नेपाली कांग्रेसका सभापति सुशील कोइराला र निर्वाचनका विषयमा केही सन्दर्भ छन्। चुनावबारे उहाँका धारणा तथा चुनावसँग जुध्ने उहाँको शैली समकालीन नेपाली नेताहरुको भन्दा फरक छ। यही कारण कतिपयले कोइराला 'चुनावमैत्री' नभएको टिप्पणी पनि गर्छन्। कोइराला लोकतान्त्रिक आन्दोलनका एकजना अथक योद्धा हुन्। उहाँले सैद्धान्तिक र व्यावहारिकरुपमा पनि चुनाव लोकतन्त्रलाई जीवन्त राख्ने एउटा अनिवार्य 'कोर्स' का रुपमा स्वीकार्नुभएको छ। चुनाव र कोइरालाको सम्बन्धका केही तथ्यले यसलाई प्रमाणित गर्छन्।
सुशील कोइराला २०४८ को आमनिर्वाचनमा देशभरमा सबैभन्दा पहिले निर्वाचित घोषित हुनुभएको थियो। निर्वाचनका क्रममा मत माग्दा जनताले खानेपानी, बिजुली, सुरक्षा, स्कुल जस्ता विकासका पूर्वाधार माग गर्दा कोइरालाको जवाफ हुन्थ्यो- 'यो काम सरकार र स्थानीय निकायले गर्ने हो, एउटा सांसदले हैन, त्यसकारण म यी कुराको ग्यारेण्टी गर्दिन।' यस्ता कुरा सुन्नेहरुले उहाँलाई 'चुनावमैत्री' नभएको आरोप लगाउँथे। योजनाबारे जनतालाई सुसूचित गराउनुको साटो आश्वासन बाँडेर चुनावमा जाने हो भने राम्रो संस्कार बस्दैन भन्ने तर्क गर्दै कोइराला आफूलाई त्यस्तो आरोप लगाउनेलाई जवाफ दिनुहुन्थ्यो। विधायिकी अधिकार प्रयोग गर्नका लागि संसद सदस्यको चुनाव लड्दा पुलपुलेसा र खानेपानीका धारा माग्ने जनताको अवस्था देखेका कोइरालाले ०४८ को कांग्रेसको सरकार बन्नासाथ एक वर्षभित्र स्थानीय चुनाव हुनुपर्छ भनेर बलियो वकालत गर्नुभयो र त्यो प्रयास सार्थक भयो। फलस्वरुप ०४९ सालमै स्थानीय चुनाव हुन पुग्यो। २०५१ को मध्यावधि निर्वाचनमा कोइराला बाँकेको आफ्नो निर्वाचन क्षेत्रबाट पराजित हुनुभयो। पराजयपछिको प्रतिक्रियामा उहाँले 'प्रजातन्त्रलाई जीवन्त राख्न निर्वाचन गरिएको हो, मैले जित्नैपर्छ भन्ने छैन, प्रजातन्त्रले हार्नुहुँदैन' भन्नुभयो। ०५६ को निर्वाचनमा भने उहाँ विजयी हुनुभयो।
संविधान सभाको निर्वाचनमा कोइराला पराजित हुनुभयो। उहाँले पराजयपछि गृह जिल्ला बाँकेमै पत्रकार सम्मेलन गरी आफूले हारे पनि 'डेमोक्रेसीको जित भएको' भन्दै हत्या हिंसामा लागेको शक्ति चुनावमा आउनु नै सबैभन्दा ठूलो जित हो भन्नुभयो। त्यो निर्वाचनमा त्रास देखाइयो र माओवादीको जबर्जस्ती रह्यो भन्दै निर्वाचनको परिणाम अस्वीकार गर्ने कि भन्ने बहसले आकार लिँदै गर्दा सुशील कोइराला त्यो तर्कको विपक्षमा उभिनुभयो र परिणाम स्वीकार गरेको घोषणा गर्नुभयो। त्यतिबेला कोइराला पार्टीको कार्यबाहक सभापति हुनुहुन्थ्यो।
निर्वाचनमा योजनाबारेमा बहस चल्नुपर्छ, न कि आश्वासन बाँड्ने संस्कृतिले प्रश्रय पाउने हो। यो मान्यतामा अडिग सुशील कोइराला अरु नेताभन्दा यहाँनेर फरक देखिनुहुन्छ। आश्वासन बाँडेर साम, दाम, दण्ड, भेद प्रयोग गरी चुनावलाई लोकतन्त्रको प्राणभन्दा पनि आफ्नो भर्यायङ बनाउने संस्कार बस्न पुग्यो, जो कोइरालाको मान्यताभन्दा विपरित छ। आफूले हार्दा पनि चुनाव हुनुपर्छ भन्नेहरुले मात्र चुनावलाई लोकतन्त्रको ढुकढुकीका रूपमा स्वीकार्छन्।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मंसिर ७ गतेका लागि निर्वाचन घोषणा गर्नुभयो तर निर्वाचन गराउन सक्नुभएन। त्यसपछि वैशाखमा चुनाव गर्ने घोषणा गर्नुभयो तर वैशाखमा पनि चुनाव हुने अवस्था देखिँदैन। यसैकारण देशमा चुनावी सरकार निर्माणका लागि घनिभूत प्रयास भइरहेको छ। सहमतिबाट नभए आन्दोलनबाट नै चुनावी सरकार बनाउनुपर्छ भन्ने मतहरु पनि प्रकटरुपमा आउन थालिरहेका छन्। दुई दुई पटक चुनावको मिति घोषणा गर्दा पनि चुनाव गराउन नसक्ने बाबुराम भट्टराईले चुनावलाई लोकतन्त्रको अनिवार्य 'कोर्ष' ठान्ने लोकतन्त्रका अथक योद्धा सुशील कोइरालाको चुनावी प्रतिबद्धतामा शंका गर्दै सत्ता नदिने बताउनुहुन्छ। यो सुहाउने कुरा हो कि होइन? गम्भीर छलफलको विषय बनेको छ। सत्ता नछाड्ने नाममा कसैको प्रतिबद्धतामाथि नै यसरी प्रश्न उठाउनु राजनीतिक धर्मभित्रको कुरा हो कि होइन? भन्ने सवाल पनि खडा भएको छ।
चुनावबारे बाबुरामको प्रतिबद्धता इतिहासमा कहीँ कतै देखिँदैन। ०३६ सालको जनमत संग्रह बहिष्कार गर्ने समूहका सक्रिय कार्यकर्ता हुनुहुन्थ्यो बाबुराम भट्टराई। ०४६ को परिवर्तनपछिको निर्वाचनमा उहाँ संयोजक रहेको संयुक्त जनमोर्चा नेपालले चुनाव त लड्यो तर उहाँ आफू लड्ने साहस गर्नुभएन। उहाँको पार्टीको ४ सिट मात्र आयो। त्यसपछि निर्वाचनमाथिको विश्वास तोडेर ०५१ को निर्वाचन बहिष्कार गर्न पुग्नुभयो। त्यसपछि चुनावबाट हैन, हतियारबाट सत्ता आउँछ भन्ने मान्यतासाथ सशस्त्र युद्धमा होमिनुभयो। परिस्थितिले ०६४ सालमा संविधान सभाको निर्वानचमा सहभागी हुन उहाँलाई बाध्य तुल्यायो। तर पनि निर्वाचनप्रति उहाँको विश्वास देखिएन। उहाँको गृह जिल्ला गोर्खाको खोप्लाङ गाविसमा मुलुकमै सबैभन्दा पहिले माओवादीले बुथ कब्जा गरेको स्वतन्त्र निर्वाचन पर्यवेक्षणका लागि क्रियाशील संस्थाहरुको प्रमाणले देखाउँछ। निर्वाचन अर्थात् जनमतमा विश्वास हुँदो हो त कब्जा हुन्थेन। सुशील कोइरालाले झंै निर्वाचनलाई लोकतन्त्रको अनिवार्य 'कोर्ष' का रुपमा लिन र आफूले हार्दा पनि लोकतन्त्रको जितमा रमाउन थोरै मात्र सक्छन्।
अहिले प्रधानमन्त्री बाबुराम भट्टराई हुनुहुन्छ। देशलाई चुनाव चाहिएको छ। लोकतन्त्र जोगाउन चुनाव अनिवार्य सर्त हो। चुनाव कसले गराउने भन्ने बहस अब साघुरिँदै गएको छ। सुशीलको चुनावप्रतिको प्रतिबद्धतामाथि शंका गरेर उहाँको जीवनभरको संघर्षको अवमूल्यन गर्दै सत्ता नछाड्ने बाबुराम कहिल्यै चुनावका पक्षपाती देखिनुभएको छैन। 'चुनावमैत्री' नभएको भन्ने आरोप खेपेर पनि चुनावलाई लोकतन्त्रको जीवन्तताका लागि एउटा अनिवार्य र सुसंस्कृत 'कोर्ष' बनाउन प्रतिबद्ध कोइरालाको प्रतिबद्धतामाथिको बाबुरामको प्रहार अराजनीतिक र सर्वसत्तावादी चिन्तनको उपज हो।
निर्वाचन गराउने सरकारको नेतृत्व गर्ने नेता 'वाइड' हुनुपर्छ। यो कुरा बाबुराम भट्टराईलाई थाहा छ। त्यसैले उहाँले सुशील कोइरालालाई साँघुरो घेरा तोडेर आउन 'सन्देश' पठाउनुभएको समाचार प्रकाशमा आएका छन्। तर समकालीन नेपाली राजनीतिमा बाबुराम साँघुरो घेरामा हुनुहुन्छ कि सुशील? राष्ट्रिय राजनीतिको त कुरै छाडौं, आफ्नै दलको मूलधारमा समेत अड्न नसकेका बाबुराम भट्टराईले अरुलाई 'वाइड' हुन सल्लाह दिने नैतिकता राख्नुहुन्न। सिंहदरवारको आसन र आफूले टेक्ने दुई पाइताला जमिनलाई नै 'वाइड' ठान्ने बाबुराम भट्टराईबाट राजनीतिक निकास तथा निर्वाचनको नेतृत्व हुन सक्दैन। तथ्य तथ्यांकहरुले देखाउँछन् कि बाबुराम भट्टराई जति दिन सत्तामा रहनुहुन्छ, चुनाव त्यति वर्ष ढिला हुनेछ। चुनाव ढिला हुँदा लोकतन्त्रको ढुकढुकी पनि सुस्ताउँदै जान्छ। चुनावलाई लोकतन्त्रको ढुकढुकीका रुपमा स्वीकार्ने नेतालाई चुनावी सरकारको नेतृत्व दिन कसैले पनि अब आनाकानी गर्नुहुँदैन। 'म गान्धीवादी हैन, मार्क्सवादी हुँ। त्यसकारण जस्तासँग त्यस्तै व्यवहार गर्छु' भनेर बाबुराम भट्टराईले उहाँको सैद्धान्तिक प्रतिबद्धता फेरि दोहोर्या उनुभएको छ। यो प्रतिबद्धतापछि उहाँलाई माओवादीभित्रको लोकतन्त्रवादी नेता भनेर विश्लेषण दिनेहरु पनि झस्किएका छन्। लोकतन्त्रप्रति प्रतिबद्ध नहुने नेता चुनावप्रति प्रतिबद्ध हुनै सक्दैन।