महामहिम राष्ट्रपति रामवरण यादव अहिले आफ्नै वरिपरि आफैंले रचना गरेको चक्रव्यूहमा नराम्रोसँग फस्नुभएको छ। गणतन्त्र स्थापनासँगै राष्ट्रपति पदमा निर्वाचित हुनुभएका यादवलाई आफ्नो पदको सीमा र सौन्दर्य पक्कै थाहा थियो। अन्तरिम संविधानले आलंकारिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्रीका अधिकार र सीमाहरु स्पष्टसँग तोकिदिएको पनि छ। समावेशिता र संघीयता ग्यारेन्टी गर्ने नयाँ संविधान निर्माण गर्ने अन्तरिम संविधानको अन्तर्वस्तु कुन शक्ति सन्तुलनको परिणामस्वरुप बनेको थियो भन्ने तथ्य पनि राष्ट्रपति महोदयबाट लुकेको थिएन। आफैं मधेसी समुदायबाट आएको व्यक्तित्व भएकाले पनि उहाँलाई तत्कालीन सत्ताले सिमान्तमा थिचिराखेका समुदाय र वर्गको आकांक्षा कसरी नयाँ राजनीतिक सन्तुलनको विषय बनेको थियो भन्ने पत्तो हुनुपर्ने हो। तर, दुःखको कुरो कटवाल काण्डदेखि आजसम्म आइपुग्दा उहाँ नउभिनुपर्ने ठाउँमा उभिएर नगर्नुपर्ने कर्मको लेठो गरिरहनुभएको छ र त्यसैको परिणामस्वरुप नराम्रोसँग राजनीतिक मोहरा भइसक्नुभएको छ।
दक्षिणपन्थी ‘आर्किटेक्ट' हरुले बालुवाको धरहरा उभ्याए, उहाँले पत्याउनुभयो। संविधान सभा अवसानलगत्तै त्यो धरहरामाथि सिंहासन सजाइएको पहेली उहाँका सल्लाहकारहरुले सुझाए, उहाँ मख्ख पर्नुभयो। अनि बालुवाको धरहरामाथि सजाइएको सिंहासनमा बसेर ‘यो मुलुकलाई पार लगाउने जिम्मा तपाईंकै हो' भनेर उकास्नेहरुले उकासे, उहाँ उक्सिनुभो। कटवाल काण्डदेखि नै दक्षिणपन्थी पण्डितहरुले उहाँलाई एउटै मन्त्र पढाइरहे- ‘माओवादीले सत्ता कब्जा गर्ने भो, यो सत्ता जोगाइराख्ने तपाईंले नै हो।' राष्ट्रपति निर्वाचित भएपछि नेपाली काँग्रेस त्यागेर साझा संस्थाको गरिमा धान्ने शपथ लिनुभएका यादव यही मन्त्रको जादुले वशिभूत भएर काँग्रेस भइरहनुभयो। यता माओवादीले सत्ता कब्जा गर्न लागेको हल्ला निरन्तर चलाइयो, त्यो सत्ता भनेको के हो र त्यसलाई जोगाउने भनेको के हो भन्ने प्रश्नको उत्तर नखोजी उहाँ माओवादी विरोधी क्याम्पको नेता हुनुभो। फलस्वरुप उहाँले एउटा चक्रव्यूह निर्माण गर्नुभयो र त्यो चक्रव्यूह कालान्तरमा चरित्रका हिसाबले माओवादी विरोधीमात्र रहेन, बरु परिवर्तनका एजेण्डाहरु विरोधी सावित हुँदै गयो।
संविधान सभाको अवसानपछि डा. बाबुराम भट्टराई नेतृत्वको सरकार परिस्थितिवश कायम रहन पुग्यो। तर संविधान सभाको अवसान कुनै एक शक्ति वा राजनीतिक दलको निरपेक्ष चाहनाका कारण भएको थिएन। बरु संघीयता र सिमान्तकृत समुदायहरुको पहिचान तथा अधिकारको मुद्दामा कुरो नमिलेर भएको थियो। यी मुद्दा अझैसम्म ज्युका त्युँ छन्। काँग्रेस र एमालेका नेताहरुले परम्परागत सत्ताको चरित्र बदल्न नखोजेको र केन्द्रीकृत शासन प्रणालीको राजतन्त्रीय अभ्यासबाट बाहिर निस्कन नसकेको कारण संविधान सभा असफल भएको निष्कर्ष काँग्रेस, एमालेकै एकथरी नेताले निकाले। फलस्वरूप ती पार्टीबाट जनजाति, मधेसी, आदिवासीलगायत् सिमान्तकृत समुदायका नेता, कार्यकर्ता अलग भइसकेका छन्। तर यी मुद्दामा काँग्रेस र एमाले अझै प्रष्ट छैनन् र उनीहरु यसबारे कुरै गर्न चाहँदैनन्। उनीहरुका लागि सबैभन्दा मन नपर्ने अनुहार प्रधानमन्त्री भट्टराई र सबैभन्दा बिझेको यथार्थ भट्टराई नेतृत्वको सरकार भएको छ। ठिक यही एजेण्डामा आएर राष्ट्रपति महोदय र शीतल निवासको गरिमा धुमिल भएको छ। राष्ट्रपति यादव खुल्लमखुल्ला सरकार परिवर्तनको पाल्सी खेलको मोहरा बन्नुभएको छ।
न्युनतम् संवैधानिक नैतिकतालाई मान्ने हो भने सहमतीय सरकार त संविधान सभा निर्वाचनलगत्तै पनि बन्नुपथ्र्यो। केवल माओवादीले संविधान सभामा धेरै सिट जितेकै कारण त्यतिबेला सहमतीय सरकारमा सामेल हुन काँग्रेसलाई सह्य भएन। सिंहदरबारमा केवल आफूमात्र हुनुपर्छ भन्ने काँग्रेसको संस्कार त्यतिबेला पनि बाधक भयो। यो देशको सरकार चलाउने एकाधिकार केवल आफैंलाई मात्र छ भन्ने काँग्रेसको हठ अहिले पनि उस्तै छ। नत्र लालिगुराँस क्रान्तिपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सहमतीय सरकार बनाउन सबै तयार भएझैं अहिले विघटित संविधान सभाको सबैभन्दा ठूलो दल एकीकृत माओवादीको नेतृत्वमा सहमतीय सरकार बनाउँदा पहाडै खस्ने पनि होइन। अन्ततः त्यो चुनावी सरकार हुने हो र अर्को चुनाव जितेर आफ्नै नेतृत्वमा सरकार बनाउन काँग्रेसलाई कसैले छेक्ने पनि होइन। विडम्बना ! विनाकुनै ‘पोलिटिकल ¥यासनल' जुहारी चलिरहेको छ। अझ विडम्बनाको कुरा राष्ट्रपति यादव पनि यो जुहारीमा हिस्सेदार हुनुभयो, काँग्रेस मनोविज्ञानभन्दा माथि उठ्न सक्नुभएन।
त्यतिमात्र होइन, उहाँ त शीतल निवासको बैठक कक्षलाई विगतको नारायणहिटी गद्दी बैठक बनाउन पो कस्सिनुभयो। बालुवाको महल बनाउनेहरुले ‘राष्ट्रपतिको कदम' भन्ने वाक्यांश खुब प्रचार गरेकै थिए। फगत यही वाक्यांशका भरमा पूर्व राजा ज्ञानेन्द्रको झैं प्वाँख पलाएको अनुभूति राष्ट्रपति महोदयलाई भइरहेको थियो। उहाँलाई यत्ति पनि आंकलन भएन कि प्रधान सेनापतिसँग ‘मलाई सहयोग गर्नूस्' भन्दाभन्दै त्यो खबर बालुवाटार पुगिसकेको थियो। साँढे दुई सय वर्षको परम्परागत इतिहास भएको राजतन्त्र त कुनै शाही कदमले जोगिएन भने महामहिम राष्ट्रपतिको ‘कदम' लाई कसले जोगाइदिने ? काँग्रेस, एमालेले त मानिसके भने प्रधान सेनापतिले कसो नमान्लान् भन्ने उहाँको परिकल्पना थियो, तर त्यसले साकार रूप लिन सकेन। उहाँले सबैतिर गुहार्नुभयो तर केही नलागेपछि फेरि सहमतिको भजनमै फर्किनुभयो।
उहाँलाई पनि थाहा छ- सहमति यसै बन्दैन। सहमति बन्नका लागि लेनदेनमा सहमति हुनुपर्छ। यस्तो लेनदेन राजनीतिक एजेण्डामा मात्र मूर्त हुन्छ। केवल काँग्रेस, एमालेलाई एकीकृत माओवादी मन नपर्ने वा एकीकृत माओवादीलाई काँग्रेस, एमाले मन नपर्ने विन्दुमा सहमति हुने सम्भावनै हुँदैन। लेनदेनका लागि एजेण्डामा छलफल हुनुपर्छ। एजेण्डामा अर्को संविधान सभामार्फत् जनताले नै फैसला गर्छन् भन्ने हो भने पनि नयाँ सरकार निर्माणको राजनीतिक आधार तयार हुनुपर्छ। यसमा शीतल निवासको कुनै भूमिका छैन। यत्तिको राजनीतिक सुझबुझ राष्ट्रपति महोदयलाई नहोला भन्न सकिन्न। तैपनि उहाँलाई सिंहदरबारसँग जोरी खोजिरहन मन लाग्छ। यही मनोविज्ञानकै परिणामस्वरुप राजीनामा दिन आएका प्रधानमन्त्रीको एउटा काँधमा थुम्थुम्याउने र अर्को काँधमा थिचेर झुकाउने प्रयत्न उहाँ गरिरहनुहुन्छ। भन्नेहरुले भनेका होलान्- राष्ट्रपति भइसकेपछि प्रधानमन्त्रीलाई त आफ्नो वशमा पो राख्ने हो। अनि उहाँलाई लाग्छ- प्रधानमन्त्रीभन्दा माथि रहेको अभिनय नै भए पनि गरिरहनुपर्छ।
राष्ट्रपति महात्म्यको भजन गाएर नथाक्ने मनिषीहरुको मुलुकमा कुनै कमी छैन। कतिपयले त उहाँलाई ‘भर्चुअल' सिंहासनमै राखिसकेका छन्। त्यसैले राष्ट्रपति महोदयलाई भ्रम र यथार्थबीचको भेद छुट्याउन कठिन भइरहेको छ। आलंकारिक राष्ट्राध्यक्ष अरु थुप्रै मुलुकमा पनि छन्, उनीहरुलाई दैनिक राजनीतिको टण्टा हुँदैन। परन्तु हाम्रा राष्ट्रपतिलाई भने दिनरात छटपटीमात्रै छ। अनि सिंहासनको भ्रम जोगाइराख्न उहाँ सातदिने म्याद जारी गर्नुहुन्छ, अनि त्यो म्याद खुस्किँदै गएपछि अर्को म्याद जारी गर्नुको विकल्प हुँदैन। सके त आफैंले टिके प्रधानमन्त्री बनाइदिन हुन्थ्यो, खुट्टो उचाल्नेहरु टीका लगाउन तयारै थिए। तर त्यसो गर्न पनि नसकिने, अर्कोतिर प्रधानमन्त्री उहाँका भूमिकालाई गैरसंवैधानिक भएको निर्णय मन्त्री परिषद्बाटै गराउँछन्।
यही फसादबीच उहाँले प्रधानमन्त्रीलाई डाक्नुभो। सहमति नबनुञ्जेल प्रधानमन्त्री तपाईं नै हो भनेर फकाउने प्रयत्न गर्नुभो। शीतल निवास र सिंहदरबारका बीच शीतयुद्ध चलेको देखिनु उचित छैन भन्ने सल्लाह भो। तर प्रधानमन्त्री गइसकेपछि मिडियालाई के भन्ने ? शीतल निवास शक्ति सम्पन्न छ भन्ने अभिनय छाड्न पनि नमिल्ने। त्यसैले सल्लाहकारमार्फत् उहाँले प्रधानमन्त्रीलाई हप्काएर पठाएको खबर मिडियामा आयो। बालुवाको धरहरा त जोगियो, तर उहाँको द्वैध भूमिकाले उहाँ आफैंलाई एक्ल्याइदियो। अब त झन् चक्रव्यूह कसिँदै पो गयो। शीतल निवासभित्रै विश्वासको वातावरण छैन, दलहरुलाई मात्र भनिरहन पनि नमिल्ने। राष्ट्रपति महोदय गम्भीर संकटमा पर्नुभएको छ।