कतिपय मानिस एमालेलाई 'भाइ कांग्रेस' भन्छन्। तर सिद्धान्त र आन्तरिक लोकतन्त्रको कसीमा हेर्दा विश्वास लाग्दैन थियो।
नेता झलनाथ खनाल एमालेको नेतृत्वमा आएपछि ऊ बिस्तारै भाइ कांग्रेस हुन लागेको अनुभूति भएको छ। उनले अध्यक्ष पदको आडमा आफूसँग असहमत नेता-कार्यकर्तालाई पाखा लगाउने अभियान सुरु गरेका छन्। उनले काठमाडौंको जिल्ला कमिटी भंग गरिसकेका छन् भने बाँकी जिल्लालाई पनि बिस्तारै भंग गर्ने तयारीमा लागेका छन्। मनोनीत उपत्यका समन्वय कमिटीले निर्वाचित जिल्ला कमिटी भंग गर्नु आफैँमा आश्चर्य हो। काठमाडौं जिल्ला कमिटी नेता केपी ओली समर्थकको पकडमा थियो ।
एउटा कमिटी भंग गरिनु खासै ठूलो कुरा होइन। तर एमाले पुनः सबल र गतिशील पार्टी हुन्छ र बनाउनुपर्छ भन्नेहरुमा 'बुढी मरीभन्दा पनि काल पल्क्यो' भन्ने चिन्ता हुन थालेको छ। खनाल पक्षले जिल्ला कमिटी विघटनलाई विधानसम्मत भएको दाबी गरेको छ। पार्टीको केन्द्र या माथिल्लो निकायलाई जिल्ला अधिवेशन निष्पक्षतापूर्वक गर्न निर्वाचित कमिटी र सबै पक्षलाई मिलाएर अधिवेशन आयोजक कमिटी गठन गर्ने विधानको मर्म हो। संस्थापनले विधानको अपव्याख्या गरी निर्वाचित जिल्ला कमिटी विघटन गरेको स्पष्टै देखिन्छ।
नेता केपी ओलीले जिल्ला कमिटी विघटनको चर्को विरोध गरेका छन्। निर्वाचित निकाय भंग गर्ने क्रम रोक्न उनले पार्टीमा दर्ता गरेको 'शुद्धीपत्र' आफैंमा सकारात्मक छ। हुनत नेतृत्वमा ओली आएको भए पनि उनलेसमेत यही व्यवहार दोहोर् याउँथे कि यसै भन्न सकिन्न। तैपनि उनले जुन प्रयास गरे त्यसलाई प्रशंसनीय मान्नुपर्छ।
ओलीले विरोध गरे पनि पार्टी संगठनमा कब्जा जमाउन आफूले सुरु गरेको अभियान रोक्ने पक्षमा खनाल देखिएका छैनन्। बरु उल्टै उनले नेपालगन्जमा बोल्दै सबै जिल्ला कमिटी विघटन गर्छु भनेर ओलीसहित आफूसँग असहमत सबै नेतालाई चुनौती दिएका छन्। उनले काठमाडौं जिल्ला कमिटीलाई विघटन गर्नमात्र लगाएनन् कि त्यसका सचिव रामेश्वर फुयाँलसहित सबैलाई पार्टीमा कामै नगरेको गम्भीर आरोपसमेत लगाएका छन्। फुयाँल काठमाडौं एमालेमा सबभन्दा खट्ने नेता हुन् । उनको कुनै कमजोरी र अपराध छ भने त्यो ओलीसँग निकट हुनुमात्र हो। खनालले आफूसँग असहमत जिल्ला कमिटीका नेतालाई फाल्ने घुमाउरो चेतावनी दिएका छन्- 'अब काम गर्नेले मात्र पार्टीमा ठाउँ पाउँछन्।'
आन्तरिक लोकतन्त्रको अभ्यासको कसीमा एमाले मुलुकका मौजुदा पार्टीमा राम्रो मानिन्थ्यो। १४ वर्ष पार्टी नेतृत्वमा रहेका नेता माधवकुमार नेपाललाई त्यसको श्रेय दिनैपर्छ। खनाल नेतृत्वमा आएपछि पार्टी कांग्रेसको बाटामा लागेको छ। आफूलाई मुलुकको एकमात्र प्रजातान्त्रिक पार्टी ठान्ने कांग्रेसमा आन्तरिक लोकतन्त्रको अवस्था दारुण छ। कांग्रेसमा निर्वाचित जिल्ला कमिटी र भातृ संगठन कब्जा गरिनु सामान्य मानिन्छ। त्यही गलत प्रवृत्तिका कारण पार्टी झन्डै चौध वर्षदेखि नेतृत्वमा रहेका कोइराला र उनको परिवारको कब्जामा छ। इमानदार र संगठकलाई पन्छाउँदै आफ्ना आसेपासेलाई नेतृत्वमा स्थापित गराउँदै जाँदा कोइरालाहरुले पार्टी संगठन होइन जर्जर भइसकेको प्राविधिक संरचनामात्र कब्जामा गरेका छन्। त्यही कारण स्थापनाकालदेखिकै मुलुकको सबभन्दा ठूलो पार्टी आज माओवादीभन्दा आधा पुड्को हुन पुगेको छ। पार्टीमा नियमित रुपमा आन्तरिक प्रजातन्त्रको अभ्यास गरी राजनीतिक आर्थिक सामाजिक तथा सांस्कृतिक फाँटमा समयानुकूल उदार र क्रान्तिकारी नीति लिन सकेको भए कांग्रेसको यो हविगत हुँदैनथ्यो।एमाले अध्यक्ष खनालले कांग्रेसको अधोगतिकै बाटो रोज्नु दुर्भाग्यपूर्ण हो।
अब प्रश्न उठ्छ खनाललाई के कुराले निर्वाचित जिल्ला कमिटी भंग गर्न उद्यत बनाउँदैछ। उनी अध्यक्ष छन्। दोस्रो ठूलो पद महासचिवमा समेत खनाल पक्षधर नै छन्। त्यति हुँदा पनि उनको पक्ष पार्टी पदाधिकारी पोलिटब्युरो र केन्द्रीय कमिटीमा अल्पमतमा छ। उनी जसरी पनि पार्टीका ती सबै महत्वपूर्ण कमिटीमा आफ्नो वर्चस्व या बहुमत कायम गर्न चाहन्छन्। त्यसका लागि नै उनले जिल्ला कमिटीहरुमा आफ्नो प्रभुत्व र कब्जा बनाएर पार्टी पदाधिकारी स्थायी कमिटी पोलिटब्युरो र केन्द्रीय कमिटीका सदस्यलाई आफूतिर आउन बाध्य पार्ने मनोवैज्ञानिक स्थिति बनाउने प्रयास गरेका हुन्। ओली पक्षधरको विरोध हुँदाहुँदै उनी आफूसँग असहमत नेतृत्व भएका सबै या धेरैजसो जिल्ला कमिटी भंग गरी आफू अनुकूलको अधिवेशन आयोजक कमिटी बनाउन सफल भए भने पछि अधिकांश जिल्ला नेतृत्व र महाधिवेशन प्रतिनिधि आफू अनुकूल आउँछन्। त्यति गर्नासाथ खनाल पुनः पार्टी अध्यक्ष चुनिने निश्चित हुनेमात्र होइन उनको फेरो समात्दामात्र अरु नेता विभिन्न पद स्थायी पोलिटब्युरो या केन्द्रीय कमिटीमा निर्वाचित हुने अवस्था आउन सक्छ। त्यतिबेला हालका उनका समकक्षी नेताद्वय ओली या नेपालको पक्षमा रहेका नेतामध्ये अर्को महाधिवेशनसम्म धेरैजसो खनाल पक्षमा लाग्नेछन्। खनालको भित्री योजना या स्वार्थ पार्टी कब्जा हो। उनले असहमत सबैलाई पन्छाएर एमाले कब्जा गर्न खोज्दा सबल संगठन होइन जर्जर प्राविधिक संरचनामात्र आफ्नो हात लाग्छ भन्ने कुरा नबुझ्नु पार्टीको सुइलाई उल्टो घुमाउनुमात्र हो।