गङगनम स्टाइल नेपाल आइपुग्न खासै समय लागेन। इन्टरनेटमार्फत् भाइरससरी फैलिएको दक्षिण कोरियाली गीत गङ्गनम स्टाइल हेर्न यु-टुब छिर्ने युवायुवतीहरु त हाम्रो देशमा पनि प्रशस्त भए। तर गङ्गनम स्टाइल गीत मात्र होइन, एलिट वर्गको जीवनशैलीको परिचायक पनि हो। एलिट युवायुवतीको झुमबराबर झुम संस्कृतिलाई दक्षिण कोरियाको गङ्गनम क्षेत्रको स्टाइल मानिन्छ। दक्षिण कोरियाको पुँजीवादी विकास सँगसँगै आएको चरम उपभोक्तावादी संस्कृतिको द्योतक हो गङ्गनम स्टाइल। यो गीत सुन्न र यसका नृत्य मुद्राहरु हेर्न इन्टरनेटले सस्तो उपलब्ध गराइदिएको छ। तर यो गीतको रचनागर्भमा दक्षिण कोरियाको राजधानी सियोलको गङ्गनम क्षेत्रको अर्थराजनीति अन्तर्निहित छ। कुनै दिन गङ्गनम स्टाइल फरक अर्थ दिने वाक्यांश बन्न सक्ला तर यसको ऐतिहासिकता र अर्थराजनीतिक विशेषता महŒवपूर्ण विषय हो। यो लेखको उद्देश्य गङ्गनम स्टाइलको परिचर्चा गर्नु होइन, त्यसैले यहाँ यो लोकप्रिय गीतको शीर्षकलाई नेपालको विद्यमान राजनीतिक सन्दर्भको व्याख्या गर्न प्रयोग गरिनेछ।
गङ्गनम स्टाइल त्यो सामान्य मान्छेको स्टाइल होइन, जो आफूलाई परिवर्तनका निम्ति होम्न सक्छ र आफूले स्थापना गरेको विरासतबाट जन्मेको नयाँ यथार्थको फूल फुलेको हेर्न चाहन्छ। गङ्गनम स्टाइल ती मानिसको स्टाइल पनि होइन, जो शोषण र विभेदकारी व्यवस्थाविरुद्ध स्याउला बोकेर राजधानी घेर्न रिङरोडमा उत्रन्छन् र परिवर्तनका नारा घन्काउँदै गोली खान तयार हुन्छन्। गङ्गनम स्टाइल ती मानिसको पनि स्टाइल होइन, जो परिवर्तनको प्रकृयालाई तुहाउन टुप्पीदेखिको बल लगाएर भ्यागुताको उचाई नापिरहेका एलिटहरुको विरुद्ध अझै लडिरहेका छन्। तैपनि अहिले नेपाली राजनीतिमा गङ्गनम स्टाइल हावी भएको जस्तो देखिन्छ। हुन त देखिनु र हुनुको बीचमा भिन्नता हुन्छ र यो भिन्नताको परीक्षण इतिहासका हरेक निर्णायक क्षणमा हुने गर्छ। गणतन्त्र घोषणा हुनासाथ यो मुलुकका एलिटहरुलाई दुस्वप्न जस्तोगरी देखिनु र हुनुको भिन्नताले पोलेको थियो। अहिले पनि राज्य पुनर्संरचनाको मुद्दा सतहको राजनीतिमा देखिएको गङ्गनम स्टाइलमै पुगेर टुंगिने भ्रम यो वर्गलाई छ।
हुन त परिवर्तनका बाहकहरुलाई पनि यस्तो भ्रमले निचोरिरहेकै छन्। फलस्वरुप कोही निरास छन्, कोही अर्को जनयुद्धको खाका कोर्ने हतास उपक्रममा लागेका छन्, कोही एलिटहरुकै तबेलामा बाँधिन पुगेका छन्। तर यथार्थ के हो भने समाजभित्र परिवर्तनका यति धेरै आँधी चलिरहेका छन्, यति धेरै परम्परागत रुग्ण रुखहरु उखेलिइसकेका छन् र यति भयानक ढंगले समाजमा नयाँ यथार्थ, नयाँ मान्यता वीजारोपण भइरहेको छ कि जे देखिए पनि परिवर्तनले एउटा रूप हासिल गरिछाड्ने पक्कापक्की छ। नयाँ पुस्ता गङ्गनम स्टाइलका नृत्य मुद्राहरु नक्कल पनि गरिरहेको छ तर त्यसको अर्थराजनीतिलाई पछ्याउने उसको इरादा छैन। किनभने देशको परिवर्तनशील यथार्थले यो पुस्तालाई आफू जुन स्टाइलमा छ, त्यही स्टाइललाई गङ्गनम स्टाइल बनाउने शक्ति दिएको छ। स्थितिलाई पचाउने र आफूअनुकूल बदल्ने यो शक्ति नेपालीहरुले मरुभूमिका प्रतिकूल जीवनमा पुगेर पनि प्रमाणित गरिरहेका छन्। के राजसंस्थाले स्थापना गरेको राज्य मेसिनरीभित्रै देशलाई कैदी बनाउने र एलिटहरुको ‘सपिङ स्पट' भन्दा बढी मुलुकलाई केही बनाउन नदिने गङ्गनम स्टाइललाई काँग्रेस र एमालेले काँध हालेर मात्र थामिराख्न सक्छन् ?
प्रश्न यहाँनेर के हो भने अघिल्लो संविधान सभा निर्वाचनमा जनतालाई राज्य पुनर्संरचनासहितको संविधान दिन्छु भनेर वाचा गर्ने काँग्रेस अहिले संविधानका अन्तर्वस्तुबारे छलफल गर्न किन तयार छैन ? उसले सरकारको नेतृत्व पाउनैपर्ने कारण के छ ? के उसले सधैँभर नेपालको सरकारको नेतृत्व गर्नुपर्छ भनेर कुनै विधाताले लेखिदिएको छ ? जनताप्रति उसका जिम्मेवारी के हुन् ? एकीकृत माओवादीसँग अघिल्लो निर्वाचनमा हारेकै कारण जन्मेको इगोलाई सन्तुष्ट पार्नकै निम्ति उसले सारा मुलुकलाई अनावश्यक र एजेण्डाहीन गङ्गनम स्टाइलमा सीमित गर्न सुहाउँछ ? उसको यतिबेलाको एकल एजेण्डा भनेको सरकारको नेतृत्व आफैंले पाउनुपर्छ भन्ने छ। तर उसको यो एजेण्डामा उसैको ऐतिहासिक विरासतको गन्ध छैन। बरु मुठ्ठीभर एलिटहरुको अहंकार मात्र उसका नेताहरुको बोलीमा मिसिएको महसुस हुन्छ। एलिटहरुका निम्ति माओवादी कुनै पार्टी होइन, त्यो त एउटा अलग जात हो। जनजातिहरुलाई जातिवादी भनेर आरोपित गरेर कहिल्यै नथाक्ने अहिलेका सक्रिय एलिटहरु हिन्दुवादी र उच्च जातिवादी राजसंस्थाकै अवैध सन्तान हुन्। उनीहरु परम्परागत जातवादी समाजलाई कायम राख्न चाहन्छन्, जसले उनीहरुको ‘राजा' संवोधित हुने र अरु जातहरुभन्दा उच्च भइरहने ‘लोकतान्त्रिक' आकांक्षालाई तुष्टि दिन्छ।
तर दुःखद् पक्ष के हो भने यो एलिट इगोको गोटी काँग्रेस, एमालेजस्ता लालीगुराँस क्रान्तिमा होमिएका दलहरु नै भएका छन्। उनीहरु राजनीतिलाई गङ्गनम स्टाइलमा सीमित गर्ने खतरनाक डिफेन्सिभ लाइनमा देखिन्छन्। यो लाइनले संविधान निर्माणको सबैभन्दा संवेदनशील मुद्दालाई किनारामा पार्ने प्रयत्न गर्छ र केवल एकीकृत माओवादीको हातबाट प्रधानमन्त्रीको कुर्सी खोस्न चाहन्छ। त्यसो गर्नासाथ एलिटहरुले भनेझैं सत्ता आफ्नो कब्जामा हुने भ्रम उनीहरुलाई परिरहेको छ। समाजभित्र चलिरहेको परिवर्तनको भयानक अण्डरकरेन्टलाई सिंहदरबारको कुर्सी कब्जा गरेरै समाप्त गर्न सकिन्छ भन्ने नकारात्मक आशावादले यी दलहरुको आँखामा पट्टी बाँधिदिएको छ। नत्र निर्वाचनमै जाने हो भने र त्यसका निम्ति अन्तरिम संविधानको संशोधनसहित सहमति (अर्थात् भागबण्डा) कायम गर्ने हो भने यी दलहरुले चाहेको संविधान कस्तो हो भन्नेबारे जनतालाई स्पष्ट पार्नैपर्छ।
केही दिनअघि भेट भएका पाकिस्तानी साहित्यिक अभियन्ता राहत साइदले यो पंक्तिकारसँग भनेका थिए- ‘तिम्रो देशमा त मानिस जागिरहेका छन् तर हाम्रो देशमा त सबै सुतिरहेका छन्।' उनको यो एक लाइनले यो पंक्तिकारलाई झक्झक्याइदियो। हो, हाम्रो देशमा मानिस जागिरहेका छन् र यो जागरण ऐतिहासिक छ। गणतन्त्र स्थापना हुनुको मतलब हो राज्यसत्ता र अर्थतन्त्रमा केही एलिटहरुको एकलौटी कब्जा अब कायम रहने छैन। बाँकी छ त केवल गणतन्त्रलाई राज्यसत्ता र अर्थतन्त्रका इन्टिच्युसनहरुमा संस्थागत गर्न बाँकी छ। त्यसकै निम्ति अत्यन्त विभेदकारी परम्परा अन्त्य आवश्यक छ र यसैकारण संघीयताको निर्माण अनि पहिचानको सम्वोधन आवश्यक भएको हो। काँग्रेसले सरकारको नेतृत्व गर्नासाथ र एमालेले त्यसलाई समर्थन गर्नासाथ डा. बाबुराम भट्टराईले गर्न नसकेका सारा काम जादूको छडीले भइहाल्ने केही होइन। राज्यसत्ताको संरचनामा रहेको रोगले कथंकदाचित प्रधानमन्त्री भइहाले पनि सुशील कोइरालालाई पनि छाड्ने छैन। बरु कोइरालाको सन्त र इमानदार छवि धुमिल हुन धेरै बेर लाग्ने छैन। तर उनको छवि धमिलिएर धुलिसात हुँदैमा एलिटहरुले चाहेजस्तो परम्परागत राज्यसत्ता यथावत् रहन सक्ने छैन। मुलुक यही हविगतमा चलिरहने पनि छैन।
त्यसैले गङ्गनम स्टाइल इन्टरनेटमा ठीक छ। यसको नृत्य मुद्राबाट मनोरञ्जन लिनुसम्म पनि ठीक छ। तर यसैले राजनीतिको स्टाइल बनाउनु र सारा मुलुकलाई एलिटहरुको मनोरञ्जनको अखाडा बनाउनु अत्यन्त प्रत्युत्पादक छ। लालीगुराँस क्रान्तिप्रति थोरै मात्र इमानदारिता प्रकट गर्ने हो र जुन जनताको आँगनमा भोलि जानुपर्ने हो, त्यो जनतासँग गरेको वाचालाई थोरै मात्र स्मरण गर्ने हो भने राज्य पुनर्संरचना र संघीयतालाई नयाँ संविधानमा मूर्त बनाउन दलहरु इमानदार हुनैपर्छ। अन्यथा केही दिनका निम्ति सिंहदरबारको कुर्सीमा बस्ने एक मात्र अभिलाषाका निम्ति, अझ त्यो पनि एलिटहरुको इगो तुष्टि गर्नकै निम्ति, आफ्नै दलको राजनीतिक विरासतलाई खाल्टोमा हाल्ने धृष्टता गर्नु ठिक छैन। यसले गङ्गनम स्टाइल राजनीति त चल्छ तर त्यो दीर्घकालीन हुन सक्दैन। लालीगुराँस क्रान्तिलाई सम्मान गर्ने हो भने र इतिहासको परिवर्तनको बहावप्रति इमानदार हुने हो भने काँग्रेस र एमालेले हरेक एजेण्डामा स्पष्ट र आधिकारिक धारणा सार्वजनिक गर्नुपर्छ। मुलुकलाई एलिटहरुको गङ्गनम स्टाइलमै बन्ध्याकरण गर्ने इरादा काँग्रेस, एमालेकै निम्ति पनि स्वस्थकर छैन।