कब नजरमेँ आएगी बेदाग सब्जेकी बहार, खुन के धब्बे धुलेँगे कितने बरसातोंके बाद - फैज अहमद फैज, पाकिस्तानी कवि एवम् शायर फैज अहमद फैज असमानता र अन्याययुक्त सत्ताविरुद्ध आवाजमा आगो भर्ने कवि थिए।
उनका गजल र कविता पढिरहँदा एकपटक फेरि असमानताले भरिएको आफ्नै समाजको ऐना देखिन्छ। माथि उद्दृत पंक्तिले भनेझैं यो मुलुकको अनुहारमा उदाएको बेदाग मौसम देख्ने अभिलाषामै छौं हामी अझै। असमानता र अन्यायमात्र जन्माउने जीर्ण सत्ताले बगाएको उनान्सय प्रतिशत जनताको रगतको धब्बा धोइसक्न कतिवटा वर्षा ऋतु गन्नुपर्ने हो? हामी सकेसम्म यो गन्ती कम गर्ने लडाइँमा छौं। फैज अहमद फैजको जीवनकालमा त उनको सपना पूरा भएन। तर त्यो सपना मरेको छैन।
नेपाल यतिबेला ठूलो परिवर्तनको संक्रमणमा छ। तर परिवर्तनको बच्चा जन्माउने प्रसव पीडा कठिन भइरहेको छ। यो कठिनाई स्वाभाविक पनि छ। तर अहिले यो पंक्तिकारका आँखा अघिल्तिर तमाम जीवन परिवर्तनको सपना साँचेर लड्ने थुप्रै अग्रजका अनुहार झल्किरहेका छन्। के यी तमाम अनुहारले एउटा नयाँ र तुलनात्मकरूपले न्यायपूर्ण समाज हेर्न पाउँने छन्? कि यो पंक्तिकारको पुस्ता पनि यही सपनाकै कविता लेखेर बूढो हुने हो? के अहिले संघारमै आइपुगेको परिवर्तनको बहार यत्तिकै कचपल्टिर खेर जानेछ?
केही निराशापूर्ण लाग्ने यी प्रश्नको अन्तर्यमा भने आशापूर्ण उत्तर छन्। तर यी उत्तर खोज्न प्रधानमन्त्री को बन्ने भन्ने अहिलेको प्रश्नबाट बाहिर निस्कनुपर्छ। धुवाँको मुस्लो हेरेर आगो बलिरहेको अनुमान त लगाउन सकिन्छ तर त्यो आगो कुनै उद्योगको फर्नेसभित्र बलिरहेको छ कि डढेलोमा सल्किरहेको छ भन्ने छुट्याउन जरुरी हुन्छ। प्रधानमन्त्रीको राजीनामा किन मागिएको हो र शून्यबाट अर्को सरकार जन्माउने प्रयास किन गरिएको हो भन्ने प्रश्नको जवाफ नखोजिकन अहिले चलिरहेको राजनीतिक व्युहको खास कारण थाहा पाउन सकिँदैन। र, जवाफ पत्ता नगलाएसम्म अहिले चलिरहेको परिवर्तनको प्रसवलाई सफल जन्मसम्म पुर्याकउन सम्भव छैन। समाजको जग हल्लिरहेको छ, त्यसैले अप्रिय जस्तो लाग्ने घटनाक्रमहरुमा मुलुक छ। तैपनि मुलुकको टाउकोमा रन्किरहेको ज्वरोबाटै खास रोग पत्ता लगाउने र त्यसको निदान गर्ने अभियान रोकिनुहुँदैन।
शीतल निवास सक्रियजस्तो देखिन्छ आजकल। दलका नेताहरु शीतल निवास धाइरहेको खबरले मौसम आक्रान्त छ। आखिर कस्तो प्रमिथस हुन खोजिरहेछन् नेताहरु र शीतल निवासबाट कस्तो आगो चोर्ने अभिलाषामा उडिरहेछन्? राज्यसत्ताको चरित्र परिवर्तन गर्ने संविधानको जन्म शीतल निवासबाट हुनसक्छ? सम्भवतः राष्ट्रपति स्वयम् निन्द्रामा हिँडिरहेका छन्। अनि त्यही निन्द्राको हिँडाईलाई संकटमोचक मन्त्रका रूपमा दुन्दुभी बजाएर दोहोर्या्इरहने पुराणवाचकहरु सारा परिवर्तनका मुद्दालाई सरकार फेर्ने खेलमा दुर्घटित तुल्याउन खोजिरहेछन्। कृत्रिम छवि निर्माणमा पारंगत मिडिया राष्ट्रपतिका निम्ति अनेक मुखुण्डो तयार पारिरहेको छ। त्यसैले छोरा, छोरी, बुहारीसहितको जम्बो टोली लिएर वनारस पिकनिक गएका राष्ट्रपतिलाई भाग्यविधाता बनाउने यज्ञमा दिनरात होम चलिरहेको छ।
शीतल निवासले अनधिकृत शक्ति आर्जन गर्नु राजनीतिक दुर्घटनाको गम्भीर संकेत हो। दुर्घटना कहिलेकाहीँ बडो सोझो अनुहार लिएर आउँछ र ध्वंश ओकेलेर जान्छ। शीतल निवासमा अहिले जुन डाइनामाइट चार्ज भइरहेको छ, त्यो परिवर्तनको स्वास्थ्यका निम्ति घातक छ। संविधान सभामार्फत् राज्यको चरित्र बदल्ने अभियानका निम्ति यो अपसकुन हो। साथै संविधान सभाकै विकल्पमा नयाँ निरंकुश संस्था स्थापना गर्ने कुत्सित चाल पनि। संरचनात्मक परिवर्तनका निम्ति समाजले प्रसव पीडा भोगिरहेको बेला, घाँटी सुम्सुम्याउने हातहरुबारे सचेत हुनु आवश्यक हुन्छ। बाहिरबाट हेर्दा सहमतीय सरकार निर्माण गर्नका लागि सहजीकरणको भूमिका निर्वाह गरिरहेजस्तो देखिन्छ राष्ट्रपतिले। तर यस्तो सहजीकरणको भूमिका खोज्नका निम्ति उनले निर्वाचनका लागि सरकारले पठाएका अध्यादेश रोकेर राखे, बजेट ल्याउनै नदिएर सरकार परिवर्तनको खेलमा स्वयम् हुकुमको एक्का हुन खोजे। के यो सहजीकरण मात्र हो?
अहिले राष्ट्रपति म्याद मेसिन भएका छन्। अनि परिवर्तनको मोहरा हुनुपर्ने नेताहरु म्याद मेसिनबाट म्याद प्रिन्ट गर्ने रेसमा लागेका छन्। उता राष्ट्रपति भूतले खाजा खाने बेला दिल्ली पुगेका छन् र भारतीय नेताहरुसँग 'राजनीतिक परामर्श' गरिरहेका छन्। सेरिमोनियल राष्ट्रपतिलाई केवल पिकनिक जाने अधिकार हुन्छ तर हाम्रा महामहिम पिकनिकको बहानामा राजनीतिक शिकार गर्ने मनोदशामा देखिन्छन्। खैर यो मनोदशा स्वयम्मा स्वप्नदोषभन्दा बढी केही होइन, तैपनि उनको यही स्वप्नदोषको पूजाआजा गर्दै भविष्यमा संविधान सभा नामक संस्था गठन हुनै नदिने षडयन्त्र रच्नेहरु सक्रिय छन्। मुलुकको संरचनामा लागेको रोगलाई केवल सिटामोल खुवाएर सिताङ्ग तुल्याउने यो खेल खेलिने सबैभन्दा अनुकूल मौसम पनि यही हो।
अहिले शीतलहरले तराई आक्रान्त छ, आङमा कपडा नहुनेहरुलाई जाडोले हत्या गर्ने समय हो यो। तर त्यो हत्या जाडोले होइन, अन्यायी राज्यसत्ताले गरिरहेको छ भन्ने हेक्का हुनु जरुरी छ। हाम्रो मक्किएको पुरानो राज्यसत्तासँग जाडो, दुर्घटना, प्रकोप, गरिबी, भ्रष्टाचार, गुण्डागर्दी इत्यादि रोगहरुसँग लड्ने औजार छैन। बरु यसले यी सबै कारणलाई दैवीप्रकोपका रूपमा व्याख्या गर्दै नागरिकहरुको बली चढाइरहन्छ। पढ्न दिँदैन र भन्छ तेरो योग्यता छैन। खान दिँदैन र भन्छ तेरो ज्यानमा दम छैन। उपचार दिँदैन र भन्छ रोगको कारण स्वयम तैं होस्। हरेक जन्म र हरेक मृत्युको गणनाबाट पैसा छाप्ने राज्ययन्त्रले तिनै मानिसको रगतमा शासन उभ्याउँछ तर तिनैको रगत बगाउँछ। राज्यको यस्तो चरित्र बदल्ने अभियानको एउटा महŒवपूर्ण पडावको बेला केवल सरकार परिवर्तनको चिन्ता हुनु र मुख्य मुद्दाबाट ध्यान हटाउन खोज्नु स्वाभाविक छ? जनताको अदालतमा उभिएर यस्तो हर्कतको जवाफ दिने हैसियत दलहरुसँग छ?
सञ्चारजगतमा सयर गर्नुस्, केवल धुवाँको कुरो छ। धुवाँमात्र देखाएर आगो छेक्ने यो प्रहसन बडो अजीव छ। जे रिङभित्र हुनुपर्थ्यो, त्यो रिङबाहिर छ र जे रिङबाहिर हुनुपर्थ्यो, त्यो रिङभित्र छ। अनि बक्सिङको रिङभित्र सर्कस नभएर के हुन्छ? फैज अहमद फैजले जिन्दगीभर जुन 'नजारा' हेर्न खोजेका थिए, त्यसको एक झलक नेपालमा जन्मने सम्भावना अझै जीवितै छ। हरेक सडकमा, गाउँमा जताततै हेर्नुस्, राज्यसत्ताले मान्छे निचोरेर मारिरहेको छ। दुनियाँ अझै विभेदकारी र हत्यागृह बन्दै गइरहेको छ। तैपनि राज्यसत्ताको हातमा रगत देखिँदैन। अनि हरेक दिन भइरहेका यस्ता हत्यालाई वैध तुल्याउन सुकिलो वस्त्रमा केही ठालु मञ्चमा उक्लिरहेकै छन्। यस्तो निर्दयी संरचना बदल्ने आग्रहसमेत ठालुहरुलाई डरलाग्दो लाग्छ। बदल्ने अभियान त झन् के प्रिय लागोस्!
फेरि पनि परिवर्तनको सपना देख्नेहरुको कमी छैन र हुने छैन। जसको शब्दकोशमा धन, विद्या, सुविधा इत्यादि हुँदैन, उनीहरु जाग्ने समय हो यो। एक प्रतिशतको मुठ्ठीमा ९९ प्रतिशतको सास अड्किने व्यवस्थाको विघटनका निम्ति संसार जागिरहेको छ। संविधान सभाका ठाउँमा शीतल निवास, राज्य बदल्नुपर्ने ठाउँमा सरकार बदल्ने र परिवर्तनका ठाउँमा केवल संसदीय लुछाचुँडीको खेल पुनरावृत्ति गर्ने षडयन्त्रलाई ल्याप्चे ठोक्न सकिँदैन। त्यसैले यस्तै चलिरहन सक्दैन, जस्तो चलिरहेको छ। के धुवाँ देखाएर आगो छेक्ने यत्न सफल भइरहन्छ? फैज अहमद फैज जीवित भएका भए सम्भवतः भन्ने थिए- इतिहास बदलिने बेला केवल ढलका कुरा गर्नेहरु कहाँ हुँदैनन् र?