केही समय भयो, मङ्गलबार मेरा निम्ति विशेष हुन थालेको छ। प्रत्येक मङ्गलवार आफ्ना सहकर्मी साथी र स्नातकोत्तर विद्यार्थीसँग अस्पतालको सानो सभाकक्षमा बसेर भित्ताको स्त्रि्कनमा ध्यानपूर्वक हेरिरहेको हुन्छु। त्यहाँ कि शल्यचिकित्साका अत्याधुनिक विधिप्रविधिबारे विख्यात् विशेषज्ञहरुको प्रस्तुति भइरहेको हुन्छ, कि भने कुनै जटिल अपरेसन। हामी प्रत्यक्ष हेरिरहेका हुन्छौं, कोरियाको एउटा शिक्षण अस्पतालमा भइरहेको त्यो शल्यवि्र्कया। आफ्ना विद्यार्थीसँग बसेर हजारौं कोस टाढाबाट तत्क्षण भइरहेको अपरेसन हेरिरहँदा, ती विदेशी मित्रहरुसँग प्रत्यक्ष कुराकानी गरिरहँदा, आफ्नै पुराना दिनको सम्झना हुन्छ जतिबेला म आफँै काँचो विद्यार्थी थिएँ।
सर्जन बन्ने अभिलाषा लिएको मलाई ठूला अपरेसनहरु हेर्ने उत्कट चाहना हुन्थ्यो। त्यो दिनको लिष्टमा केही विशेष अपरेसन भइरहेको छ भने र आफू खाली छ भने कसरी हुन्छ त्यो हेरिछाड्ने उपाय गरिन्थ्यो। अपरेसन गरिरहेका गुरुहरुको पछाडि काठको ब्लकमा उभिएर हेर्न तँछाडमछाड जस्तै हुन्थ्यो साथीहरुबीच। 'यी केटाकेटीहरु ठाउँ ओगटेर बसेका छन्, यिनले केही बुझ्ने पनि हैन, बरु हामीले पो हेर्न पाएनौं' भनेर सिनियर डाक्टरहरु गुनासो गर्थे। हामी भने सर्कसमा झैं अप्ठेरोसँग सर्जनहरुको पछि उभिएर, साँघुरो ठाउँमा अरु साथीसँग खाँदिएर सर्जनका हातलाई आँखाले पछ्याइरहेका हुन्थ्यौं। उनका ती हात ज्ञान, सीप, उत्तरदायित्वबोध र समर्पण भावमा चुर्लुम्म डुबेर दिव्य नृत्यमा चलिरहेजस्तो हामीलाई लाग्थ्यो। 'आहा, त्यसैगरी निर्णय गर्न सक्ने कहिले भइएला? हाम्रा हात पनि त्यही सीपका साथ रोगविरुद्धको लडाइँमा कहिले नाच्न सक्लान्?' भन्ने लाग्थ्यो।
चिकित्सा विज्ञानमा सिकाई कहिल्यै नसकिने रहेछ। आफूभन्दा वरिष्ठ सर्जनले गरिरहेको अपरेसन हेरेर, उनका सहयोगीका रुपमा सामेल भएर, उनको निगरानीमा अपरेसन गरेर नै हो एउटा सर्जन तयार हुने। विस्तारै विस्तारै लामो समयको साधनापछि स्वतन्त्ररुपमा काम गर्न थालिसक्दा पनि आफ्ना सहकर्मीसँग, समवयी साथीहरुसँग सिक्ने क्रम कहिल्यै टुट्दैन। 'मैले सब जानेको छु' भनेर सहकर्मीहरुको कुरासम्म पनि सुन्न तयार नहुने अभागीहरु असल सर्जन हुन नसक्ने रहेछन्।
विदेश पुगेका बेला कतै ठूलो अस्पतालमा गएर नयाँ विधि र प्रविधि उपयोग भएका जटील अपरेसनहरु हेर्न पाउनु ठूलो सौभाग्य लाग्थ्यो। तर त्यस्तो मौका सधैं जुर्ने कुरा थिएन। अन्यत्रका विशेषज्ञले गरेका शल्यवि्र्कयाका केही तस्बिरमात्र खिच्न पाइयो भने पनि ठूलो उपलब्धि भएजस्तो लाग्थ्यो। इन्टरनेटको सुविधा नभएको त्यो जमानामा आफ्नै क्षेत्रका नयाँ उपलब्धिबारे सूचना प्राप्त गर्न पनि निकै मेहनत गर्नुपर्थ्यो। तर, ज्ञानको भोकले छाड्दैनथ्यो।
हुर्कन चाहनेका लागि ज्ञान र सीपप्रतिको त्यो आकर्षण जहिले पनि उस्तै रहँदो रहेछ। नयाँ पिढीका सर्जनहरुका निम्ति त त्यो आकर्षण स्वाभाविकरुपमै झन् चर्को हुन्छ। अहिले नयाँ पुस्ताका नेपाली शल्यचिकित्सकका बीचमा नयाँ सीप र ज्ञानको जुन तीव्र भोक देखिइरहेको छ, त्यो अत्यन्त स्वाभाविक हो। भाग्यवश, यो भोकलाई सन्तुष्ट पार्न प्रविधिले धेरै सजिलो पनि पारिदिएको छ। आफ्नै अस्पतालको कोठामा आरामसँग बसेर, हजारौं कोस परका प्रसिद्ध विशेषज्ञसँग कुरा गर्दै, उनले गरिरहेको अपरेसन हेर्दै छलफल गर्न पाउनु चानचुने सुविधा हैन। अहिले जस्तो, आफ्नो अगाडिको ठूलो स्त्रि्कनमा एक एक अंग, अवयव र तन्तुहरुलाई यति स्पष्टतासाथ हेर्दै, विश्वविख्यात् सर्जनका एक/एक चाल नियाल्दै ज्ञान र सीप आर्जन गर्न कहाँ सम्भव हुन्थ्यो र पहिले? त्यो पनि नेपाल जस्तो पिछडिएको देशका चिकित्सकका निम्ति?
तर अहिले त्यो सम्भव भएको छ। अहिले सीमित अस्पतालमा मात्र भएको यस्तो सुविधा छिटै अन्य अस्पतालमा पनि प्राप्त हुनेछ। र, यसलाई सम्भव बनाउने श्रेय यो देशका सूचनासञ्चार प्राविधिकहरुलाई त छ नै, यस्तो राजनीतिक अस्थिरताबीच पनि जिम्मेवार भएर विश्व सञ्जालसँग नेपाललाई जोड्ने काममा सकारात्मकताका साथ लाग्ने सरकारी निकायका असल मानिसलाई पनि त्यो श्रेय जान्छ।
ट्रान्स युरेसिया इन्फर्मेसन नेटवर्क (टिइआइएन) अहिले चौथो चरणमा प्रवेश गरिसकेको छ। अझ फराकिलो ब्याण्डविथ, अझ धेरै सहभागी देश र अझ नयाँ प्रविधिले विस्तारै विस्तारै ज्ञान र सीपमाथि कसैको पनि एकाधिकार नहुने स्थितितर्फ मानव सभ्यतालाई उन्मुख गराइरहेका छन्। भाग्यवश यो राजनीतिक अन्यौल र अस्थिरताबीच पनि नेपाल त्यो उन्मुखताबाट धेरै टाढा हुनुपरेको छैन। यी सबै सकारात्मक परिवर्तनका निम्ति चूपचाप रातोदिन काम गरिरहेका हाम्रा प्राविधिकहरुप्रति र सरकारमा वा सरकारी सेवामा रहेका ती असल र सकारात्मक सोच राख्ने व्यक्तिहरुप्रति अनुगृहित हुनैपर्छ। स्वास्थ्य क्षेत्रमा काम गर्ने एउटा नागरिकको हैसियतमा म ती सबै असल मानिसलाई नमन गर्छु।
नेपाली चिकित्साकर्मी र स्वास्थ्यकर्मीहरु यतिबेला अनौठो पीडाबोध गरिरहेका छन् - युगको पीडा। एकातिर अत्यन्त आधारभूत स्वास्थ्य सेवाको आवश्यकता अझै उस्तै छ, त्यो आवश्यकता पूरा गर्न संघर्षरत् भइरहनु छ। अर्कोतिर विश्वग्राम बन्दै गएको संसारमा देश बाहिर अर्काको आँगनमा के भइरहेको छ भन्ने खबरबाट अनभिज्ञ पनि छैनन् ती। र, चिकित्सा विज्ञानको नवीनतम् विकासबाट बेखबर रहने स्वतन्त्रता पनि छैन तिनलाई। कुनै विकट गाउँमा आधारभूत सेवा नपाएर कसैको ज्यान गइरहेको बेला शहरको कुनै धनाढ्य सानोतिनै रोगको उपचारका लागि पनि 'यहाँ केही छैन' भनेर विदेशी प्रविधिको लोभमा जहाज चढिरहेको हुन्छ - विदेशी मुद्राको सानो राष्ट्रिय थैलीलाई अझ रित्याउँदै। एकातिर हाम्रा स्वास्थ्यकर्मीले आफ्नो यथार्थको धर्तीमा टेकेर पटक्कै ढीलो नगरी आधारभूत स्वास्थ्य सेवाका आवश्यकता पूरा गर्नुपरिरहेको छ भने अर्कोतिर त्यत्तिकै हतार गरेर विज्ञान प्रविधिको उचाईसँगै आकाश पनि छुनुपरेको छ। धर्तीमा टेकेर आकाश छुने यो प्रयत्न कम पीडादायी हुँदैन। तर यसबाट उम्कन पनि सकिन्न। सूचना र सञ्चार प्रविधिले यो तन्काईलाई धेरै सहजीकरण गरिरहेको छ। अत्याधुनिक प्रविधिसँग साक्षात्कार गराउनमात्रै हैन, हामीजस्तै गरिब देशबीच मिल्दाजुल्दा सयौं समस्याको समाधानका निम्ति एकताबद्ध भएर संघर्ष गर्न पनि सघाइरहेको छ सूचनासञ्चार प्रविधिले। झन् झन् सस्तो र प्रभावकारी हुँदै गइरहेको सूचनासञ्चार प्रविधिलाई स्वास्थ्य, शिक्षा, वातावरण, कृषि, प्रकोप नियन्त्रण अर्थात् जीवनको हरेक क्षेत्रमा प्रगतिका लागि उपयोग गरेर मात्र हामी बाँकी संसारलाई भेट्न सकौंला। झन् झन् महङ्गो हुँदै गएका सुविधाहरुको सपनामा हराएर तत्काल गर्न सक्ने र गर्नैपर्ने काम नगरी बस्यौं भने हामी झनझन् पछि मात्र पर्ने छौं।
हो, मान्छेविनाको प्रविधिको कुनै अर्थ रहँदैन। (कु)मान्छेको हातको जस्तोसुकै प्रविधि पनि हानिकारक हुन सक्छ। राज्य र राजनीतिकोे यो दुरावस्थाबीच पनि यो देशमा जे/जति राम्रा काम हुन सकेका छन्, त्यो देख्दा भने लाग्छ - यो साँच्चै जिउँदा मानिसको देश हो। खराब मान्छे छन् यहाँ पनि, तर मूलतः यो असल नागरिकहरुको देश हो। नत्र कसरी जीवित रहन सक्थ्यो यति गएगुज्रेको राजनीतिक माहौलमा पनि! अघिल्लो पुस्ताको तुलनामा विश्वसँग प्रशस्त साक्षात्कार भएका, पूर्वाग्रहबाट जोगिएका, पारदर्शितामा हुर्किन चाहने, ज्ञानका भोका नयाँ पुस्ताका जिउँदा मानिसहरुको बीचबाट नयाँ नेपालले खोजेको नेतृत्वको एक दिन प्रादुर्भाव हुनेछ भनी आशा गर्न सक्ने प्रशस्त आधार छन्। त्यो दिन पर्खिरहेका बेला पनि अहिलेको दुरावस्था र अव्यवस्थाका निम्ति जिम्मेवारहरुलाई सरापेर मात्र बस्नुको सट्टा आफैें केही गर्न थाल्दा, अँध्यारोलाई गाली गरेर समय बिताउनुको सट्टा बत्ती बाल्ने अभियानमा लाग्दा, पक्कै पनि केही राम्रो होला। केही दशकअगाडिसम्म पनि हाम्रै जस्तो अवस्थामा भएको कोरिया जस्ता देशहरुले आज गरेको प्रगति हाम्रो लागि महत्त्वपूर्ण सन्देश हो।
अँध्यारो सुरुङको पल्लो छेउमा आशाको उज्यालो स्पष्ट देखिँदैछ। त्यसलाई पछ्याउँदै निरन्तर अघि बढौं।