परामर्श होइन भोकको उपचार
१६ असोज २०७७
•
७ मिनेट पाठ
परामर्श होइन भोकको उपचार
विश्वव्यापी कोरोना कहरले मनोसामाजिक समस्या बढिरहेको छ । भय र निराशाको आयतन बढ्दै जाँदा मानसिकरूपमा विचलित हुने क्रम बढेको छ । मानसिक विचलनकै फलस्वरूप मानिसमा डिप्रेसन, असामान्य व्यवहार र आत्महत्यासम्मको समस्या बढेको छ । आर्थिक तथा सामाजिक असुरक्षाको अनुभूतिले गर्दा मानिसमा भय र चिन्ता बढ्ने र अन्ततः त्यही कारण मानिसमा मानसिक समस्या बढ्ने हो । त्यसैले त्यस्तो भय र चिन्ता बढ्न नदिनेतर्फ ध्यान दिनु आवश्यक हुन्छ । यस्तो समस्या उत्पन्न हुन नदिन अथवा यस्तो समस्यालाई न्यूनीकरण गर्न आपसमा सहयोगी भावनाको खाँचो हुन्छ । सहयोगी भावनाले एकआपसमा भरोसा पैदा गर्छ । यस्तो भरोसाको अनुभूतिले भय र चिन्ता कम गरी मानसिक समस्या न्यूनीकरण गर्छ ।  




‘कोरोनाका कारण मान्छेमा भय बढ्यो, डिप्रेसनले सतायो । यसलाई हटाउन सक्रिय भूमिका खेलिदिनुप¥यो’ भन्दै गत भदौ २३ गते आयोजित एक छलफल कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नै मनोविद् र मनोचिकित्सकहरूसँग आग्रह गरेका थिए । कोरोना कहरकै कारण आत्महत्या, डिप्रेसन, चिन्ताजन्य विकार आदि समस्याले विकराल रूप लिइरहेको अवस्थामा देशका प्रधानमन्त्रीले यसरी चासो लिनु सराहनीय कार्य हो । तर कोरोना कहरले सिर्जना भएको मानसिक विचलनको अन्त्य मनोविद् अथवा मनोचिकित्सकसँगको परामर्शले मात्रै सम्भव हुँदैन । कोरोना कहरका कारण आर्थिक गतिविधि ठप्प हुँदा यतिखेर आममानिसको रोजगारी प्रभावित भएको छ । आयआर्जन ठप्प भएको छ । विशेषगरी दैनिक आयआर्जन गरी हातमुख जोर्नुपर्ने न्यून वर्गका मानिसको दैनिकी प्रत्यक्ष प्रभावित भएको छ । त्यसैले यतिखेर आममानिसलाई आर्थिक तथा सामाजिक सुरक्षाको खाँचो छ ।  

भयमुक्त समाज निर्माण गर्न आर्थिक गतिविधिलाई निरन्तरता दिँदै रोजगारी अथवा स्वरोजगारीको अवस्था सिर्जना गर्नु जरुरी छ । लामो समयसम्मको बन्दाबन्दी र निषेधाज्ञाले आर्थिक गतिविधि गम्भीररूपमा प्रभावित भएको छ । गरिब मानिस झन् गरिब भएका छन् । न्यून आय वर्गका मजदूर अझ बढी प्रभावित भएका छन् । दैनिक ज्यालादारी गरी खानेहरू अझ बढी प्रभावित भएका छन् । खाइ/नखाइ साँचेर राखेको दुई चार पैसा पनि बन्दाबन्दी र निषेधाज्ञा जस्ता आयआर्जन नहुँदाका दिनहरूमा खाएर सकिएपछिका दिनहरू यस्ता मजदूरले भोकभोकै बिताउनुपरेको अवस्था छ । भारी बोक्ने सूर्यबहादुर तामाङ र मजदूरी गर्ने मलर सदाले भोककै कारण ज्यान गुमाएका छन् भने अरू धेरै सूर्यबहादुर र मलरहरू पनि भोकले मर्ने स्थितिमा पुगेका छन् । भोकको पीडा असह्य हुन्छ । खुलामञ्चमा निःशुल्क खाना खानेहरूको लाइनले भोकाहरूको संख्या बढेको संकेत गर्छ ।  

भोकको पीडा असह्य हुन्छ । खुलामञ्चमा निःशुल्क खाना खानेहरूको लाइनले भोकाहरूको संख्या बढेको संकेत गर्छ ।
कोरोना कहरकै बेला आत्महत्या गर्नेहरूको संख्या पनि बढेको प्रहरीको तथ्यांक छ । आत्महत्या गर्नुको प्रत्यक्ष कारण कोरोनामात्रै नभई कोरोनाको कारण सिर्जना भएको शून्य आर्थिक गतिविधि र त्यसले सिर्जना गरेको बेरोजगारी र शून्य आयले गर्दा बढेको आर्थिक असुरक्षा मुख्य कारण हो । रोगले त बिस्तारै मार्ने हो तर भोकले त छिट्टै मार्दोरहेछ । त्यसैले भोकको पीडा सहन नसकेर अथवा भोकले तड्पिएर छटपटाएका छोराछोरीको अँध्यारो अनुहार हेर्न नसकेर धेरै बाबु र आमाले आत्महत्या गरेका छन् । कसैकसैले सामूहिक आत्महत्या नै गरेका छन् । रोगको चिन्तालाई मनोपरामर्श, सान्त्वना र सहानुभूतिले केही कम गर्न सक्छ तर भोकको चिन्तालाई यसले केही पनि कम गर्न सक्दैन । भोकलाई शमन गर्न भोजन नै चाहिन्छ । भोजनको व्यवस्था गर्न नसकेर नै भोकको रनाहामा परेर मानिसले आफ्नै जीवन समाप्त पार्ने हुन् । त्यसैले आत्महत्या मानसिक समस्यामात्रै नभई भोकको पीडाले सिर्जना गरेको बाध्यता हो ।  

अहिले कोरोना महामारीका कारण बढेको मानसिक समस्या महामारी अन्त्यपछि पनि केही वर्षसम्म रहिरहने देखिन्छ । आर्थिक गतिविधि पूर्णरूपमा पुरानै लयमा नफर्केसम्म र आममानिसले आयआर्जन गरी दैनिक आधारभूत आवश्यकताका रूपमा रहेको भोजनको व्यवस्था गर्ने अवसर सिर्जना नभएसम्म मानसिक विचलनको समस्या कायम रहिरहने देखिन्छ ।

मनोविद् र मनोचिकित्सकहरूका अनुसार कोरोना कहरकै बेला मन डराउने, आत्तिने, छट्पटिने, मन उदास हुने, जाँगर नआउने, चिड्चिडापन, निद्रा नलाग्ने जस्ता समस्या धेरै मानिसमा देखिएको छ । यद्यपि यस्तो समस्या विशेषगरी न्यून आय वर्गका मानिसमा बढी देखिएको छ । आम्दानीको निश्चित स्रोत नभएका, रोजगारी संकटमा परेका, बेरोजगार बनेका, आम्दानी शून्य भएका धेरै मानिसमा यो कोरोनाकालमा उल्लिखित समस्या देखिएको छ । यस्तो समस्या देखिनुको मूल कारण आर्थिक तथा सामाजिक असुरक्षा नै हो । एकातिर आर्थिक असुरक्षाले त्यस्ता मानिस मानसिक तनावमा छन् भने अर्कोतिर कोरोना संक्रमण पुष्टि भएका र निजको परिवारका सदस्य र आफन्तहरूमा सामाजिक उपेक्षाको सिकार हुनुपर्ने भय उत्तिकै छ । कसैलाई रोगको भन्दा भोकको चिन्ता छ भने कसैलाई रोगको भन्दा समाजको डर छ । अनि भविष्यको पनि चिन्ता छ । हो, यही चिन्ता र डरले धेरै मानिसमा मनोसामाजिक विकार उत्पन्न भएको छ । त्यसैले आर्थिक र सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदासम्म कोरोनाकालमा मात्रै होइन योभन्दा अघि र पछि पनि धेरै मानिसमा मानसिक समस्या देखिने निश्चित छ ।

कोरोना कहरमा मनोपरामर्शको आवश्यकता पर्ने र पारिवारिक तथा सामाजिक सहयोगको खाँचो पर्ने मनोचिकित्सकहरूले बताउने गरेका छन् । कुरा सही नै हो तर मनोपरामर्शका क्रममा मनोविद् वा मनोचिकित्सकहरूले सम्झाइबुझाइ गरुन्जेल मनको भय र चिन्ता अलि कम होला । तर जसलाई भान्सामा रित्ता भाँडाकुँडा हेर्नुपर्ने बाध्यता छ र साँझ÷बिहान भोकै बस्नुपर्ने अवस्था छ ऊ चिन्ता नलिइ कति बेर बस्न सक्छ ? उसलाई मनोविद्ले दिएको परामर्शले कति बेर काम गर्छ ? भान्सामा रित्ता भाँडा देखेपछि अथवा भोकले टुलुटुलु आफैँलाई हेरिरहेका सन्तानको टीठलाग्दो अनुहार देखेपछि र आफ्नै पनि पेट भोकले मडारिएपछि कतिन्जेल चिन्ता नलिइ बस्न सकिन्छ ?

यतिखेर धेरै मानिसलाई परामर्श, सान्त्वना र सहानुभूतिभन्दा पनि भोक शमन गर्ने आधार चाहिएको छ । रोगले भन्दा भोकले मर्ने तनावमा रहेका मानिसलाई मनोपरामर्शले मात्रै केही असर गर्दैन । भोक मेट्ने साधन उपलब्ध नभएसम्म उसको तनाव अन्त्य हुँदैन । अनि त्यो तनाव अन्त्य नभएसम्म मानिसमा देखिएको मानसिक समस्याको पनि अन्त्य सम्भव छैन । यतिखेर दैनिक ज्यालादारी गरी खाने मजदूरमात्रै होइन, रोजगारी गुमाएका अरू धेरै पेसाकर्मी पनि आर्थिक असुरक्षाको भयले तनावमा छन् । भोको मानिसले जतिसुकै सुन्दर फूललाई पनि कुरूप देख्छ किनभने त्यो फूल खाएर पेट भर्न सकिन्न । बरु बासी नै भए पनि एक छाक भातलाई उसले सुन्दर देख्छ । उसलाई त्यो भातको सौन्दर्यले लोभ्याउँछ ।  

यतिखेर मानिसलाई मनोपरामर्शको भन्दा भोक शमन गर्ने वस्तुको बढी आवश्यकता छ । मनोपरामर्शको कुरा त विज्ञहरूका हुन् । त्यो उनीहरूको पेसा हो र परामर्शको आवश्यकता देख्नु उनीहरूको पेसागत धर्म हो । पहिलो आवश्यकता भनेको भोकलाई मार्नु नै हो । त्यसैले आर्थिक सुरक्षालाई मजबुत बनाउन सके धेरै हदसम्म मानसिक समस्या कम हुन्छ । भोकै सुत्नु पर्दैन भने समाजले भन्ने कुरामा पनि मानिसले त्यति वास्ता गर्ने छैनन् । आर्थिक सुरक्षा बलियो छ भने रोगसँग लड्ने आत्मबल पनि आफैँ दरो बन्छ । जो गरिब छ, जसलाई साँझ÷बिहान खानकै समस्या छ, उसैको आत्मबल कमजोर हुने हो र उसैलाई रोगले बढी आक्रान्त पार्ने हो । संसारमा जति मान्छे रोगले मरिरहेका छन्, त्यो भन्दा बढी भोकले मरिरहेका छन् । विश्वभरि ८२ करोडभन्दा बढी मानिस भोकमरीबाट पीडित रहेका र दैनिक २५ हजारभन्दा बढी मानिसको मृत्यु भोककै कारण हुने गरेको संयुक्त राष्ट्र संघको तथ्यांक छ । त्यसैले चिन्ता रोगको होइन, भोकको छ । भोकको चिन्ता हटाउन सके रोगको प्रभाव पनि कम हुनेछ ।

भोक लागेपछि छटपटी हुन्छ । निद्रा लाग्दैन । शरीर गल्छ । अनि नलाग्नुपर्ने रोगले पनि समात्छ र च्याप्छ । त्यसपछि मानिस मर्छ । अहिले धेरै मानिसलाई यस्तै भइरहेको छ । रोगको भन्दा भोकको छटपटी बढी छ । भोकको पीडाले रन्थनिँदै हिँडेको मानिस बौलाहाभन्दा कम हुँदैन । उसले जे पनि गर्न सक्छ । उसको मनोदशा अस्थिर हुन्छ । उसको सोच अस्थिर हुन्छ । अनि उसको व्यवहार नै असामान्य हुन्छ । यसैलाई मनोविद्हरूले मानसिक समस्या भन्छन् भने यो रोगको कारण देखिएको समस्या होइन, भोकको कारण देखिएको हो । भोकले रन्थनिएर घरभित्रै निसास्सिएर बस्न बाध्य मानिसको संख्या धेरै छ, जो पागलझैँ सडकमा मनलाग्दी हिँड्न पनि सक्दैनन् । भोकको पीडाले जन्माएको मनोसामाजिक पीडाको आयतन अथाह छ जुन कोरोनाको पीडाभन्दा अझ बढी पीडाडायी छ ।  

यतिखेर मानिसमा जति मानसिक समस्या देखिएको छ, त्यो भोकको भय र भविष्यको चिन्ताले भएको हो । भोकको भय र भविष्यको चिन्ता मानसिक रोग होइन । त्यसैले यतिखेर मानसिक रोगको उपचारभन्दा भोकको उपचार जरुरी छ । भोकको उपचार भोजन हो, मनोचिकित्सा वा मनोपरामर्श होइन ।
अर्को समाचार
भूकम्पबाट प्रभावितमा मनोसामाजिक समस्या देखिन सक्छ
२३ कार्तिक २०८०
•
१ मिनेट पाठ
भूकम्पबाट प्रभावितमा मनोसामाजिक समस्या देखिन सक्छ
फाइल तस्वीर
जाजरकोट भूकम्पबाट प्रभावितमा मनोसामाजिक समस्या देखिन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन सुझाव दिइएको छ। विशेष गरी भूकम्पको त्रासमा रहेका महिला तथा बालबालिकामा  मनोसामाजिक समस्या देखिन सक्ने भएकाले त्यसतर्फ ध्यान दिन मनोविदले सुझाव दिएका छन्।




भूकम्प प्रभावित क्षेत्रमा नागरिक मानसिक रूपमा विक्षिप्त रहेको उल्लेख गर्दै कर्णाली प्रदेश अस्पतालमा कार्यरत मनोविद् पूर्ण रावतले सरकारले त्यहाँ मनोमरामर्शका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाए।

भूकम्पका कारण धेरैले आफन्त गुमाएका छन्। उनले भने, ‘अहिले पनि परकम्प जाने क्रम जारी छ, नागरिक त्रासमा छन्। यस्तोे अवस्थामा व्यक्तिमा मनोसामाजिक समस्या देखिन सक्छ। त्यसैले तीनै तहका सरकारले राहत र पुनस्थापनासँगै मानसिक स्वास्थ्यमा पनि ध्यान दिएर काम गर्नुपर्छ।’

मनोविद् रावतले भूकम्पपछि सबै निकाय राहत वितरणमा मात्रै केन्द्रित भएको उल्लेख गर्दै मानसिक रूपमा पनि पीडित समस्यामा परेकाले सरकारको ध्यान त्यसतर्फ  केन्द्रित हुनुपर्नेमा जोड दिए।

यसै बिच कर्णाली प्रदेश सरकारले भूकम्पपछि मनोसामाजिक समस्या निम्तिन सक्नेतर्फ ध्यान दिएर मनोविमर्शकर्ता खटाएको जनाएको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले प्रभावित क्षेत्रमा चिकित्सक र मनोविमर्शकर्ता परिचालन गरेको छ।

मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृशबहादुर शाहीले मनोसामाजिक समस्याको व्यवस्थापनका लागि विभिन्न साझेदार संस्थासँग मिलेर मनोविमर्शकर्ता खटाइएको बताए।

विभिन्न महामारी फैलिन सक्नेतर्फ सचेत भएको उल्लेख गर्दै उनले बालबालिकामा पोषणको समस्या आउन नदिने गरी काम सुरु गरिएको बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस