शेरबहादुर देउवाले सुशीललाई समर्थन गरेको, एमालेबाट ‘ग्रिन सिग्नल' पाएको र मधेसी मोर्चाका नेता गच्छदारबाट समेत मौखिक आश्वासन पाइसकेका सुशीलको दौडधूपको फल के होला ? अहिल्यै भन्न सक्ने स्थिति छैन।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बाबुराम भट्टराईसँग आफ्नो सम्बन्धबारे भनेका छन्- ‘बाबुरामजीसँग कुरा भयो। बाहिर धेरै भ्रम भयो, यो भ्रमलाई स्पष्ट गर्नुपर्छ भन्ने कुरा भयो। उहाँले मेरो केही छैन भनेपछि विश्वास गरेर छलफल अघि बढाएका छौं।' अध्यक्ष दाहालको स्पष्टीकरणझैं सौहाद्र्ध सम्बन्ध उनीहरूबीच देखिँदैन। राष्ट्रपति रामवरण यादवले सहमतीय सरकार निर्माणका लागि आह्वान गरेपछिको पाँचौ दिन प्रचण्डले एकातिर विश्वासको वातावरणमा बाबुरामसँग मिलेर राजनीतिक छलफल अघि बढिरहेको बताए भने अर्कोतर्फ त्यसै दिन पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार पार्टी उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ पनि रहेको बताए।
पार्टी प्रमुखका हिसावले दाहालबाटै नारायणकाजीको नाम आउनुपछाडिको राजनीति स्वाभाविक र सामान्य देखिँदैन। त्यसो त दाहालले विकल्पमा श्रेष्ठको नाममात्र लिएनन्, उनले सत्ता गठबन्धनका नेताहरू विजय गच्छदार र महन्थ ठाकुरको नाम पनि छुटाएनन्। १५ महिनाअघि मधेसी मोर्चाको वैशाखीमा सत्तासीन भएका बाबुराम र उनको नेतृत्वको सरकारमा रहेकोे मधेसी मोर्चाका घटकहरूलाई फूल्याउन दाहालले गच्छदार र ठाकुरको नाम लिनु राजनीतिको कखराभित्रकै कुरा हो। तर दाहालले प्रधानमन्त्रीको विकल्पमा नाम लिएका नेताहरू आफंै त्यति धेरै आशावादी देखिँदैनन्। बरु भट्टराई भने दाहालले धोका दिएको आँकलन गर्दै पार्टी विभाजनपछि बनेको नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यसँग समेत सहयोगको याचना गर्नुपर्ने स्थितिमा पुगेका छन्। बाबुराम वैद्यबीचको भेटलाई धोविघाट रणनीतिसँग जोडघटाउ गर्नेहरू पनि छन्।
जोडघटाउकै बीच राष्ट्रपतिले आह्वान गरेको शुक्रबारसम्मको समयसीमामा दलहरू सहमतिको साझा उम्मेदवार दिन सक्लान् ? अहिले प्रधानमन्त्रीको दौडमा लागिपरेका कांग्रेस सभापति सुशील कोइरालाको पक्षमा सहमति जुट्ला ? राष्ट्रपतिको समयसीमासम्ममा सहमतिको नाम गएन भने के हुन्छ ? स्वाभाविक छ- राष्ट्रपतिले फेरि अर्को समयसीमा तोक्नेछन्। अन्तिम समयमा आएर मात्र महŒवपूर्ण निर्णय गर्ने राजनीतिक दलका नेताहरूको परम्पराबीच शुक्रबारसम्ममा सहमति बन्ने कुरामा शंका छ। कांग्रेसको आन्तरिक राजनीतिमा कोइरालाको दौडधूपले नयाँखाले परिस्थिति जन्मिएको छ। पार्टी उपसभापति एवं संसदीय दलका नेता रामचन्द्र पौडेललाई यसअघि कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार तोकेको सन्दर्भमा पौडेलबाट प्रतिरोध आउने निश्चित छ। कांग्रेसबाट अर्का प्रत्याशी शेरबहादुर देउवाले सुशीललाई समर्थन गरेको, एमालेबाट ‘ग्रिन सिग्नल' पाएको र मधेसी मोर्चाका नेता गच्छदारबाट समेत मौखिक आश्वासन पाइसकेका सुशीलको दौडधूपको फल के होला ? अहिल्यै भन्न सक्ने स्थिति छैन।
