मुखमा प्रचण्ड, मनमा बाबुराम
२३ मंसिर २०६९
•
१३ मिनेट पाठ
मुखमा प्रचण्ड, मनमा बाबुराम
कुनैबेला माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निर्णय क्षमताका लागि बहुचर्चित र बहुप्रशंसित हुनुहुन्थ्यो। कुरा युद्धकालको मात्र होइन, शान्तिकाल सुरु भइसकेपछि पनि उहाँले लिनुभएको निर्णय नै माओवादी पार्टीको सर्वसम्मत निर्णय हुने गर्थ्यो। यतिबेला उहाँको निर्णय क्षमता चुक्दै गएको अनुभव उहाँका मित्र र दुश्मन सबैले गर्न थालेका छन्। यसलाई अस्वाभाविक भन्न मिल्दैन। प्रचण्डले जुन पार्टीको शक्तिमा आश्रित रहेर परिवर्तनका लागि हिंसात्मक आन्दोलनको बाटो पहिल्याउनुभएको थियो, त्यो पार्टीको स्वरूपमा व्यापक परिवर्तन आइसकेको छ। माओवादी पार्टी विस्तारै अन्य राजनीतिक दल जस्तै सत्ताकेन्द्रित राजनीतिमा डुब्न थालेको छ।
सत्ताको रुपान्तरणमा भन्दा सत्तामा स्थायी प्रकारको समायोजन माओवादी पार्टीको अभीष्ट बनेको छ। माओवादी भाषा र नाराका शब्द र शैलीहरु खासै नफेरिए पनि यसका राजनीतिक आशय र अर्थहरु फेरिइसकेका छन्। दुई दशकयता नेपालका राजनीतिक दलहरुको विकासक्रमलाई सम्पूर्णतामा नियाल्ने कसैले पनि निर्धक्क भन्न सक्छ- माओवादी पार्टीका नेताहरुमा पनि सत्ताको अभिलाषा त्यत्तिकै बढेर गएको छ, जति पहिलो राष्ट्रिय जनआन्दोलनपछि कांग्रेस र एमालेमा बढेको थियो। सत्ताको चक्रब्यूहमा फसेका कांग्रेस र एमालेले सर्पले का"चुली फेरेजस्तै आफ्ना घोषित राजनीतिक आदर्श र उद्देश्य विसर्जित गरेका थिए। माओवादी पार्टीले अहिले त्यसरी नै का"चुली फेरेको छ। फरक यतिमात्र हो कि माओवादीले आफूले फेरेको का"चुली आफ्नै हातमा बोकेर समाजमा परिवर्तनको भ्रम सिर्जना गर्न सकेको छ।
भूमिगतकालमा माओवादीभित्र के के काण्ड भए र कस्ता अन्तर्द्वन्द्वबाट पार्टी गुजि्रयो? यो अहिलेको चासो पक्कै होइन। शान्तिकालमा आइसकेपछि मञ्चित धोवीघाट काण्ड पक्कै पनि भूमिगतकालका अन्तर्द्वन्द्वहरुको खुला शृंखला थियो। धोवीघाट काण्डको प्रभाव सीमित गर्न प्रचण्ड तत्कालका लागि सफल हुनुभयो। यसका लागि उहा"ले डा. बाबुराम भट्टराईलाई सत्ताको रथारोहण गराउनुपर्यो । यतिले मात्र धोवीघाट नाटकको पटाक्षेप हुन सकेन। संविधान सभाको अवशानसँगै प्रधानमन्त्री भट्टराईद्वारा चुनावको घोषणा र पार्टीबाट वैद्य पक्षको बहिर्गमन प्रचण्डका लागि अर्को आघात थियो। उहा" अहिलेसम्म पनि यी दुई आघातबाट स्वस्थ भएर बाहिर निस्कन सक्नुभएको देखिएन। पार्टी अध्यक्षको हैसियतले अहिले पनि सत्तामाथि प्रचण्डको पकड भएको नदेखिने होइन। वास्तविकतामा उहा"को हातमा खण्डित सत्तामात्रै छ।
माओवादी पार्टीका नेताहरु कोहीभन्दा कोही कम छैनन्। पार्टीले उनीहरुलाई जिम्मा दिएका मन्त्रालयहरु स्वायत्तशासी संस्था जस्ता छन्। अध्यक्ष प्रचण्डलाई यो कुराको राम्रो जानकारी छ- उहा"का दलका प्रत्येक मन्त्रीको 'मुखमा प्रचण्ड' छन् भने 'मनमा बाबुराम।' बिहान सहमतिको सरकार निर्माणका लागि 'अध्यक्ष कमरेडमा निर्णयको जिम्मा' सुम्पने मन्त्रीहरु बेलुका बालुवाटारमा भेला भएर बाबुरामको सुयोग्य नेतृत्वको दुहाइ दिँदै प्रधानमन्त्रीको राजीनामाविरुद्ध एकजुट हुन्छन। प्रचण्डको अवस्था कष्टपूर्ण छ। राजनीतिक दलहरुसँग सहमति र सहकार्य गर्दा एकातिर अर्को धोवीघाट नाटक मञ्चन हुने खतरा छ। नगर्दा, अर्कोतिर राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा पार्टीको राजनीतिक विश्वसनीयता दिनहुँ घट्दै गइरहेको छ। प्रचण्ड अहिले जस्तो अप्ठेरोमा पर्नुभएको छ, त्यस्तो अप्ठेरोको सामना उहा"ले यसअघि कहिल्यै गर्नुपरेको थिएन होला।
अहिलेका लागि यो अप्ठेरो अवस्था चिरेर माओवादी पार्टी र राष्ट्रिय राजनीतिमा आफ्नो आधिकारिकता स्थापित गर्नु प्रचण्डका लागि ठूलो चुनौती हो। उहा"का अत्याधिक चतुर तथा विद्वान् सहकर्मी प्रधानमन्त्री भट्टराईलाई सत्तामा धानेर उहा"ले राष्ट्रिय राजनीतिलाई कुनै पनि हालतमा गतिशील बनाउन सक्नुहुन्न। भट्टराईको व्यक्तित्वमा पक्कै पनि कुनै दोष छैन। तर उहा" आफंैले घोषणा गरेको चुनाव गराउन नसकेपछि जनताका आ"खामा अक्षम सावित हुनुभएको छ। माओवादी र अन्य राजनीतिक दलबीच विश्वासहीनताको सम्बन्ध घनीभूत हु"दै गएको छ भने त्यसको मूल कारण पनि प्रधानमन्त्री भट्टराई नै हुनुहुन्छ। प्रचण्डलाई यी तथ्यहरुको जानकारी नभएको होइन। तैपनि उहा" यो वा त्यो बहानामा प्रधानमन्त्री भट्टराईको प्रतिरक्षामा उभिनुको बाध्यता बुझिनसक्नु छ। राजनीति टि्रक्सहरुको आधारमा चल्दैन। निर्णायक तहको नेतृत्वले जबसम्म कठोर निर्णय लिने साहस गर्दैन, तबसम्म समस्या अन्त्य हु"दैन।
पछिल्लो समयमा राष्ट्रपति डा. रामवरण यादवले सहमतिको सरकार निर्माणका लागि राजनीतिक दलका नेताहरुको ढोकामा पटकपटक म्याद टा"स्न लगाउनुभएको छ। देशका जनताले आशामुखी आ"खाले हेरिरहेका राजनीतिक दलका नेताहरुको ढोकामा स्वयं राष्ट्रपतिले म्याद टाँस्न लगाउने अवस्था आउनु भनेको कुनै पनि लोकतन्त्रवादीका लागि प्रीतिकर कुरा हुन सक्दैन। यद्यपि, राष्ट्रपतिको म्याद सबै नेताको ढोकाढोकामा बराबरीका आधारमा टा"सिएको छ। तापनि, यति त स्पष्ट नै छ- अध्यक्ष प्रचण्डको ढोकामा टाँसिएको म्यादका अक्षर अलि ठूला छन् किनभने वैद्य समूहको पलायनपछि पनि अहिलेसम्म उहा"को दल नै ठूलो छ। अहिलेको परिस्थितिमा दलको हैसियत ठूलो छ कि सानो भन्ने विषय गौण बनेको छ। किनभने ठूलो दलको नेतृत्वमा निर्वाचित भएको सरकार आफैंले घोषणा गरेको चुनाव गराउन सकेन र अक्षम सावित भयो। अब त्यही अक्षम सरकार राजनीतिक सहमति बिथोल्न मरिमेटेर लागेको छ। उसैका कारण राजनीतिक दलहरुको समूहका बीच माओवादी पार्टी बेलगाम देखिएको छ। यस्तो लाग्दैछ- माओवादी पार्टीका लागि अहिलेको खण्डित सत्ता नै जीवनदायी सञ्जीवनी हो। यसभन्दा पर र यसभन्दा बाहिर अर्को कुनै सत्य नै छैन।
वर्तमान सरकारको निरन्तरता स्वयं प्रचण्डको नेतृत्व र माओवादी पार्टीका लागि प्रत्युत्पादक बन्दै गइरहेको छ। सर्वदलीय सहमतिमा सरकार निर्माण नभएसम्म चुनाव हुन नसक्ने तथ्य स्थापित भइसकेको अवस्थामा वर्तमान सरकारको आयु लम्ब्याउनका लागि विभिन्न राजनीतिक टि्रक्सको प्रयोग माओवादी पार्टी चुनावबाट भाग्न चाहेको संकेतका रुपमा देखिएको छ। संविधान सभाको नया" चुनावका लागि पुरानो संविधान सभाको अवधिमा सहमति भइसकेका संविधानका अन्तर्वस्तुहरुमा सहमति वा प्रतिबद्धता चटकीको सर्तजस्तो देखिएको छ। माओवादी पार्टीले यो कुरा बुझ्नुपर्छ कि नया" नेपाल र नया" संरचना उसको मात्र अभीष्ट होइन। यसका लागि माओवादीलगायत्का राजनीतिक दलले मात्रै होइन, परिवर्तन चाहने प्रत्येक नेपालीले आ-आफनै तरिकाले यथाशक्य योगदान पुर्यादएका छन्। त्यसैले पनि असहज परिस्थितिमा सहमति भइसकेको भनिएको संविधानका अन्तरवस्तुहरुलाई नया" संविधान सभाका लागि अतिरिक्त बोझका रुपमा झुण्ड्याउन खोज्नु खेलको नियमबाट भाग्न खोज्नु हो। कि त माओवादीले अहिले समातेको सत्ता कहिल्यै नछाड्ने निर्णायक घोषणा गर्नुपर्यो , होइन भने राजनीतिक सहमतिको वृत्तभित्र आएर चुनावी प्रतिस्पर्धामा आफूलाई सक्षम सावित गर्नुपर्यो्।
राष्ट्रपतिले तोक्नुभएको पछिल्लो म्यादभित्र पनि सहमति हुन सकेन भने राजनीतिक परिस्थिति जुनसुकै बाटोमा लाग्न सक्छ। सहमतिको सरकार निर्माणका लागि म्यादमाथि म्याद थपेर पनि सफलता हात नलागेको खण्डमा राष्ट्रपति हात बा"धेर बस्नुहोला भन्नु सदाशयतामात्र हो, निर्विकल्प सत्य होइन। राष्ट्र प्रमुखको आधिकारिकतालाई संविधानका अक्षरहरुमा मात्र खुम्च्याउन सकिँदैन। राष्ट्रपति यादव उहा"का सहयात्री सामान्य नेपाली जनताजस्तै निरीह बनेर बस्नुहोला भन्ने आशा आफ्नो ठाउ"मा ठिकै होला तर त्यो शतप्रतिशत प्रत्याभूति पक्कै होइन।
माओवादी दलमा विचौलियाहरुको अभाव नभए पनि अहिलेसम्म निर्णायक केन्द्रीय भूमिकाबाट प्रचण्ड विस्थापित हुनुभएको छैन। यतिबेलासम्म सहमति र मुठभेडबीचको चयन उहा"कै हातमा छ। अहिलेको सहमतिसँग आगामी दिनको राजनीतिमा प्रचण्डको वर्चस्व र हैसियत जोडिएको छ। उहा" एउटा अक्षम सरकारलाई आफ्नो का"धमा बोकिरहन चाहनुहुन्छ कि सहमतिको माध्यमबाट जनताका शान्ति र विकासका आकांक्षाको सम्मान गर्दै नया" नेपालको ढोका खोल्न चाहनुहुन्छ? चयन प्रचण्डकै दायित्व हो।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस