भ्याम्पायर र राजनीति
११ पौष २०६९
•
१३ मिनेट पाठ
भ्याम्पायर र राजनीति
अंग्रेजीमा प्रशस्त प्रयोग हुने गरेको शब्द 'इभिल' को ठ्याक्कै नेपाली अनुवाद के हुन्छ, मलाई थाहा छैन्। प्रसंगअनुसार 'दुष्ट', 'दुष्टात्मा', 'खराब' जस्ता शब्दमा अनुवाद गर्न खोजिएको देख्छु म। आफूलाई चाहिएको बेलामा म पनि यिनै शब्द प्रयोग गर्छु। तर यसरी अनुवाद गर्दा जहिले पनि के के नपुगे जस्तो, नमिले जस्तो लागिरहन्छ। पूर्वीय र पश्चिमा चिन्तन प्रणालीमा रहेको ऐतिहासिक भिन्नताका कारण होला, हामीसँग 'इभिल' को सोझो अनुवाद नभएको।
अहिले पनि मेरो मनमा आइरहेका धेरै प्रश्न त्यही 'इभिल' सँग सम्बन्धित छन् र त्यसलाई 'दुष्टात्मा' नै भनेर सम्बोधन गरेको छु।
दुष्टात्मा भनेको के हो? के यो हामीले मनमा र कल्पनामा कोरेको कुनै चित्रमात्र हो? कि यो सा"च्चै नै हुन्छ? यदि सा"च्चै नै हुन्छ दुष्टात्माको अस्तित्व भने योसँग कसरी कस्तो व्यवहार गर्ने? आजकल बारम्बार यी प्रश्न मेरो मनमा आउन थालेका छन्। पीडाका अनौठा पोका बोकेर आउ"छन् यस्ता प्रश्न। तिनले बोकेर ल्याएको पीडाका पोका खोलिदिन्छन् मनको आ"गनमा। र, बिदा हुने कुनै हतारो नगरी बसिरहन्छन् त्यहीँ - त्यही मनको एउटा कुनामा। अनि तिनै पीडाबाट सृजित छटपटीलाई हेरेर मुस्कुराइरहन्छन् यी परपीडक प्रश्न।
२०१२ भनिएको वर्ष बिदा हुनै लागेको बेला हो यो। जा"दाजा"दै ऊ मानिसभित्र लुकेको भयंकर दुष्टताका अनेक रूपहरुको पनि साÔी भएर जा"दैछ। महिलाविरुद्ध हिंसाको कुरूपभन्दा कुरूप उदाहरणहरु, प्रकृति र वातावरणविरुद्धका असुन्दर र मूर्खतापूर्ण कुकर्म, समाजको उन्नत र जागरत रुपान्तरणका निम्ति लागेका भन्नेहरुको अकर्मण्यता र पाखण्डका अभूतपूर्व उदाहरण, आफ्ना अपराध र पाप कर्मलाई स्वाभाविक र सही सिद्ध गर्ने फोहोरी वकालतका असंख्य उदाहरण अर्थात् मानिसभित्र लुकेको मूर्खता र दुष्टताका अनेक रूपहरुको समेत साÔी भएर जा"दैछ यो वर्ष। समय सँगसँगै हामी सबै यी विकृतिको साÔीमात्रै भइरहेका छेनौं, त्यसलाई भोगी पनि रहेका छौं। यो भोगाईसँग आउने पीडाबोध त आफ्नै ठाउँमा छ"दैछ। यी विकृतिविरुद्ध मनमा जब क्रोध जन्मन्छ, सामान्य स्थितिमा सोच्न पनि नसकिने उग्र रौद्र भावले बेलाबेलामा फणा उठाउ"छ। कुनै भयंकर युद्धको एउटा सिपाहीका रूपमा आफँैलाई देखिन्छ कल्पनामा। अनि विभिन्न अभिव्यक्तिहरुमा त्यो क्रोध र घृणा प्रकट हुन थाल्छ। थाहै नपाई हामी आफँै नै बदलिइसकेका हुन्छौं शायद - एउटा शिष्ट, सभ्य, उज्यालोको खेतीमा लीन हुन चाहने द्रष्टाबाट बदलाको भावनामा चुर्लुम्म डुबेको क्रोध र घृणाको प्रतिमूर्तिमा।
दुष्टताका कथा नया" हैनन्। मानिस जहिले पनि एउटा मैदान भएको छ, जहा" ईश्वर र सैतान दुवै खेल्छन्। कसका निम्ति ढोका खोल्ने भन्ने स्वतन्त्रता मानिसकै हातको कुरा हो। जीवनको यात्रामा मानिसको पाइलैपिच्छे बाटो फाट्छ र दुईवटा बाटा देखा पर्छन्- एउटा सत्यको, जीवनको, पूर्णताको, उज्यालोको दिशातर्फ उन्मुख र अर्को असत्यको, मृत्युन्मुखताको, अन्धकारको दिशातर्फ उन्मुख। छनौटको स्वतन्त्रता जहिले पनि हुन्छ। जुनसुकै बाटो छाने पनि परमअस्तित्व यति उदार छ कि तुरुन्तै अर्को पाइलामा नै फेरि दुई बाटा देखा पर्छन् - उस्तै, सत्य, सम्यकता तथा जीवनोन्मुख एउटा र असत्य, अन्धकार र अधोन्मुख अर्को। वैयक्तिकताका रूपमा यति महान् उपहार पाएको छ मानिसले जीवनमा। आफ्नो सिंगो संसार छ सीमाविहीन- जसमा उसको आफ्नो इच्छाविना कसैले प्रवेश पाउन सक्तैन। त्यही वैयक्तिकताको स्वतन्त्रताको प्रचुर उपभोग गर्न र आफ्नो बाटो रोज्न सक्छ मानिस। तर किन प्रायः उज्यालोको नछानी अन्धकारको बाटो रोज्छ ऊ? किन प्रगति र न्यायको नछानी अधोगति र अन्यायको, जीवनको नछानी मृत्युको, स्वच्छताको नछानी भ्रष्टाचारको छान्छ मानिस?
मानिसले नै बनाएका सुर र असुरका कथामा, देवता र दैत्यका कथामा, आसुरी ताकत बलियो देखिन्छ। देवदूत र सैतानका कथामा त अझ मायावी, षडयन्त्रकारी र आकर्षक पनि देखिन्छ सैतान। फोर्स अफ एन्ट्रोपी - विशृंखलाको त्यो सर्वव्यापी शक्ति - भौतिक जगतमा मात्र हैन, मानिसको स्वत्वको त्यो भित्री दुनिया"मा पनि त्यत्तिकै व्याप्त छ। चिप्लिएर झर्न सजिलो छ, बिग्रन सजिलो छ, आलश्यको दास हुन सजिलो छ, आक्रामक हुन सजिलो छ, भ्रष्ट हुन सजिलो छ। सप्रिन, सपार्न, हुर्किन, हुर्काउन गाह्रो छ।
पश्चिमाहरुको अन्धविश्वास, लोककथा, रीतिरिवाज आदिसँग जोडिएको 'भ्याम्पायर' को चित्रणले दुष्टात्माको एउटा पÔको राम्रो प्रतिनिधित्व गरेजस्तो लाग्छ मलाई। एउटा अचम्मको सामर्थ्य छ भ्याम्पायरको। ऊ जसको गर्धनमा दाह्रा गाड्छ, त्यो ऊ आफँैजस्तो भ्याम्पायर बनेर निस्कन्छ। हाम्रा पुराणमा भएको रक्तबीजको रगतको हरेक थोपा भुइँमा पर्नासाथ अर्को रक्तबीज बन्छ। दुर्गा मातालाई आच्छु आच्छु पारेको छ त्यसले। निश्चय नै त्यो कम शक्तिशाली दुष्टात्मा हैन तर भ्याम्पायरको चित्रण अझ खतरनाक छ। रक्तबीज आफँै त हजारौं लाखौंमा स्वगुणन हुन सक्छ तर उसले दुर्गा र उनका गणलाई आफू जस्तो राÔस बनाउन सक्दैन। तर भ्याम्पायर? उसमा त यस्तो खुबी छ कि जो ऊसँग लड्छ, त्यसलाई नै भ्याम्पायर बनाउन सक्छ - गर्धनमा एकचोटी दाह्रा गाड्नमात्र पाए पुग्छ। आफ्नो विरोधीलाई नै, दुष्टताको विरोधमा लड्नेलाई नै आफँै जस्तो दुष्ट बनाउन सक्ने खुबी त रक्तबीजको भन्दा पनि खतरनाक खुबी भएन?
अठारौं शताब्दीतिर लोककथा, जनश्रुति आदिका रूपमा त्यसबेलाको पश्चिमा दुनिया"मा बढी चर्चित हुन थालेको भए पनि, आजपर्यन्त साहित्य र कलाका विभिन्न विधामा सृजनाको विषयवस्तु तथा पात्र हुने गरेका छन् भ्याम्पायरहरु। सर्जकहरुले आफ्ना सृजनामा कुनै कुनै बेला भ्याम्पायर बन्नुको बाध्यताबारे बोल्छन्, कुनै कुनै भ्याम्पायरभित्र लुकेको करुणासम्मका कथा पनि रचिदिन्छन्। त्यो कल्पनाशीलताको आफ्नै महत्त्व छ। तर सामान्यतया त्यसलाई दुष्टात्माकै डरलाग्दो प्रतीक मान्ने गरिन्छ। त्यही मान्यताले हेर्ने हो भने अचेल हाम्रै जीवनमा छयास्छयास्ती देखिन र अनुभूत हुन थालेजस्तो लाग्छ भ्याम्पायरको अस्तित्व। जनसंख्याभन्दा छिटो छिटो बढ्न थालेजस्तो लाग्छ भ्याम्पायरको संख्या।
यो डरलाग्दो कुरा हो।
हिंसाविरुद्धको संघर्षमा प्रतिहिंसादेखि बाहेक अरु कुनै उपाय र हतियार मानिसले देख्दै नदेख्नु सा"च्चै डरलाग्दो कुरा हो। यस्तो लडाइँमा हिंसाले नै जितिरहेको हुन्छ, हिंसा नै रक्तबीज बनिरहेको हुन्छ, त्यसैले अमरत्व प्राप्त गरिरहेको हुन्छ। षडयन्त्रविरुद्धको संघर्षमा षडयन्त्रकै प्रयोग पनि त्यस्तै हो। जासुसी उपन्यासको रोमाञ्चक दृश्य सृजना गर्लान् तिनले, तत्कालका निम्ति छोटो र प्रभावकारी उपाय जस्ता पनि लाग्लान् ती तर अन्ततोगत्वा भ्याम्पायरकै संख्या वृद्धि भइरहेको हुन्छ यो लडाइँमा।
कसका कारण हाम्रो समाजमा वद्धि भइरहेको छ भ्याम्पायरहरुको संख्या? कुनै व्यक्ति विशेष, कुनै अमूक दल वा समूहको कारण मात्रै भएको भए सजिलै हु"दो हो यो प्रकोपबाट मुक्ति पाउन। तर यतिबेला मानिसका सबैखाले जमात, समूह र राजनीतिक दलहरु बन्दी र दास भएका छन् परम्परागत राजनीतिको। उनीहरु सबैलाई एउटै कला सिकाइएको छ- आफूइतरका हरेकलाई बहिष्कार गर्ने, शंका गर्ने, अविश्वास गर्ने, कुरुप चित्रण गर्ने, शत्रु बनाउने। अनि एकार्का विरुद्ध हिंसाको निर्वाध प्रयोग गर्ने, षडयनन्त्रको विशाल जाल्लो बुन्ने।
जनता भनेको एउटै तत्त्वले बनेको कुनै समगुण पिण्ड हैन। आ-आफ्ना वैयक्तिक संसारका स्वामी मानिसहरुबाट बनेका हुन्छन् जनताका पंक्ति। स्वाभाविकरूपमा भिन्नता हुन्छन् त्यहा"। त्यो भिन्नतालाई अस्वाभाविकरूपमा ठूलो बनाएर, त्यसमा देखापरेको खाली ठाउ"मा आफ्नो वा आफ्नो समूहको स्वार्थको महल बनाउने खेल हो अहिलेसम्म अभ्यासमा रहेको राजनीति। यस्तो राजनीतिको मैदान भ्याम्पायरहरुकै वृद्धि हुने स्वाभाविक थलो हुन्छ। अब त्यसका ठाउ"मा त्यो 'लोकनीति'को आवश्यकता बोध गरिरहेको छ युगले, जहा" भिन्नताबीच समानता खोज्ने नेतृत्व हुर्कन र फस्टाउन सकोस्। अनि एन्ट्रोपीको शक्तिलाई चिर्न सक्नेछ विवेकमा आधारित जनताको त्यो एकताले। अनिमात्र थरिथरिका अपराधीले ठाउ" पाउने छैनन् त्यहा"। शोषण, दमन, अन्याय, अत्याचार, अमानवीकरणका हरेक हरेक रूप टिक्न नसक्ने स्थिति सृजना हुनेछ।
यो सम्भव छ- हामीले निर्णय गर्यौं भने।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस