भारत जानुअघिसम्म राष्ट्रपति डा. रामवरण यादवले धेरैपल्ट चार दलीय बैठक बोलाए तर बृहत् सर्वपक्षीय बैठक (सभा) कहिल्यै बोलाएनन्। सर्वपक्षीय भेला या सम्मेलन भनेको चार दलीय बैठकभन्दा हजारौं गुणा लोकतान्त्रिक हो, जहाँ फरक-फरक विचार/दृष्टिकोण राख्ने दल/शक्ति, संघीयता पक्षधर, मानव अधिकारवादी, नागरिक समाज, जातजाति, वर्ग, लिंग, क्षेत्रका बौद्धिक वर्गको प्रतिनिधित्व हुन्छ। असफल भइसकेका मुख्य चार दलले त लोकतन्त्रको खिल्ली उडाएकै थिए तर लोकतान्त्रिक गणतन्त्रका पहिलो राष्ट्रपतिले नै लोकतान्त्रिक विधिलाई अंगिकार गरेनन् किन? यो गम्भीर प्रश्न हो।
'यदि कुनै दलका कुनै नेताको नेतृत्वमा सरकार बनाउन सहमति हुँदैन भने राजनीतिक पृष्ठभूमि भएको स्वतन्त्र व्यक्ति खोजौं' पनि भनिसके राष्ट्रपतिले। यस्तै कुरा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत्का अन्य नेताले पनि नगरेका होइनन्। राष्ट्रपतिदेखि दलका शीर्ष नेताहरुको 'स्वतन्त्र व्यक्ति पनि खोजौं' भन्ने अभिव्यक्तिले गोलमेच सम्मेलन अर्थात् सर्वपक्षीय भेला अनिवार्य छ भन्ने कुराको पुष्टि हुन्छ, यद्यपि त्यसको आवश्यकताबारे कोही बोल्न तयार छैनन्। यसको भित्री रहस्य राष्ट्रपति महोदय र प्रमुख दलका असफल नेताहरुलाई मात्र थाहा होला। यतिसम्म कि प्रमुख दलहरु असफल भइसके भनेर स्वयं दलकै नेताहरुले भन्न थालिसके तर चरम राजनीतिक संकटले भने प्रमुख दलका प्रमुख नेताहरुकै वरिपरि गोलचक्कर लगाइरहेकै छ।
सिंगो मुलुक निकासविहीन राजनीतिक गोलचक्करमा फसिररहेका बेला केवल 'प्रधानमन्त्री पद' का लागि मात्रै एमाओवादी, कांग्रेस र एमालेलगायत्का दलहरु आफंै गोलचक्करमा फसेका छन्। मुलुकलाई अग्रगामी दिशामा डोहोर्या,उने, जनताको हितमा हुने संविधान निर्माण गर्ने, सबैको समान पहुँच हुने राज्य व्यवस्था बनाउने, परिवर्तनसहितको दिगो शान्ति स्थापना गर्नेलगायत्का विषयमा यी चारसँग कुनै कार्ययोजना छैन। एमाओवादीभित्र आफ्नै नेतालाई पनि विश्वास गर्न नसक्ने, अरुलाई दिन नसक्ने स्थिति, कांग्रेसचाहिँ नेतृत्व लिनै नसक्ने, निकास दिन पनि नसक्ने, एमालेले त 'म केही गर्न सक्दिनँ, नेतृत्व पनि चाहिँदैन' भनेर आफंै अकर्मण्यतामा फसेको कांग्रेसलाई सबै सुम्पिसक्यो। कांग्रेस सभापति सुशील कोइराला आफूलाई प्रधानमन्त्री प्रस्तावित गर्छन् तर राजनीतिक निकाससहित नयाँ राज्य निर्माणबारे उनी योजनाविहीन छन् या चाहँदैनन्। पार्टीकै निम्ति आफ्नो उमेर खर्चेर प्राप्त गरेको 'प्रमाणपत्र' का आधारमा पार्टी सभापतिसम्म हुनु स्वाभाविकै हो तर देश सञ्चालनको जिम्मा लिने योग्यता पार्टी जीवनमा खर्चिएको समयावधि मात्रैले पुग्दैन। उता एमाओवादीका अध्यक्ष दाहाललाई उनकै खल्तीका एकाध नेताहरुले प्रधानमन्त्रीका लागि प्रस्ताव गरिरहेका छन्। एकका विरुद्ध अर्कोलाई प्रयोग गर्दै सत्तामा रमाउने विशेष क्षमताकै आधारमा दाहालको नेतृत्वमा सवल राज्य सञ्चालनको परिकल्पना गर्नु भनेको अहिले बाबुराम सरकारबाट मुलुकले व्यहोरेको हविगत पुनः निम्त्याउनुमात्र हो। अन्ततः सम्पूर्णरूपले असफल भइसकेका मुख्य चार दलको घेराभन्दा बाहिर गएर निकासको खोजी गर्ने प्रयत्नै नहुनुका पछाडि ठूलै शक्ति केन्द्रको चलखेलले काम गरिरहेको छ भन्ने कुरा माथि उल्लिखित प्रसङ्गले स्पष्ट हुन्छ। अर्थात् अग्रगामी राजनीतिक निकास दिने स्पष्ट रोडम्यापको अभावलाई कायमै राख्दै केवल कुर्सीका निम्तिमात्र गरिने कुनै पनि प्रयत्नले दीर्घकालीन हल दिँदैन/कुनै शक्तिकेन्द्रको ठूलै चलखेल छ।
केही महिनाअघि नेकपा-माओवादीले आयोजना गरेको सर्वपक्षीय भेलामा एमाओवादी अध्यक्ष दाहालले भनेका थिए- 'यही स्थितिमा कांग्रेसलाई सरकारको नेतृत्व दिन सकिँदैन। त्यसअघि कांग्रेसलाई नेतृत्व दिन सकिने बताउँदै आएका दाहालले धेरै समय गुजार्दै यतिबेला आफ्नो पार्टीभित्र आफूलाई पनि प्रस्ताव गर्न लगाउँदै पुनः कांग्रेस सभापति कोइरालालाई प्रधामन्त्रीका लागि उम्मेदवार तोक्न लगाए। असफल भइसकेका चार दलबाट मात्र निकास सम्भव छैन भन्ने आफू प्रमुख अतिथि रहेको उक्त सर्वपक्षीय भेलाको सन्देशलाई पुनर्पुष्टि गर्दै उनले घुमिफिरी प्रधानमन्त्रीको पद आफ्नै पोल्टामा पर्ने स्थितिको जबर्जस्त निर्माण गर्दैछन्। बुधबार क्षेत्रीय सभापतिहरुका लागि आयोजना गरिएको चियापानमार्फत् कोइरालाले दाहाल नेतृत्वको सरकारलाई कुनै हालतमा नमान्ने सन्देश दिए। कहिले दाहाललाई स्वीकार्ने भन्ने त कहिले मान्दिनँ भन्ने कोइरालाको अकर्मण्यता र कहिले कोइरालालाई उम्मेदवारी तोक्न लगाउने त कहिले यही स्थितिमा कोइरालालाई मान्न गाह्रो छ भन्ने दाहालको चातुर्यताले मुलुक आफंै अनिश्चयको भुमरीमा फस्दै गएको स्वाधिन र समृद्ध नेपाल चाहने हरेक नेपालीले बुझ्न जरुरी भइसकेको छ।
दाहालको उक्त रवैया, कोइरालाको असक्षमता र यसअघिका सबै घटनाक्रमले अन्ततः सर्वपक्षीय भेला (गोलमेच सम्मेलन) नै सही निकास हो भन्ने यथार्थतालाई राष्ट्रपति र अन्य दलले किन अस्वीकार गरेका होलान्, धेरैले बुझ्न खोजेको तर नबुझेको विषय यही हो। हाम्रो मुलुकको तितो यथार्थ के हो भने आफूसँग निकासका लागि पर्याप्त विकल्पहरु हुँदाहुँदै दक्षिणतिर भर पर्ने जुन परम्परा छ, त्यसलाई कम्तिको राष्ट्रपतिले त तोड्नुपर्थ्यो। मुलुकको चरम राजनीतिक संकट टार्न बाह्य शक्तिको भर पर्ने परम्परालाई धान्दै आवरणमा 'डाक्टर अफ ल' को सर्टिफिकेट लिन तर अन्तर्यमा दक्षिणको मत बुझी उतैबाट संकटमोचन गराउन उहाँ मुलुकबाहिर हानिनुभयो।
पार्टी विभाजनपछि बनेको नेकपा-माओवादीसँग दुई दुईपल्ट भेटिसकेका राष्ट्रपतिले सबै पक्ष/शक्तिबीचको छलफलले नै दीर्घकालीन निकास दिने बताउँदै अन्ततः असफल भइसकेका दलहरुको मुख ताक्ने, उनीहरुको घुर्की र उक्साहटबाट प्रभावित हुने, सबै पक्षलाई समेटेर बृहत सर्वपक्षीय बैठक बोलाउन अस्वीकार गर्ने राष्ट्रपतिको अनैतिक व्यवहारले पनि राजनीतिक अस्थिरता लम्बिएको साँचो हो। प्रमुख भनिएका यी असफल चार दलहरुबाट निकासको कुनै गुञ्जयास नै छैन।
डेढ वर्षअघि एमाओवादी, कांग्रेस, एमाले, मधेसीलगायत्का पार्टीहरुले संविधान सभा विघटन गर्नुको यथार्थता यतिबेला आएर पुष्टि भएको छ। राजनीतिक अस्थिरता लम्ब्याएर त्यसको फाइदा लिने र लोकतान्त्रिक राज्य व्यवस्थालाई दुहुनु गाई बनाएर आफैं अर्बपति बन्ने र राज्य लुट्ने मनासयले संविधान सभालाई विघटन गरिएको थियो भन्ने कुरा आमजनले बुझिसकेका छन्। संविधान सभा विघटन हुनुमा न संविधानका अन्तरवस्तुमा सहमति नभएर हो न त संघीयताको विषयमै। संविधान सभा विघटन वरिपरि दलहरुले जे बोले त्यो 'देखाउने दाँत थियो,' भित्री इच्छा देशलाई शून्यतामा जाकेर राज्य संयन्त्रमाथि ब्रह्मलुट गर्ने नै थियो। जसका कारण आज मुलुक दिशाविहीन बन्यो। यसको जिम्मेवारी ती चार दल जो आज पनि अन्य शक्ति र पक्षलाई निषेध गरेर मुलुकलाई ठूलो चक्रब्यूहमा जाकिरहेका छन्।
यस्तो भयाभह स्थितिमा मुलुकलाई सही दिशा दिन र दीर्घकालीन निकासका लागि फरक-फरक मत/दृष्टिकोण भएका दल, शक्ति, नागरिक समाज र बौद्धिक वर्गलाई एकै ठाउँमा भेला गराएर सवल/समृद्ध राष्ट्र निर्माण, जनपक्षीय संविधानको ग्यारेन्टी र दीर्घकालीन स्थायी शान्तिको रोडम्याप कोसँग छ र कसले दिनसक्छ, भनेर बहस गर्ने कि नगर्ने? सर्वदलीय/सर्वपक्षीय सभाजस्तो लोकतान्त्रिक पद्धतिलाई नजरअन्दाज गरेर कथित् ठूला दलका असफल नेताहरुबाटै निकास निकाल्न गरिने असफल प्रयत्नको शंृखला अब बन्द गरिनुपर्छ र एउटा बृहत् भेला आह्वान हुनुपर्छ। यसले मात्र सबै दल, शक्ति, जातजाति, वर्ग, लिंग, क्षेत्रको स्वीकृति प्रदान गर्छ र राष्ट्रलाई दीर्घकालीन निकासको ढोका खोल्नेछ।
लेखक अखिल नेपाल क्रान्तिकारी सञ्चार, छापाखाना र प्रकाशन मजदुर संघका संयोजक हुन्।