राष्ट्रपतिको संवैधानिक भूमिका
१४ मंसिर २०६९
•
१४ मिनेट पाठ
राष्ट्रपतिको संवैधानिक भूमिका
सहमतिको प्रधानमन्त्री खोज्ने राष्ट्रपतिको संवैधानिक कर्तव्यलाई असंवैधानिक भन्ने भट्टराईले त झन् असहमतिको प्रधानमन्त्रीका रूपमा शासन गरिरह"दा संविधानको उल्लंघन भइरहेको हुन्छ।
राष्ट्रपति रामवरण यादवको भूमिकालाई लिएर अहिले चर्केको बहसमा केही संवैधानिक र राजनीतिक प्रश्न उब्जेका छन्, जसले केही समय जवाफ खोजिरहने निश्चित छ। संवैधानिक प्रश्नमा उनको सीमा के हो भन्ने छ। प्रधानमन्त्री बाबुराम भट्टराई पक्षको तर्क राष्ट्रपतिको हरेक निर्णय मन्त्रिपरिषद्को सिफारिसमा हुनुपर्छ भन्ने छ। कार्यकारी अधिकार मन्त्रिपरिषद्स"ग मात्र रहेकाले राष्ट्रपतिको हैसियत लाहाछाप लगाउनेसम्म हो भन्ने त्यस तर्कको जोड हो। राष्ट्रपतिलाई कोरा आलंकारिक राष्ट्राध्यक्षमा सीमित गरिएको उनीहरुको दलिल छ। त्यस दृष्टिले यही मंसिर ८ गते राष्ट्रपतिबाट भएको सहमतीय सरकार गठनको औपचारिक आह्वान संविधानविपरीत भन्ने भट्टराई मन्त्रिपरिषद्को किटानी आएको हो। किनभने त्यस्तो आह्वानको सिफारिस मन्त्रिपरिषद्ले गरेको थिएन।
विवादको जड त्यही" छ। राष्ट्रपतिको आह्वान अकस्मात आएको होइन। र त्यो नाटकीय विकास पनि होइन। दलहरुस"ग चरणबद्ध छलफलपछि संविधानका धारा टेकेरै आएको छ। त्यसरी धारा उद्धृत गर्दा प्रधानमन्त्री भट्टराई बढी मर्माहत भएको देखिन्छ। उनको दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिस"ग गुनासो त्यसैमा गरे। धारा उद्धृत नगरी आह्वानमात्र गरेको भए दाहाल र भट्टराईको प्रतिक्रिया नआउने रहेछ। किनभने दाहालकै सक्रियतामा बजेट पारित हु"दा अर्को सरकारको बाटो खोल्ने समझदारी भएको थियो। भट्टराई त्यसमा अनभिज्ञ थिएनन्। त्यही समझदारीकै आधारमा त उनले मंसिर ७ गते देशबासीलाई सम्बोधन गर्दै सहमतीय सरकार गठनलाई मार्गप्रशस्त गर्न आफू प्रतिबद्ध रहेको घोषणा गरे। प्रतिबद्ध रहने भनेको अर्को सरकार बन्न दिन आफू सहयोगी हुन्छु भन्ने वचन हो। वचन पूरा गर्न उनले त्यस्तो सरकार आह्वानको सिफारिस गर्ने जिम्मेवारी पूरा गरेनन्। त्यसको दायित्व पनि सम्झेनन्। प्रधानमन्त्रीले त्यस्तो सिफारिस गर्न खोजेको भए वा मानेको भए राष्ट्रपति संविधानका धाराको ठाउ"मा मन्त्रिपरिषद्को सिफारिससमेतलाई उद्दरण गर्न बाध्य हुने थिए। त्यस्तो आह्वान उनले दलका नेताहरुस"ग संविधान सभा अवसानपछि धेरै पटक गरिसकेका थिए। त्यसबाट सम्भव नभएपछि उनले म्यादै तोकेर आह्वान गरेको बुझिन्छ। दलका नेताहरुले गत जेठ १४ गतेपछि आफैं विभिन्न पटक विभिन्न म्याद तोक्दै आएका पनि थिए। त्यसले पार लगाउन नसकेपछि निर्वाचनको तिथि तोक्न सक्ने सरकारको खोजीलाई राष्ट्रपतिले तीव्रता दिनु स्वाभाविक थियो।
राष्ट्रपतिको यो आह्वान गत जेठको निर्णयको फलोअपमात्र हो। संविधान सभा नरहेपछि उनले भट्टराई प्रधानमन्त्रीबाट पदमुक्त भएको धारा उल्लेख गरेरै घोषणा गरेका थिए र कामचलाउ सरकार हेर्न तोकिदिएका थिए। मन्त्रिपरिषद्को सिफारिसविना त्यो बरु उनको एउटा निर्णय थियो। मन्त्रिपरिषद् आफूलाई कामचलाउमा सीमित गरिदिनू भन्नेवाला थिएन। संविधान बनाउन र संवैधानिक व्यवस्था गरी निर्वाचन तय गर्न असफल भएको जिम्मेवारी लिएर प्रधानमन्त्रीले राजीनामा गर्न चाहेनन्। जबकि राष्ट्रपतिले संवैधानिक व्यवस्था नगरी संविधान सभा अवसान भयो भने तपाईं पदमुक्त हुनुहुन्छ भन्ने पूर्व जानकारी प्रधानमन्त्रीलाई दिएकै थिए। त्यतिखेर भट्टराई मौन रहे। आफूलाई पदमुक्त भनेको पनि संविधान विपरीत हो भनेर त्यसको छ महिनापछि बल्ल उनले मन्त्रिपरिषद्बाट पारित गराएर भने।
राष्ट्रपतिले प्रधानमन्त्री पदमुक्त भएपछि नया" प्रधानमन्त्री चयनको आह्वान गर्नु आवश्यक थियो। त्यो उनको संवैधानिक जिम्मेवारी हो। राष्ट्रपतिको भूमिका कार्यकारीको होइन तर कार्यकारीलाई बनाउने वा मान्यता दिने त उनकै संवैधानिक भूमिका हो। कार्यकारी कामचलाउमा सीमित भइसकेपछि अर्को कार्यकारी चयन गरेर मुलुकलाई प्रभावकारी सरकार दिनु राष्ट्रपतिको कर्तव्य हो। उनलाई संविधानको संरक्षक भन्नुको तात्पर्य संविधानप्रति वफादार रहून् भनेको हो, राष्ट्राध्यक्षको हैसियतको अर्थ कार्यकारिणी निकायलाई अनवरत् राख्नु हो।
अन्तरिम सरकारले मन्त्रिपरिषद्लाई कार्यकारिणी शक्ति प्रदान गरे पनि दलबीचको सहमतिका आधारमा राज्य सञ्चालन हुने अवधारणा अंगीकार गरेको छ। दलहरुलाई मन्त्रिपरिषद्भन्दा उच्च हैसियत प्रदान गरेको छ। संक्रमणकालमा दलीय सहमति सबभन्दा महŒवपूर्ण हुने मान्यता उसले बहन गरेको हो। एक हिसाबले संसदीय संविधान होइन यो, दलीय संवैधानिक प्रबन्ध हो। सत्ता पक्ष र विपक्षको अवधारणाले अन्तरिम संविधान बनेकै होइन। सहमतीय प्रधानमन्त्रीकै आत्मा यसमा छ। संविधान सभा निर्वाचनपछि सहमतीय प्रधानमन्त्री बन्न नसक्दाको विकल्प दिनमात्र नया" धारा थपिएको हो। त्यही धाराबाट भट्टराई चौथो प्रधानमन्त्री भएका हुन्। त्यो ३८ (२) को धारा संसदले प्रयोग गर्ने हो। दलहरुले सहमतीय प्रधानमन्त्री खोज्न नसके संसदले विकल्प दिन सक्ने बाटो बनाइएको हो। तर संसद नहु"दा दलहरुले सहमतीय प्रधानमन्त्री दिनु संविधान मनन् गर्नु हो। अहिले मुलुक संविधान सभा गठनअगाडिको परिस्थितिमा फर्किएको छ, जतिखेर गिरिजाप्रसाद कोइराला सहमतीय प्रधानमन्त्री थिए। अर्को संविधान सभा निर्वाचनका लागि त्यस्तै सरकारको संवैधानिक आवश्यकता पूरा गर्न दलहरुले राष्ट्रपतिलाई सहयोग गर्नुपर्ने संवैधानिक मार्गदर्शन हो। जतिसुकै जटिल होस्, त्यस्तो प्रधानमन्त्री दिने बाध्यता दलहरुस"ग छ। राष्ट्रपतिले त्यसैका लागि दलहरुलाई दबाब दिएका हुन्।
राष्ट्रपतिले दलीय सहमति नखोजी आफैं सरकार गठन गर्न खोजे भनेमात्र अन्तरिम संविधान उल्लंघन हुन्छ। उनले दलीय सहमतिमै जोड दिएका छन्। दलीय सहमतिबाट मात्र त्यो संविधानको संरक्षण र सम्बद्र्धन हुन्छ। सहमतिको प्रधानमन्त्री खोज्ने राष्ट्रपतिको संवैधानिक कर्तव्यलाई असंवैधानिक भन्ने भट्टराईले त झन् असहमतिको प्रधानमन्त्रीका रूपमा शासन गरिरह"दा संविधान उल्लंघन भइरहेको हुन्छ। यद्यपि उनी वैधानिकरूपमा संसदबाट निर्वाचित भएका हुन् तर उनको संवैधानिकता र बहुमत परीक्षण गर्ने संसद नरहनेबित्तिकै उनले आफ्नो राजनीतिक औचित्यका लागि दलीय विश्वास आर्जन गर्नुपर्ने हुन्छ।
भट्टराईले आफैं घोषणा गरेको निर्वाचन आफैंले सम्पन्न गर्न खोज्नु स्वाभाविक हो। त्यो उनको राजनीतिक दायित्व पनि हो। तर उनले तोकेको मितिमा निर्वाचन हुन सकेन। अब वैशाखमा गर्ने भनेर उनले घोषणा गर्दा पनि हुने देखिएन। किनभने त्यसको संवैधानिक व्यवस्था कार्यकारिणी एक्लैले गर्न सक्दैन। उनले विपक्षीहरुलाई साथ लिन नसक्दासम्म निर्वाचन असम्भव भइरहने निश्चित छ। उनले निर्वाचन आह्वान गर्दै जाने तर गर्न नसकेको जिम्मेवारीचाहि" नलिने ? राजनीतिक नेतृत्वस"ग अधिकार छ भनेको जिम्मेवारी पनि छ भनेको हो। उनले आफ्नो नैतिक आधार प्रदर्शित नगरे पनि राजनीतिक आधार कायम गर्न दलहरुको विश्वास जित्नैपर्ने थियो। छ महिनासम्म उनी त्यसमा एक डेग सफल हुन सकेनन्। विपक्षीहरु आन्दोलनबाट थाकेर निर्वाचनका लागि यही सरकारलाई सहयोग गर्न बाध्य हुन्छन् भन्ने उनको मनसाय देखिन्छ। त्यहीकारण उनले सधैं आफू सहमतिका लागि प्रयत्नरत् रहेको बताउ"दै आएका छन्। तर फलानो दिनसम्म सहमति जुटाउन सकिन भने म नैतिक जिम्मेवारी लिन्छु भन्ने घोषणा गर्न उनी चाह"दैनन्। संविधानले अर्को सरकार बन्ने बाटै दिएको छैन भन्ने एकसरो सोचाई राख्दाराख्दै पनि उनी किन जस्तोसुकै त्याग गर्न तत्पर रहेको र एकछिन पनि सत्तामा बस्न नचाहेको बताउन बाध्य छन् त ?
राष्ट्रपतिको आह्वानलाई खण्डन गर्ने क्रममा मन्त्रिपरिषद्ले गरेको निर्णय केलाउने हो भने निर्वाचनबाट मात्र अर्को सरकार बन्न सक्छ। त्यसको अर्थ विपक्षीहरुले सत्तामा गएर होस् वा बाहिरै बसेर यही सरकारलाई सहयोग गर्नुपर्छ र संवैधानिक प्रबन्ध गर्ने अख्तियारी दिनुपर्छ। विपक्षीहरुको विश्वास जित्न सरकारले नसकेसम्म निर्वाचन नहुने भयो, निर्वाचन नभएसम्म यही सरकार निरन्तर रहने भयो। प्रधानमन्त्री स्थायी प्रकृतिको पदमा रूपान्तर हुने भयो। यो संविधानको आफूखुशी व्याख्या हो र निर्वाचन नगरी निर्वाचनको वातावरण बनाउने बहानामा लामो शासनमा रहने अर्थ हो।
राष्ट्रपतिको भूमिकाको बहसमा अन्तरिम संविधानको मूल मर्म उज्यालिएको छैन। संसद नरहेकाले बहुमतीय प्रधानमन्त्री अर्को बन्न सक्दैन। तर सहमतीय प्रधानमन्त्री बनाउन राष्ट्रपतिलाई कसैले रोक्न सक्दैन। त्यो प्रधानमन्त्रीलाई राष्ट्रपतिले बनाउने होइन, मान्यता दिनेमात्र हो। बनाउने त दलीय सहमतिले हो। दलीय सहमति जतिसुकै कठिन देखियोस्, त्यसको पहल राष्ट्रपतिको संवैधानिक भूमिका नै हो।
अर्को समाचार
दलीय सन्तुलन नै मुख्य चुनौती
३० फागुन २०७४
•
१० मिनेट पाठ
दलीय सन्तुलन नै मुख्य चुनौती
काठमाडौं – संक्रमणकालीन व्यवस्थाअनुसार २०७२ कात्तिकमा पहिलोपटक राष्ट्रपतिको जिम्मेवारीमा पुगेकी विद्यादेवी भण्डारीले अबको पाँच वर्ष संवैधानिक सीमाभित्र रहेर संविधानको पालक र संरक्षकको भूमिका निर्वाह गर्नुपर्नेछ । पहिलो कार्यकालको अन्तिमतिर आफ्नो पूर्वदल नेकपा एमालेप्रति बफादार रहेको भन्दै विवादरहित बन्न नसकेकी भण्डारीका लागि आगामी पाँच वर्ष सन्तुलित भूमिका निर्वाह गर्नु सबैभन्दा चुनौतीपूर्ण देखिन्छ। 

एमाले र माओवादी केन्द्रको समर्थनमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवार बनेकी भण्डारीले आगामी दिनमा दलीय सन्तुलन कायम गर्नुपर्नेछ । पहिलो कार्यकालमा दलीय मात्र होइन, पूर्वदल एमालेभित्र पनि सन्तुलित भूमिका निर्वाह गर्न नसकेको आरोप उनीमाथि लागेको थियो । राष्ट्राध्यक्षको जिम्मेवारीमा पुगेर पनि उनले एमालेको गुट सञ्चालन गरेको भन्दै नेताहरुको असन्तुष्टि सार्वजनिक भएको छ । अब उनले सबै दलहरुसँग सन्तुलित भूमिका निर्वाह गरेर आफूलाई अभिभावकका रुपमा प्रस्तुत गर्न सक्नुपर्ने विश्लेषकहरुको बुझाइ छ। 

राजनीतिक विश्लेषक हरि शर्माले संविधानले राष्ट्रपतिको अधिकार र भूमिकालाई स्पष्ट किटान गरेको जनाउँदै त्यसभित्र रहेर अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताए । संक्रमणकालीन व्यवस्थाअनुसार भण्डारीको दुईवर्षे पहिलो कार्यकाल सकिएको जनाउँदै पहिलो राष्ट्रपति रामवरण यादवका सल्लाहकारसमेत रहेका शर्माले भने, ‘हिजो संक्रमणकालीन अवस्थामा यताउता गर्ने ठाउँ राष्ट्रपतिलाई थियो । तर, अब संविधानको मर्म र भावनाअनुसार चल्नुपर्छ । त्यसले निर्देश गरेका अधिकार र सीमामा रहेर सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ।’

दुईतिहाइ बहुमतसहित गठन भएको वर्तमान सरकारले चाल्न सक्ने कदममा सहयोगी मात्र होइन, संविधानविपरीत लिनसक्ने निर्णयमा राष्ट्रपति संविधानको संरक्षक र पालकका रुपमा आफूलाई प्रस्तुत गर्न सक्नुपर्ने हुन्छ।

वर्तमान सरकार भारी बहुमतसहित गठन भएको सुनाउँदै विश्लेषक शर्माले संसद्भित्र र बाहिरबाट पनि चुनौती आउन सक्ने बताए । ‘संसद्भित्र र बाहिरबाट पनि विभिन्न खाले चुनौती आउन सक्छ,’ उनले भने, ‘सरकार बहकियो भने त्यसलाई रोक्न सक्छ कि सक्दैन ?’

स्थानीय, प्रदेश र केन्द्र सरकारबीचको सन्तुलन कायम गर्दै अघि बढ्नुपर्ने चुनौती नयाँ राष्ट्रपतिसमक्ष रहेको छ । स्थानीय, प्रदेश र केन्द्रको अधिकारका विषयमा आउन सक्ने समस्या समाधानमा राष्ट्रपतिको भूमिका महत्त्वपूर्ण हुनेछ। 

राजनीतिक विश्लेषक निलाम्बर आचार्यले संवैधानिक सीमाभित्र रहेर केन्द्र, प्रदेश र स्थानीय तहको अधिकार र कामका विषयमा आउने विवाद समाधानमा राष्ट्रपतिको भूमिका आगामी दिनमा अझ महŒवपूर्ण बताए । लोकतान्त्रिक गणतन्त्रलाई अझ फराकिलो बनाउन संविधानको सीमा र परिधिमा रहेर नयाँ थिति बसाउन राष्ट्रपतिले भूमिका खेल्नुपर्ने सुझाव उनको छ । ‘सरकारका सबै अंगहरुबीच सन्तुलन कायम गरेर अघि बढ्न सक्नुपर्छ,’ आचार्यले भने।  

कानुनविद् भीमार्जुन आचार्यले स्थानीय, प्रदेश र केन्द्रीय सरकारबीच सन्तुलन कायम गरेर जानुपर्ने भएकाले राष्ट्रपतिको भूमिका अझै महत्त्वपूर्ण हुनुपर्ने तर्क गरे । ‘संघीयता कार्यान्वयनसहितको नयाँ परिस्थितिमा हामी अघि बढिरहेका छौं,’ उनले भने, ‘यस्तो बेलामा राष्ट्रपतिको भूमिका अझै बढी निष्पक्ष हुनु आवश्यक छ।’

राष्ट्रियसभाको तीन सदस्य मनोनयन र राष्ट्रियसभा अध्यादेशलाई राष्ट्रपति भण्डारीले बिनाकारण र आधार रोकेर दलीय प्रभावमा परेको देखिएको उनले सुनाए । ‘अन्तिम समयमा उहाँ दलीय प्रभावबाट मुक्त हुन नसकेको देखियो,’ कानुनविद् आचार्यले भने, ‘दलप्रतिको तटस्थता र दलीय प्रभावबाट मुक्त हुने नहुने सबाल उहाँसमक्ष छ।’

केपी ओली नेतृत्वको सरकारलाई दुईतिहाइ बढीको समर्थन देखिए पनि अझै सरकारको स्थिरताको सुनिश्चित नभएको जिकिर गर्दै कानुनविद् आचार्यले भने, ‘सरकार ढल्ने र संसद् विघटन हुँदा त्यसको प्रभाव उहाँमा पर्नसक्छ । त्यसको कसरी सामना गर्नुहुन्छ महत्त्वपूर्ण कुरा हो।’

राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धहरुलाई सन्तुलित राख्न पनि राष्ट्रपतिको भूमिका महत्त्वपूर्ण रहने आचार्यले आैँल्याए । ‘नेपालको भूराजनीतिप्रति भारत, चीनसहितका देशहरुको चासो रहन्छ । अन्तर्राष्ट्रिय आयामहरुलाई सन्तुलित राख्न राष्ट्रपतिको भूमिका विशेष हुन्छ,’ कानुनविद् आचार्यले भने, ‘उहाँले कुनै दलप्रति होइन मुलुक र आमजनताको राष्ट्रपतिका रूपमा निष्पक्ष भूमिका निर्वाह गर्न सक्नुपर्छ।’

प्रदेश र केन्द्रका अधिकारसहित विभिन्न विषयलाई लिएर पटकपटक संविधान संशोधनको सम्भावना आैँल्याउँदै आचार्यले भने, ‘संविधान संशोधन र त्यसपछि उत्पन्न हुनसक्ने प्रदेश र संघको अधिकारमा विवाद आउनसक्छ । त्यसमा राष्ट्रपतिको भूमिका प्रभावकारी हुनुपर्नेछ।’ 

प्रतिनिधिसभा निर्वाचन परिणामपछिको नयाँ सरकार गठनका क्रममा राष्ट्राध्यक्षको भूमिकाबाट चुकेको जनाउँदै आचार्यले प्रतिनिधिसभा सदस्यको शपथ नै नगराई केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु  संविधान र कानुनअनुसार गलत भएको दाबी गरे । संविधानको पालक र रक्षकको हैसियतमा राष्ट्रपति चुकेको उनको बुझाइ छ। 

राष्ट्रपतिबाट राजीनामा गरेर भण्डारीले दोस्रो कार्यकालको लागि चुनावी प्रतिस्पर्धामा उत्रिनुपर्ने तर्क गर्दै आचार्यले भने, ‘भण्डारी राष्ट्रपति पदमै रहेर दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रनु स्वाभाविक देखिएन । उहाँले राजीनामा गरेर चुनावमा गएको भए स्वच्छ र संविधान अनुकूल हुने थियो।’ 

राष्ट्रपति, उपराष्ट्रपतिसहितका पद रिक्त हुनुहुन्न भन्ने मान्यता राख्ने गरिएको सुनाउँदै आचार्यले भने, ‘उपराष्ट्रपतिले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने भएकाले आगामी दिनका लागि पद्धति बस्ने थियो।’

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइराला राजीनामा गरेर दोस्रो कार्यकालका लागि संसद्मा चुनावी प्रक्रियामा सहभागी भएका थिए । तर, भण्डारी राष्ट्रपतिकै हैसियतमा चुनावी प्रतिस्पर्धामा उत्रिएको र लक्ष्मी राई सामान्य नागरिकका रुपमा भन्दै विभिन्न क्षेत्रबाट उनको आलोचना हुँदै आएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस