केहीबेर त हामी दुवैले एकअर्कालाई सोझो हेर्न सकेका थिएनौँ। ऊ मेरो छेउतर्फ हेर्दै थियो। उसको अनुहारमा अनौठा भाव उत्पन्न भइरहेको अनुभव मैले गरेको थिएँ। मैले बेलाबेलामा उसको मुखतिर हेर्दा कहिले ऊ मुस्कुराउन लागेजस्तो हुन्थ्यो त कहिले उसको अनुहार नै विकृत भएजस्तो मलाई लागेको थियो।
केही बेरपछि मैले उसलाई सोझो हेरें। ऊ अब भने मुस्कुराउने प्रयत्न गर्दै थियो। मलाई अनौठो के कुरामा लाग्यो भने २२ वर्षको उमेरको युवकमा मैले बालसुलभ संकोच अनुभव गरेको थिएँ। मैले उसलाई 'हेलो' ज्याक भनेर अंकमाल गर्दासम्म पनि ऊ मेरो आँखामा सोझो हेरिरहेको थिएन। त्यतिबेला त उसका नजर कुर्सीको हात राख्ने ठाउँलाई अँठ्याएको आफ्नो दोहिने हाततर्फ थिए।
वास्तवमा त्यो उससँग मेरो चौथोमात्र प्रत्यक्ष भेट थियो। हो, त्यसअघि दुई तीन पटक हामी स्काइवमा हेराहेर गर्दै कुरा गरेका थियौँ।
रमाइलो कुरा त त्योभन्दा ठिक १७ दिनअघि ऊसँग भएको पहिलो भेटमै हामी गहिरो मित्र भएका थियौँ। अमेरिकाको ओहायो राज्यस्थित लगभग १५ हजार जनसंंख्या भएको सानो नगर फिन्डलेस्थित एउटा मलमा उसको र मेरो भेट भएको थियो। मलमा ऊ आउँदा/जाँदा फिन्डलेमा केही समयदेखि बसोबास गर्दै आउनुभएका मेरो काकासँग उसको परिचय भएको थियो। त्यसपछि ऊ त्यस मलमा बेलाबेलामा आउने गर्थ्यो।
ऊ बोल्न सक्दैन थियो। न त बस उठ नै गर्न सक्थ्यो। हिँड्ने त झन् प्रश्नै भएन। उसका हात गोडा दुवै त्यति दरा थिएनन् कि ऊ उठ्बस गर्न सकोस्। ऊ आफ्नी परिचारिकाको सहयोगमा कुर्सीमा गुड्दै आउँथ्यो। लोरी रिबेरा नामकी ती परिचारिका पछिल्लो १० वर्षदेखि उसको सेवामा भएको मैले थाहा पाएको थिएँ। वास्तवमा ज्याकसँग हाम्रो सम्पूर्ण वार्तालाप तिनै लोरीको सहयोगमा हुने गर्थ्यो।
पहिलो भेटमै मलाई ज्याकसँग बिताएको समय रमाइलो लागेको थियो। उसको बेला बेलामा मुस्कुराउने बानी थियो। अनि एक्कासि ऊ अनौठो स्वर निकाल्ने गर्थ्यो। आफूलाई केही मन परेर बोल्न खोज्दा उसले त्यस्तो स्वर निकाल्ने गरेको लोरीले हामीलाई बताएकी थिइन्।
त्यो मेरो ऊसँग पहिलो भेट थियो त्यो पनि फिन्डले पुगेको लगभग दुई घण्टापछि। अमेरिकाको पोर्टल्यान्डमा अक्टोबर २६ र २७ मा भएको नवौँ अन्तर्राष्ट्रिय मैत्री तेक्वान्दो प्रतियोगिताको समाचार संकलन गर्न गएको थिए। प्रतियोगितापछि म घुमघामका लागि मिसिगनको वाटरफोर्ड गएको थिएँ। त्यहाँ तेक्वान्दो स्कुल सञ्चालन गरेका लभ गोर्खाली र तेक्वान्दो प्रशिक्षक विपिन श्रेष्ठले गाडीबाट लगभग ३ घण्टाको दूरीमा रहेको फिन्डले पुर्या एका थिए, जहाँ मेरो काका केही समयदेखि बसोबास गर्दै आउनुभएको छ।
म फिन्डले पुगेको लगभग दुई घण्टापछि नै उसलाई लोरीले ल्याएकी थिइ। एकैछिनमै लोरी र ऊ मेरा मित्र भइसकेका थिए।
लोरीभन्दा अघिकी परिचारिकाको चुरोट पिउने बानी ज्याकलाई मन परेको थिएन। तर लोरीलाई भने ऊ निकै माया गर्थ्यो। हुन त लोरीको जागिर नै ज्याकलाई रेखदेख गर्ने थियो। तर ज्याकप्रतिको उसको व्यवहार साँच्चै कुनै जागिरे परिचारिकाको जस्तो थिएन। ऊ त ज्याकको अभिन्न मित्र थिइ। सँगै आमा पनि थिइन्। बिहान ९ बजेदेखि राति लगभग १० बजेसम्म सुत्ने बेलासम्म ऊ ज्याकसँगै हुन्थी। अनि ज्याक ओछ्यानमा गएपछि मात्र ऊ घर फर्कन्थी। घरमा उसको मेक्सिकन पति थिए। लोरीको पनि यो तेस्रो बिहे भएको मलाई थाहा थियो। उसलाई निकै दुःख दिने अपराधी प्रवृतिको पहिलो पति अहिले थुनामा थिए भने दोस्रो पतिको क्यान्सरबाट मृत्यु भएको थियो। त्यसपछि २९ वर्षदेखि लोरीको वैवाहिक सम्बन्ध तेस्रो पतिसँग कायम थियो। उनी बेलाबेलामा भन्ने गर्थिन्- मेरो पति मसँग कहिल्यै पनि कराउँदैनन्। तर अधिकांश समय भने उनी ज्याककै चर्चा गर्ने गर्थिन्। ज्याकले स्काइप र फेसबुकबाट पनि कुरा गर्थे लोरीको सहयोगमा।
दोस्रो पटक लोरीले ज्याकलाई लिएर मलमा आउँदा म त्यहीँ थिएँ। मलाई पनि ज्याकसँग समय बिताउन निकै रमाइलो लाग्थ्यो। विशेषगरी उसमा बेलाबेलामा देखिने बालसुलभ व्यवहार मलाई निकै मन पर्थ्यो।
हुन त ज्याक र मबीचका अधिकांश वार्तालाप लोरीको सहयोगमा हुने गर्थ्यो। तर त्यसबाहेक पनि हाम्रो सम्ंवाद मुक भाषामा हुने गर्थ्यो। ऊ मलाई हेर्नासाथ मुसुक्क हाँस्थ्यो।
दोस्रो पटकको भेटमै हो। लोरीले भनिन्- राज, तिमीलाई ज्याक आफ्नो पाखुराको मांशपेशी देखाउन चाहन्छन्। छोएर हेर त कति कडा भइसकेको छ। मैले उसको दाहिने हातको पाखुरा छोएँ। ऊ निकै खुसीसाथ कुनै व्यावसायिक बडी बिल्डरको शैलीमा त्यसलाई फुलाएर कडा बनाउने प्रयत्न गरेको थियो।
मैले ओहो तिम्रो पाखुरा त कस्तो बलिया रहेछन् हगी! भन्दा ऊ निकै हौसिएको थियो। त्यतिबेला पनि उसले अनौठो स्वर निकालेको थियो। त्यसपछि ऊ र म लोरीलाई छाडेर मलमा घुम्न निस्केका थियौँ। ऊ आफ्नो पाङ्ग्रासहितको घुम्ने कुसीलाई आफंै चलाउने गर्थ्यो। स्वचलितझंै देखिने उसको कुर्सीले उसलाई चाहेको स्थानमा पुर्यााइरहेको थियो।
अनि तेस्रो पटकको भेट वास्तवमा हाम्रो विछोड थियो। मेरो फिर्ती टिकट पोर्टल्यान्डबाट निश्चित भएको खबर तीन दिनअघि बिहानमात्र थाहा पाएको थिएँ। म त पोर्टल्यान्डबाट हजारौँ किलोमिटर पर ओहायो राज्यमा थिए। पोर्टल्यान्ड जानका लागि त्यहाँबाट पहिले मिसिगन जानु थियो। अनि मिसिगनबाट लगभग ६ घण्टाको उडान थियो पोर्टल्यान्डसम्म। त्यसैले मैले त्यही दिन नै मिसिगन फर्कने निर्णय गरंे। हुन त मैले त्यस दिन जान सक्ने सम्भावनाबारे लोरीलाई भनिसकेको थिएँ। त्यसअनुसार अघिल्लो दिन उनीहरू मलाई भेट्न आउने कार्यक्रम थियो। तर गाडी नभएका कारण लोरीले आउन नसकेको बताएकी थिइन्। मलाई पनि जाने बेलामा लोरी र ज्याक दुवैसँग भेट्ने इच्छा थियो। तर त्यो पूरा हुन नसक्ला जस्तो थियो। अमेरिकामा व्यवसाय गर्दै आएका अनिल वाग्लेले मलाई आफ्नो गाडीमा मिसिगनसम्म जाने बस स्टपसम्म पुर्यावइदिने भनेका थिए। तर काकासँगको सानो कामले गर्दा मलाई पुनः मलमा फर्कनुपरेको थियो। अनि काकाले लोरी र ज्याक मसँग भेट्न आएको र म गइसकेको खबर सुनेर ज्याक निकै निराश भएको एकै सासमा सुनाउनुभएको थियो।
काकाले इशारा गरेको दिशातर्फ ज्याकलाई खोज्न म दुगुरें। ऊ धेरै पर थिएन। मैले भेटाइहालें।
केहीबेर हामी त्यत्तिकै उभिएका थियौँ। आखिर मैले नै अघि सरेर ऊसँग बोलचाल थालें। म फर्कने खबरलाई राम्रो नमानेको उसको अनुहारको भावले बताइरहेको थियो। मैले उसलाई जिस्क्याउँदै भनंे- म नेपालबाट फेरि फर्कनेछु र हामी दुवै मिलेर तिम्रो बिहेका लागि राम्री कन्या यही अमेरिकामा खोजांैला है।
जवाफमा ऊ मुस्कुराउने कोसिस गर्दा पनि सकेन। मलाई पनि एउटा अभिन्न मित्रसँग छुट्टिँदाको पीडा अनुभव भइरहेको थियो। म पुनः एक पटक उसलाई अंकमाल गरेर गरुङ्गो मन लिएर फकर्ें। काकासँग फोन लिएर लोरीलाई सम्पर्क गरंे। उसले पनि दुःखमनाउ गरी अनि पुनः फर्कन आग्रह पनि। मेरा आँखा रसाइसकेका रहेछन्। काकालाई फोन जिम्मा लगाएर म यताउता कतै नहेरी सोझै हिँडें।
नेपाल फर्केपछि पनि मैले ज्याकका बारेमा लोरीसँग इमेलमार्फत् जिज्ञासा राखिरहेको थिएँ। उसले पनि मलाई निकै सम्झेको सन्देश पाउँदै आएको थिएँ।
अनि एक दिन लोरीको पत्र आयो, त्यसमा लेखिएको थियो- राज आशा छ स्वदेशमा तिम्रो समय राम्ररी व्यतीत भइरहेको छ। हिजो राति मात्र ज्याकलाई सुताउन लाग्दा उसले ओछ्यानबाटै भन्यो- मलाई कुनै बाक्सामा राखेर हुलाकबाट कतै पठाइदेउ न। मैले तिमीलाई कहाँ जान मन छ भनेर सोधें। अनि उसले जवाफमा भन्यो- मलाई काठमाडौं पठाइदेउ।
लोरीको पत्र पढेपछि मैले आँसु रोक्न सकिन।
तीन पटकको भेटमा हाम्रो मित्रता त्यति प्रगाढ भइसकेको रहेछ।