पछिल्ला राजनीतिक घटनाले दाहाल पनि बाबुरामलाई सरकारको नेतृत्वमा राखिराख्ने स्थितिमा देखिँदैनन्। दाहालले नारायणकाजी, विजय र महन्थलाई सत्ता गठबन्धनका प्रत्यासीका रूपमा प्रस्ताव गर्नुको अर्थ बाबुरामलाई साथ दिन नसक्ने अवस्था मान्न सकिन्छ। यी सबै राजनीतिक परिस्थितिले सुशीलको पक्ष बलियो मान्न सकिन्छ। यति हुँदाहुँदै पनि सुशीललाई दाहालको प्रत्यक्ष समर्थन आवश्यक हुन्छ। दाहालका लागि बाबुराम त्यागेर सुशीललाई सत्तासीन गराउन सहज छैन। पार्टी अध्यक्ष र सत्ता गठनबन्धनका नेताको हैसियतमा दाहालका सामुन्ने एकैसाथ विभिन्न चुनौती पनि मुखरित भएका छन्। सोझै सुशीललाई समर्थन गर्न नसक्ने भएर नै हुनसक्छ, दाहालले संविधानका अन्तर्वस्तुमा सहमत भए कांग्रेसलाई चुनावी सरकारको नेतृत्व दिनसक्ने अभिव्यक्ति दिएका छन्। जसको अर्थ हुन्छ- संविधान सभाको पुनस्र्थापना।
दाहाल आफूले पछिल्लो पटक अघि सारेको संविधान सभा पुनस्र्थापनको सर्तमा अडिग रहिरहे भने सुशीलको सम्भावना त्यत्तिकै समाप्त भएर जान्छ। कारण- प्रधानमन्त्रीको मूल्यमा सुशील संविधान सभा पुनस्र्थापनामा सहमत हुन सक्तैनन्। लामो समयदेखि निर्वाचनमै जानुपर्छ भन्ने अडान चटक्क छोडेर सुशील प्रधानमन्त्री बन्नसक्ने अवस्था आउने देखिँदैन। पुनस्र्थापना कांग्रेस-एमाले दुवै दलले नचाहेको माओवादीको पुरानो मुद्दा हो। दाहालको पुनस्र्थापना सर्त घुमाउरो पारामा सुशीललाई समर्थन हो वा राजनीति गतिरोध जारी राखेर मुलुकलाई जटिलतातर्फ उन्मुख गराउने अस्त्र ?
खासमा दाहालका सामुन्ने अहिले दुईटा विकल्प छन्। एउटा बाबुरामलाई पन्छाएर सुशीललाई सत्तासीन गराएर राष्ट्रिय राजनीतिको केन्द्रीय भूमिका निर्वाह गर्ने वा बाबुरामको सत्तालाई निरन्तरता दिँदै जाने ? सुशील प्रधानमन्त्री बन्न सकेको अवस्थामा माओवादीलाई के÷कति लाभ हुन्छ ? बाबुराम भइरहँदा पार्टीलाई लाभ हुन्छ वा सुशील सत्ताबाट धेरै फाइदा ? दाहालले हिसावकिताव गरेको हुनुपर्छ। सुशील प्रधानमन्त्री बन्नुको अर्थ माओवादी मधेसवादी सत्ता गठबन्धन र मोर्चाबन्दी भत्कनु हो। सुशील सत्तासीन हुनुुको अर्थ सत्ता राजनीतिमा केन्द्रित मधेसी दलहरूको भूमिका परिवर्तन हुनेछ। चिराचिरामा विभाजित मधेसी मोर्चाका घटकहरू माओवादीसँगको सत्ता गठनबन्धनका कारण मधेसमा आलोचना खेपिरहेका छन्। बाबुराम सत्ताबाट हट्नुको अर्थ मधेसी दलहरू नयाँ समीकरण गर्न बाध्य हुनेछन्।
राजनीतिक पार्टीबीच हुने समीकरणहरूमा पार्टीहरूले आपसी नाफा-घाटा हिसाव गरेका हुन्छन्, जसलाई सहमतिको जामा लगाउने गरिन्छ। अहिलेको राजनीतिबाट सुशील सत्तासीन भए भने मुलुक चुनावमय हुनेछ। संविधान सभाको अवसानपछि कचल्टिएको राजनीतिले नयाँ बाटो लिनेछ। तर दाहालको सहयोगमा प्रधानमन्त्री बन्नुपर्ने सुशीलको बाध्यात्मक अवस्था सँगसँगै दाहालले कुन हदसम्म सुशीलबाट लाभ लिन सक्छन् भन्ने महŒवपूर्ण कुरा हो। सुशीलको क्षमताबारे कांग्रेसजन जानकार छ। करिव डेढ दशकदेखि कांग्रेसको नेतृत्वमा रहेका सुशीलबाट कांग्रेसले के पायो ? सुशीलमा अहिले देखिएको प्रधानमन्त्री बन्ने रहरबीच कांग्रेसजनले उनको विगत आँकलन गर्न आवश्यक छ। कस्तो विडम्बना ! अडान र अनुशासनको नाममा कांग्रेसमा गुटबन्दी गर्ने नेताको परिचय बनाएका सुशील सहमतीय राजनीतिको केन्द्र बन्न खोज्दैछन्।