सपनाको बगैंचा
३० मंसिर २०६९
•
११ मिनेट पाठ
सपनाको बगैंचा
उही विवाद छन्। उही अन्योल छ। उही आशा छ। उही शंका छन्। के हुन्छ ? कसैले भन्न सक्दैन। सपनाको बगैंचामा शुष्क स्वरमा एउटा सुगा निरन्तर दोहो¥याइरहेको छ- सुशील कि प्रचण्ड ? प्रचण्ड कि सुशील ?
 




यसपटक तीनदिने सुर्खेत प्रवासको अनुभव ताजा थियो। ताजा यस अर्थमा कि समय त्यहा"का साथीभाइसँग व्यक्तिगत सुखदुःख र सन्चो विसन्चोको भलाकुसारीमा नै बित्यो। विगतमा जस्तो त्यहा" पुगेर कसैलाई पनि राजधानीको हालखबर सुनाउनु परेन। कसैले पनि केन्द्रीय राजनीतिमा के हु"दैछ भन्ने जिज्ञासा पनि राखेनन्। नेपालगन्ज धानको भाउका बारे उत्पन्न भ्रमको निवारणमा व्यस्त थियो भने छिन्चुको सानो बजारमा जाजरकोटे सुन्तलाको बढ्दो मागबारे चर्चा थियो। सुर्खेत नजानिँदो हिसावले बदलिँदै थियो। फुर्सदमा कमै मानिस छन् भन्ने देखिन्थ्यो।

सुर्खेत राजमार्ग निर्माणपछि नेपालगन्जमा सुर्खेत रोडको नामले बजार विस्तार भएजस्तै कर्णाली राजमार्गले सुर्खेत बजारको नया" विस्तारलाई प्रोत्साहित गरिरहेको देखियो। कुनै बेला सुर्खेत भन्नेबित्तिकै दुःखको एउटा भीषण गहिरो उपत्यका थियो। मानिसको चिल्लीबिल्ली। चारैतिरबाट विस्थापितहरुले घेरिएको थियो यो बजार। अहिले पनि यो बजार द्वन्द्वको असरबाट पूरै मुक्त भइसकेको छैन। तर अब विस्तारै बजारमा डान्स वार र पार्टी प्यालेसको शहरी संस्कृति छिर्दैछ। परिवर्तन अवश्य पनि आएको छ र प्रत्यक्ष देखिनेगरी आएको छ। सुर्खेतको बजार फष्टाएको छ। मानिस हतारमा देखिन थालेका छन्। तर यो परिवर्तनको स्थायित्व भने शंकास्पद छ। रेमिट्यान्सको प्रभावले नै होला, यतिबेला बजार गुलजार देखिएको छ। यसको स्थायित्वबारे भने अर्थशास्त्रीहरुको आंकलन बढी भरपर्दो हुनेछ।

यसपटक सा"च्चै नै नागरिक समाज, बुद्धिजीवी, प्राध्यापक, शिक्षक र व्यापारीहरु आ-आफ्नै काममा ब्यस्त देखिए। राजनीतिक-अराजनीतिक सबैले एउटा एउटा काम धन्दा सम्हालेका थिए। राजनीतिक विषयमा निकै चासो राख्नुहुने मध्य पश्चिमाञ्चल विश्वविद्यालयका डीन पिताम्बर ढकाल विद्यार्थीका विभिन्न माग सम्बोधन गर्ने प्रयासमा बयस्त हुनुहुन्थ्यो। क्षेत्रीय प्रशासक शारदाप्रसाद त्रिताल पुस ३ गतेभित्र सुर्खेत विमानस्थल कुनै हालतमा पक्की बनाउने काममा कम्मर कसेर जुट्नुभएको थियो। विमानस्थल तयार भएको १५ दिनभित्र बुद्ध एयरले काठमाडौं-सुर्खेत दैनिक वायुसेवा सञ्चालन गर्ने आश्वासन दिएको बताउ"दा उहा" निकै चहकिनुभएको थियो।

व्यवसायीहरुको आ-आफनै काममा बढी एकाग्रता समाजका लागि सकारात्मक परिवर्तनको संकेत हो। केन्द्रीय राजनीतिमा उनीहरुको चासो मरेकै त होइन, त्यसमा निरपेक्षताको भाव बढी थियो। दलहरुसँग जोडिएका नेताहरुमा पनि केन्द्रीय तहमा के भइरहेको छ भन्ने चासो खासै देखा परेन। ड्यास माओवादीका ठम्मर बिष्ट ‘वारपार' को लडाइँ नभएसम्म केही नहुने निष्कर्षमा पुग्नुभएको थियो। अनौपचारिकरूपमा उहा" आफ्नो पार्टीले भारतीय सिनेमाको प्रदर्शन रोक्ने र भारतीय सवारी साधनका लागि सिमानामा अवरोध खडा गर्ने आन्दोलन फिर्ता नलिएको भए अहिलेसम्म परिवर्तन आइसक्नेमा ढुक्क हुनुहुन्थ्यो।
कांग्रेसका प्रभावशाली नेता हृदयराम थानी र तप्त बिष्ट दुवै पार्टीका औपचारिक काममा ब्यस्त हुन खोजिरहेका थिए। थानी गाउ" भ्रमणमा सक्रिय, बिष्ट जिल्ला सभापति भएकाले औपचारिक कार्यक्रममा ब्यस्त। एमालेका प्रभावशाली नेता तथा पूर्व सभासद् यामलाल क"डेल सुर्खेत र काठमाडौंबीच आफ्नो समयको विभाजन र समायोजनमा लाग्नुभएको थियो। संघीयताको चर्चामा उहा"ले अवसानमा परेको संविधान सभाले त्यसको समाधान गरिसकेको दाबीका साथ जिब्रो फट्कार्नुभयो। प्राविधिकरूपले उहा"को दावी असत्य नभए पनि देशका लागि नया" संविधान जारी हुन नसकेको सन्दर्भले त्यसलाई हावादारी सावित गरिसकेको भन्न उहा" हिच्किचाउनुभयो।
अहिलेको केन्द्रीय राजनीतिप्रति स्थानीय तहका मानिसमा सा"च्चै चासो मरेको हो त ? राजनीतिको ओढ्ने÷ओछ्याउनेमा रमाउने थोरै मानिसको हातमा राजनीतिको सा"चो भएकाले साधारण जनताको भूमिका ताली पड्काउनेसम्म सीमित छ। गाउ" र जिल्लाका मानिसका लागि राजनीति र त्यसले थिचेको प्रशासनको अर्थ नागरिकताको प्रमाणपत्र, विदेशमा काम गर्न जान चाहिने पासपोर्ट र पुलिस रिपोर्टसम्म सीमित छ। नागरिकताको प्रमाणपत्रका लागि सदरमुकामको फन्को लगाउनुपर्ने र पासपोर्टका लागि राजधानी नै धाउनुपर्ने बाध्यता यथावत् छ"दैछ। एक दशक भयो, स्थानीय चुनाव भएको छैन। तैपनि सुशासनका नाममा शासन चलेकै छ। बाटामा हिँड्दाहिँड्दै कसैले कुटपिट गरिदियो भने गुहार्ने ठाउ" छैन।

देशमा सरकार हुनु र नहुनुको खासै अन्तर देखेका छैनन् जनताले। सरकारले जनताको जीवनलाई सहज र सुगम बनाउन कुनै भूमिका खेलेको पनि छैन। प्रधानमन्त्रीज्यूले गाउ"लेको ताउलोमा पाकेको खाना चाख्दै हिँडे पनि समाजमा त्यसको खासै असर परेको छैन। पछिल्लो जनआन्दोलनले सार्वभौम बनाएका भनिएका जनताले देशमा आएको संघीय लोकतान्त्रिक गणतन्त्रको भाव र अर्थ दुवै बुझेका छैनन्। ‘कसैले बुझाएको भए पो बुझ्नु ?' सल्यानकी प्राज्ञिक महिलाको गुनासो थियो- दलका नेताहरु आफैंले समेत बुझेका छैनन् संघीयता। जनताले के बुझून् ? चार पा"च जना सीमित नेता एकान्तमा बस्छन् र छलफल गर्छन् कि के गर्छन् ? जनताको चिन्ता कसैलाई भएजस्तो लाग्दैन। आउने चुनावमा सबैस"ग जनताले राजनीतिको असफल गणितको हिसावकिताव माग्नेछन्।

राजनीतिप्रति निरपेक्ष भन्दा यस्तो पनि होइन कि जनतालाई राजनीतिक गतिविधिको पत्तै छैन। ‘सञ्चार माध्यमहरु रातदिन केन्द्रीय नेताहरुकै गीत गाइरहेका हुन्छन्। उनीहरुलाई हाम्रा कुरा सुन्नमा भन्दा ठूला नेताका कुरा हामीलाई सुनाउनमा नै बढी आनन्द आउ"छ। दल त ठीकै छन्। दलका अहिलेका नेताले चाहिँ देशलाई उ"भो लगाउन सक्दैनन्। नया" नेपाल हा"क्ने क्षमता देखिएन यी नेताहरुमा'- सामान्य मानिससँग कुराकानीको निचोड यही निस्कन्छ।

यता, राजधानीमा नेताहरु राजनीतिक सहमतिको खोजीमा छन्। उनीहरु सबैको आ"खामा सपनाको एउटा बगैंचा छ- राजनीतिक सत्ताको। त्यो बगैंचामा फुलेका र अब फुल्ने पूmलहरुको सुवासले उनीहरुको मन-मस्तिष्कलाई विक्षिप्त बनाएको छ। हामी सपनाको त्यो बगैंचामा पुगेपछि हरेक वस्तुलाई टल्काउने छौं भन्ने लक्ष्य लिएका छन् उनीहरुले। पछिल्लो समयमा राष्ट्रपतिले सहमतिका लागि नेताहरुका नाममा म्याद तोक्ने गर्नुभएको छ। नेताहरु राष्ट्रपतिसँग म्याद बढाउने आग्रह गर्नमात्र सहमत हुने गरेका छन्। उता, जनता आपूm उपेक्षित भएको र आफ्नो कुनै भूमिका नभएकोमा चिढिँदै गएको छ। हिजो आफैंले सम्मान गरेका नेताको उपेक्षापूर्ण व्यवहारले उद्विग्न छ जनता।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई राजनीतिक हिसावले परिचालित गर्न राजनीतिक दलहरुको अपरिहार्यता कसैले इन्कार गरेको छैन। तर दलहरुको केन्द्रीकृत राजनीतिक अभ्यास र जनताप्रति राजनीतिक दायित्वविहीन अवस्था संघीय प्रणाली अनुकूल देखिएको छैन। संघीय राज्यका नाममा अहिलेका दलहरुको विस्तारले मात्र भोलिको नेपालको संघीय आकार सही अर्थमा थेग्न सक्दैन।

राजधानी फर्किएपछि राजधानी उस्तै छ। उही विवाद छन्। उही अन्योल छ। उही आशा छ। उही शंका छन्। के हुन्छ ? कसैले भन्न सक्दैन। तैपनि हामी समाधान पर्खिइरहेका छौं। सपनाको बगैंचामा शुष्क स्वरमा एउटा सुगा निरन्तर दोहो¥याइरहेको छ- सुशील कि प्रचण्ड ? प्रचण्ड कि सुशील ?
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस