भनिन्छ 'बाँदरले आफ्नो घर पनि बनाउँदैन र अरुलाई पनि बनाउन दिँदैन।' नेपाली उखान अहिले विद्यार्थी संगठन र तिनका नेताका हकमा चरितार्थ भएको छ।
हाम्रोमात्र होइन सबैजसो समाजमा बाँदर प्रवृत्ति आलोचनाको विषय बन्ने गरेको छ। कोही पनि बाँदर प्रवृत्तिको बिल्ला भिर्न चाहँदैनन्। तर हामी कहाँ धेरैले जे चाँहदैनन् त्यही झाँगिदै गएको देखिन्छ।
अहिलेका सन्दर्भमा लोकतान्त्रिक जीवन पद्धति र आधुनिकताको बाटोमा चल्न नखोज्ने र अरुलाई पनि त्यस्तो बाटोमा हिड्न नदिनेलाई बाँदर प्रवृत्ति भने फरक नपर्ला। नियन्त्रित हुनुपर्ने बाँदरपन नेपाली जनमानसमा बिकासे मुला झै मौलाउँदै जानु चिन्ताको विषय हो।
मुलुकको एक तिहाई जनसंख्या ओगट्ने युवा पुस्ता बनाउने भन्दा भत्काउने काममा एकपछि दृष्टान्त कायम गर्दैछ। हाम्रा 'कर्णधार'हरुको चरित्र र कार्यशैलीले लोकतान्त्रिक पद्धति स्थापित हुन प्रशस्त कठिनाइ भएको संकेत गरेको छ। ठेक्का वा युवती विवादमा सडक जाम गरेर सामान्य नागरिकको स्वतन्त्रतता हस्तक्षेप गर्न लाज नमान्ने यी कलेजमा पढ्नेबाट समाजले के अपेक्षा गर्ने टायर बाल्दा निस्कने धुँवाले वातावरण प्रदूषित गर्छ मानव स्वास्थमा प्रत्यक्ष हानि पुर् याउँछ भन्ने स्कूले नानीले पढ्छन्। तर त्रिचन्द्र र अस्कलमा विज्ञान पढ्ने विद्यार्थीहरु टायरमा आगो झोस्न तम्सी हाल्छन्।
लोकतन्त्रको मर्म आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन गर्नुहुदैन भन्ने हो। तर विद्यार्थी नेताहरुले जनताका अधिकारलाई सधैँ नै मिच्दै आएका छन्। अर्थात् तिनले व्यवहारतः लोकतन्त्रमाथि नै प्रहार गरिरहेका छन्।
विद्यार्थी संगठनसम्बन्धित पछिल्ला दुई घटनाले तिनीहरुमा अन्तर्निहित बाँदरपन छताछुल्ल भएको छ। पहिलो विद्यार्थी नेताले परीक्षाको बिथोले। दोश्रो सडक आन्दोलन गरेर प्रमाणपत्र तह कायमै गराए। आश्चर्य विद्यार्थीहरु परीक्षा केन्द्रमा पनि क्रान्ति गर्न पछि परेनन्। एकै वर्षमा हुनुपर्ने परीक्षा बल्ल तल्ल डेढ वर्षमा साचालन हुन लागेको थियो। तर ठूलो संख्यामा विद्यार्थीलाई परीक्षामा सामेल हुनबाट रोकियो। परीक्षा भवनका छतबाट प्रश्नपत्र फालियो। उत्तर पुस्तिका च्यातेर बहादुरी देखाइयो। त्रिभुवन विश्वविद्यालय परीक्षा रद्द गर्न बाध्य भयो। विद्यार्थी नेताले विश्वविद्यालयले निर्धारित मोडेलभन्दा बाहिर गएर प्रश्न सोधेको आरोप लगाएका छन्। आरोपको सत्य तथ्य खोट्याउने काम त्रिविको हो। तर कलेजहरुमा साच्चिकै विद्यार्थीहरुको बाहुल्य छ कि विद्यार्थीको नाममा अरु नै धेरै छन् भन्ने पनि लेखाजोखा हुनु आवश्यक देखिएको छ। सार कुरा के हो भने पढ्नेले मात्र प्रश्नको उत्तर दिन सक्छ । शिक्षण सस्थालाई राजनीतिक रणमैदान बनाउनेले परीक्षामा सामेल भएर उत्र्तीण हुनु पनि आवश्यक छैन होला। उनीहरुको मूल्याङ्कन गर्ने अरु नै प्रकारले हुन्छ। तर विद्यार्थीको मुखुण्डो भिरेर हजारौँ विद्यार्थीको सपना चकनाचुर पार्नु कहाँको नैतिकता र बहादुरी हो ?
त्रिभुवन विश्वविद्यालयबाट प्रणापत्र तह हटाउने निर्णयविरुद्ध विद्यार्थी संगठनहरु सडकमा उत्रिए। कस्तो विडम्बना प्रमाणपत्र तह सञ्चालन गराउन प्सल टु विद्यालय बन्द गराइयो। स्कुलका सिसा फुटाइयो गाडीमा आगो लगाइयो। प्रमाणपत्र तह सञ्चालन र विघटनमा सरोकार नै नभएको प्लस टुका विद्यार्थीको पढाइमा व्यवधान पुर्याउनु कुन लोकतन्त्र हो बुझ्न गाह्रो छ। सडक आन्दोलनपछि त्रिविले निर्णय बदल्यो। विगत ७ वर्षदेखिको परम्परा दोहोरियो। विद्यार्थी संगठनले त्रिवि अन्र्तगतका कलेजमा आफैँले भर्ना लिन थालेका छन्। प्रमाणपत्र तहको साचालन गर्नु भनेको एसएलसी उत्तीर्ण विद्यार्थीका लागि पासो थाप्नुसरह हो। गरिब विद्यार्थीका नाममा पुनर्जीवित प्रमाणपत्र तहको अध्ययनबाट गरिब नै मारमा पर्ने निश्चित् छ। प्रमाणपत्र तह पढ्नेहरु उच्च माध्यमिकका विद्यार्थीसँग प्रतिस्पर्धामा आउने सक्ने छैनन्। १८ वर्षदेखि परिमार्जन नगरिएको म्याद सकिएको पाठ्यक्रम पढ्न बाध्य पारेर विद्यार्थीको भविष्य माथी खेलवाड गरिदै छ।
प्रमाणपत्रतह साचालन गर्ने निर्णय गराउन माओवादी विद्यार्थी संगठन मुख्य जिम्मेवार छ। काग्रेसको नेविसंघ र एमालेको अखिल पनि यस मामलामा उत्तिकै मुछिएका छन्। नारा जे सुकै दिइएको भए पनि विद्यार्थी संगठनको नियत सफा देखिँदैन। अहिलेसम्म प्लस् टुमा स्ववियु निर्वाचन हुँदैन। त्यसैले विद्यार्थीलाई राजनीतिक अस्त्र बनाउन प्रमाणपत्र तह नै चाहिएको हो। प्रमाणपत्र तह पढ्नेहरु संगठनका मतदाता मात्र बन्नेछन्। गुरुहरुको अनुहारमा मोसो दलेर आफ्नो अनुहार कालो पार्ने विद्यार्थी नेताको बाँदर प्रवृत्ति बदलिनै पर्छ। नत्र लोकतन्त्र नै बाँदरको हातमा पर्नेछ।