हेर्दाहेर्दै वैशाख
२७ मंसिर २०६९
•
१६ मिनेट पाठ
हेर्दाहेर्दै वैशाख
वैशाखमा निर्वाचन गर्न नसके जेठ पनि घर्किन सक्छ। त्यसपछि वर्षाद्। अनि चाडवाडको याम र क्रमशः हिउँदका ठिहिर्याउने दिनहरु। अहिले जस्तै। संसदको अभावमा सरकार र दलबीच अविश्वास बढ्दै जान्छ र जनताको भरोसा डग्मगाउँदै जानेछ।
विकासको गति सुस्ताउँदै जानु त छँदैछ, जवाफदेहीविहीनताको अँध्यारोले हाम्रो सधैंको शिशु लोकतन्त्रलाई झन् गिजोल्दै लग्नेछ।




अहिलेको प्रश्न हो- वैशाखमा निर्वाचन गर्ने कि नगर्ने? निर्वाचन दलहरुका लागि परीक्षा हो। गृहकार्य नगर्नेहरु सधैं परीक्षा पन्छाउन चाहन्छन्। जनता पाठ्यपुस्तक हुन्। जवाफहरु त्यहीँ छन्। जनतालाई नचिन्ने र नपढ्नेहरु जवाफ दिन सक्दैनन्। त्यहीकारण उनीहरु जनताबाट टाढिएर बस्न रुचाउँछन्। रुचाइरहेका छन्। असफलताको डरले। पाठ्यपुस्तकहरु सरल र सजीव छन्। तर दलका नेताहरु तिनलाई प्रष्ट देख्न सकिरहेका छैनन्।
जनतालाई देख्ने चश्मा सत्तामात्र हो भन्ने धारणा व्याप्त छ। सत्ताको चश्माले जनतालाई ठम्याउन सकिन्छ भन्ने तिनको मान्यता छ। सत्तासँग स्रोत, साधन र रवाफको शक्ति छ। त्यही शक्तिको आडमा उनीहरु जनताछेउ उभिन चाहन्छन्। सत्ता गुमे उभिने आँत र सत्ता नभए उभिने आँट हुँदैन भन्ठान्नेबीचको दोहोरीले विस्तारै यो मंसिर छल्दैछ र थप जाडोमा मुलुकलाई आशाको बाक्लो सिरक होइन, निराशाको पातलो च्यादर ओढाइरहेको छ।
सत्ताप्रति रतिराग नदेखाउने सुधारवादी राजनीतिज्ञ प्रदीप गिरिले हालै राजधानीमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानको अन्तर्क्रियालाई घमाइलो बनाए। उनले पञ्चायतकालीन खरा समाजवादी विद्रोही रुपचन्द्र बिष्टको एउटा किस्सा झिके। एक दिन बिष्ट दामनको डाँडामा बसिरहेका बेला भर्भराउँदो सूर्य देखेर छट्पटाएछन्। यस्तो उद्दीप्त सूर्य कसलाई देखाउँ कसलाई देखाउँ भन्दै रन्थनिएका बेला आफ्नो छेउ एउटा कुकुरमात्र फेला पारे। उनले खुबै स्नेहसाथ त्यो कुकुरलाई सूर्य देखाउन बल गरे तर कुकुरले मरिगए टाउको उचालेन। उसको दृष्टि क्षितिजतिर होइन, भुइँको भुइँमै गड्यो।
सत्ताको भुइँमात्र देख्न सक्ने नेताहरु लोकतन्त्रका व्यापक अवसरहरुको उज्यालो हेर्न नसकिरहेको विम्ब कटाक्ष गर्दै थिए गिरी, त्यो किस्सामार्फत्।
भर्भराउँदो सूर्यरूपी अवसर छोप्न छाडेर नेताहरु सिंहदरवारका लागि शीतल निवास धाइरहेका छन्। कति विरोधाभाषपूर्ण छन् यिनका गतिविधि। हेरौं, न, ठूलो दलका नेता पुष्पकमल दाहाल शीतल निवास पुग्छन् र अर्को सरकार बनाइमाग्न राष्ट्रपतिलाई सर्काउँछन्। अनि केहीबेरमै बाबुराम भट्टराईसँग हच्किँदै बालुवाटार पुगेर सत्ता गठबन्धनको बैठकको अध्यक्षता गर्छन्, राष्ट्रपतिको आह्वानलाई असंवैधानिक भन्छन्। कोइराला निवास पुगेर कांग्रेसलाई उम्मेदवार तोक्न आग्रह गर्छन्, फेरि बालुवाटार फर्केर गर्जिन्छन्- बाबुरामजीको विकल्प खोजेको होइन। कसैले उम्मेदवार तोक्दैमा प्रधानमन्त्री पाइँदैन, प्रधानमन्त्री हुने हो भने हामीले भनेको सर्त मानेर बकपत्रमा ल्याप्चे लगाउनुपर्छ।
बल्लतल्ल प्रधानमन्त्री हुन पाएका बाबुराम सहमति भए एक मिनेट पदमा बस्दिन भन्छन्। विपक्षीलाई छक्याउन निर्वाचन घोषणा गर्छन्, कसरी निर्वाचन गर्ने केही व्यवस्था गर्दैनन्। सहमतीय प्रधानमन्त्री मात्र हुन्छु भन्छन् र रातको अन्धकारमा मधेसी मोर्चासँग साँठगाँठ गरेर बहुमतीय प्रधानमन्त्री बन्छन्। संविधान नबन्ने भए मेरो प्रयोजन छैन भन्दै सत्तामा पुगेको बिर्सन्छन्। आफैंले तोकेको मितिमा निर्वाचन गर्न नसकेको जिम्मेवारी लिँदैनन्। उल्टै पाखुरा सुर्केर लौ हेरौं त मलाई कसले हटाउँछ भन्छन्, अर्को प्रधानमन्त्री बन्नै सक्दैन भन्छन्, फेरि सहमतिको पहल गरिरहेको छु भन्छन्। वैशाखमा निर्वाचन गर्नुपर्छ भन्छन्, मंसिरमा नभएको निर्वाचन अब कसरी हुन्छ भन्न सक्दैनन्, गर्न सकिन्छ भन्छन्, गर्न नसके के गर्ने भन्दैनन्। संसद नभई अर्को सरकार आउन सक्दैन भन्छन्, अनि संसदमात्र राखेर निर्वाचनमा जाउँ न त भन्ने अरुको प्रस्ताव सुनेको नसुनै एक वाक्य पारित नगरी संविधान सभा विसर्जन गराउँछन्।
अर्कातिर छन् सुशील कोइराला। मुख्य प्रतिस्पर्धी पार्टीको स्वार्थ र रणनीति बुझ्दैनन्। लोकतान्त्रिक पार्टीको जिम्मेवारी आत्मसात गर्न सक्दैनन्। सहमति भएको खण्डमा कांग्रेसले उम्मेदवारी दिन्छ भन्छन् तर सहमति नभई आफ्नै उम्मेदवारी दिन हतारिन्छन्। रातारात शेरबहादुर देउवासँग कानेखुशी गर्छन् र वर्षौंदेखि थाँती रहेका पार्टीभित्रका समस्या सुल्झाउने साउती मार्छन्। रामचन्द्र पौडेललाई सत्ताको हलेदो आफूले फेला पार्न लागेको सुनाउँछन्। पार्टी बैठक बस्छ, सभापतिको हलेदो आशय बुझेर आफूले समर्थन गरेको पौडेल व्यंग्य गर्दै भन्छन्- हलेदो भन्ने थाहा पाइसकेपछि किन कोट्याउनु? आखिर कोइराला जिल्ल पर्छन्- दाहालले देखाएको हलेदो त अझै माटोमुनि नै रहेछ।
त्यस्तो हलेदो गत वैशाखमै माओवादीले कांग्रेसलाई देखाएको थियो, आफूमुताबिक संविधान बनाउन। पाँच बुँदेमा समझदारी गर्दा। पछि दुई मधेस प्रदेश पनि मान्नुपर्छ भनेपछि बल्ल कांग्रेस झस्कियो। कांग्रेस कति लठ्ठक,संविधान लोकतान्त्रिक बनाउने कि झ्यापझुप मस्यौदा पारित गरेर सत्ताको नेतृत्व लिने भन्ने अलमलमा पर्यो। सत्ता लिएर निर्वाचनमा जाने निधो गर्योस। त्यस्तो समझदारी गर्योव, जसले सत्ता गठबन्धनलाई प्रधानमन्त्री र मुख्य मन्त्रालयहरु पनि छाड्नुपर्ने, दुई मधेस प्रदेश पनि नहुने संविधान किन बनाउने, आफूलाई भोलि वैधानिकरुपमा हटाउन सक्नेगरी संसदमात्रै किन बाँकी राख्ने भन्ने बिन्दुमा पुर्या यो। त्यसअघि पौडेलले आफ्नो हातमा हलेदोको पूर्व वासना पाएर मिश्रित शासन प्रणालीमा सहमति जनाइदिएका थिए। देउवा पनि पहिल्यैदेखि चाख्दै आएको सत्ता त्यसैगरी आइहाल्ला भनेर सहमतीय प्रधानमन्त्रीका लागि पार्टीको उम्मेदवार बने। आउने भनेको माओवादी समर्थन नआउने भएपछि बहुमतीय निर्वाचनको उम्मेदवार बन्न फेरि पौडेललाई लगाए। अनि फेरि संविधान सभा पुनर्स्थापनाको मागको गाईंगुईं बढाउँदै कांग्रेसलाई माओवादीको लाभ हुने माहोलतिर तीन/चार महिना रनभुल्ल पारिदिए।
अहिले तीनैजना कांग्रेस नेता माओवादीको सत्ता 'क्याप्चर' देख्न थालिरहेका छन्। संविधानस"ग सत्ता नसाट्ने पार्टी निर्णय यति ढिलो गर्छन्, जसले देशको एक वर्ष खेर फालिसकेको छ। माओवादी गठबन्धनले गत जेठमै आफ्ना गालामा हानिदिएको थप्पड उनीहरु बल्ल अहिले सुम्सुम्याउँदै छन्। त्यही माओवादी गठबन्धनको विरोधाभाष चिर्न भन्दा अझै सुरक्षित पारिदिन राजनीतिक धरौटी आफैं बुझाउन खोजिरहेका छन्।
राजनीतिक धरौटी भनेको अहिलेको गठबन्धनको समयावधि हो। वैशाखमा निर्वाचन नगर्ने भए त यो सरकार वैशाख जेठ नाघेर पनि वर्षाद् छल्दै अर्को हिउँद छिचोल्न जानेछ। अर्को सरकार मागेको निर्वाचनका लागि हो कि आफ्नो पालो हो भनेको हो? निर्वाचनका लागि आफ्नै सरकार कि निष्पक्ष सरकार? निष्पक्ष सरकार आफूले मात्र दिनसक्छु भनेको हो कि यो सरकारको पालो पुग्यो भनेको हो? केका लागि आफ्नो सरकार भन्ने प्रष्ट गर्न उसले सकिरहेको छैन। कि निर्वाचन गर्न नै यो सरकारले चाहेको छैन, हामी भएमात्र गर्न सक्छौं भनेको हो?
निर्वाचन भनेको सरकार होइन। बरु सरकार बदल्ने वैधानिक प्रक्रिया हो। सहमति नभएसम्म यही सरकार रहन्छ। सहमतिको सरकार निर्वाचनका लागि चाहिन्छ भनेको हो भने पहिला निर्वाचन सुनिश्चित गर्नुपर्छ। सरकार परिवर्तनलाई निर्वाचनको पहिलो सर्त बनाउनु फेरि संक्रमणको समय लम्ब्याउनु हो। निर्वाचन गर्न सबभन्दा पहिला निर्वाचन प्रणाली निधो गर्नुपर्ने हुन्छ। आगामी सदनको आकार तय गर्नुपर्ने हुन्छ। निर्वाचन आयोग सक्षम, पूर्ण र योग्य बनाउनुपर्ने हुन्छ। त्यसले आचारसंहिता बनाउँछ, जसमा पहिलो सरोकार सत्ताको दुरुपयोग रोक्ने हुन्छ। निर्वाचन मिति घोषणा हुनासाथ आचारसंहिता लागु हुन्छ र सरकार साँच्चैको कामचलाउमा सीमित हुनपुग्छ। देशमा निर्वाचन आयोग हावी हुन्छ, प्रधानमन्त्री कार्यालय होइन। विधिको शासनका हिमायतीले विधान बलियो बनाउने हो, वैधानिक प्रक्रियामा जोड दिने हो। योग्यतम्हरुको नियुक्ति गर्ने हो। संवैधानिक पदहरु बाँडीचुँडी मनोनयन गर्ने होइन। श्रेष्ठ निर्वाचन आयुक्तहरु राख्ने हो भने निर्वाचनको स्वच्छता धेरै हदसम्म कायम गर्न सकिन्छ।
पाँच वर्षे व्यवस्थापिका-संसदको निर्वाचन गर्नेमा सबैको मोटामोटी सहमति देखिए पनि संविधान सभाका रुपमा त्यसले कसरी, कति अवधि काम गर्ने भन्नेमा अहम् छलफल बाँकी नै छ। सदनको आकार र निर्वाचन प्रणाली कसरी मितव्ययी, प्रभावकारी र लोकतान्त्रिक बनाउने भन्नेमा लोकतान्त्रिक पार्टीहरुको सबभन्दा जोड हुनुपर्ने हो। बित्थामा सम्पूर्ण राजनीतिक ऊर्जा सत्तामै खर्च भइरहेको छ। आगो ताप्न सबैले हात अगेनातिरै बढाइरहेका छन्। दाउरा रित्तिँदै गएको ख्याल गरिरहेका छैनन्।
सहमतिको सरकार रातारात बन्दैन। पाँच वर्षसम्म सबैले चाहेर पनि नबनेको सहमति राष्ट्रपतिको आह्वानबाट मात्र कसरी बन्न सक्ला र? अघिल्लो जनादेशको समीकरण नबदली कसरी सहमति बन्न सक्छ वा त्यस्तै समीकरण फेरि बने पनि सहअस्तित्वको संस्कारको चेतना नआएसम्म कसरी सहमति हुनसक्छ? सत्ताको सहमतिभन्दा निर्वाचन र त्यसको व्यवस्थामा मात्र पहिला सहमति खोज्नु व्यावहारिक हुनेछ। निर्वाचनको सहमति घोषणा गरेर देशलाई वैशाखतिर मोड्नुलाई पहिलो प्राथमिकता दिनु बुद्धिमानी हुनेछ। सहमतिको सरकारले निर्वाचनको सहमति गर्छ भन्नु निर्वाचन टार्नुमात्र हो। सरकारभन्दा महत्त्वपूर्ण निर्वाचन हो। निर्वाचन लोकतन्त्रको पर्याय हो। लोकतान्त्रिक पार्टीले निर्वाचनमा जोड दिने भनेको त्यसको व्यवस्थामा हो। राजनीतिकरुपमा असफल सरकार झन् निर्वाचनका लागि विपक्षीहरुको बलियो मसला हो।
सत्तासीनहरु निर्वाचनप्रति खासै प्रतिबद्ध छैनन् तर विपक्षीहरुले उल्टै उनीहरुलाई दिन कटाउने अवसर दिइरहेका छन्। हेर्दाहेर्दै हिउँद काटेर वैशाख जेठको हावाहुरी हुँदै हामी खेतीपाती र अनि चाडवाड, फेरि अन्नबालीको थान्कोमान्को र हिउँदमा यस्तै राजनीतिक लोडसेडिङ बेहोरिरहन पुग्नेछौं।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस