संविधान सभाको अवसानपछि देशमा संवैधानिक संकट गहिरिएको छ। नेपालको अन्तरिम संविधान २०६३ मा व्यवस्था नै नगरिएको पुनः संविधान सभाको निर्वाचन गराउने सरकारको उद्घोष, संविधानको संशोधनविना तोकिएको मितिमा निर्वाचन समभव नहुने भनी निर्वाचन आयोगले निर्वाचन गराउन असमर्थता जनाएपछि सरकार अप्ठेरो स्थितिमा छ। राजनीतिक दलका नेता पनि समाधानको सही विकल्प दिन असमर्थ देखिएका छन्। सर्वोच्च अदालतको फैसलामा संविधान सभाको निर्वाचनमा जानुपर्ने बेहोरा उल्लेख भएको हुँदा संविधान सभाको निर्वाचन घोषणा गरेको भन्ने सरकारको भनाई पनि जगजाहेर नै छ। भइरहेको संविधान सभाले तोकिएको समयभित्र संविधान दिन नसकेमा संविधान सभाको म्याद थप नहुने र संविधान सभाको अर्को निर्वाचनमा जान सक्ने भनी सर्वोच्च अदालतले गरेको आदेशका आधारमा निर्वाचनमा जाने निर्णय गरेको र संविधान सभा विघटन गरेको सरकारको निमित्त सुरक्षाकवच ठानिएको छ।
अदालतको आदेशमा अर्को संविधान सभाको निर्वाचनमा जान सक्ने भन्ने भए पनि त्यसलाई सिरानमा राखेर मात्र निर्वाचनको निमित्त गर्नुपर्ने अरु प्रबन्ध नै नगरी निर्वाचनको घोषणा गर्नु र देशलाई अस्तबयस्त स्थितिमा राख्नु सरकारको अपरिपक्वता र अदूरदर्शिता हो भन्ने कुरामा सरकार आलोचित छ। सरकार पनि आफँैले सिर्जना गरेको यस जटिल समस्याबाट अनभिज्ञ छैन। संविधान सभाको निर्वाचन गर्ने घोषणा भए पनि अन्तरिम संविधानमा दोस्रो संविधान सभाको निर्वाचनको परिकल्पना नगरिएको हुँदा निर्वाचन कसरी गर्ने भन्ने कुरा नै अलमल छ। त्यस्तै संविधान सभाविनाको अन्तरिम संविधान पनि अधुरो भएको छ। देशलाई संविधान आवश्यक छ।
साथै संविधान निर्माणको आवश्यकतालाई नकार्न पनि सकिँंदैन। संविधान निर्माण फरक फरक ढंगबाट हुने भए पनि जनचाहना संविधान सभाको माध्यमबाट नै संविधान बनाउनुपर्छ भन्ने रहेबाट अर्को विकल्प खोज्नुपर्ने अवस्था पनि रहेन। यस स्थितिमा अन्तरिम संविधानले व्यवस्था नगरेको दोस्रो कार्यकालको संविधान सभाको निर्वाचनको प्रक्रिया कसरी निर्धारण गर्ने भन्ने कुरामा सम्बन्धित सबैको ध्यान केन्द्रित छ। संविधानका ज्ञाता, कानुनविद्, पूर्व प्रधान न्यायाधीश आदि विज्ञबाट परामर्श लिने काम भएको छ। कसैबाट पनि किटानसाथ संवैधानिक निकास यो हो भनी अभिव्यक्त हुन सकेको छैन। अन्तरिम संविधानले अहिलेको अवस्थामा संवैधानिक निकास दिन नसक्ने भएकाले नै सबैको निष्कर्ष राजनीतिक सहमतिको आधारमा निकास खोज्नुपर्छ भन्ने रहेको छ।
संविधान सभा वा व्यवस्थापिका संसदको अभावमा संविधान संशोधन नहुने, संविधान संशोधन नभई निर्वाचन हुन नसक्ने, निर्वाचन नभई संविधान सभा वा व्यवस्थापिका संसद गठन नहुने यस जटिल परिस्थितिमा समुचित निकास राजनीतिक सहमतिबाट खोजिनुपर्छ, यो सबै पक्षको भनाई हो। राजनीतिक सहमतिले संविधानको स्वरुप ग्रहण गर्न सक्दैन, यो पनि एउटा बिर्सन नहुने तथ्य हो। सहमतिको नाममा विधिको निश्चित प्रक्रियाविना संविधान संशोधन हुनेगरी आवश्यक संवैधानिक निकासको व्यवस्था गर्नु पनि संविधानको उल्लंघन नै हो। राम्रो परिणामका लागि संविधानको उल्लंघनलाई सकारात्मक ठानिए पनि अन्ततोगत्वा संविधानको उल्लंघन राम्रो होइन, यो पनि बुझ्नुपर्ने अर्को यथार्थ हो। तर, अहिलेको स्थितिमा कुनै पनि रुपमा संविधानको उल्लंघनविना संवैधानिक निकास सम्भव देखिंएको छैन। अन्तरिम संविधान सहमतिको दस्तावेज भएको हुँदा सहमति भएमा संविधानबाट निकास खोज्न सकिन्छ भन्ने सबैको धारणा यस परिवेशमा आएको र यस कुरालाई सकारात्मकरुपमा नै लिनुपर्छ भन्ने सबैको आग्रह पनि हो।
२०६९ साल जेठ १४ गते संविधान सभाको कार्यकाल सकिनुभन्दा केही समयअगाडि आगामी मंसिर ७ गते अर्को संविधान सभाको चुनाव हुने भनी गरिएको सरकारको घोषणाप्रति सरकारबाहिर रहेका राजनीतिक दलहरु आपसी परामर्श र सहमतिविना गरिएको घोषणा मान्य नहुने भन्दै चुनावका लागि सहमतिको सरकार निर्माण हुनुपर्छ र सहमतीय सरकारबाट नै चुनाव हुनुपर्छ भन्ने अडानमा छन्। सरकार पनि सहमतिको विकल्प नभएको कुरालाई अस्वीकार गर्न सक्दैन। तर पनि सहमति हुन सकिरहेको छैन। राष्ट्रपतिबाट पटकपटक सहमतिका लागि घच्घच्याउने काम भए पनि सार्थक हुन सकेको छैन। अहिलेको यस परिवेशमा देशलाई अनिर्णयको बन्दी बनाइराख्ने कि संवैधानिक र राजनीतिक निकासका लागि आ-आफ्ना अडान पर राखेर सहमतिको बिन्दुमा पुग्ने र चुनावका लागि पूर्वाधार निर्माण गरी निर्वाचनको वातावरण बनाउने जस्ता कुरामा राजनीतिक दलका नेताहरु गम्भीर भएको नदेखिएको भन्ने नागरिक समाजको गुनासो छ। सत्तालिप्साले प्राथमिकता पाएकोे कारणबाट राजनीतिक दलका नेताहरु यस्तो गहन जिम्मेवारी इमानदारिताका साथ निर्वाह गर्न र जनतासमक्ष आंफूलाई जिम्मेवार नेताका रुपमा प्रस्तुत गर्न असमर्थ देखिएका छन् भन्ने राजनीतिक टिप्पणीकारको ठम्याइ छ। जनता भने यो रमिता र अलमल हेरेर बसेका छन्।
निर्वाचन भनेको जनतासमक्ष जानु हो र प्रजातान्त्रिक प्रणालीमा जनतासमक्ष जाने कुरालाई कुनै कानुन बाधक हुन सक्दैन, यो अस्वीकार गर्न नसकिने यथार्थ हो। अन्तरिम संविधानमा संविधान सभाबाट संविधान निर्माण हुन नसक्ने परिकल्पना नगरिएको हँंुदा यस परिस्थितिको समाधानको उपायको व्यवस्था नगरिएको हो। अन्तरिम संविधानमा दोस्रो कार्यकालको संविधान सभाको व्यवस्था नगरिएको भए पनि अब संबिधान सभाको विकल्प नदेखिएपछि संविधान सभाको निर्वाचन अपरिहार्य भएको छ। निर्वाचनविना संविधान निर्माण हुन नसक्ने र संविधानविना अग्रगामी परिवर्तनको गतिमा विराम लाग्ने भएपछि देश शून्य स्थितिमा रहन सक्दैन। देशलाई निकास दिन निर्वाचनमा सहभागी हुने बाटो निर्माण गर्नैपर्छ।
निर्वाचनको कामका लागि कुनै पनि संवैधानिक व्यवधान वा कानुनी अडचन हटाउन संविधानको धारा १५८ को प्रयोग अनिवार्य भएको छ। धारा १५८ मा संविधानको कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा बाधा अडकाउ फुकाउन आदेश जारी गर्न सकिने व्यवस्थामात्र छ। संविधानको भाषा मात्र हेरेर निर्वाचन गर्न संिवधानमा व्यवस्था नभएको भनी समुचित उपाय अवलम्बन नगर्नु देशमा थप संकट निम्त्याउनु हो। संवैधानिक निकास नै नरहेको भए पनि जनताबाट निकास लिनका लागि संविधान बाधक हुन नसक्ने प्रजातान्त्रिक प्रणालीको अवधारणा भएकाले पनि धारा १५८ को प्रयोगको विकल्प देखिँदैन। धारा १५८ को प्रयोगमा दुरुपयोग भयो भने प्रत्युत्पादक पनि हुन सक्छ , यसैले दुरुपयोग हुन नदिनेतर्फ सतर्कता अपनाउनैपर्छ र सावधान पनि हुनैपर्छ।
अहिले संवैधानिक निकासका लागि जे/जति परामर्श र सल्लाह भएका छन्, निकासका लागि संवैधानिक बाटो नभएको भन्ने कुरामा सबै एकमत छन्। संवैधानिक व्यवस्था नभएको विषय भएकाले होला, यस्तो अवस्थामा राष्ट्रिय सहमति निर्माण गर्न राजनीतिक नेताको सोच, समझ र दूरदर्शिताको खाँचो औल्याइएको छ। यस्तै समय र परिस्थितिमा राजनेताको परीक्षण पनि हुने हो। राजनेताको काम यस राजनीतिक र संवैधानिक संकटबाट देशलाई सुरक्षित अवतरण गराउन सक्नु पनि हो। सहमतिको विकल्प नभएको भन्ने कुरामा असहमत नभएपछि यस विषयमा सहमति हुन के कुरा बाधक छ भन्ने जनतालाई थाहा हुनुपर्छ। सहमति गरी संविधान सभाको पुनर्स्थापना गर्ने र निर्वाचन र सरकार सञ्चालनका लागि आवश्यक कानुन तर्जुमा र व्यवस्था गर्ने र पुनर्स्थापित संविधान सभाले नै सहमति भएका विषयमा संविधान जारी गरी निर्वाचनमा जाने भन्ने कुरा पनि विकल्पका रुपमा रहेको छ। जटिल परिस्थितिमा धेरै विकल्प आउँछन्। उत्तम विकल्प के हो त्यसको चयन गर्न आवश्यक छ। संविधान सभाको पुनर्स्थापना गर्नु पनि संविधानको उल्लंघन नै हो। जुन संविधान सभाले संविधान जारी गर्न सकेन, त्यही संविधान सभालाई ब्युँताएर अलमलिनु भन्दा संविधान सभाको निर्वाचनमा जानु नै उत्तम विकल्प हो। संविधान सभाको निर्वाचन घोषणासमेत भइसकेको हुँदा निर्वाचनका लागि बाधा व्यवधानका रुपमा रहेका कानुन परिमार्जन गर्न र संवैधानिक अड्चन हटाइ निर्वाचनसम्बन्धी कार्य र कानुनलाई सहज बनाउने विषयमा मात्र ध्यान केन्द्रित गर्न आवश्यक छ। धारा १५८ प्रयोग गर्दा संविधानको उल्लंघन भएको देखिने भए पनि यो बाध्यात्मक र सकारात्मक उल्लंघन हो भन्ने अनुभूत हुन पनि आवश्यक छ।
बाधा अडकाउ फुकाउने नाममा बेला यही हो भनी एकलौटी गर्न सजिलो हुने किसिमले संविधान सभा वा व्यवस्थापिका संसदको नियन्त्रणमा रहने संसदीय सुनवाईका विषयलाई समेटेर आदेश जारी गर्न भने संविधानले अनुमति दिँदैन। संविधानको उल्लंघन जनतासमक्ष जाने प्रयोजनका लागिमात्र सीमित हुनुपर्छ। जनतासमक्ष जाने भनेको निर्वाचनमात्र हो। अरु विषय संविधान सभाको गठनसम्म बाँकी रहँदा पनि असहज परिस्थिति सिर्जना हुने देखिँदैन। संवैैधानिक अंगका पदाधिकारीको नियुक्ति समयमा नहुँदा पनि काम चल्ने रहेछ भन्ने कुरा ५ वर्षदेखि देखिएकै छ। सर्वोच्च अदालतमा रिक्त न्यायाधीशको पद पूर्ति पनि अपवाद हुन सक्दैन। ती पद पनि अहिले तुरुन्त रिक्त भएका होइनन्। त्यसो हुँदा संवैधानिक पदाधिकारीको नियुक्तिको विषय बाधा अडकाउ फुकाउनेमा समेट्नुपर्ने आवश्यकता देखिँंदैन। अहिलेको संवैधानिक निकासको उत्तम विकल्प भनेको निर्वाचनको प्रयोजनको निमित्त चाहिने संवैधानिक व्यवस्थाको परिमार्जनमात्र हो। यस विषयमा मात्र सहमति हुन आवश्यक छ। सो बाहेकको अरु विषयमा सहमति भए पनि त्यस्तो सहमति संविधानसम्मत हुन सक्दैन।
व्यवस्थापिका संसदविनाको राज्यका संयन्त्रको परिकल्पना अन्तरिम संविधानले गरेकै होइन। संविधान सभा विघटनको स्थितिमा आएपछि र संविधान सभाको निर्वाचन गर्नुपर्ने भएपछि निर्वाचन सम्पन्न गर्न चाहिने आवश्यक संवैधानिक र कानुनी व्यवस्था नगरी संविधान सभा वा व्यवस्थापिका संसदबाट गर्नुपर्ने कुरा बाँकी राखी संविधान सभा विघटन भएको काम नै त्रुटिपूर्ण रहेको भन्ने कुरामा कसैको पनि फरक मत छैन। विघटन भएपछि उत्पन्न संवैधानिक संकटको समाधान राजनीतिक सहमतिबाट मात्र सम्भव छ भन्ने कुराको विकल्प नभएपछि राष्ट्रिय सहमति नै निर्विकल्प उपाय हो भन्ने कुरामा पनि दुई मत छैन। सहमति नभई नहुने यस परिस्थितिमा सहमतिको पहिलो प्रयास सरकारबाट हुनुपर्ने हो। संवैधानिक संकट सरकारबाट निम्त्याइएकाले पनि समाधानको निमित्त पनि पहिलो अग्रसरता सरकारले लिनुपर्छ, यो सर्वस्वीकृत मान्यता हो। समस्या सिर्जना गरेपछि समाधान पनि खोज्नुपछर्, समस्या आंफूले सिर्जना गर्ने समाधान अरुबाट खोज्नेे यो सोच दायित्वबोधभित्र पर्दैन। जिम्मेवारी बहन सबैले गर्नैपर्छ।
ऐन र नियममा संशोधन वा परिमार्जन गरेर चुनाव हुन सक्ने भए अध्यादेशको माध्यमबाट ऐन जारी गरी नियममा संशोधन गरेर सरकारले आवश्यक व्यवस्था गर्न नसक्ने होइन तर संबिधान नै संशोधन गर्नुपर्ने हँुंदा दलीय सहमति अनिवार्य भएको हो। आफैंले घोषणा गरेको निर्वाचन हुन नसक्दा पनि पश्चात्तापको अनुभूत नगर्ने र सहमतिको वातावरण निर्माण गर्न प्रयास नगर्ने सरकार नै अवरोधकको रुपमा रहेको भन्ने विपक्षीको आरोप पनि पूर्णतः असत्य छैन। सरकारको बहिर्गमन नभई सहमति हुन नसक्ने विपक्षी अडान र यही सरकारलाई राष्ट्रिय सहमतिको सरकारमा परिणत गर्ने सत्ताधारी दलको भनाइ नै सहमतिको बाधकका रुपमा देखिएको छ। त्यसैले सरकारमा जोसुकै रहे पनि धाँधलीरहित निर्वाचनको वातावरण दिन सक्ने विश्वसनीय व्यक्तिको नेतृत्वमा सरकार गठन अहिलेको आवश्यकता हो।
लेखक पुनरावेदन अदालतका पूर्व न्यायाधीश हुन्।