तर्कशास्त्रले भन्छ- गलत प्रेमिसबाट आरम्भ गरिएको तर्कको निष्कर्ष सदैव गलत हुन्छ। उदाहरणका लागि- उसले मलाई गुलाबको फूल दियो, अतः उसले मलाई प्रेम गर्छ। हो, गुलाबको फूललाई प्रेमको प्रतीक मानिन्छ, तर गुलाबको फूल अरु अवसरहरुमा पनि दिइन्छ। त्यसकारण गुलाबको फूल दिनुलाई प्रेम प्रस्तावको एकल अर्थमा सीमित गरेर निष्कर्ष निकाल्न सकिँदैन। यस्ता गलत प्रेमिसले गलत निष्कर्षमै पुर्याएउँछन्। तर नेपालको अर्थराजनीतिक, सामाजिक एवम् सांस्कृतिक 'डिस्कोर्स' हरुमा यस्ता गलत प्रेमिसहरुमा टेकेर निकालिएका निष्कर्षहरु भरमार भेटिन्छ। केही उदाहरण हेरौं। पूर्व राजाले दलहरुलाई पाखा लगाए, त्यसकारण गणतन्त्र आयो। आइफोन, ल्यापटप, आइप्याड चलाउने युवायुवती प्रशस्त भेटिन्छन्, त्यसकारण नेपालमा पुँजीवाद आइसक्यो। प्रचण्डको व्यक्तिगत आकांक्षाका कारण राजनीतिक अस्थिरता बढेको हो। बाबुराम भट्टराई प्रधानमन्त्री भइरहेको हुनाले संविधान सभा विघटन भएको हो।
अमेरिकी समाजशास्त्री इमानुयल वालरस्टेइन आफ्नो 'वर्ल्ड सिस्टम थ्योरी' का कारण प्रख्यात् छन्। पुँजीवाद गम्भीर संरचनात्मक संकटमा परेको हुनाले यसको पतन नजिक आइरहेको उनको निष्कर्ष छ। उनले यो निष्कर्षमा पुग्नका लागि विश्वको राजनीति, अर्थतन्त्र, सामाजिक सांस्कृतिक व्यवस्थालगायत् विश्व समाज चलाउने प्रणालीहरुको अध्ययन गरेका छन्। यो छोटो लेखमा उनका सिद्धान्तहरुको चर्चा सम्भव छैन। तर एउटा पक्का कुरा के हो भने कुनै पनि समाज र देश जुन स्थितिमा छ, त्यो स्थितिलाई बुझ्नका लागि त्यसको संरचनात्मक प्रणालीहरुको अध्ययन गरिनुपर्छ। हचुवा र हावादारी प्रेमिस खडा गरेर हावादारी निष्कर्षहरुसम्म त पुग्न सकिन्छ तर त्यो घोडा चढेर आकाशको यात्रा गर्नुजस्तै मूर्खतापूर्ण कर्म हुन जान्छ।
अर्थात् गणतन्त्र तत्कालीन राजा ज्ञानेन्द्रका केही मूर्खताका कारणले आएको होइन। राजतन्त्रले खडा गरेको अर्थराजनीतिक, सामाजिक र सांस्कृतिक संरचनाहरु नयाँ समाजका लागि काम नलाग्ने गरी मक्किसकेकाले गणतन्त्र स्थापना हुनु अनिवार्य हुन पुगेको हो। कुलीन वर्गको हालिमुहाली हुने राजनीति र अर्थतन्त्र राजतन्त्रले स्थापना गरेकै हुनाले अधिकांश जनसंख्या सीमान्तकृत र बहिष्कृत हुन पुग्यो। त्यसले जातिवादी शासन चलायो, छुवाछुतकारी सामाजिक व्यवस्था सञ्चालन गर्योत, मुठ्ठीभर कुलीनहरुका हातमा अर्थतन्त्रको चाबी सुम्पियो, फलस्वरुप त्यस अत्याचारी व्यवस्थाको विरुद्ध जनयुद्ध भयो, आन्दोलन भए र क्रान्ति सम्भव भयो। सिमान्तकृत र बहिस्कृत जनसंख्याको शक्ति संगठित र बुलन्द भएपछि संविधान सभामार्फत् नयाँ राज्य व्यवस्थाको खाका कोर्ने परिकल्पनाले आकार ग्रहण गर्योस।
अर्थात् जनयुद्ध प्रचण्डको व्यक्तिगत रुचिले जन्मिएको थिएन। गिरिजाप्रसाद कोइरालाले जीवनको उत्तरार्द्धमा अकस्मात् कुनै ज्ञान प्राप्त गरेर बाह्र बुँदेको बाटो रोजेका थिएनन्। इतिहासको अनिवार्यताले उनलाई त्यो निष्कर्षसम्म डोर्याञएको थियो। जनयुद्धले राजतन्त्रात्मक राज्य व्यवस्थाको संरचनात्मक संकटको नाभीमै हिर्कायो र नयाँ न्यायपूर्ण राज्य व्यवस्था खडा गर्ने चुनौती पेस गर्योव। त्यो चुनौतीलाई दलहरुले स्वीकार गरेकैले संविधान सभाको निर्वाचन सम्भव भयो र त्यो निर्वाचनमा दलहरु नयाँ नेपालको संरचना खडा गर्ने संविधान लेख्ने वाचा गर्न बाध्य भए। इतिहासको गतिसँगै उब्जिएका यिनै चुनौतीहरुले सीमान्तकृत जाति, वर्ग, महिला, दलित, आदिवासीको आकांक्षालाई सतहमा ल्यायो र ती राजनीतिक एजेण्डा भए।
देशले संरचनात्मक संकट भोगिरहेको छ। त्यसैको परिणामस्वरुप राजनीतिक गतिरोध, शक्तिको छिनाझप्टी, जातीय जागरण, दलित तथा महिलाहरुको समावेशीकरणको आकांक्षा इत्यादि मिलेर भयावह चक्रब्यूहजस्तो बन्न पुगेको हो। यसको मतलब हो, समाजका जराजरामा रहेका संरचनात्मक समस्याहरु अझैसम्म ज्युँका त्युँ छन् तर त्यसलाई बदल्ने र नयाँ संरचनामार्फत् नयाँ प्रणाली खडा गर्ने आकांक्षा र आन्दोलन भने अझ बुलन्द भइरहेको छ। यसका साथसाथै राज्यको मूख्य स्रोतमाथि एकाधिकार गरेर मोज गर्दै आएको, शासकीय सत्तामाथि एकछत्र पहुँच स्थापना गरेर धन थुपार्दै आएको, मूख्य उत्पादक शक्तिमाथि हालिमुहाली गर्दै आएको कुलीन वर्गले पनि प्रतिरोध गरिरहेको छ। केन्द्रीकृत शासनमार्फत् सबै शक्ति उपभोग गर्दै आएको कुलीन र नवकुलीन वर्गको यति प्रतिरोधकै कारण संविधान सभाले संविधान बनाउन सकेन। संविधान सभामा संरचनात्मक परिवर्तनकै पक्षपातिहरुको दुई तिहाई बहुमत थियो तर नयाँ संविधानका प्रावधानलाई मतदानमार्फत् टुंगो लगाउनुपर्ने संवैधानिक व्यवस्थालाई धोती लगाइयो। बरु सीमान्तकृत जाति, वर्ग, दलित, महिला एवम् आदिवासी समुदायबाट आएका सभासदहरुलाई अपठित, मूर्खका रुपमा चित्रित गर्दै संविधान सभालाई असफल तुल्याइयो।
अर्थात् बाबुराम भट्टराई प्रधानमन्त्री भइरहेर संविधान सभा विघटन भएको थिएन। बरु राज्य व्यवस्थाको संरचनात्मक परिवर्तनका कारण कुलीनहरुको स्वार्थमा धक्का लाग्ने भएकैले संविधान बन्न नसकेको हो र समयसीमाको मारमा परेर संविधान सभाको अकाल मृत्यु हुन पुग्यो। जब संविधान सभा विघटन भयो, तब प्रधानमन्त्रीले संविधान सभा विघटन गरेको हावादारी प्रेमिस खडा गरियो। अनि नयाँ निर्वाचनका लागि प्रधानमन्त्रीले गरेको घोषणालाई नमान्ने हठ निर्माण गरियो। त्यसमाथि राष्ट्रपति रामवरण यादवलाई पटकपटक 'सफ्ट कु' गर्न काँग्रेस, एमालेलगायत्का दलले उकासिरहे। राष्ट्रपतिले पनि सरकारले निर्वाचन गर्नका लागि पठाएका अध्यादेशहरु थन्क्याएर राखिदिए। अध्यादेशहरु नै थन्क्याइदिएपछि चुनाव हुने कुरै भएन। अनि अर्को गलत प्रेमिसका आधारमा प्रधानमन्त्रीले चुनाव गराउन नसकेको निष्कर्ष निकालियो।
सारतः अहिले संविधान नै नभएको अवस्था हो। अनि अन्तरिम संविधान संशोधन गर्ने कुनै वैधानिक निकाय पनि अस्तित्वमा नरहेको अवस्था हो। यस्तो जटिल अवस्थामा राजनीतिक सहमतिले अर्को चुनावसम्म जाने बाटो बनाउन सकिन्छ। त्यसैगरी नयाँ सरकार बनाइदिने वैधानिक निकाय पनि अहिले अस्तित्वमा छैन। तर काँग्रेस, एमालेलाई माओवादी नेतृत्वको सरकारले गराएको चुनावमा जान गाह्रो छ, किनभने यो छोइछिटोको कुरा हो। काँग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री हुन खुट्टो उचालेर बसेका छन् र उनलाई प्रचण्डको एक आदेशले आफू 'प्रधानमन्त्री हुन्छु' भन्ने भ्रम छ। अर्कोतिर प्रधानमन्त्रीका आफ्ना सर्त छन्। चुनावको मिति घोषणा गर्ने, चुनावका लागि आवश्यक अध्यादेशहरु जारी गर्ने र थोरै समयका लागि भए पनि आफू सहमतीय सरकारको प्रधानमन्त्री भएर सकुशल बहिगर्मित हुने उनको चाहना भएको सुन्नमा आएको छ। तर नयाँ सरकार बनाउनै पर्ने तर्कसंगत कारण काँग्रेस, एमालेले अहिलेसम्म प्रस्तुत गर्न सकेका छैनन्।
प्रचण्ड सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन तयार भइसके तर बाबुरामले मानेनन् भन्ने हल्ला अहिले व्यापक छ। परन्तु कुरो न बाबुरामको व्यक्तिगत हो, न प्रचण्डको आकांक्षाको नै हो। कुरो अर्को निर्वाचन गरेर संविधान सभाको नयाँ अस्तित्व खडा गर्ने र त्यसबाट संरचनात्मक परिवर्तनतर्फ मुलुकलाई डोर्यांउने हो। ०४७ कै संविधानको भूत ब्युँझाएर वा राजतन्त्रले खडा गरेको राज्य 'मेसिनरी' लाई पुरानै ढाँचामा मर्मत गरेर चलाउन खोज्ने कुलीन आकांक्षाका निम्ति परिवर्तनको प्रकृयालाई बली चढाउन काँग्रेस, एमालेलाई पनि गाह्रो छ। त्यसैले जनताको अदालतमा गएर एकपटक कठघरामा उभिनैपर्ने बाध्यताबाट यी दलहरु कतै त्रसित त छैनन् भन्ने प्रश्न उब्जिएको छ। अन्यथा संरचनात्मक परिवर्तनका मुद्दाहरुमा कुरै नगर्ने तर गलत प्रेमिसका आधारमा सरकार परिवर्तनको मुद्दालाई सर्वभौमिक बनाउन खोज्ने चाल आखिर केका लागि?
संरचनात्मक परिवर्तनको प्रकृयामा रहेकाले यस्तो भद्रगोल र अस्तब्यस्तता सतहमा आएको हो। भित्रभित्रै समाज आन्दोलित छँदैछ। प्रचण्डले यसको नेतृत्व गर्न सकेनन् भने अर्को प्रचण्डको जन्म हुन्छ। तर यो बदलावको भूकम्प यसै रोकिनेवाला छैन। सीमान्तबाट केन्द्रतिर आउन खोजिरहेको ठूलो जनसमुदायको असन्तोषले राजतन्त्रलाई केन्द्रबाट धकेलेर बाहिर निकालिसकेको छ। 'प्लेट टेक्टोनिक' सिद्धान्तलाई उपयोग गर्दा सिमान्तबाट केन्द्रतिरको अर्थराजनीतिक सराई शक्तिशाली छ। ध्यान यतै केन्द्रित गर्दा राजनीतिक दलहरुलाई भलो होला।