बीपीको सान्दर्भिकता
२८ साउन २०६६
•
१० मिनेट पाठ
बीपीको सान्दर्भिकता
नयाँ संविधानमा निर्वाचन प्रणाली संघीय विभाजन वा शासकीय संरचनामा मतभेद भए पनि वैयक्तिक स्वतन्त्रता र सामाजिक न्याय अर्थात् समानताको प्रत्याभूति हुनुपर्छ भन्नेमा कसैको पनि दुई मत छैन । यथार्थमा विश्वेश्वरप्रसाद कोइरालाका विचारको सार पनि यही हो । यसैले संविधानका बुँदा बुँदामा छलफल गर्दा पनि बीपीका विचारहरुमा गौर गर्नु उपयुक्त र सान्दर्भिक देखिन्छ ।
बीपी विश्वको राजनीतिमा प्रजातान्त्रिक समाजवादीहरुको संगठन 'सोसलिष्ट इन्टरनेसनल'ले सबैभन्दा बढी सम्मान व्यक्त गरेको नेपाली एवं नेपाली प्रजातान्त्रिक आन्दोलनका प्रवर्तक हुन्। उनैको नेतृत्वमा नेपाली कांग्रेसले राणा शासनविरुद्ध जनक्रान्ति गरेको थियो । कंग्रेसभित्र पनि दुई धार थिए - उदार प्रजातन्त्रवादी र प्रजातान्त्रिक समाजवादी। बीपी प्रजातान्त्रिक समाजवादी विचारका पक्षधर थिए । उनी माक्स्र र गान्धीका विचारबाट प्रभावित एवं भारतको समाजवादी पार्टीको 'स्कुलिङ' र सहकार्यबाट प्रेरित 'समाजवादी' थिए । समाजवादी शिविरमा सहभागिता पहिलेदेखि नै जारी राखे पनि औपचारिकरुपमा नेपाली कांग्रेसलाई 'समाजवादी पार्टी' घोषणा गर्ने काम भने कांग्रेसको वीरगाज महाधिवेशनमा सुवर्ण शमशेर पार्टी सभापति निर्वाचित भएपछि २०१२ सालमा भएको हो । धनी र गरिब दुर्व वर्गको प्रतिनिधित्व भएको कांग्रेसमा समाजवादका लागि सर्वसम्मति जुटाउन बीपीलाई कठिन परिश्रम गर्नु परेको थियो । यसैले उनलाई 'इभोल्युसनरी-रिभोलुसनरी' भन्न सकिन्छ। बीपी स्वभावले भने 'रिभोल्युसनरी' नेता हुन्, जसले संघर्षलाई नै जीवन दर्शनका रुपमा अख्तियार गरे। केही समय यता बीपीका विचार पुराना असान्दर्भिक भएको र उनको समाजवादले आजको युगको मांगलाई पूरा गर्न सक्तैन भन्नेजस्ता टिप्पणी हुन थालेको पाइन्छ ।




उनलाई संवैधानिक राजतन्त्रको पक्षधर भनेर पुरानो बनाउने र एक्काइसौं शताब्दीको उन्नत प्रविधि र प्रगतिसम्म राजनीतिक चिन्तनसम्म आई नपुगेको पुराना समाजवादीका रुपमा चित्रण गर्दै लेखिएका विचार पनि व्यक्त हुन थालेका छन् । बीपीले समाजवादका सिद्धान्तका ठेली लेखेनन्। उलने आजीवन राणा र राजाको तानाशाही विरुद्ध अनवरत संघर्ष गरी रहनुपर्यो । यस्तै राजनीतिक जीवनभर नै क्यान्सरविरुद्ध पनि लड्नु पर्यो। जनतालाई केन्द्रमा राख्ने भएकाले पनि उनले बाँकी समय कोठे चिन्तन र सैद्धान्तिक विचारका पुस्तकमा भन्दा जनसम्पर्कलाई दिए। जनताबीच रहेर जनताको नेतृत्व गर्ने उनकॊ जीवन शैली थियो। बीपीका विचार नेपाली समाजको प्रजातान्त्रिक विकासक्रमका जीवन्त इतिहास र साक्षी हुन् । बीपी व्यवहारवादका नाममा समर्पणवादी र सिद्धान्तका नाममा उग्रवादी प्रवृत्तिका विरुद्ध थिए । उनका विचारमा जुन व्यक्तिको ज्ञान कितावको ठेलीभित्रै सीमित रहन्छ र व्यवहारमा जान सक्दैन त्यसको उपादेयता रहँदैन ।

