अनित्यताबोध। निरहंकार। स्वधर्म।
आममानिसका कानका निम्ति यी शब्दावली एकदमै आदर्शवादी, अध्यात्मवादी लाग्ने गर्छन्। कतिका निम्ति झर्कोलाग्दो, आडम्बरपूर्ण वा दुरूहसमेत लाग्लान्। झन् क्रान्तकारी हौं भन्नेहरुका निम्ति त यी अलि टाढाकै 'विधर्मी' शब्द हुने नै भए। चिनजानका कसैले यस्ता वा यीसँग मिल्दाजुल्दा शब्द प्रयोग गरे भने ‘ए.. साथी त खतरा आध्यात्मिक गुरु पो हुन थालेछ' भनेर आँखा सन्काउँदै उसलाई खिसी गर्ने देखिलिएर ‘इतर' का रूपमा हेर्नु स्वाभाविक होला। अझ क्रान्तिकारी पार्टीभित्रैका, आप्mनै पंक्तिका मानिस परे भने त विचाहरुमाथि 'कारबाही' कै खतरा पनि हुँदो हो।
विडम्बना के छ भने यो पूर्वाग्रह र असहिष्णुताका कारण क्रान्तिकै अभिष्ट प्राप्तिमा बाधा सृजना भइरहेको हुन्छ- यदि त्यो साँच्चैको क्रान्ति हो भने। किनकि यी शब्द जीवनको सौन्दर्यबोधसित जोडिएका छन्।
क्रान्ति भनेको यथास्थितिप्रति जनताको असन्तुष्टिको अनियन्त्रित र असंगठित बिष्फोटमात्र हैन, त्यो त निश्चित महान् अभिष्ट प्राप्तिका निम्ति गरिने अनुशासित र सुसंगठित यज्ञ हुनुपर्ने हो। विवेक र विज्ञान बोकेर आप्mनो पुस्तामात्रै, हैन भावी पुस्ताको समेत हितका निम्ति गरिने यस्तो महान् यज्ञ मूल्य र मान्यताको अभावमा कसरी सम्भव हुन्छ ? जीवनका निम्ति हो क्रान्ति। मानिसका निम्ति हो क्रान्ति। मानव जीवनको गरिमा र महानतालाई सुहाउने सुझबुझ नभएको, असन्तुष्टिको बिष्फोटलाई कसरी क्रान्ति भन्न सकिन्छ ? समयको क्यान्भासमा क्रान्तिको चित्रबाट मानिस र जीवनलाई नै हटाइदिने हो भने त जे बाँकी रहन्छ, त्यो कुरूप शवकामी आतङ्कसिवाय अरु के हुन सक्छ र ?
साँच्चैको क्रान्ति हुनका निम्ति जीवनको सौन्दर्यबोध नभई हुँदैन जसको स्रोत अन्यत्र कतै नभएर मानिसकै जीवनमा हुन्छ। यति कुरा आत्मसात नगर्दा नै क्रान्तिकारीहरुमा नभई नहुने मूल्य मान्यतासमेत 'अवस्तुगत' र 'आदर्शवाद' भनी चित्रित हुन पुग्छन्। क्रान्तिकारीका पंक्तिभित्र हरेकले निरन्तर आत्मशुद्धि र आत्मप्रशोधन गर्दै अझ असल मानिस हुने प्रयत्न गर्नुलाई वाहियात, अवस्तुगत र खोव्रmो आदर्शवादी रटानका रुपमा लिइन थाल्छ। बरु व्यवहारवाद र वस्तुनिष्ठताको नाममा अलिअलि गर्दै भ्रष्टाचार गर्नु, नातावाद कृपावादको अभ्यास गर्नु, अपारदर्शिताको नमुना बन्नु, अवसरवादितालाई महान् रणनीति ठान्न थाल्नु आदि÷इत्यादि भने 'स्वाभाविक', क्षम्य र सहजग्राह्य कुरा हुन पुग्छन्। सत्ताप्राप्तिसँगै हुने गरेको क्रान्तिको स्खलन, पूर्व क्रान्तिकारीहरुको भ्रष्टीकरण, जनताका असन्तुष्टिहरुको निरन्तर नवीकरण र यीसँग जोडिएका अधोगतिको कुचव्रm इतिहासमा बारम्बार देखिने गरेको छ। यसका कारणमा यो यथार्थले अस्तित्वको नियममा परिवर्तनशीलताको शाश्वततालाई अस्वीकार गर्नुले मानिसको स्वधर्म पालन गर्दै आत्मप्रशोधनलाई निरन्तरता दिने अनिच्छाले महŒवपूर्ण ठाऊँ ओगटेको छ।
अनित्यताबोधको कुरा भनेको कपाल खौरेका भिक्षुले मात्र गर्ने कुरा हैन। ती माक्र्स थरका जर्मन बूढालाई पनि समाजलगायत् अस्तित्वमा रहेका सबै कुराको परिवर्तनशीलतामाथि विश्वास नहुँदो हो त आज 'माक्र्सवाद' भनेर चिनिने कुनै विचारै हुने थिएन यति बेला। खद्दरको धोती लगाउने ती गान्धी थरका बूढाको स्वराजमाथिको विश्वास पनि संसारको परिवर्तनशीलतामाथिको विश्वासबाटै त जन्मेको होला ! नत्र त्यो बेलाको त्यति बलियो बेलायती साम्राज्य अन्त्य होला र भारत जस्ता देश स्वतन्त्र होलान् भन्ने विश्वास कसरी हुँदो हो ? यो सानो पछौटे मुलुकमा त जाबो राणा शासन पनि कम बलियो थिएन। त्यसका विरुद्ध लड्ने नेपाली आँट पनि त संसारको अनित्यतामाथिको विश्वासबाटै जन्मिएको होला। नेपालबाट राजतन्त्र जाला भन्ने विश्वास कताबाट आयो अनित्यतामाथि विश्वास नहुने हो भने ? ‘अनित्यताबोध' को कुरा कुनै क्रान्तिकारी वा परिवर्तनकामी भनिने जमातलाई अवस्तुवादी लाग्न थाल्नुको अर्थ एउटैमात्र हुन सक्छ- तिनको क्रान्तिकारिताको स्खलन भएर यथास्थितिवादीमा पतन हुनु।
अनित्यताबोध गर्न कपाल खौरेर भिक्षु नै बन्नुपर्दैन। संसारमा अस्तित्वमा भएका सबै कुरा परिवर्तनशील छन्, कुनै पनि कुरा यथास्थितिमा रहिरहँदैन भन्ने कुरा स्वीकार गर्न पटक्कै गाह्रो नहुनुपर्ने हो। पूर्वका दार्शनिकले मात्र हैन, पश्चिममा पनि इशाभन्दा धेरै पुराना कथाहरुमा पनि 'गाम जे याभोर' अर्थात् 'यो पनि बित्छ' भन्ने गरिएको थियो। गएको शताब्दीमा सिँगै संसारलाई सम्भवतः सर्वाधिक प्रभाव पारेको विचार माक्र्सवादको एउटा प्रमुख स्थापना नै परिवर्तनशीलता हो। तर 'अनित्य' भन्नेबित्तिकै के हुन्छ कुन्नि ? यसलाई ‘आध्यात्मिक' वा 'अवस्तुवादी' भनेर क्रान्तिकारीहरु त्यसरी नै तर्कन्छन्, जसरी कुनै धर्मगुरुका वाक्यलाई अकाट्य, शाश्वत ईश्वरवचन मान्ने कुनै धर्मसम्प्रदायका अन्धभक्त 'धार्मिक' हरु अन्य आस्थाका मानिसदेखि तर्कन्छन्।
हामी गणतन्त्र भएको पनि अब त धेरै भइसक्यो। आजसम्म 'कलिलो' भनिने यो गणतन्त्र' छिटै नै बूढो हुनेछ। 'राजतन्त्रले हाम्रो बाटो छेकेर बस्यो, पूर्णतातर्फको हाम्रो यात्रा सुरु गर्नै दिएन' भनेर न हो त्यो भारी मिल्काएको ! ऊबेला जतिसुकै भयावह देखिए पनि अब त त्यसको हाउगुजी बाँकी छैन। तर लोकतन्त्रको हाम्रो यात्रा भने अझै सुरु हुनै सकेन।
लोकतन्त्र भनेको कुनै प्राप्य विन्दु वा पुगिने लक्ष्य नभएर पूर्णताको दिशामा गरिने महान् यात्रा हो भन्ने कुरा बुझ्न नसकेकै हुन् त राजनीतिका खेलाडीले ? आप्mनो राजनीतिक जीवनको सुरुवात् कुनै न कुनै रूपमा केही आदर्श बोकेरै सुरु गरेका हुन्छन् यिनले। त्यति अबुझ र मूर्ख नहुनुपर्ने हो। तर लोभ भन्ने कुरा यति बलियो हुन्छ कि त्यसको वशिभूत भएका बबुरा मनुवाहरु लाज ढाक्न बिर्सेर जस्तोसुकै मूर्खतापूर्ण तर्क गर्न तयार हुन्छन्। थरीथरीका नवरङ्गी खेलाडीहरु यतिबेला लोकतन्त्र भनेको आप्mनै मात्र तन्त्र हो भनेर आफँै जस्ता लोभीपापीसँग तर्क गरेर बसिरहेका छन्। र, जनता साँच्चैको 'लोक'जन भने यो खेलबाट एकदम टाढा, कता हो कता बाहिर छन्।
कुरा स्पष्टै पनि छ। हिजो जतिसुकै 'परिवर्तनको शाश्वतता' को कुरा गरे पनि, आप्mनो हालिमुहाली चल्न थालेपछि वा त्यो भ्रम पर्न थालेपछि ‘नेता' भनाउँदाहरु परिवर्तन चाहँदैनन्। अर्काको हालिमुहाली देखेर मुखबाट पानी चुहाउनेहरु भने त्यो ठाउँमा त आफू पो बस्नुपर्ने हो भन्ठान्छन् र त्यसका निम्ति जे गर्न पनि तयार हुन्छन्। फलस्वरूप यी सबैखाले खेलाडीका मुखबाट एउटै आवाज आइरहेको प्रतीत हुन्छ- मै राम हुँ, ममात्रै असली राम हुँ। हे दुःखी, निरीह र मूर्ख जनता, मलाई सिंहासन देऊ, म तिमीहरुलाई रामराज्य दिन्छु। राम हुँ भन्दै आउने अरु जो छन्, तीसँग होसियार ! ती सबै नक्कली राम हुन्। म र ममात्र हुँ राम, असली राम ! ल मलाई सिंहासन देऊ, म राम राज्य दिन्छु। कुनै सस्तो सिनेमाको सस्तो प्लट जस्तो लाग्ने यो दृश्य लगातार मञ्चन भइरहेको छ। र, लोकतन्त्रको यात्रा अवरुद्ध भइरहेको छ।
समाज जहाँ छ, त्यहीँ स्थिर रहन सक्दैन, अस्तित्वमा भएका कुनै पनि कुरा अनित्य छन्, मेरो भूमिका पनि परिवर्तन रहिरहन्छ, यति कुरा मान्ने हो भने अहिले देखिने गरेको जस्तो सत्तालिप्सा पक्कै नरहँदो हो। परिवर्तनशील संसारमा मेरो भविष्य मेरो वर्तमानबाटै जन्मन्छ र यो वर्तमानलाई सफा, स्वच्छ राख्नुपर्छ, यति मानिदिए स्वधर्म पालन हुँदो हो। संसारको अनित्यता बुझेको र स्वधर्म पालना गर्ने नेताको अहङ्कार पक्कै कम हुँदो हो। अरुसँग मेरो के कुरामा भिन्नता छ भनेर लगातार मथिङ्गल थकाउनुभन्दा के कुरामा समानता छ भनेर खोज्न सक्ने हो भने अहिले जस्तो लाज मर्नु जात्राको ठाउँमा साँच्चै लोकतन्त्रको यात्रा अघि बढ्दो हो।
केले रोकिरहेको छ यो सबलाई ?
अहिले प्रचलन र अभ्यासमा रहेको यो 'राजनीति' जसको नारा अरुलाई सराप्ने गालीसिवाय अरु केही हुन सक्दैन, जसको अभिष्ट खुम्चिएर सत्तालिप्साको नाभिमा अटाउने भएको छ, जसका सबै अभ्यास अरुको बहिष्करणमा आधारित छ, जो भ्रष्टाचारप्रति अति सहिष्णु छ, प्रगति र जनताको समृद्धिको जसलाई कुनै सरोकार छैन्, अझै यसको कुनै प्रयोजन छ ? यसको ठाउँ पनि त कुनै नयाँ सोच र अभ्यासले लिने बेला भएन ? यो परम्परागत फोहोर राजनीतिको ठाउँ नयाँ सृजनशील लोकनीतिले लिने बेला भएन ?