नेपालका राजनीतिक दलहरुले नयाँ सरकार निर्माण गर्न सकिरहेका छैनन्। राष्ट्रपतिले लगातार समय थपिरहेका छन् तर दलहरुले यो समयको सदुपयोग गर्न सकिरहेका छैनन्। एमाओवादीको नेतृत्वमा देखिएको चरित्रलाई बुझ्न नसक्दा सरकार निर्माणको मार्ग नै धमिलो बनिरहेको छ। एमाओवादी नयाँ सरकार र नयाँ निर्वाचन चाहन्छ कि चाहँदैन भन्ने कुरा स्पष्ट हुन नसक्दासम्म नयाँ सरकार निर्माणको बाटो खुल्न सक्ने देखिँदैन। एमाओवादीले यी दुई कुरा चाहन्छ भने नयाँ सरकार निर्माणको बाटोमा सहमति हुन्छ। चाहँदैन भने संघर्ष हुन्छ। सरकार निर्माणका लागि यी दुईवटा बाटोको विकल्प छैन।
एमाओवादीको राजनीतिक दर्शन भनेको सत्ता कब्जा हो। यो उसको दर्शन र दस्तावेज दुवै हो। यो स्कुलिङमा हुर्किएको पार्टीले सत्ता सहजै छाड्छ भन्ने निष्कर्ष निकालियो भने त्यो मूर्खताशिवाय केही हुने छैन। अहिले नेपालको विद्यमान अन्तरिम संविधानले देखाएको सरकार निर्माणको वैधानिक बाटोमा हिँड्न सक्ने अवस्था छैन। संसद छैन। सहमतिको रट लगाए पनि सहमति हुने सम्भावना कतै पनि देखिँदैन। एमाओवादीले सत्ता छाड्ने कुरालाई सहजरुपमा लिँदो हो त, एकलौटीरुपमा संसद भंग गर्ने थिएन। संसद भंग गर्नु भनेकै सत्ता कब्जा गर्नु थियो।
रुसमा लेनिनले सत्ता टिकाउन संविधान सभा भंग गरेका थिए। त्यो संविधान सभाबाट लेनिनको अभीष्ट पूरा हुने अवस्था थिएन। संविधान सभामा उनको पक्षमा २४ प्रतिशत मतमात्र थियो। नेपालमा संसदमा ठूलो संख्यामा एमाओवादीको उपस्थिति रहेको भए तापनि ४ वर्षसम्म संविधान सभालाई आफ्नो पक्षमा उभ्याउन एमाओवादी असफल भएपछि बाबुराम भट्टराईले लेनिनकै शैलीमा संविधान सभा विघटन गरे। नेपालको अहिलेको यो अवस्था भनेको लेनिनले सत्ता कब्जा गरेको अवस्था हो। लेनिनलाई हटाउने संविधान सभा त्यहाँ थिएन। त्यसपछि त्यहाँ वषर्ौंसम्म साम्यवाद कायम रह्यो। एमाओवादी पनि यहाँ वर्षौसम्म सत्ता कायम राख्ने खेलमा लागेकाले सहमतिमा सरकार परिवर्तन सम्भव देखिँदैन।
एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीका लागि थुप्रैको नाम आफंै प्रस्ताव गर्दै त्यसमा आफैं 'इरेजर' लगाउँदै गरिरहेका छन्। लोकतान्त्रिक 'फ्रण्ट' का सबै नेतालाई 'एक्सपोज' गर्दै अनि आफंै अस्वीकार गर्दै उनले सहमतिमा नयाँ सरकार बन्न नदिने खेल खुल्लारुपमा नै खेलिरहेका छन्। सत्ताको मोह नभएका भनेर नेपाली राजनीतिमा परिचित सुशील कोइरालालाई त्यो छवि मेटाउन उनी 'सफल' भए। मधेसी दलहरुमा अहिलेसम्म सत्तामा नगएका र मधेसी दलहरुका वरिष्ठ नेता महन्थ ठाकुरलाई पनि यसरी नै आफंै प्रस्ताव र आफंै अस्वीकार गर्दैछन्।
रुसमा १९४२ मा सोभियत समाजवादी गणतन्त्र संगठन स्थापित गरी सामान्य संघ/संगठनमाथि समेत नियन्त्रित गरी मानव इतिहासमै पहिलो एक दलीय राज्य स्थापना गरेझैं अब प्रचण्ड रणनीति त्यतातर्फ जाँदै त होइन भन्ने शंका उब्जिएको छ। सरकार हटाउने र बनाउने संसद छैन। सहमतिमा उनी प्रष्टरुपमा बाधक बनिरहेका छन्। राष्ट्रपतिले चालेको कदमलाई स्वयम् राष्ट्रपति आफंैले निर्विवादितरुपमा पूर्णविराम दिन सक्ने सम्भावना देखिँदैन। बाध्यात्मक परिस्थितिमा राष्ट्रपतिले कुनै अर्को निर्णय लिए, त्यसविरुद्ध कार्यकर्ता उचालेर सत्ता नछाड्ने एमाओवादी मानसिकता पनि छिपेको छैन। सत्ता नछाड्ने, निकास दिने निर्णय लिन नसक्ने, अर्को सरकार निर्माण गर्ने सबै वैधानिक प्रावधानहरुमा अवरोध तेर्स्याउने एमाओवादीको चाल देखिन्छ। यसबाट पनि एमाओवादीले सत्ता कब्जा गरिसकेको रूपमा बुझ्न सकिन्छ।
गृहमन्त्रीको इच्छाविपरित प्रहरी प्रमुख बनाइन्छ। धमाधम कार्यकर्ताका मुद्दा फिर्ता लिइन्छ। नियुक्ति एकलौटीरुपमा गरिन्छ। अध्यादेशका चाङ राष्ट्रपतिसमक्ष पठाइन्छ। सहमति गरेर नियुक्त गर्नुपर्ने संवैधानिक निकायहरु रिक्त हुँदा पनि सहमतिको पहल हुँदैन। आफूले गर्न सक्ने सबै काम एकलौटीरुपमा गरिन्छ। यसो गर्नुपछाडि यो सरकारलाई कसैले हटाउन सक्ने अवस्था ऊ आफू देख्दैन। सत्ता कब्जा भनेको यही हो। सत्ता कब्जाको औपचारिक घोषणा कहिल्यै हुँदैन। रुसमा संविधान सभा भंग गरी लेनिनले सत्ता कब्जा गरेका हुन्। त्यहाँका लोकतान्त्रिक शक्तिहरुले त्यसको महसुस पछिमात्र गरेका थिए। नेपालमा पनि त्यही शैलीमा सत्ता कब्जा भइसकेको छ। यहाँका लोकतान्त्रिक शक्तिहरुले त्यसको महसुस कहिले गर्ने हुन् भन्ने थाहा छैन। रुसमा १९४२ मा एकदलीय राज्य घोषणा भएको अवस्थामा नेपाल पुग्नुपूर्व नै दलहरुले यो कुराको महसुस गर्ने हुन् वा हैनन्, हेर्न बाँकी छ।
रिचर्ड पाइप्सले लेनिनको सत्तारोहणबारे टिप्पणी गरेका थिए- 'रुसमा आमजनताको विद्रोहबाट साम्यवाद आएको होइन, यो त एउटा सानो समूहले लोकतान्त्रिक नाराहरुको आडमा माथिबाट पूरै मुलुकमा थोपरिएको हो।' यहाँ पनि एमाओवादी लोकतान्त्रिक विधिबाटै सत्तामा आएका हुन् र आफुलाई सत्तामा पुर्याकउने लोकतान्त्रिक निकाय आफैले भंग गरिसकेका छन्। यहाँ कम्युनिष्ट साम्यवाद आउँछ कि आउँदैन थाहा छैन् तर सहजै एमाओवादीले यो चरणमा आइसकेपछि सत्ता छाड्ने छैन्। यो भने पक्का हो। सत्तामा उत्तराधिकारीलाई नियुक्त गर्ने अवस्था नआउँदासम्म सहमतिको नाममा दलहरुलाई घुमाइरहने माओवादी नीति देखिन्छ। अन्य दलहरु यही घनचक्करमा फसेर आन्दोलनका कार्यक्रम स्थगित गरिरहेका छन्। एमाओवादी भने लेनिनको 'सत्तावाद' लाई पछ्याउँदैछ।
नेपालमा एउटा यस्तो वर्गको उदय भएको छ, जसले अब साम्यवाद असम्भव भएको विश्लेषण निकाल्छ र एमाओवादीले पनि यही चल्तीको लोकतान्त्रिक अभ्यासमा आफूलाई हिडाउँछ भन्दै ऊसँग तर्सन नहुने निष्कर्ष निकाल्छ। यो वर्गको विश्लेषणको आडमा एमाओवादीले सत्ता कब्जाको आफ्नो रणनीति अगाडि बढाउन सफल भइरहेको छ। साम्यवाद नै नआए पनि सत्तावादमा भने माओवादी प्रतिबद्ध छ। सत्तावाद भनेको एकदलीय प्रभुत्व निर्माण गर्ने नीति हो। त्यसकारण यो कुरामा सबै चनाखो हुन जरुरी छ। नागरिक समुदायमा यस्तो बहस हुन अनिवार्य भइसकेको छ। किनभने दलहरुले अझै परिस्थितिको सही विश्लेषण गर्न सकेको देखिँदैन।
उनीहरु सहमतिको डम्फुमा नाच्दै माओवादीको सत्ता लम्ब्याउने रणनीतिका साक्षी बन्दै आन्दोलनका कार्यक्रम स्थगित गर्दैछन्। बहुदलीय लोकतान्त्रिक गणतन्त्रलाई गुम्न नदिनका लागि एमाओवादीलाई यहीँनेर रोक्न जरुरी छ। सहमतिबाट माओवादीले सत्ता छाड्दैन र तत्काल निर्वाचन पनि चाहँदैन। राष्ट्रपति आफंैले चालेको कदमलाई आफंै निर्विवादरुपमा पूर्णविराम दिन सक्दैनन् र सत्ता परिवर्तनको सहज र संवैधानिक अर्को बाटो छैन। यी कुरामा दलहरु, लोकतान्त्रिक समुदाय र आमनागरिक स्पष्ट हुन जरुरी छ। अबको विकल्प भनेको लोकतान्त्रिक समुदायको अगुवाईमा जनताको संलग्नतामा लोकतन्त्रको पक्षमा आन्दोलन नै हो। यसको संयोजन लोकतान्त्रिक दलहरुले नै गर्नुपर्छ। दलहरुले संघर्ष गर्ने आँट देखाउन सकिरहेका छैनन्। उनीहरुको यो कमजोरी बुझेको एमाओवादीले हुदाँखाँदाको सत्ता सहमतिका नाममा हस्तान्तरण गर्ने छैन।