जेठ १४ गते संविधान सभा अवसानको बिहान राष्ट्रपति रामवरण यादवले नयाँ दिल्लीलाई एउटा सन्देश पठाएका थिए- कुनै पनि निर्णय चार प्रमुख दलको सहमतिमा हुनुपर्छ भन्दै। त्यसका लागि भारतले सहयोगी भूमिका निर्वाह गरोस् भन्ने उनको चाहना थियो। आफूले नसकेपछि भारतले नेपाली दलबीच न्युनतम् सहमतिका लागि आखिरी प्रयत्न गरिदिन सक्ला भन्ने उनको अपेक्षा थियो। नयाँ संविधान जारी हुन नसके पनि केही प्रबन्धको सहमतिका लागि उनले त्यसरी राजदुत जयन्त प्रसादमार्फत् पहिले र पछि दिल्लीसँग सोझै जवाफी टेलिफोनमा आग्रह गरेका थिए।
एकीकृत माओवादी र मधेसी मोर्चाले संसद पनि राख्ने व्यवस्था नगरी, एकै अनुच्छेद पनि संविधान सभाबाट पारित नगरी नयाँ निर्वाचन घोषणा गर्दा राष्ट्रपतिलाई लाग्यो- भारतले कुनै भूमिका गर्न सकेन वा चाहेन वा त्यस्तै होओस् भन्ने उसलाई लाग्यो। भारतले माओवादी र मोर्चाको गठबन्धनमा जुन प्रभाव राख्थ्यो, त्यसको सदुपयोग गरेन् वा गर्न चाहेन् भन्ने निष्कर्षमा राष्ट्रपति पुगे। कांग्रेस र एमालेलाई एक्ल्याउने सत्ता गठबन्धनको रणनीति बलियो हुँदै गएको राष्ट्रपतिले आभाष पाए।
कांग्रेस र एमालेसहितका विपक्षीले सत्ता गठबन्धनलाई गाल्न नसकेपछि शीतल निवासप्रति निर्भरता बढाए। आन्दोलन जगाउन त सकेनन् नै, राष्ट्रपतिको भूमिकाबेगर नयाँ समीकरण कायम गर्न पनि नसक्ने भए। त्यसपछि राष्ट्रपतिले सत्ताको साँचो लिएको भनिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सहमतिको पहलको अगुवाई गर्न प्रोत्साहित गरे। सिलसिलेवर दलीय वार्ताहरु आफैंले संयोजन गरे, दाहाललाई विस्तृतमा गृहकार्यको नेतृत्व गर्न अग्रसर तुल्याए। तर दाहालको हातमा सत्ताको साँचो नरहेको प्रष्ट हुन महिनौं लाग्यो। एकपछि अर्को विकल्प खोतल्दै र विपक्षीहरुको आँत छाम्दै दाहाल अन्त्यमा पार्टीमा आफ्ना प्रमुख प्रतिस्पर्धी तथा प्रधानमन्त्री भट्टराईकै कुममा ठोक्किन पुगे। भट्टराईको कुम मधेसी मोर्चासँगको बन्धनले जब्बर बलियो रहेको छर्लंग भएपछि अहिले दाहाल सबभन्दा मर्माहत हुन पुगेका छन्।
दाहालले प्रधानमन्त्री फेर्ने प्रस्ताव गर्दा कांग्रेस र एमालेले जिब्रो निकै रसाए। गठबन्धन सरकारलाई बजेटको गाँठो फुकाउन दाहाल माध्यम बनिदिए। सहमति नभई पारित गरिदिन्न भन्दै आएका राष्ट्रपतिले पनि सर्लक्कै दुई तिहाई बजेट अनुमोदन गरिदिए। अनि सहमतीय सरकारको संवैधानिक आह्वान गरेर यादव र दाहालको गठजोडले कांग्रेस र एमालेलाई जति उत्साही पारे पनि अन्ततः त्यो सत्ताको साँचो माओवादी पार्टीमा नरहेको प्रष्ट भएरै छाड्यो। त्यो साँचो भट्टराई र मोर्चाबीचको समझदारीभित्र थियो, जसले आगामी निर्वाचनमा पनि गठबन्धन गरी भावी सदनमा बहुमत कायम गर्ने र सत्ता निरन्तर राख्ने रणनीति साँचेको थियो। वैद्य पक्ष विभाजित भएपछि भट्टराई र मोर्चासँगको यात्रामा दाहालले आफ्नो भविष्य सुरक्षित नदेख्दा माओवादीभित्रको व्यथा पिल्सिरहेको थियो।
राष्ट्रपति यादवलाई वनारस हिन्दु विश्वविद्यालयको समारोहमा भारतीय समकक्षी प्रणव मुखर्जीसँग समानस्तरमा शिष्टाचार भलाकुसारी गर्ने पहिलो अवसर भयो। एकसाथ दिल्ली पुगेर उनले मनमोहन सिंह र सोनिया गान्धीलगायतसँग भेट्दा पक्कै पनि नेपालप्रति भारतीय चासो र सरोकार थाहा पाउँदैछन्। संविधान सभाको अवसानपछि नेपालको राजनीतिक मार्गचित्र अनिश्चित बनेको बेला उनले उच्चस्तरमा नयाँ दिल्लीसँग गर्ने वार्तालाप निश्चयै महत्त्वशाली हुनेछ। किनभने दिल्ली सहजकर्ता बनेको बाह्र बुँदे समझदारीको तार्किक निश्कर्षरूपी संविधान सभा असफल भएकोमात्र छैन, अब संविधान सभाकै निर्वाचनमार्फत् फेरि संक्रमणकालको सहज निरुपण हुनेमा शंका गर्नेहरु बढ्दैछन्। बरु संविधान सभा पुनर्स्थापना गरी भए/गरेका सहमतिका आधारमा मस्यौदा घोषणा गर्ने र सदनको मात्र निर्वाचन गर्नेतिर फेरि सत्ता गठबन्धन बौरिन थालेको छ। पुनर्स्थापना होइन, नयाँ निर्वाचनै गर्नुपर्छ भन्ने पक्षधरहरुको रणनीतिक हार भएको छ। सत्ता गठबन्धनले विपक्षीलाई साँचो बुझाउनुभन्दा आफ्नै बहुमत पुनः देखिनसक्ने सदन पुनर्स्थापित गर्नु सहज देखेका छन्। धाँजा फाटेको माओवादी र चिरैचिरा परेका मधेसी पार्टीहरु निर्वाचनमा गइहाल्न तयार छैनन्। सत्तालाई पहिलो सर्त बनाइराखेर विपक्षीहरुले संवैधानिक आयोग र अदालतहरु झण्डै रिक्त हुने वातावरण बन्न दिएका छन्।
संविधान सभाको असफलतामा कति प्रदेशको मधेस भन्ने एउटा निर्णायक कारक थियो। भारतले औपचारिकरूपमा प्रष्ट नगरे पनि वा नयाँ दिल्ली आफैं प्रष्ट भए पनि नभए पनि नेपालमा संविधान नबन्नुमा त्यो एउटा विवादको विषय थियो। एकीकृत माओवादी र मधेसी मोर्चाले चाहेजस्तो तराईमा जम्मा दुई प्रदेश सम्भव हुन सकेन। नयाँ निर्वाचनपछि त्यो सम्भव हुन्छ भन्ने पनि यकीन छैन। कहिले कसरी निर्वाचन गर्दा तराईमा कम प्रदेश कायम हुन्छ र मधेसी दलहरुको बलियो प्रभाव काठमाडौंको सत्तामा कायम रहन्छ भन्ने व्याख्या/विश्लेषण अझै जारी रहेजस्तो देखिन्छ। कांग्रेस-एमालेले मंसिरकै निर्वाचन मानिदिएको भए वा माओवादी फुटेपछि छिटो निर्वाचनका लागि बल गरेको भए संवैधानिक प्रबन्ध र आयोगहरु बन्ने त थिए नै, जनमत आर्जनप्रति उनीहरुको भरोसा देखिने थियो। अझै पनि सहमतिको प्रधानमन्त्री खोजेर पाँच वर्षमा आउन नसकेको धारा ३८ (१) को सत्ताको अभ्यासमा लिप्त रहँदा निर्वाचनको सम्भावना निकै धकेलिएर जाने भयो। अहिलेको गठबन्धनलाई त्यो सबभन्दा अनुकूलता हो।
भारतीय राजनीतिज्ञ करण सिंहले राजा ज्ञानेन्द्रलाई भारतको भनसुन गरेर फर्केको छ वटा मनसुनपछि राष्ट्रपतिलाई भनसुन गर्न आए। वनारसको निमन्त्रणा दिए। त्यो त एउटा माध्यम न हो। राष्ट्रपतिलाई दिल्ली लगेर भारतीय धारणा अवगत गराउने मुख्य मनसुवा हो। उनी दिल्ली नगए काठमाडौंमा सहमति भइहाल्छ कि भन्ने आशा फैलाएर कांग्रेस सभापति कोइरालाले आफूलाई चामत्कारिक सहमतिका हिमायती देखाए। माओवादी र मधेसी गठबन्धनको स्वाभाविक परिणति नबुझेर उनले राष्ट्रपतिलाई बढी भार बोकाउन खोजिरहे। अध्यक्ष दाहालसँग वार्तामा रमेर विपक्षीहरु कतै पुग्ने छैनन्। उनीहरुले दाहाल र भट्टराईको आदिमकालदेखिको मुख्य प्रतिस्पर्धा बुझेकै छैनन् जस्तो छ। त्यो त कहिले बढ्दै र कहिले बल्झिँदै जान्छ। त्यसको आधारमा राष्ट्रिय राजनीति प्रभावित हुन नदिन विपक्षीहरु आफ्नो स्वार्थप्रति सचेत हुन सक्नुपर्छ। जनतालाई अपील गर्न सक्नुपर्छ। जनतालाई अपील गर्ने भनेको जनताकहाँ छिटो जाने प्रबन्धको हिमायती हुने हो। सिंहदरवार र शीतल निवासको बाटो जनताकहाँ छिटो पुगिन्छ भन्ने सोच्दासोच्दै निर्वाचनको सम्भावित क्यालेन्डरमात्र फेरिँदै जानेछ।
राष्ट्रपति यादव जेठ १४ गते बिहान दिल्लीलाई पठाएको सन्देशकै सेरोफेरोमा कम्तीमा चार दलको सहमति स्थापित गर्न उत्सुक रहेको हुनुपर्छ। दिल्लीको सोचाइ गहिरोसँग बुझ्ने उनको अभिप्राय देखिन्छ। यही मौकामा सत्ता गठबन्धनले फेरि विकल्पहरुको बिस्कुन सुकाउन थालेको छ, जसमा विपक्षीहरु कुन चारा टिप्ने भन्ने मनोदशामा रमाउन सक्नेछन्। त्यो भनेको त निर्वाचन धकेल्नेमात्र यत्न हो। कांग्रेस-एमालेले संविधानका मूलभूत मुद्दामा रहेका आपसी सामञ्जस्य प्रष्ट गर्दै चुनावी गठबन्धन गर्दा बरु आत्मविश्वास आर्जन गर्न सक्छन्। निर्वाचन आयोग, निर्वाचन प्रणाली, सदनको आकार र स्थानीय निर्वाचनका प्रश्नमा उनीहरुले तालमेल गरे भने अहिलेको गतिरोध त्यसै कम भएर जान सक्छ। दिल्लीबाट समाधान आउँदैन वा आए पनि आफूअनुकूल हुँदैन भनेर उनीहरुले राष्ट्रपतिलाई भरसक नजान गुहारे। त्रासको मानसिकताले उनीहरुको आत्मबल झन्झन् गिराउँदै लग्नेछ।