृत्वले गजराज ध्रुवको प्रवृत्तिसँग आफ्नो समानता स्थापित गरिसकेको छ। यसरी गजराज ध्रुवको प्रवृत्तिसँग समानता स्थापित भएको यो पहिलो पटक होइन। राजा हुन् वा राणा, प्रजातन्त्र होस् वा लोकतन्त्र- जहिलेसुकै पनि देशलाई यही प्रवृत्तिले बिथोलेको छ।
पछिल्लो समय चर्चामा आएको चुनावको प्रसंगसँग त गजराज ध्रुव झन् नफुस्कने गाँठोमा कसिएका छन्। जनता आफ्ना प्रतिनिधि चुन्न चाहन्छन् तर त्यसरी प्रतिनिधित्व लिन कोही पनि तयार छैनन्। हामी अहिले नै प्रतिनिधि हौं भन्ने मानसिकतामा चुर्लुम्म डुबेका छन नेताहरु। गजराज ध्रुवको कुनै विकल्प छैन। आखिर शहरका हुन वा जंगलका, गजराज त गजराज नै हुन। एकपटक उनीहरुको हैसियत स्थापित भइसकेपछि पटकपटक त्यसलाई किन सावित गर्नुपर्यो?
हामीले लोकतन्त्र सिनेमामा हेरेका छौं, लोकतन्त्रका उपलब्धि र सिद्धिहरुको विवरण सीएनएन र बीबीसीमा देखेका छौं। ती उपलब्धि र सिद्धिलाई वास्तविकतामा परिणत गर्ने लोकतन्त्र कति कल्प र कति कठोर संघर्षपछि स्थापित भएका हुन? यसको ज्ञान हामीलाई छैन। त्यति लामो र कठिन संघर्ष गर्ने रुचि र क्षमता दुवै छैन हामीमा। हामी लोकतन्त्रको जप गर्छौ, त्यसको अभ्यास गर्दैनौं। किनभने जप गर्नु र अभ्यास गर्नु दुवै विपरित कुरा हुन। अभ्यासले निरन्तरता खोज्छ। अभ्यास कठिन हुन्छ। अभ्यासले अध्ययन खोज्छ। हामी इतिहाससँग आत्तिन्छौं र त्यसको अध्ययन नै गर्न चाहँदैनौं किनभने हाम्रो आफ्नै देशको इतिहास अत्यन्त कठोर छ। हाम्रो जस्तो सानो आकारको देशले खेप्न र खप्नै नसक्नेखालको।
यतिबेला स्वर्गीय राजा वीरेन्द्रका तस्बिरहरु प्रदर्शन भइरहेको छ काठमाडौंमा। बाह्य आवरणमा वीरेन्द्र उदार देखिएका राजा हुन्। उनी उदार थिए कि थिएनन्? उनको तीन दशक लामो शासनकालको मूल्यांकन नगरेसम्म त्यो कुरा जानिँदैन। त्यो कालखण्डको मूल्यांकन गर्ने हो भने स्वर्गीय राजा उदार वा अनुदार के थिए? आफैं छर्लंग हुन्छ। वीरेन्द्रअघिका कुनै पनि राजा उदार थिएनन्। उनीपछिका राजाको हविगत त हामी सबैले देखेका नै छौं। राजाहरु उदार हुँदैनन्। उनीहरु उदार भएको छलमात्र गर्छन्। वेलायतीहरुले प्रजातन्त्रका लागि गरेका लामो संघर्षका बेला राजाहरुलाई पटकपटक काटेपछिमात्र त्यहाँको राजतन्त्र उदार हुन बाध्य भएको थियो। नेपाली राजतन्त्र भण्डारखाल, कोत र अन्य अनेक दृश्य/अदृश्य घटनामा बगेका रगतका कारण चर्चित छन्। पछिल्लो नारायणहिटी काण्ड त्यसैको निरन्तरतामात्र थियो।
गणतन्त्र स्थापनापछि नेताहरुमा त्यो राजशी प्रवृत्ति देख्न थालिएको छ। प्रत्येक नेता सत्ताको केन्द्रमा पुगेर आफूलाई राजाकै हैसियतमा स्थापित गर्न चाहन्छ। कम्तिमा पनि लोकतन्त्रका नाममा अहिले देखिएको विकृति यही नै हो।
राजनीति सधैँ मौलिक सिद्धान्तका सूत्रहरुमा मात्र फष्टाउँछ। एउटा निश्चित आदर्श र एउटा निश्चित भिजनमा मात्र यसको विस्तार हुन सक्छ। पछिल्लो समयमा राजनीतिबाट वैचारिक आदर्श र भिजनको पलायन सुरु भएको छ। नेताहरु अदालती पारामा नजीरको कुरा उठाउन थालेका छन्। नजीर खोज्नु भनेको परम्पराको निरन्तरता हो। मानवीय विकासका लागि आवश्यक कल्पनाशील राजनीति नजीर र प्रचलनहरुमा बाँच्न सक्दैन। नजीर त गजराज ध्रुवले पनि स्थापित गरेका छन्। उनले स्थापित गरेको नजिर पछ्याउने हो भने हाम्रो पूरै राज्य जंगलमा परिणत हुने निश्चित नै छ।