बीपीले समाजवादको सन्दर्भमा प्रस्तुत गरेको 'सुखी मध्यम वर्गीय परिवार' को मोडेल अहिले पनि उत्तिकै सान्दभिक र मननीय छ। यसको आलोचना गर्नेहरु भन्छन्- 'समाजको अहिलेको आकांक्षालाई यसले पूरा गर्न सक्दैन।' न्यूनतम एक हल गोरु राम्रो दुहने गाई केटाकेटीको स्कुलफिस र बिरामी हुँदा सामान्य उपचारको क्षमता भएको निरोगी सुखी र शान्त परिवार उनको कल्पना थियो। उनको यस भनाइलाई सूत्रका रुपमा लिएर व्याख्या गर्नु पथ्र्यो। यो त राज्यले नागरिकको सुखी जीवन यापनको न्यूनतम आवश्यकता पूरा गर्ने ग्यारेन्टी गर्नुपर्छ भन्नॆ अभिव्यक्ति हो। अहिले पनि राज्यले आपुना नागरिकलाई सहज जीवन यापनको ग्यारेन्टी गर्न सकेको छैन। 'एक हल गोरु' गुजाराका लागि आर्जन गर्ने सीप र साधनको पर्याय हो भने दुहुनो गाई पोसिलो खानाको प्रतीक हो । छोराछोरी पढाउन र बिरामी पर्दा औषधि गर्नसक्ने भनेको निःशुल्क शिक्षा र स्वास्थ्यको उपलब्धता नै त हो। अनि कसरी पुरानो भयो त बीपीको विचार जाजरकोटले सन्दर्भले पनि यसलाई पुष्टि गरेको छ। आजको युगमा पनि सफा पानी र सामान्य जीवनजलको अभावमा त्यस क्षेत्र र वरपरका जिल्लामा करीब दुई सयको ज्यान गएको छ र सयौँ झाडा पखलाबाट आक्रान्त छन् । एक मानो चामल र दुई प्याकेट जीवनजल नपाएर हाहाकार छ। वर्षौसम्म पिछडिएको क्षेत्रको नाममा अनेकौँ सरकारी र गैरसरकारी संस्थाका निरन्तर गतिविधि भए पनिसफा पानी र सामान्य उपचारको आवश्यकता र प्रयोग बारे चेतना जाग्न सकेको छैन। यस स्थितिको बीपी परिकल्पनाको समाजवाद सान्दर्भिक छैन र आज पनि सामाजिक विभेद आर्थिक विभेद जातीय विभेद लैंगिक विभेद विद्यमान भएकाले स्वतन्त्रता र समानताका पक्षमा दृढ उनका अभिव्यक्तिले संवेदनशील बनाउँछन् र बाटो देखाउँछन्।

बीपीले समाजवादको एउटा पुस्तकसम्म पनि नलेखेकोमा उनका विचार अपूरो देख्नेहरु पनि छन्। उनले सूत्रमा व्यक्त गरेका समाजवादसम्बन्धी विचार व्यावहारिक सरल संक्षिप्त र बुझिने भाषामा छन् । उनको विचार त सामान्य निरक्षर व्यक्तिले पनि सजिलै बुभुन सक्छ। वास्तवमा बीपीलाई असान्दर्भिक देख्नेहरु आफू विचार गर्न नसक्नेहरु मात्रै हुन्। बीपीले टेलिभिजन र कम्प्युटर पनि गोरु र गाईसँगै चाहिन्छ नभनेकाले उनका विचार पुराना भए भन्नेहरुले अझै पनि मध्ययुगीन जीवन शैली यथावत् रहेका गाउँ नै बहुसंख्यामा भएको थाहा नपाएका हुन् कि नेपालको राजनीतिमा बीपी कोइरालाका विचारको विशेष महत्व छ। बीपीका विचार न त कुनै सैद्धान्तिक ज्ञानमा मात्र सीमित छन् न त व्यवहारका नाममा राजनीतिक मूल्य मान्यता र आदर्शबाट टाढिएका छन्। ती यथार्थवादी सोच र चिन्तनयुक्त छन्। उनले सरल भाषामा समाजवादलाई बुझाउन एउटा सूत्र बनाएका छन् - प्रजातन्त्रसाम्यवाद। समाजवाद। यस्तै समाजवाद-प्रजातन्त्र। साम्यवाद । सामान्य जनतालाई बुझाउन बनाएको यस सूत्रको सामयिक व्याख्या गर्ने हो भने उनको विचार अझ स्पष्ट हुन्छ।

यस्तै वीपी ले समाजवाद बारे २०२६ सालमा विद्यार्थीहरुको एक भेलामा भनेका थिए- समाजवाद एउटा सिद्धान्त आइडियोलोजी मात्र होइन यो एक सभ्यता सिभिलाइजेसन हो जुन मानव समाजको विकास क्रमसँगै विकसित हुँदै आएको छ । उनको यो अभिव्यक्ति लामो अनुभव सोच र चिन्तनको निष्कर्षका रुपमा आएको हो। यसको पनि समयसापेक्ष विश्लेषण हुन बाँकी छ। यो जिम्मा नयाँ पुस्ताको हो।

(लेखक नेपाली कांग्रेसका मुख्य सचिव हुन्।)
अर्को समाचार
बीपीको सान्दर्भिकता
२४ भदौ २०६७
•
८ मिनेट पाठ
बीपीको सान्दर्भिकता
आज कांग्रेसजन ९७ औं बीपी जन्मजयन्ती मनाउने चटारोमा छन्। बीपीका नाममा रक्तदानदेखि विचार गोष्ठी र वृक्षारोपणसम्मका कार्यक्रम हँुदैछन्। यस वर्षको बीपी जयन्तीमा विगतमा भन्दा बीपीका बारे धेरै चर्चापरिचर्चा हुने देखिएको छ। बीपीको संझनामा राजधानीमा आयोजना हुने कार्यक्रमहरूमा यस पटक धेरै कार्यकता भेला हुनेछन्। कारण, कांग्रेस अहिले १२ आंै महाधिवेशनको संघारमा छ। काठमाडांैमा असोज १ देखि ५ सम्म हुने महाधिवेशनमा भाग लिन आधासरो कांग्रेसजन राजधानीमा भेला भइसकेका छन्। कांग्रेसजनले भदौ २४ गते बीपीलाई बेच्ने अवसर पाएका छन्। केन्द्रीय नेतृत्वमा दाबी गरेर प्रचारमा उत्रिनेहरूका लागि बीपी जयन्ती आफ्नो प्रचारप्रसार गर्ने राम्रो मौका भएको छ।




कांग्रेसहरूको मूलनारा अहिले पनि बीपीले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद छँदैछ। यस महाधिवेशनमा प्रजातन्त्रको ठाउँ लोकतन्त्रले लिएको मात्रै हो। राजनीतिका शब्दावलीमा दोस्रो जनआन्दोलनका क्रममा प्रजातन्त्र लोकतन्त्रमा परिमार्जित भयो अनि कांग्रेसले पनि लोकतन्त्र लेखिदियो,। तर बीपीको राष्ट्रियता र समाजवादबारे भने चिन्तन र बहस भइरहेका छैनन्। महाधिवेशनका पेस हुने नीति तथा कार्यक्रमको ...बृहत् पुुस्तिका' असार तेस्रो साता तयार गरेर क्षेत्रीय अधिवेशन अघिनै जिल्लामा पुर्‍याउने भनिएको थियो। तर बुधवार आयोजित कार्यक्रममा नीति तथा कार्यक्रम छपाइका लागि बल्ल प्रेसमा पुगेको जानकारी नेताहरूले दिए। नीति तथा कार्यक्रममा राष्ट्रियता र समाजवादले खासै महत्व पाएको छैन।
कांग्रेस अधिवेशनले पार्टीका नीति, कार्यक्रममा छलफल गरेर मुलुकको आवश्यकताअनुसार मार्ग दर्शन गर्नुपर्थ्योे। तर अधिवेशन चुनावमा सीमित हुने लक्षण छ। अधिवेशनमा कांग्रेसजनले बीपीको राष्ट्रियता र समाजवादको औचित्य र आवश्यकतासम्बन्धमा छलफल गर्ने छैनन्। कारण सबै कांग्रेस अहिले चुनावमा केन्द्रित भएका छन्।
अधिवेशन सुरु हुनु एक साताअघि नै कांग्रेसी कार्यक्रमहरूमा कार्यकर्ता र महाधिवेशन प्रतिनिधिभन्दा उम्मेदवारीको घोषणा गर्ने धेरै देखिँदैछन्। कांग्रेस मुख्यालय सानेपा क्षेत्र चुनावी प्रचारले रंगिन थालेको छ। केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गर्ने ठूलो संख्याका नेता, कार्यकता सचित्र पोस्टर, पम्पलेट, भिजिटिंग कार्डमार्फत् आआफ्नो प्रचारमा जुटेका छन्। सभापतिको दाबेदार गुटबन्दीलाई बलियो पार्ने अभ्यासमा दिनरात लागेका छन्। राजधानीका होर्डिङबोड ...शान्ति, समृद्धि र लोकतान्त्रिक संविधान, नेपाली कांग्रेसको अभियान' भन्ने नाराले भरिएका छन्। अर्थात्, कांग्रेसले प्रचार, प्रसारमा तीव्रता दिएको छ।।
लामो समयदेखि कांग्रेसमा परिचय बनाएका पुराना नेता पनि महिला, मधेसी, जनजाति, दलित आदिवासी, कोटामा आफूलाई सुरक्षित ठान्दैछन्। कांग्रेसले यस महाधिवेशनदेखि आरक्षणको नीति अख्तियार गरेको छ। पार्टीमा नयाँ मानिस ल्याउन आरक्षणकोे रणनीति अपनाइनुपर्ने हो। तर आरक्षण कोटामा पुरानैले आँखा गाड्नु विडम्बना हो। आरक्षण नयाँलाई प्रोत्साहित गर्ने नीति हो कि पुरानाको सुरक्षा गर्ने? कांग्रेसजनले आरक्षण नीतिको प्रयोगका बारे बेलैमा सोच्न आवश्यक छ।
कांग्रेसजनले खासै महत्व नदिएको बीपीको राष्ट्रियता र समाजवादी नीतिका बारे यो साता केही जानकारी लिने मौका मिल्यो। नागरिकको बीपी विशेषांकका लागि बीपीसँग नजिक बसेर काम गरेका राष्ट्रपति डा. रामवरण यादवदेखि कांग्रेसमा तेस्रो धारको नाममा सभापतिको उम्मेदवारी भीमबहादुर तामांगसँगको भेटघाटका क्रममा बीपीको राष्ट्रियता नीति बारे अझ बढी जानकारी लिने अवसर मिल्यो। बीपीले २०३३ सालमा भारत निर्वासनबाट स्वदेश फक्रने क्रममा राष्ट्रियता माथिको खतरा औँल्याएका थिए। बीपीले राष्ट्रियताको नारालाई प्रमुखता दिएको बेला दक्षिण एसियाको राजनीतिमा बंगलादेशको जन्म, सिक्किम विलय, अफगानिस्तानमा रुसी हस्तक्षेप घटनाहरू ताजै थिए। बीपीले त्यसबेलाको भूराजनीतिक अवस्थामा राष्ट्रियता माथिको खतराको व्याख्या अहिले यथावत् लागू हुँदैन। उति बेलाको दुई धु्रवमा विभाजित विश्व राजनीति अहिले बदलिएको छ। तर, बीपीले त्यसबेला औल्याएको क्षेत्रीय शक्तिको नेपालको राजनीतिमा दबदबाबारे भने अहिलेका कांग्रेसजन अनभिज्ञजस्तै देखिन्छन्। त्यसको ै सान्दर्भिकता अहिले पनि उत्तिक छ।
नेपालको राजनीतिमा छिमेकी भारतको भूमिकाका बारे कांग्रेसजनले गम्भीरतापूर्वक सोचेका छैनन्। नेपालको प्रमुख राजनीतिक घटनाको सूक्ष्म विश्लेषण गर्दा यहाँको राजनीतिलाई स्थायित्व हुन नदिने काम अरूबाट भन्दा बढी हाम्रो नजिकको छिमेकीबाटै भएको छ। सातसालको क्रान्ति, सातदेखि सत्रसालको राजनीतिक किचलो, पंचायतको जन्म र विकास, २०३६ मा बहुदल विरोधी भूमिका र २०४६ सालको जनआन्दोलन अघिका प्रस्त्ाावको गहन विश्लेषण नगर्दा कांग्रेसले बीपीको राष्ट्रियता बिर्सिएको ठहरिनेछ। माओवादी ...जनविद्रोह' को विस्तारमा उसले खेलेको भूमिका र तिनै माओवादीलाई मूलधारमा ल्याउन र नेपालबाट राजतन्त्र समाप्त गर्ने कूटनीतिक प्रयोजनको लेखाजोखा खै कांग्रेसले गरेको? कांग्रेसको भोटबैंक तराई भत्काउने काममा कसले, कसरी सहयोग पुर्‍यायो? सातौं चरणको प्रधानमन्त्री निर्वाचनसम्म उसले कस्तो भूमिका निर्वाह गरिरहेको छ? कांग्रेसजनले बीपीले प्रमुखता दिएको राष्ट्रियताकोे सबाललाई सामयिक सन्दर्भमा सूक्ष्म विश्लेषण गर्नु आवश्यक छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस