यतिखेर कुनै पनि दलका स्थानीय नेता तथा कार्यकर्तामा राजनीतिक ऊर्जा छैन। स्थानीय निकाय प्रतिनिधिविहीन भएको एक दशक बित्यो। पाँच÷पाँच वर्षमा निर्वाचन नहुँदा दुई पुस्ता राजनीतिबाट पाखा लाग्यो। निर्वाचनप्रति स्थानिय चासो र सरोकार झन् घट्दो छ।
संविधान सभा भंग भएको करिब ६ महिना पुग्न लाग्यो। मंसिर ७ गतेका लागि सरकारले घोषणा गरेको मिति पूरा भयो। निर्वाचन हुन सकेन। फेरि आगामी वैशाखमा निर्वाचन गर्ने भन्दै सरकारले जिद्दी गरिरहेको छ। तर, प्रतिपक्षी दलहरु त्यसमा सहमत भइरहेका छैनन्। यति लामो समयसम्म निर्वाचनको विषयमा कुनै पनि राजनीतिक सहमति बन्न सकिरहेको छैन। कहिले चुनाव त कहिले पुनस्र्थापनामा प्रमुख दलहरु लुकामारी खेलिरहेका छन्। यो वा त्यो बहानामा दलहरु निर्वाचनबाट भागिरहेका छन्। जसका केही विशिष्ठ कारण छन्।
निर्वाचनमा जानका लागि पार्टीबाट संस्थागत निर्णय गरिसकेका दल पनि खासमा त्यही चुनावसँग डराइरहेका छन्। जसका पछाडि जनताको बीचमा आफ्नो हैसियत कस्तो छ भन्ने कुराको आँकलन गर्न नसक्नु प्रमुख हो। बाहिरी मुलुकहरुमा जस्तो नेपालमा समयसमयमा निर्वाचनबारे अध्ययन÷अनुसन्धान गर्ने पद्धति बस्न सकेको छैन। जसले गर्दा जनताको माझमा कुन दलको हैसियत कस्तो छ भन्ने थाहा हँुदैन। साथै वर्तमान अवस्थामा कुनै पनि दलले जनताको मन जित्ने काम गरेको छु भन्ने आत्मविश्वास नभएकाले पनि निर्वाचनमा जान डराइरहेका छन्।
दलहरुले संविधान सभाको निर्वाचनमा बाँडेका आश्वासन पूरा गर्न सकेनन्। दुई वर्षको म्याद भएको संविधान सभाको म्याद थप दुई वर्ष थप्दा पनि दलबीचको खिचातानीले संविधान जारी गर्न नसकी भंग भयो। फेरि यही मुद्दा लिएर जनताको माझमा गएर भोट माग्न सम्पूर्ण पार्टीलाई सरम लागिरहेछ। उता चप्पलमा संविधान सभाको भोट माग्न गएका नेताहरु राजधानीका स्थानीयबासी भइसकेका छन्। यसबीचमा जनताको प्रतिनिधित्व गरेर आएकामध्ये कतिपयबाट रातो पासपोर्ट बेच्ने जस्ता कार्य पनि भए। भ्रष्टाचारका काण्ड भए। सत्तामा पुग्नका लागि हरतरहको फोहोरी खेल खेलिए। तर संविधान निर्माणमा कुनै सहमति गरेनन्। आफ्नो जिम्मेवारी पूरा गर्न नसकेका दल तथा नेताहरु जनताको बीचमा कसरी जाने भन्नेमा अन्यौल छन्।
संविधान सभाको निर्वाचनपछि गाउँ राजनीतिक विचारबाट प्रशिक्षित हुन सकेको छैन। प्रजातान्त्रिक समाजवाद, जनताको बहुदलीय जनवाद, माओवाद अनि समावेशी र पहिचानको राजनीतिबारे काठमाडांैंमा त बहस भएको होला तर दलहरू यी एजेण्डा लिएर गाउँ गएका छैनन्। नयाँ पुस्तालाई कांग्रेस-एमालेले आफ्नो राजनीतिक दर्शनबाट प्रशिक्षित गर्न सकेनन्। मधेसवादीहरुको पहिचानको राजनीति पनि संविधान सभापछि जनतामाझ पुग्न सकेको छैन। सत्ताको फोहोरी खेल र जोडघटाउको अंकमा रुमल्लिँदा र आफैं पार्टीको नेतृत्व गर्ने स्वार्थसहित पार्टी फुटाउँदा मधेसमा उनीहरुको अस्तित्व क्रमशः संकटमा पर्दै गइरहेको छ। यता माओवादी टुक्रिएपछि जनतामाझ आफ्नो वास्तविक हैसियत के÷कस्तो छ भन्नेबारे स्वयं अनभिज्ञ छ। सबै दलका यस्ता आन्तरिक समस्याले नयाँ निर्वाचनमा जान दल हच्किरहेका छन्।
नेपाली राजनीतिक दलका सिद्धान्त विकासमा समस्या छ। नेपाली पार्टीले अंगिकार गरिरहेका सिद्धान्त खुल्ला बहस र छलफलको विषय कहिल्यै बन्न सकेन। सिद्धान्त भनेको अरुलाई बुझाउँदै जाँदा आफूले पनि बुझ्दै जाने विषय हो। पार्टीले लिएको सिद्धान्त कार्यकर्तालाई बुझाउँदा नेताले र जनतालाई बुझाउँदा कार्यकर्ताले प्रष्टिने मौका पाउँछन्। तर यहाँ त नेता कार्यकर्ता कसैले कसैलाई सिद्धान्त बुझाउँदैन। बुझ्ने÷बुझाउने काम नभएपछि त्यसमा प्रश्न उठने कुरै भएन। प्रश्न नउठेपछि त्यसमा थपघट गर्दै समकालीन समाज, अर्थतन्त्र अनि विश्वलाई जोड्नुपरेन। जसले गर्दा दलका विचार, दर्शन तथा सिद्धान्त खोक्रो बनेका छन्। देखाउन त विचार, सिद्धान्त र दर्शनका कुरा गर्छन् तर व्यवहारमा लागु नहुने अवस्थामा पुगेका छन्। स्पष्ट, सुदृढ र समकालीन समाजका हरेक सवाल समेटिएको चुस्त सिद्धान्त हुन नसक्दा पनि ताजा जनादेशमा जान दल डराइरहेका हुन्।
यतिखेर कुनै पनि दलका स्थानीय नेता तथा कार्यकर्तामा राजनीतिक ऊर्जा छैन। स्थानीय निकाय प्रतिनिधिविहीन भएको एक दशक बित्यो। पाँच÷पाँच वर्षमा निर्वाचन नहुँदा दुई पुस्ता राजनीतिबाट पाखा लाग्यो। तेस्रो पुस्ता राजनीतिलाई घृणित खेल भन्दै जीविकोपार्जनको आफ्नै बाटो खोजिरहेको छ। स्थानीय निकायलाई एक दशकदेखि खाली राखिँदा त्यसको नेतृत्वका लागि हुने स्वाभाविक प्रतिष्पर्धा हुन पाएन। विद्यार्थीलाई राजनीतिसँग जोड्ने स्ववियूको निर्वाचन समयमा नहुँदा उनीहरु पनि निर्वाचन प्रक्रियाबाट टाढिइरहेका छन्। यसले निर्वाचनप्रति स्थानीय चासो र सरोकार झन् घट्दो छ।
हुन त राजनीति सत्ताकै लागि गरिन्छ। तर नेपालका राजनीतिक दलले सत्तामुखी कार्यनीति बनाउनु अर्को ठूलो समस्या हो। उदाहरणका लागि २०५२ सालमा नेकपा एमालेले सरकार बनायो। यसपछिको नौ महिने शासनकालमा उसले ल्याएका कतिपय जनमुखी कार्यक्रम निकै लोकप्रिय बने। त्यसपछि एमालेले सत्तामा पुगेपछि मात्रै लोकप्रियता पाइँदोरहेछ भन्ने गलत बुझ्यो। अनि जोसुकैसँग र जस्तोसुकै विचार समूहसँग भए पनि मिलेर सरकार बनाउने र सत्तामा पुग्ने गलत अभ्यास सुरु ग¥यो। नेपाली कांग्रेस सरकार र सत्ताविना बाहिर क्षणभर पनि अडिन नसक्ने चरित्र बनाउँदै गयो। मधेसी दलहरु आफू सरकारमा भए मधेसका मुद्दा सुल्झिएको र सत्ताबाहिर भए मुद्दा ज्युका त्युँ देख्ने गर्छन्। माओवादीले त सत्ता बाहिर जाने कल्पना पनि गर्न छाडिसक्यो। सत्ताबाहेक अरु सबै कुरालाई गौण मान्ने यस्तो गलत राजनीतिक दृष्टिकोणले गर्दा निर्वाचनको एजेण्डालाई ओझेलमा पारेको छ।
संगठन विस्तार, नीति, दर्शन, सिद्धान्तको प्रचारप्रसार र जनतालाई प्रशिक्षित पार्ने, उनीहरुलाई आफ्नो एजेण्डामा कसरी संगठित गर्ने भन्ने जस्ता काम सरकारमा रहँदा वा बाहिर बस्दा नेपाली राजनीतिक दलहरुले अभ्यास नै गरेनन्। जसले गर्दा नेपाली राजनीतिक दलहरुको संगठन जनताको माझमा क्रमशः कमजोर बन्दै गयो। पार्टी सत्ता वरिपरि घुमिरहँदा वास्तविक, शोषित, पीडित, मजदुर, महिला, अल्पसंख्यकहरुको विश्वास र आस्था गुमाउँदै गए। जसले गर्दा अहिले सबै दल जनताको बीचमा जान डराइरहेका छन्।
नेपाली दलका युवा तथा विद्यार्थीको परिचालन गर्ने सवालमा निकै समस्या छ। समग्र राजनीतिक परिवर्तनलाई युवा तथा विद्यार्थीले नै काँध थाप्ने हो। चाहे त्यो २०३६ सालको जनमत संग्रह होस् वा ०४६ सालको जनआन्दोलन वा ०६२÷०६३ को जनआन्दोलन नै होस्, युवाले नै राजनीतिक परिवर्तनका लागि अग्रणी भूमिका खेलेका थिए। तर नेपाली राजनीतिक दलहरुले यस्ता युवालाई समग्र मुलुकको हितमा परिचालन गर्न सकेका छैनन्। आफू सत्ता र शक्तिको वरिपरि घुम्ने नेताले त्यस्ता स्वार्थ पूरा गराउन सक्ने युवालाई विश्वास गर्ने र जिम्मेवारी दिने गर्छन्। जसले गर्दा वास्तविक र जेहेन्दार युवा तथा विद्यार्थी कार्यकर्ता राजनीतिबाट पलायन भएका छन्। गलत नेतृत्वका कारण कतिपय युवा संघ÷संगठनले जनविरोधी काम गरेका छन्। जसका कारण पार्टीहरु बद्नाम हुन पुगेका छन्। यो अर्को समस्या छ।
अहिले आफ्नो दल तथा विचार समूहले सरकारको नेतृत्व नलिएसम्म चुनाव हुन सक्दैन भन्ने सवाल त्यत्तिकै सतहमा देखिएको होइन। सत्तामा पुग्न पाए वा टिकिराख्न पाए सरकारी स्रोत साधनको दुरुपयोग गरेर चुनावी माहौल आफ्नो पक्षमा पार्न सकिन्थ्यो भन्ने सबै दलको समान बुझाई छ। यो बुझाई रहेसम्म निर्वाचनमा राजनीतिक सहमति कायम हुन समस्या परिरहेको छ।
आन्तरिक अनि समकालीन अन्य समस्याका कारण दलहरु सार्वभौमसत्ता सम्पन्न जनताको माझ जान डराइरहेका छन्। केही कानुनी प्रावधान अर्थात् प्राविधिक पक्षलाई आधार देखाएर दलहरुले निर्वाचनमा नजान अड्को थापिरहेका हुन्। तर सार्वभौमसत्ता सम्पन्न जनताको बीचमा लोकतान्त्रिक अभ्यासका लागि निर्वाचनमा जान कुनै कानुनी छेकवार हुँदैन। संविधान, कानुन तथा अन्तर्राष्ट्रिय प्रचलनमा समेत नभएको पुनस्र्थापना गर्नचाहिँ हुने तर निर्वाचनमा जान नहुने भन्नु दलहरुको गैरजिम्मेवारीपनाबाहेक केही होइन। त्यसैले वर्तमान अवस्थामा निर्वाचनका अरु सबै विकल्प कमजोर र अलोकप्रिय हुनेछन्।
लेखक त्रिविबाट समाजशास्त्रमा एमफिल गर्दैछन्।